एउटा साधु एउटा पिपलको बोट मुनि बसिरहन्थ्यो । त्यो साधुले त्यहि पिपलको बोट मुनी बसेर आफ्नो जिन्दगी चिसो अनि शितल हावा संगै गुजारी आफ्नो अतितलाई याद गरि त्यहि स्वच्छ अनि चिसो हावाको प्रतिक्षा गरि रहन्थ्यो । एकदिन त्यहि पिपलको बोटमुनी बसी रहेको बेला केही चराचुरुङगीहरुको चिर्विर चिविर आवाज सुनेर साधुले आफु माथीको रुखमा हेर्दा त्यहाँ दुईबटा चराहरु देखा पर्छ । अनि ति चराहरु एक आपसमा माया गरी एक अर्कामा जिस्कीइ लडी रहन्छ । अनि ति चराहरुको आफ्नो पन देखेर साधुलाई आफ्नो जिन्दगी याद आउँछ ।
साधु एक गाउँको लगनशिल अनि मेहनती केटा थियो स्कुलमा सबै विधार्थीहरु भन्दा धेरै अंक ल्याएर सधै प्रथम श्रेणीमा उत्तिण हुन्थ्यो । पढाईको शिलसिलामा उसकै कक्षामा पढ्ने एउटी केटी पनि थिइन । केटी पढाईमा खासै जान्ने नभएपनि कक्षा भरिमै अनुसासितका साथ साथै निकै राम्री पनि थिइन । साधु कक्षामा सबै भन्दा जान्ने भएकोले उनका साथीहरुले सोधपुछ गर्ने गर्थे । यसै क्रममा ति केटी पनि केही कुरा सोधु भनि साधु तिर जान्छिन । यसरी पढाइको सिलसिलामा सोधपुछ गर्दा गर्दै उनीहरु निकै घनिष्ट साथीत्वको रुपमा बदलिन्छन । उनीहरु यसरी एकआपसमा मनपराएको थाहै हुदैन । अनि उनीहरुले आफ्नो मनको भावना एक अर्कामा ब्यक्त गरी छोटो समयमै एक विश्वासको डोरीले वाधी पवित्र मायाको कसम खाई अटुट बन्धनमा बाधिन्छन ।
उनीहरु एक अर्कामा आफ्नो ज्यान भन्दा पनि माया गर्थे । उनीहरु माया पि्रतीका मिठा मिठा कुरा गर्दै कहिले कहा त कहिले कहाँ भेट्ने गर्दथे । एक दिनको कुरा हो जंगलको एक पाखामा बसी माया पि्रतिको बारेमा तिता मिठा कुरा गरीरहेका थिए आफ्नो पवित्र माया कहिले मर्न नदिई अमर गराउने कोसिष अनि आफ्नो जिन्दगीको लागी त्यहि पवित्र मायाको अटल विश्वास राखी कहिले काही भविष्यको बारेमा सोची आफ्नो मायामा खोट लाग्ने खालका कुराहरु गरी एक आपसमा निरासापन जगाई यस्ता यस्ता अतितवर्तमान अनि भविष्यको बारेमा कुराहरु गरीरहेका थिए । यी कुराहरु गरिरहेका बेला -
साधु -नानु यदि दुर्भाग्यवस हाम्रो माया अधुरो भई हामी टाडीनु पर्यो भने क गर्ने
केटी ः -यस्तो कुरा नगर्नु कहिले पनि । भन्दै आफ्नो हातले उसको ओठमा छोपी दिन्छ । अनि यस्तो कहिलै नहोस यदि भइहाल्यो भनी यो दिन देख्नु भन्दा पहिला यो दुनियाबाट नै जानु परोसकिनकी म तिमी बिना वाच्न सक्दिन । यो संसारमा तिमी छौ त सबै छ तिमी छैन त केही पनि छैन । म तिमी बिनाको पल सोच्न पनि सक्दिन । यदि म मरेर गए पनि तिमीलाई सधैभरी सताई रहन्छु । चिसो हावा बनि तिमीलाई सताई तिम्रो आसपास घुमिरहन्छु ।
साधु ः- साच्ची कै तिमीले मलाई यति धेरै माया गर्छौ कहिले काही त डर लाग्छ । कतै तिमीले मेरो यो मायालाई विसर्ि कसैको एकैछिनको साथ पाएर विसर्िने पो हौकी…। केटी मान्छेको मन त हो नी कतिखेर बदलिन्छ थाहै हुदैन ।
केटी ः- हुन्छयदि तिमीलाई मेरो विश्वास लाग्दैन भने तिमी संगै बसेर के फाइदा भन्दै विरानो मन बनाई जान लाग्छिन…॥
साधु ः ए नानु रोक न… मै त ठट्टा पो गरेको त …भन्दै अङकमाल गर्यो । नानु तिमीलाई यो संसारमा सबै भन्दा राम्रो के लाग्छ
केटी ः मलाई सबै भन्दा राम्रो तिमी भएको ठाँउ लाग्छ । जहाँ तिमी छौ त्यही ठाउँ मात्रै मन पर्छ तिमी बिनाको ठाउँ त के कुरा तिमी बिनाको एकपल सोच्न सक्दिन…॥ अनि तिमीलाई नी …।
साधु ः मलाई त………मलाई त गुलावको फुल अति नै मन पर्छ । तिमीलाई थाहा छ गुलावको फुल चोखो मायाको प्रतिक हो । वास्तवमा भन्नु पर्दा तिमी पनि एक गुवालको फुल हौ । अनि तिमी फुल जस्ती राम्री अनि हास्दा त झनै अप्सरा जस्ती देखिन्छौ । त्यसैले मलाई गुलावको फुल अति मनपर्छ ।
यति भन्न नपाउदै नानुले पारी पाखामा ढकमक्क गुलावको फुल फुलेको देख्छीन अनि छौड्दै फुल टिप्न जान्छिन । अनि साधुले बोलाउदै ए कहाँ जान लागेको यता आउन भनि चिच्याउछ । अनि नानुले हतारिदैहातैभरी काडाँले गोपी फुल टिपेर ल्याछिन ।
त्यो साधुको लागि भनेर डाँडा काडाँ पनि भननि हातैभरी रगतले भिजाई फुल टिपेर निकै नै रमाई ल्याएको बेला अचानक नानुको खुट्टामा ठेस लागेर भिरबाट खस्छिन । साधुले यो देखेर एकनासै हेरीरहन्छ । अनि केही बोल्न सक्दैन एक्कासी साधु पागल जस्तै हुन्छ । चन्द्रमा बिनाको रात झै जिन्दगी बिनाको संसार झै जता ततै अन्धकार छाए जस्तो हुन्छ । तर पनि साधु उसको लागि केही गर्न सक्दैन । अनि साधु आँखाभरी आँशु लिई घुडाले भुई टेकी कराउदै हे भगवान यो के देख्नु परेको । अब म कसरी वाच्नु यहाँ मेरो खुशी किन लुटेर लग्यौअपाङग बनाइदियौ मलाई । मलाई पनि लैजाउ भगवान मलाई पनि लैजाउ भन्दै आफ्नो थरथरी कामेको हात भुईमा बजाउदै रुन्छ ।
यसरी रुदै कराउदै गरेको बेला आफ्नो शिर माथीको चहकिलो घाम क्षितिजपारी पुग्दा पनि थाहा हुदैन । अनि साधु आफैलाई सम्हाली आफैलाई धिक्कारी घर फर्किन्छ । अनि यो सबै कुराहरु सहन नसकि भगवानलाई पनि धिक्कार्दै सायद मेरो खुशी यहि दिन सम्म मात्रै रैछ । जुन चिजलाई मैले भगवानसंग माग्ने गर्ने सधै भरीत्यहि चिज भगवानले नै मबाट खोसेर लग्यो । के गर्नु राम्रो चिजको लोभ मानीसहरुलाई मात्रै होइन रैछ भगवानलाई पनि हुदो रैछ ।
त्यसैले मेरै ज्यानलाई म बाटै खोसेर लगि दियौ । भन्दै रुदै कराउदा अचानक साधुको लामो लट्टा परेको कपाल हावाले हल्लाउदा पो होसमा आउँछ । अनि नानीले भनेको कुरा यदा आउछ ।
मसधै भरी तिम्रो छाया बनि पछ्याई रहन्छ ।हावा बनि तिमीलाई सताई रहन्छु यसरी नै सधै भरी तिम्रो आसपास घुमिरहन्छु । अनि साधु आँखा भरी आँशु लिएर सधै भरी त्यहि चौतारीमा बसीसुमधुर हावाको प्रतिक्षा गरि बसी रहन्छ । अझै पनि त्यहि चौतारीमा कसैको प्रतिक्षामा बसीरहेको छ ।
यसरी एउटा साधारण ब्यक्ति आफ्नो दुखीत कहानी र तड्पन जिन्दगीलाई विस्रन नसकि आफ्नो जिन्दगीलाई त्यागी एउटा साधुको रुपमा बदलियो । कसैको साथबिना बाचेको र यादले जलेको जिउदो लासलाई हेर्दा सबैलेसाधु जोगी नै भन्दो रहेछ ।
पृथ्वीबस्ती नवलपरासी
हाल ः दोहाकतार





-दिनेश रेग्मी
“बाटो विराउनु भो र ? विजुली घरबाट छिर्नुस्” भनेर सहकर्मी देवेन्द्र भट्टराईलाई मोवाईलबाटै छत्रबहादुरले गाईड गर्दै थिए । हामी जमेलिया बजारबाट पश्चिम तिर जाँदै थियौं । बाटो पत्ता लागेको थिएन । जती हेरे पनि विजुली घर देखिएन । बरु विजुलीका हाईटेन्सन लाईन मात्रै खुवै देखिन्थे । एउटा सानो घरजस्तो देखियो । यही हुनुपर्छ भन्दै हामी भित्र छिर् यौं । “हो हो” त्यहीबाट आउनुस् फोनमै छत्रले भने । हामी मरुभुमीको गतिले अनुभव लिदैं भित्र छिर्यौ र छत्रको आवासीय खेमा पुग्यौं ।


एक्लै हास्छु ,एक्लै रुन्छु । कल्पनामा तिमीसंग कुरा गरि रहेको हुन्छ । तिमी नै तिमी छाइरहन्छौ हरपल हरक्षण मेरो हृदयमा । हरेक पल तिमी संग विताएका यादहरुले तिमीसंग नै भएको आभास गर्छु । तिमीले दिएको मायाको अमिट छाप मेरो हृदयमा सजाएर राखेको छु । तिमी जहाँ छौ खुशी र सुखी रहु भन्दै बिदा हुन्छु ।
यो संयोग जुर्नुमा पनि एउटा कारण रहेछ । किसुनजीकी सहयोगी अमिता कपाली र दीप श्रीमती सोफिया दुबै साइभक्त रहेछन् । उनीहरु कहिले कालिकास्थान र कहिले नारायणचौरमा भजन गाउन भेटिने रहेछन् । यही साइ-नातामा अर्की भजन गायिका सुधा दिक्षीत पनि जोडिएकी रछिन् । यो संगतका बारे अमिताले सुनाएपछि किसुनजीबाट अनुरोध आएको रहेछ-”लौ न त तिनीहरुको पनि गीत सुनौं न त…।”
गीतसंगीतको एकसरो माहोल टुङ्गिएपछि “आज त मैंले वाइन खान पाउँछु होला नि” भन्दै किसुनजीले अमितातिर फर्केर अनुमती चाहेछन् । सन्तनेताको सम्मान र खुशीका लागि त्यहाँ उपस्थित दीप ,सोफिया, सुधा, अमितासहितले किसुनजीसँग वाइन-ग्लास ठोकाउँदै “चियस्रु गरेका रहेछन् । अर्को एक ग्लास वाइन थप्ने इच्छा देखाएपनि सन्तनेतालाई त्यसो हुन दिइनछन् अमिताले । ”ल अब दीपबाबुसँग म यहीं खाना खान्छु ,तिमीहरुभित्र जाओ” भन्दै आफ्नै कक्षमा किसुनजीले सादगी स्वादको लन्चमा दीपलाई आमन्त्रण गरेका रहेछन् । त्यसबेला सहयोगी अमिताले किसुनजीको स्वास्थ्य र स्वादअनुसार तौलेर ,अड्कलेर खाना ख्वाएको क्षण दीप अहिले पनि सम्झिरहेका छन् ।
सन्तनेतासँगको त्यो एकदिन एकदिनभित्रको पनि अढाइ घण्टालाई दीप अहिले “ऐतिहासिक क्षण”का रुपमा सम्झिरहेका छन् । जम्मा दुइवटा गीत सुनाउन पाएपनि शान्त-बिचारका गीतहरुप्रति ती नेताको स्वाद र इच्छा उनी सम्झिरहेका छन् । त्यसपछि एकपटक ओशो तपोबनमा किसुनजीसँग देखभेट भएपनि कुराकानी हुन पाएको रहेनछ । अन्तिम पटक भने दीप तीन साताअघि नर्भिक अस्पतालमा भेट्न गएका रहेछन् तर मौका मिलेनछ । “तर यत्ति हो किसुन दाइ आफैंमा एक सन्त र शान्त व्यक्ति हुनुहुन्थ्यो”दीप-सोफिया दम्पत्तिले बुझेको निचोड थियो-”उहाँ कतै एकान्तमा चुपचापै बसेपनि अझै बाँचिदिए हुन्थ्यो भन्ने लागिरहेको थियो ।”
बिभीन्न बहाना लिएर नेपालबाट युबा शक्तिहरु धमाधम पलायन भइरहेको बेलामा आफ्नो १२ बर्षे बिदेश बसाइको अन्त्य गर्दै चितबन भरतपुर ११का ३५ बर्षिया जनाव करिम मियाँ भने यहाँ सिकेको सिपलाई नेपालमै गएर केहि गर्ने योजना लिएर केहि दिन भित्रैमा नेपाल जाँदै छन ।
तर उक्त गितका गायकलाई भन्ने प्रतक्ष सुन्ने अबसर कमैले पाएका छन । तर कतारमा श्रमरत नेपालीहरुले भने उक्त गीतका गायक डम्बर नेपालीलाई प्रत्यक्ष भेटेर गीत मात्र सुनेन उनीसंगै गाए नाचे र झुमे पनि । कतारमा कार्यरत नेपालीलाई यो अबसर जुटाईदिएको थियो नब स्थापित कि्रयटस्र ब्याण्डले । महाशिव रात्रीको अवसरमा ब्याण्डले नेपालबाट गायक नेपालीलाई झिकाई नेपाली लाईभ म्युजिकल ग्रुपको प्रस्तुती स्वरुप “डम्वर नेपाली लाईभ सांझ २०११” आयोजना गरिे उक्त अवसर जुराएको हो । ”उसले मलाई चिन्थी रेम उसलाई चिन्दीन थे मेरो मायाको मुल्य बजार बजार सोध्दै हिड्थिी रे विचरा उ संग पैसा छैन रे सस्तोमा पाए किन्थी रे” माथीको टुक्का भन्दै स्टेजमा झुल्केका डम्वर नेपालीले “परालले छाएको घर छ मेरोत्यहा तिमीलाई सझाउने रहर छ मेरो…”लगायत ”सबै साथी गए आफ्नो भाग्य खोज्न…”के सम्झि खेल्यौ मेरो मायामा…”संसार की राम्री ठान्थे तिमीलाई जस्ता दर्जन गीतहरु गाएर यहाँ कार्यरत नेपालीलाई भरपुर मनोरन्जन दिएका थिए ।
नेपाल बाटै आएकी नायिका युना उप्रेतीले “मै ठुली भै छु रे…”छुनमुन छुनमुन छुनमुन …” लगायतका गीतहरुमा गरेकॊ नृत्यले पनि दर्शकहरुको मन जित्न सफल भएको थियो । अन्तराष्ट्रिय नेपाली कलाकार संघकी जानुका थापाले”कोही आयो कस्तो आयो…”गीतमा नृत्य राजन कुमालले “पिरतीको तालमा फुल फूल्यो कमल…”गीतमा नृत्य प्रस्तुत गरे भने कार्यक्रममा कतारमा भर्खरै स्थापना भएको कि्रयर्टस ब्याण्डका किशोर घले गुरुङ राजेश नेपाली सुभाष गुरुङ हिमाल घले अनिल पाण्डे अजय कार्की राजेश राईको समुहले “आज भोली गाउँभरी हल्ला छ…” “हाम्रँ” नेपाल…” “च्याङबा…”जस्ता गीतहरु प्रस्तुत गरेर दर्शकको ताली बटुल्न सफल भएका थिए ।
नेपाली चलचित्र निर्माणमा सनै उमेर देखी सकि्रय नेपालकै कान्छि निमात्रीको उपमा पाएकी कृषा चौलागाईले संयोजन गरेको उक्त कार्यक्रम चौलागाई तथा कल्पना गुरुङलेसंचालन गरेका थिए ।
बलहरी रानाको आयोजना तथा विकाश क्षेत्रीको ब्यबस्थापन तथा मा भएको कार्यक्रममा नेपाली दुतावासका दितीय सचिव जय राईको प्रमुख आतिथ्यमा संम्पन्न भएको थियो । कार्यक्रममा श्रम सहचारी ध्रुव प्रसाद कोइराला, एनआरएन कतारका अध्यक्षँ नरेन्द्र भाट, सल्लाहकार कमलमणि गुरागाई, ब्यावसायी टि.वी कार्की,उमेश अधिकारी तथा अन्तिराष्ट्रिय कलाकार संघका अध्यक्ष डि.एन मगर लगायतका ब्यक्तिहरुको उपस्थिती थियो ।
दोहा- कतारमा नेपाली समुदायले अर्को एउटा साँगितीक समुह गठन गरेका छन । कि्रयटस्र ब्याड नाम दिइएको उक्त समुहले पहिलो प्रस्तुतीको रुपमा डम्बर नेपाली लाइभ साँझ २०११ न्ाामक कार्यक्रम समेत संम्पन्न गर्यो । ब्याण्ड स्थापनाका लागी समुहले नेपालबाट गायक डम्बर नेपाली तथा नायीका युना उप्रेती साथै कान्छि निर्मात्री कृषा चौलागाईलाइ कतार झिकाएका थिए । उक्त ब्याण्डको भोकलिष्ट- किशोर घले गुरुङ र विकाश क्षेत्री, बेस गितारिष्ट-अजय कार्की, रिदम गिटारिष्ट- राजेश नेपाली, लिड गिटारिष्ट-सुवास गुरुङ, हिमाल घले, ड्रम-अनिल गुरुङ र भाइलेनमा-राजेश राई छन । ब्याण्ड म्यानेजर -बलहरी राना सल्लाहकारहरु निराजन भण्डारी,तेजेन्द्र महत र डिए.एन.मगर तथा ब्याण्डका सदस्यहरु शैलेन्द्र कठायत,विजय गुरुङ,राजेश सुवेदी,स्याम थापासनी के.सी छन ।

अष्ट्रेलियाको एक निजी पोखरा समाज नामक सँस्थाले आयोजना गरेको कार्यक्रम सहभागी हुन आएका थापामगरले सोचेजति इज्जत त पाए नै तर त्यो भन्दा बढी यहाँका सञ्चार माध्यमले उनलाई प्राथमिकता दिएपछि उनको उचाईसँगै नेपालको नाम पनि अगाडि आएको छ । उनको बारेमा मंगलबा। प्रकाशित यहाँका प्रतिष्ठित समाचारपत्र मात्र नभएर टेलिभिजनहरुले समेत प्राथमिकताका साथ समाचार प्रशारण गरिरहेका छन् ।
विश्वका होचा ब्यक्तिका रुपमा गिनिज बुकमा नाम लेखाउन सफल भएपछि पहिलोपल्ट अष्ट्रेलिया आएका उनलाई यहाँ भब्य सम्मान गरिएको छ । उनले त्यो सम्मानको भरपुर सदुपयोग गरेका छन् । उनले नेपाल र नेपालीको बारे खुलेर कुरा मात्र गरेनन् की बुद्ध नेपालमा जन्मिएको सन्देश दिन पनि भ्याए । टेलिभिजनसँग कुरा गर्दै उनले भने, ‘हामी शान्त र शितल देश मात्र नभएर बुद्ध जन्मिएको देश पनि हौं ।’




