गोरखा प्रवासी संघ र मनकामनाको बनभोज

         -राजेश्वर ढकाल
दोहा
“सयौ थुंगा फुलका हामि एउटै माला नेपाली
सावौभम भै फैलिएका मेचि महाकाली “
मनकामना सास्कृतिक परिवारका कलाकार भिम्सेन खतिवडाले राष्ट्रिय गीतबाट सुरु भएको बनभोज कार्यक्रम ५ शुक्रबारका दिन अलखोल पब्लिक गार्डेनमा सम्पन्न भएको छ ।
गोरखा प्रवासी संघका अध्यक्षँ श्रीकष्ण् भट्टराईको अध्यक्षँतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि एनआरएनका उपाध्यक्षँ सागर नेपाल ,विशेष अतिथि संघ ,सास्कृतिक परिवारका संरक्षक तथा कतार संयोजक बद्री प्रसाद पाण्डे,कतार चेम्वर अफ कमस्रका अध्यक्षँ केदार नाथ ढकाल । अतिथिहरु नेपाल साँस्कृतिक केन्द्रका बालकृष्ण पौडेल ,अन्तराष्ट्रिय नेपाली कलाकार संघ बलविक्रम थापा,सन्ध्या ग्रुपका विरेन्द्र कुमार याक्थुम्वा ,जनप्रगतिशिल माचका हरी नेपाली ,चितवन युवा समुहका महासचिव बुद्धिराज अर्याल,धािद¨ युवा समाजका रामकाजी थापा,नेपाली प्रवासी मगर संघका प्रकाश आले,अन्तराष्ट्रिय एकता समाजका महासचिव राजेन्द्र श्रेष्ठ,श्रमिक रेमिटका तारा मंगोल र ब्यवसायी नरेन्द्र सेन लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरु उपस्थिति रहेको थियो ।
सस्कृतिक परिवारलाई स्थापनाकाल देखी नै सहयोग गर्ने पाण्डे र नेपाललाई कदरपत्र र नेपालीको पहिचान ढाकाटोपी लगाएर संघका अध्यक्ष भट्टराई र सास्कृतीक परिवारका अध्यक्ष आशबहादुर गुरुङ्ग ले सम्मान गरेका थिए ,भने सास्कृतिक परिवारका कलाकारहरु तथा सहयोगिहरुलाई सम्मान पत्र प्रमुख अतिथि नेपालले प्रदान गरे ।
कार्यक्रमको रमाइलो प्रस्तुति भनेको मनकामाना सास्कृतिक परिवारका कलाकार भिम्सेन खतिवडा र खुम गाउँको सुमधुर स्वरमा “यो नेपाली सिर उचालि संसारमा लम्कन्छ…”,सावित्रि गिरीमिना लामा र अन्तराष्ट्रिय कलाकार संघका बलबिक्रम थापा र टेक राज विचको “मायाले मार् यो…” चन्दिमाया तामा¨ इन्द्र लहोर तथा भिम्सेन खतिवाडा ,दयाराम तमु विच “सम्भेर यो मन यो मन रोको छ…” दोहोरीको घम्सा घम्सी चलेको थियो ।
सुवास र सविनाको “यो दिल प्रदेशी हो गया…” बोलको हिन्दी गीतको नृत्य,कुन्दन क्षेत्रीको झमझम स्टकोट,सृजना र चौधरी ग्रुपका कलाकारको युगल नृत्य,अजुन लामा,लक्ष्मण ,सुरेश,कर्णको सामुहिक नृत्यले पनि उपस्थित दर्शकहरुको ध्यान केन्द्रीत गरेको थियो ।
बनभोजको अर्को आकर्षक भने मैत्रिपूण फुटबल कार्यक्रम रहेको थियो । फुटवल प्रतियोगितामा पाँच नेपाली टिमहरु सहभागी भएका थिए ! जस अन्तर्गत राम्को टिम,माउण्ट एभरेष्ट युवा क्लव, श्रमिक रेमिट ,मनकामना साँस्कृतिक परिवार तथा मितेरी युवा क्लवहरु सहभागी भएका थिए । जस अन्तर्गत माउण्ट एभरेष्ट प्रथम ,श्रमिक रेमिट द्धतिय र राम्को तृतीय भए । प्रथम, द्धतिय तथा तृतिय हुनेहरुलाई भट्टराई र नेपालले कप तथा प्रमाणपत्र प्रदान गरे ।
सास्कृतिक परिवारका अध्यक्ष गुरुङ्ग¨ले स्वागत मन्तब्य तथा कार्यक्रमबारे जानकारी गराएका थिए भने संघका सचिव गणेश बानियाले कार्यक्रम संचालन गरेका थिए ।
स्मरण रहोस मनकामना सास्कृतिक परिवारको नाम परिवर्तन गरि मनकामना नेपाली सास्कृतिक परिवार बनाईएको छ । उक्क्त नेपाली सास्कृतिक परिवारको नयाँ कार्यसमिति समेत चयन गरिएको छ । आशबहादुर गुरुङ्ग¨को अध्यक्षतामा २५ सदस्यिय कार्यसमिति गठन गरिएको छ । संरक्षक-बद्री प्रसाद पाण्डे,सागर नेपाल,सल्लाहकार संयोजक बालकृष्ण पौडेल,सल्लाहकारहरु- बुधवल गुरुङ्ग,गणेश बाँनिया,लाल भट्ट,सावित्री गिरी, मणिराज थापा,हरी ढकाल,निर्देशक-श्रीकृष्ण भट्टराई छन ,भने उपाध्यक्ष-भिम्सेन खतिवडा,सचिव-लक्ष्मण खनाल,सह-सचिव खुम गाउँले,कोषाध्यक्ष-राजेश्वर ढकाल,सह-कोषाध्यक्ष-सृजना तामा¨ ! सदस्यहरु-दिल भट्टराई,सुवास उदास,कुन्दन क्षेत्री,विकाश गुरु¨,सानु याख्खा, विष्णु भट्टराई,दिपक अधिकारी,डम्वर सुवेदी छन् । एकको पछि पदपूर्ती गर्ने निर्णय गरिएको छ ।
                                       कार्यक्रमको अन्तमा सास्कृतिक परिवारका उपाध्यक्ष खतिवडाले राष्ट्रिय गीत सम्पूर्ण नेपालीको ढुकढुकीमा रहनुपर्छ भन्दै १५,२० प्रति प्रमुख अतिथि नेपालको हातबाट जनमानसमा वितरण गराएका थिए !
दोहा,कतार
इमेल ; drajeshwor@yahoo.com
 
 

यता यमयम, उता डाङ्गोटे

 -देबेन्द्र भट्टराई

काठमाडौंबाट अनेक नाका फेर्दै १२ घण्टाभन्दा बढी आकाशमा उडेपछि पुगिन्छ-लेगोश । अपि्रुकी मुलुक नाइजेरियाको सबैभन्दा ठूलो यो शहरमा बस्छन् कैलाली टिकापुरका एक नेपाली-हिक्मत थापा । नेपालभन्दा भुगोल र जनसंख्यामा ५ गुणा ठूलो रहेको नाइजेरियामा मुश्किलले एक सय नेपाली होलान् जसमाझ हिक्मत राम्रैसँग चिनिएका छन् । विश्व बजारमा पेट्रोलियम उत्पादनका लागि छैंटौं ठूलो उत्पादक राष्ट्र रहेको नाइजेरियामा हाम्रा हिक्मत भने चाउचाउ बनाउने कम्पनीमा प्राविधिक काम गर्छन्-डाङ्गोटे चाउचाउ । डाङ्गोटे नाइजेरियामा मात्रै होइन बिश्वकै काला जातीमध्येका सबैभन्दा धनी व्यक्तिको घराना हो ।

कैलालीबाट स्कुल तहको पढाइ पार लगाएपछि धरानस्थित क्याम्पसमा खाद्य बिज्ञान पढेका हिक्मत विदेशिनुअघि नेपालमैं चाउचाउ उत्पादक कम्पनीमा काम गर्थे । यता यमयम र रमपमका चाउचाउ प्राविधिक हिक्मत त्यसपछि भारत उत्तरााचलमा पनि चाउचाउकै काममा गएका थिए । जिन्दगी धान्न यताको काम र कमाइ ठीकै भएपनि उनले अझ ठूलो अवसर पाए अपि्रुका गएर आफ्नो सिप देखाउने ।

“तीन बर्षअघि यताको राराजस्तो सेतो चाउचाउ निकाल्न सुरु गर् यौं अहिले वाइवाइजस्तो निकाल्न थालेका छौं”आफू लेगोश गएपछि १३ नेपाली प्राविधिक पनि उता लगेको बताउने हिक्मतको कुरा थियो-”अहिले डाङ्गोटे दैनिक १ लाख कार्टुन उत्पादन हुन्छ ।” चाउचाउ कम्पनीबाहेक केही हल्का पेय पदार्थ छापाखाना बिशिष्ट होटल र चार्ट एकाउन्टेन्ट कम्पनीमा समेत नेपाली रहेको हिक्मतले जानकारी दिए । नाइजेरियाको गैर आवासीय नेपाली संस्थाका अध्यक्ष समेत रहेका हिक्मतका अनुसार बिशेषत प्राविधिक सिप भएका नेपाली त्यहाँ जाने क्रम अहिले पनि छ ।

छोटो छुट्टीमा काठमाडौं उत्रेका हिक्मतले तीन बर्षअघि हुँदाखाँदाको नेपाली काम किन छाडे भन्ने जिज्ञासा सामुमा थियो । “अवसर र सुविधा”उनको जवाफ सटिक थियो । तर यो छोटो जवाफभित्रको “लामो कारणु यतिमात्र थिएन । “यताभन्दा उता मुख्य भिन्नता के भने उता नचािहंदो रुपमा राजनीतिमा चासो राख्नेहरु एकदमैं कम छन् राजनीतिक लफडा र खिचातानी कहिल्यै हुँदैनुहिक्मत भन्दै थिए-”बन्द जुलुश हुँदैन । झण्डा बोकेर भागदौड गर्ने कोही देखिन्न । चियापसल अथवा बिसौनीमा पनि फुटबल सेयर मार्केट अथवा सिनेमाको कुरा गर्ने होड मात्रै सुनिन्छ ।” नाइजेरियामा उपयुक्त बजार सम्भावना देखेर नेपालबाट चौधरी ग्रुपले पनि उता आफ्नो व्यवसाय बिस्तार गर्ने सोचाइ बनाइरहेको उनले बताए ।

तुलनाभन्दा पनि कटु-यथार्थको कुरा गर्दै थिए हिक्मत । यसपाली दुइ साताको छोटो छुट्टीमा घर फिर्दा तीन÷चार दिन त बन्द-हड्ताल नै उनले बेहोर्नुपर् यो । “अंग्रजी नयाँ बर्ष मनाउन पोखरा गएका थियौं जनवरी १ को बन्दले त्यतै थन्कियौं”हिक्मतसँगै बसिरहेकी श्रीमती मन थापा भन्दै थिइन्-”कैलाली घर जाँदा चिसापानीबाट १५ किलोमिटर जति रिक्सा चढेर टिकापुर पुग्नुपर् यो । कहिले संघीयताको पक्षमा बन्द कहिले संघीयताको बिपक्षमा बन्द देखेर उदेक लागेको छ ।” अपि्रुकाको त्यो बिन्दूमा बसेर दक्षिण एशियाको यो नेपाललाई हेर्दा खासै “अपग्रेडिङु अवस्था देखेका छैनन् हिक्मतले ।

उनका बुझाइमा “अपग्रेडिङु भनेको समाज र राष्ट्रको आर्थिक समृद्धि हो आर्थिक सुचांकका केही लक्षण हुन् । तर सुचांकको यथास्थिती “अपग्रेडिङु होइन “डिग्रेडिङु छ-उनी भन्छन् । सन् १९६० सम्म अंग्रेज कोलोनी रहेको नाइजेरियामा अहिले १२ सय डलर प्रति ब्यक्ति आय रहेछ । त्यहाँको आफ्नै जातीय भाषा भएपनि सरकारी कामकाज र माध्यम भाषा भने अंग्रेजी रहेछ । हिक्मतसहित परिवार लिएर बसेका केही नेपाली परिवार भने आफ्ना छोराछोरीलाई त्यहाँको भारतीय स्कुलमा पढाउने रहेछन् । “सिप र प्रविधिका आधारमा हामी गौरव गर्ने ठाउँमा छौं तर नेपाल र नेपाली भनेर चिनाउन भने अनेक तकनिकी अपनाउनुपर्छुहिक्मत भन्दै थिए-”केहीलाई माउन्ट एभरेष्टको नाममा नेपाल चिनाउन सकिन्छ भने धेरैलाई भारत र चीनबीचको सधैंको स्वाधिन मुलुक भनेर चिनाउनुपर्छ ।” उनीहरुलाई अझ बुझाउन “अपि्रुकामा जसरी युगान्डा कहिल्यै कसैको उपनिवेश भएन एशियामा पनि नेपाल कहिल्यै अर्काको भएनु भनेर तर्क गर्नुपर्ने रहेछ ।

 अपि्रुकी मुलुक नाइजेरियामा रहेका नेपालीको पासपोर्ट नवीकरण अथवा अन्य कुटनीतिक मामिला अहिलेसम्म मध्यपुर्वको इजिप्टस्थित नेपाली दुतावासले हेर्ने रहेछ । अब भने नयाँ खुलेको दक्षिण अपि्रुकास्थित नेपाली दुतावासले हेर्नेछ । हिक्मतसँग दरबारमार्गको नाङ्लो बेकरीमा गफगाफ भैरहेका बेला भेटिए चितवनका बीएन भट्टराई र ताप्लेजुङका सीएम उप्रेती । बिगतमा यी दुबै हिक्मतसँगै धरानमा खाद्य प्रविधिका बिद्यार्थी रहेछन् । उनीहरुमध्ये भट्टराई ५ बर्षदेखि खाद्य प्राविधिक हैसियतमा क्यानडा बसेका रहेछन् भने उप्रेती पनि उतै जाने तरखरमा रहेछन् । “क्यानडामा अहिले एक हजार जति प्राविधिक सिप भएका मजस्ता नेपाली होलान्”भट्टराई भन्दै थिए-”हामी पनि अवसर र सुविधाकै लागि उता गएका हौं ।” हिक्मतका बुझाइमा बाहिरी मुलुकमा गएर आफ्नो सिप र दक्षता देखाउन पाउँदा आफूमा धेरै “आत्मबिश्वासु बढ्ने रहेछ ।

डाङ्गोटे कम्पनीमा अब तीन बर्ष काम गर्ने सम्झौता पुरा भएपछि उनी नेपाल फिर्न चाहन्छन् त्यो पनि आफ्नो पश्चिमी नेपालमा । तर उपयुक्त वातावरण र माहोल नभइ यता आएर पनि के गर्न सकिने हो उनी स्वयमलाई थाहा छैन । हिक्मतका बुझाइमा धेरैजसो अवसर र कतिपय परिबन्दका कारण विदेशिएका हुन्छन् । जस्तो तनहुँका रामबहादुर तामाङ एक दशकदेखि नाइजेरियामा छन् । नेपालमा शाहीसेनामा कार्यरत उनी द्वन्द्वका कारण भारतको मुम्बइमा सेक्युरिटी गार्ड हुँदै त्यहींबाट नाइजेरियन मालिकको सम्पर्कका कारण राजधानी अबुजा पुगेका थिए । अहिले एक चाइनिज कम्पनीमा सुरक्षा प्रमुखसहित गाउँगाउँमा गएर सामान बेच्ने काम उनी गर्छन् ।

साथमा रामबहादुर नाइजेरियन ज्वाई बनेर तीन छोराछोरी पनि हुर्काइरहेका छन् । यस्तै भर्खरै एक नेपाली युवतीले पनि नाइजेरियन युवकसँग घरजम गरेकी रहिछन् । तर खाडी मुलुकमा झैं प्रविधि र सिप नभएका अदक्ष व्यक्तिलाई गरीखान नाइजेरियाजस्ता मुलुकहरुमा मुश्किल हुने हिक्मतको अनुभव छ । गैर आवासीय नेपालीको प्रतिनिधि समेत भएकाले हिक्मतको मुल्यांकनमा ४० भन्दा बढी देशमा फैलिएका नेपालीको अनुपात हेर्दा “संसार एक गाउँ”को झल्को मिल्छ । “तर यथार्थको पाटो भने अलग छुबातचितको बिसौनीमा उनी भन्दै थिए-”आफूसँग कामको सिप र दक्षता भयो भने यो संसार “ग्लोबलु हुन्छ अन्यथा हामी जता गएपनि सधैं “कुवाको भ्यागुत्तो मात्रै हुन्छौं ।”

Email : devendraqatar@gmail.com

मनकामना सास्कृतिक परिवार तथा गोरखा प्रवासी संघको बनभोज सम्बन्धि सूचना !

 मनकामना सास्कृतिक परिवार तथा गोरखा प्रवासी संघको सयुक्त आयोजनामा विविध सास्कृतिक मनोराजन सहित मैत्रिपूर्ण बनभोज कार्यक्रम हुने भएकोले स्थानीय कलाकार,साहित्यकार,वुद्धिजीवि, पत्रकार लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुलाई हार्दिक आमन्त्रण गर्दछौ ।

मिति ;- फेव्रुअरी ५ शुक्रबार

स्थान ;-पब्लिक गार्डेन अलखोर

                                                 शुल्क ;- ३५ रियाल

सम्पर्क नं :- श्रीकृष्ण भट्टराई-६६४५४२०,आश बहादुर गुरु¨-५०६१९९५,गणेश बानिया-५२८८५१४,राजेश्वर ढकाल-६४१४६५१,भिमसेन खतिवडा-५०१४७८७,दिल भट्टराई-५०२७५९१ ,लक्ष्मण खनाल-६०८१३४७,खुम गाउँले-६७१३३१८

नोट ;- बस विहानको ९ : ०० बजे जैद्धा टावर (नेपाल एयर लाइन्स चोक) नजिक र सनैयाबाट ८ : ३० मा छुट्ने जानकारी गराईन्छ ।

                                                 साथै

मनकामना सास्कृतीक परिवारले छिट्टै डान्स सेन्टर खोल्न लागेको हुँदा इच्छुक कलाकारहरुले माथिको नम्वरमा सम्पर्क राख्नुहोला । डान्स सिक्नको लागि भर्ना शुल्क लाग्ने छैन ।

आजका तस्वीर !

मुरुभुमीबाट जुनी फेरेर फर्किएँ

-दिनेश रेग्मी
                                      “हावा यसरी चल्थ्यो की मैले कल्पनामा पनि यस्तो हुन्छ भनेर कहिल्यै सोचेकॊ थिईन । हिड्न सकिदैनथ्यो हावाले ढलाई दिन्थ्यो । २०÷२५ मीनेटसम्म उठ्न नसके वालुवाले नै पुरिदिन्थ्र्यो । हावा थामिएपछि हेर्दा एकातिर मरुभुमीमा वालुवाको पहाडै हुन्थ्यो अर्को तिर बालुवाका पहाड समथर भुमी बन्थे । राती सुत्दा पनि वालुवामै हो । बालुवा खोस्रेर खाडल बनाउथें अनी कम्बल बेरेर सुत्थे । ज्युदै बालुवमा पुरिएर सुत्नु पथ्र्यो । दुःखका दिन त कस्ता थिए कस्ता भनेर साध्य छैन । मुरुभुमीमा म अर्को जुनी बाँची रहेको छु जस्तो लाग्थ्यो ।”
                                          पाँच महिनासम्म साउदी अरेवियाको मुरुभुमीका ऊँट चराएर कष्टकर दिन बिताएर यसैसाता कतार फर्केका खोटाङको युवकको भनाई हो यो । चिसापानी- ६ का शेरबहादुर बस्नेत २१ मरुभुमीको निर्जन बसाई त्यागेर जनवरी ९ मा कतार आएका छन् । छेउटुप्पो केही थाह नभएको त्यो विशाल मरुभुमी छाडेर आउन पाएकोमा बल्ल उनलाई बाँचियो भन्ने लागेको छ । ुम बाँचुला भन्ने लागेकै थिएन । जुनी फेरेर फर्किएको छु घाँटी बसेर बोल्न अप्ठ्यारो भएका उनले भावुक स्वरमा भने -”यस्तो पनि जीन्दगी हुँदो रै”छ कहिल्यै नसोचेको र कहिल्यै नभोगेको दुःख पाइयो ।”साउदीबाट फर्केका भाई शेरबहादुर बाँया संग दुतावासमा कागजात देखाउँदै दाई रमेश
                                      वैदेशिक रोजगारको रंगीन सपना सजाएर शेरबहादुर अगष्ट १३ मा पहिलो पटक कतार आएका थिए । गाउँकै आफन्तले निकालेको भीसामा उनलाई दोकानमा काम गर्ने भनिएको थियो । यहाँ आए पछि उनी कतारीको घरमा गए । त्यसपछि नै उनलाई थाह भयो की- म ठगिएछु । उनलाई जे काम गर्ने भनिए पनि भीसा घरकै कामको लागि लेखिएको थियो । कतारीले उनलाई घरमै काममा लगाउँदै मेडिकल र िफंगरिङ गरी दिए । लगत्तै उनी अरबी डे्रस लगाएर साउदी अरेवियाको बोर्डर कटेर विशाल मुरुभुमीमा पुगे ।
                       हो त्यही मुरुभुमी नै शेरबहादुरको पाँच महिने कठोर कार्यक्षेत्र भयो जहाँ उनले करीव एक हजारको संख्यामा रहेका ऊँटहरुको रेखदेख गर्नुपथ्र्यो । तिनै ऊटलाई दाना-पानी दिने कहाँ कता चरेका छन् खोज्ने टाढा गए फर्काएर एकै ठाऊ बनाउने ब्याएका ऊट र तिनका छाऊराहरुको रेखदेख गर्नुपथ्र्यो । ऊटलाई पानी पिलाउन दुई दिन हिडाएर ट्यांक भएको ठाउँमा पुर् याउनु पथ्र्यो । त्यती बेला उनले पनि प्रसस्तै पानी पिउन पाउथें । ऊटलाई एक पटक पिए पछि दुई ÷तीन दिन पुग्थ्यो तर उनलाई तिर्खा लाग्दा उही समस्या हुन्थ्यो । कहिले काँही गतिलो गरी पेट भर्ने खाना पनि पाउँदैनथे ।
                                                   “विशाल मुरुभुमीमा नागाहरु पोथ्रामा चर्थे म तिनलाई हेरेर दिन कटाउथें” मुरुभुमीका उनै दिनलाई उनले खोतले-”मलाई खबुज ल्याई दिन्थे र खान्थे । कहिले काँही त खाने केही नभएर भोकै बस्नुपथ्र्यो ।” पानी पिउन पनि उनलाई त्यत्तिैकै समस्या रहेछ । कहिले ऊटले पानी पिउथे त कहिले प्लाष्टिकमा जम्मा भएको शीत उभाएर खान्थे । तर पानी नुन जस्तै हुन्थ्यो रे । डिजेलको गन्ध आएर पनि उस्तै हैरान । साह्रै भोक र तिर्खा लागेर बेला ऊटको दुध पनि पिउँथे उनी ।
कतारी बीच बीचमा उनलाई खाना पानी लिएर जान्थे । भेटघाट पनि गर्थे । शेरबहादुरले घर जान पाऊ भनेर बिन्ती गर्थे तर कामको लागि ल्याएको अहिले फर्किन नमिल्ने जवाफ दिन्थे । घरमा फोन गर्न खोज्थे न मोवाईल सेट थियो न त्यहाँ टावर नै टिप्थ्यो । कतारमा हुँदा दाई रमेशले दिएको सीमा कार्डबाहेक अर्थोक थिएन ।
                                            रुदै कराउँदै गर्दा उनका तीन महिना बिती सके । आफ्नो झोला कपडा डायरी पनि थियो उनीसंग । मनका कुरा खेल्थे । कति लेख्न मन लाग्थ्यो । १० कक्षासम्म पढेका उनले लेख्न खोजे पनि न कलम न डटपेन केही थिएन । अर्थोक त के उनले आफ्नो कपडा पनि लगाउन पाएननछन् । ” आफ्नो कपडा लगाउ पाईन अरबी डे्रस नै लगाउनु पथ्र्यो” किन भन्ने कान्तिपुरको जिज्ञासमा उनले भने-”खोई किन हो मैले कहिल्यै बुझ्न सकिन ।”
बाँच्ने त उनलाई पटक्कै आशा थिएन । मरिन्छ भन्ने भए पनि कहाँ छु भनेर परिवारलाई खवर दिन चाहेका थिए । न कुनै फोन न कसैसंग भेटघाट कसरी दिनु तिनै कतारी र उनका मान्छेहरु जान्थे । जती कुराकानी भए पनि उनीहरुसंग नै थियो । “एक पटक एक नेपाली भेट भए पाँच वर्षदेखि बाख्रा चराएर बसेको छु भन्थे । त्यसपछि न ऊनी भेट भए न अरु नै । कतारी र तिनीसंग काम गर्ने मान्छे बाहेक कोही आउँदैनथे ” उनले विवरण सुनाए ।
                                                                    पटकौंको बिलौना पछि एक दिन मालिक कतारीका भाईको मन पग्लिएछ । उनले म फोन गराई दिन्छु भने । गाडीमा तीन घण्टा कुदाएपछि बल्ल टावर टिप्ने ठाउँमा पुगे जतिबेला रातको चकमन्नता थियो । बालुवाको थुप्रो माथि चढे टावर प्रष्ट आयो र घरमा वुवा-आमा र कतारमा दाईलाई फोन गरे । उनका ऊकुस मुकुस भावनाहरु एकै पटक पोखिन थाले । तै घरमा बुवा आमालाई संहालिएर फोन गरे ।
                                                                 “मलाई ठिकै छ आत्तिनु पर्दैन । टावर नलागेको फोन गर्न पाईन । चिन्ता नलिनु होला । म राम्रो भएन भने फर्किन्छु यस्तै भन्दै उनले घरमा बावु-आमालाई आश्वस्त पार्न खोजे । तर वास्तविकता कहाँ लुक्थ्यो र । घरमा पनि चाल पाए । कतारमा भएका दाईलाई उनले सबै बृतान्त सुनाएका थिए । यता दाई पहिलेदेखि नै भाईको खोजीगर्न दुतावास जान शुरु गरिसेकेका थिए । भाइको फोन पाएपछि उनलाई साउदीको मरुभुमीमा भएको पक्का भयो । घरमा वुवाआमाले घर खेतै बेचेर भए पनि भाई झिकाउन रमेललाई भने ।
                                                  भाईलाई जति कोशिस गर्दा पनि उनले झिकाउन सकेका थिएनन । जनवरी ९ को दिन एकाएक रमेशलाई भाइको फोन आयो । उनलाई यस्तो पनि हुन सक्दो रहेछ भनेर पत्याउन पनि गाह्रो भयो । भाई कतारीसंग मुरुभुमीबाट विहान छ बजेर गाडीमा िहंडेर दिउसो दुई बजे साउदी बोर्डर आउँदै रहेछन् । भाईले भीसा लगाउन कतार आउँदै छु भनेर फोन गरेका थिए । उनको कपडाको पोको मुरुभुमीमै थियो । तलव पनि कत्ति पाएका थिइनन् । उनलाई एउटै चिन्ता थियो कसरी फुत्केर भाग्ने । उनी अपरान्ह कतारीको सालियास्थित घरमा आए । कतारीले शंका पाएर छोडेका थिएनन् । जब सन्ध्या भयो कतारी प्रार्थनामा लागे । उनी अरबी डे्रसमै भागे । दाईले ट्याक्सीलाई लोकेसन दिदै गए र उनले दाईसंग ल्याईदिए । उनी अहिले घर फिर्ती र हिसाब किताब मागि दिन दाईसंग दुतावास पुगेका छन् । त्यही बेला भेटिएका उनले भने- “मैले न कतार न नेपाल देख्न पाउँछु भन्ने नै लागेको थिएन । जेहोस् बाँचेर फर्किएँ । अहिले संझना त जुनी फेरेरै आएको छु जस्तो भएको छ ।
Email : regmidinesh@gmail.com

हासौ न त !

  •  एक जना युवति वस स्टेसनमा बस कुरेर बसिरहेकी रहिछीन । एउटा युवक पनि बस स्टेसनमा बस कुरीरहेको थियो । उसलाई ती युवति संग बोल्न मन लागेछ तर नचिनेको मान्छेसंग बोल्न अप्ठयारो लागेर फनफन ती युवतीको वरिपरी ३,४ फन्को घुमेछन । अनि अलि पर गएर फरर्क फर्केर आएछन । र ती युवतीलाई सोधेछन् । तपाईले मलाई चिन्नु भयो त ? युवती छक्क पर्दै ! छैन त युवक रिसाउदै कस्तो तपाई त अघि भर्खर तपाईको वरिपरी ३,४ फन्को लगाएको म हैन । हा हा हा हा……………॥
  • एउटा कन्जुस बाबु

छोरा-बाबा बाबा आज मैले ५ रुपैया बचाए नी

बाबु-खुशी हुदै छोरालाई सोध्छन कसरी छोरा

छोरा-आज स्कुलबाट आउदा बसमा नचढि बसको पछि पछि आए अनि जोगिएन त ।

बाबु-छोराको गालामा एक झापड हान्दै तलाई मुर्ख कम्से कम ट्याक्सीको पछि पछि दौडेको भए त ४०,५० रुपैया त बचाउथिस नि । हा हा हा हा……………………।

  • मेरोमाया मोवाइल सेट

 तिम्रो माया सिमकाड,

सम्वन्ध हाम्रो मेमोरी कार्ड ,

विवाह हाम्रो रिचाडकाड,

छोरा पाए इनकमिन कल ,

छोरी पाए आउट गोइन कल ।

 दुवै पाए फिरीकल

केही पनि नपाए मिसकल ।

हा हा हा हा …………

  • रामे पढनमा साह्रै अल्छि थियो । त्यसमा पनि अंग्रेजी भने पछि तातो भुत्लो नआउने । एसएलसीमा ४,५ चोटी पनि त्यही अंग्रेजि विषयमा नै फेल भएको भए गरेछ । अनि छौटो चोटि पनि परिक्षा दिएछ । रामे खुशी हुदै आएको देखेर

श्यामले सोधेछ -के हो रामे साह्रै खुशी देखिन्छस नि परिक्षा राम्रो भए जस्तो छ नि ?

 रामे-हो नि यार आज म धेरै खुशी छु । म यो पटक त पास हुन्छु नी

श्याम-कसरी

 रामे- अंग्रेजीको परिक्षा दिदा डिकनै नदि आउदो रैछु । यो पटक त डिक दिएको छु । हा हा हा हा ……………

चिसो दोहामा तातो सांगीतिक माहोल

दोहा  – यतीबेला खाडीमा चिसो बढ्दै छ । विहान बेलुका ज्याकेट लगाएर हिड्नेहरु प्रशस्तै भएका छन् । तर, यही चिसोको बेला कतारमा नेपाली गीत-संगीतको माहोल भने खुबै तातेको छ । अंग्रजी नयाँ वर्षको अबसर पारेर दोहामा आयोजित साँस्कृतिक कार्यक्रमले संगीत पारखीहरुलाई तताएको हो ।

एकातिर नेपालबाटै आएका फिल्मी तथा संगित क्षेत्रका ९ कलाकारको ‘नेपाली सुपर स्टार नाईट’ले रौनक दियो भने अर्कोतिर ल्होछार मिलन समारोहमा आयोजित स्थानीय सांगितक कार्यक्रमले । मध्यान्हदेखि रातीसम्म चलेका दुबै कार्यक्रमबाट प्रवासमा बसेका नेपालीहरुले आनन्द लिए । शुक्रवारे छुट्टीको दिन आयोजित दुवै कार्यक्रममा नेपालीहरु उन्मुक्त तरिकाले सहभागी हुन पाएका थिए ।

नेपालबाट कार्यक्रमकै लागि आएका कलाकारहरु पनि आफ्नो कला प्रवासी नेपाली माझ पस्किन पाएकोमा खुसीले गद्गद् देखिन्थे  । पहिलो पटक दोहा आएका कलाकारको मनको कुनामा के कस्तो हुन्छ भन्ने डर भए पनि यहाँ आएपछि पुरै हटेको उनीहरुले सुनाए ।

नायिका रेजिना उप्रेती, गायिका अन्जु पन्त, मोडेल हेमा श्रेष्ठ, लोकपप गायक शिव परियार, दोहोरी लोक गायिक निशा सुनुवार, उद्घोषिका सुनिता दुलाल, मोडेल संझना बुढाथोकी, हास्य कलाकार कमल गाउँले र डान्सर शंकर विसीले आफ्नो कला देखाएका थिए । कार्यक्रममा आउने भनेर प्रचार भए पनि गायक राजु परियार भने उपस्थित थिएनन् ।

नेपाली लोक गीत- नृत्य, आधुनिक गीत, लोक पप गीत, आधुनिक नृत्य, नेपाली फिल्म नृत्य र हास्यव्यङ्ग प्रस्तुत गरेर कलाकारहरुले कतिपय दर्शकलाई समेत नचाएका समेत थिए ।  ‘गीत संगीतको महोल देखेर म साह्रै खुसी भए’ पहिलो पटक कतार आएकी गायिका अन्जु पन्तले भनिन्-’वास्तवमा यस्तो महोल होला भन्ने मैले सोचेकै थिइन, कलाकारको लागि यो धेरै खुसीको कुरा हो ।’

आयोजक व्यवसायी तेजन्द्र महत पनि कार्यक्रम सफल भएकोमा उत्साही थिए । कलाकारहरु नयाँ वर्षको अघिल्लो साँझ आयोजित पौरखी साँझ पनि सहभागी भएर केही दर्शकसंग घुलमिल भई सकेका थिए । ‘कतार आउँदा पनि म नेपालमै भए जस्तो लाग्छ’ सातौ पटक कला प्रस्तुत गर्न आएकी नायिका उप्रेतीले कान्तिपुरलाई भनिन्-’यहाँबाट यती धेरै माया पाएकी छु की कहिले काँही त नर्भस पनि हुन्छु ।’

कलाकारहरुले सगरमाथाको शीरमा बुद्धको शान हाम्रो, बसन्त नै बस्न खोज्छ, नबिर्से तिमीलाई, फेवा तालमा सांईली, गर्नु गर्‍यौ बलराम, ढल्क्यो जोवन, यो मेरो प्राण भन्दा प्यारो माईती घर, मै ठुली भैछुरे र आमाको संझाना जस्ता गीत, संगीत र नृत्य गरेका थिए ।

तमु बौद्ध सेवा समितिद्वारा आयोजित ल्होछारमा सालै जो, भ्याउरे भाखाको थाली नृत्य, लोकगीत, रिमिक्स गीतले तलाएको थियो । मुल हो भने रसाईदेउ, रातो रानी फुले झै सांझमा, बसन्त नै बस्न खोज्छ, मलाई फुल्न देऊ, लहनाले जुरायोकी, वादलुको घुम्टोले ईलाम बजार छोपिदा, मलाई फुल्न देऊ जस्ता गीतमा नृत्य चलेका थिए । त्यती मात्र होइन मुक्तक, गजल र गाउँ खाने कथाले पनि स्थान पाएका थिए ।

राष्ट्रिय गीत गायनबाट शुरु ल्होछार कार्यक्रमको उद्घाटन राजदुत डा.सुर्यनाथ मिश्रले गर्दै आफ्नो चाडपर्वलाई प्रवासमा पनि मनाउदै आईरहेकोमा खुसी व्यक्त गरे । आफ्नै भेष भुषामा आएका कलाकार र कैयौं दर्शकको पहिरन हेर्दा कार्यक्रम कुनै गुरुङ गाऊँमा भएको भान हुन्थ्यो । ल्होछारमा कलाकारको गीत र नृत्युलाई मन पराएर दर्शकहरुले फुलको थुङ्गा भन्दै कानमा कतारी रियाल सिउरी दिएर दुई/चार फन्का उनीसंगै नाच्दै सांगितिक माहोल तताएका थिए ।
–दिनेश रेग्मी

कतारका श्रमिकको तलव वृद्धि

–दिनेश रेग्मी

दोहा  – कतारस्थित नेपाली दुतावासले जनवरी १ देखि लागु हुने गरी नेपाली श्रमिककहरुको न्युनतम पारिश्रमिकमा बृद्धि गर्ने भएको छ । यही पुष १७ गतेदेखि लागु हुने गरी कामदारको न्युनतम पारिश्रमिकमा खाना खर्च वापत थप दुई सय रियाल अर्थात चार हजार रुपैया बृद्धि गर्ने भएको हो । दुतावासले कामदारको माग पत्र स्वीकृत गर्दा रोजगारदाता कम्पनीले कामदारको खाना खर्च व्योहोर्नु पर्ने वा त्यसको लागि मासिक दुई सय रियाल दिनुपर्ने नियम बनाएको छ ।

यो नियम लागु भएपछि अब अदक्ष कामदारको न्युनतम पारिश्रमिक खाना खर्च सहित मासिक ८ सय रियाल (१६ हजार रुपैया) कायम हुने छ । हाल अदक्ष कामदार (लेबर, क्लिनर, हेल्पर, स्वीपर, वाचम्यान र अफिस व्वाई)को न्युनतम पारिश्रमिक खाना बाहेक ६ सय रियाल (१२ हजार रुपैया) छ । वैदेशिक रोजगारमा आउँदा कामदारले तिर्नुपर्ने रकम र यहाँ हुने खाना लगायतका खर्चलाई ध्यान दिदै दुतावासले कामदारको न्युनतम पारिश्रमिकमा बृद्धि गरेको हो ।

कतारका लागि नेपाली राजदुत डा. सुर्यनाथ मिश्रले

 वैदेशिक रोजगार विभागलाई यो भन्दा घटीमा श्रम स्वीकृत नदिन पत्र पठाइ सकेको बताएका छन् । ‘अब त छ सय रियालमा काम गरेर श्रमिकले यहाँ आउँदा लागेको ऋण तिर्न र खाना पुर्‍याउन गाह्रो पर्ने भएर बृद्धि गरेका हौं’ मिश्रले भने । हाल रोजगारदाता कम्पनीहरुले कामदारको निवास, यातायात र उपचार खर्च व्यहोदै आए पनि खाना खर्च बेहोर्ने गरेका थिएनन् ।

खाना सुविधा वा त्यस वापतको रकम (दुई सय रियाल) अदक्ष कामदारदेखि दक्ष तथा पेशागत (प्रोफेशनल) श्रमिकहरुका हकमा पनि लागु हुने छ । दुतावासले अर्ध दक्ष कामदारको न्युनतम तलव पेशा अनुसार ८ सय रियाल (१६ हजार)देखि २५ सय रियाल (५० हजार रुपैया) र दक्ष कामदारको ८ सय रियालदेखि ५ हजार रियाल (एक लाख रुपैया) तोकेको छ । त्यस्तै, पेशागत रुपमा ईन्जियिर, चिकित्कस, सर्जन, प्रबन्धक, चार्टण्ड एकाउण्टेट लगायतको ३५ सय रियाल (७० हजार रुपैया) देखि १० हजार रियाल (२ लाख रुपैया) न्युनतम पारिश्रमिक निर्धारण गरेको छ । दुतावासका अनुसार नयाँ कामदारले यो सुविधा पाउने भएपछि पुराना कामदारलाई पनि कंपनीले खाना खर्च वापतको रकम वा खाना उपलब्ध गराउने छ ।

‘नयाँ कामदारलाई दिएपछि कम्पनीहरु पुरानालाई पनि दिन स्वतः बाध्य हुन्छन्’ दुतावासको भनाइ छ । हाल खानाको सुविधा होटल तथा रेष्टुरेण्टमा काम गर्ने वेटर, कुक, वेकर्स पाउँदै आएका छन् । सरकारले २००४ मा कतारसँग प्रारम्भिक श्रम संझौता गर्दा कामदारको न्युनतम पारिश्रमिक १ सय २५ डलर (नौ हजार) रुपैया तोकेको थियो । अन्य देशका कामदारको तुलनामा नेपाली कामदारको यो पारिश्रमिक न्युन हो । त्यसलाई दुतावासले २००८ जनवरीदेखि लागु हुने गरी ६ सय रियाल (१२ हजार रुपैया) कायम गरेको थियो । नेपाली श्रमिक तथा सरोकारवाला निकायहरुले नेपाली कामदारको पारिश्रमिक बृद्धिको पहल गर्न श्रम मन्त्री, विभाग तथा दुतावासलाई आग्रह गर्दै आएका थिए ।

गोरखालीलाई ‘आई लभ यु’

कृष्ण आचार्य गोरखा,-

मुन्द्रे र फिस्टेसँगै हाँसेका गोरखावासी आइतबार हास्य जोडी दीपा निरौला र दीपकराज गिरीसँगै हाँसे । धनियाको वेश र भाषामा ‘अरे रामविलास कहाँ छ रे ?’ भन्दै मञ्चमा आएकी दीपाश्रीलाई मैदानमा रहेका युवा दर्शकले ‘रामविलास यहाँ छ,’ मात्र के भनेका थिए, दीपाले जवाफ फर्काइहालिन्, ‘त्यसो भए तपाईंलाई नै आई लभ यु ।’ ‘अरे दीपक आऊ तेरो र मेरो दर्शकसामु माला लगाएर कसम खाने दिन,’ यसपछि दीपाले थपिन् ।

 दुइटा माला ल्याएर दर्शकतर्फ चोरी औंला देखाउँदै दीपकले भने, ‘एउटा माला तिमीलाई अनि अर्कोचाहिँ ऊ…त्याँ बसिरहेकी केटीका लागि ।’ दर्शक हाँसिरहेकै बेला दीपाले मधेसी मूलकी महिलाको लबजमा भनिन्, ‘त्यसोभए अर्कोपट्ट िबसेको जुँगामुठे दाइलाई म पनि भनिदिन्छु ‘आई लभ यु ।’ हरमटारीको खेलमैदानमा चर्चित जोडी दीपा र दीपक देख्न पाउँदा दर्शक खुसी भए । प्रहसनको मज्जासँगै दर्शकले सांगीतिक स्वाद पनि लिए, गायक हेमन्त शर्माको गीतमा ननाची बस्न सकेनन् । गोरखा महोत्सवको सांस्कृतिक कार्यक्रम हेर्न आएका दर्शकलाई रेश्मा सुनुवार, रोज मोक्तान लगायतका गायक-गायिकाले पनि उत्तिकै नचाए ।

यता मोडल रञ्जिता गुरुङले ‘दुई चुल्ठी बाटेर..’ गीतबाट दर्शकलाई मनोरञ्जन दिइन् । रेश्माको ‘आइदेऊ, घुम्टो ओढाइदेऊ..’ गीतमा हास्य कलाकार दीपकले आफ्नो प्रस्तुतिमा व्यंग्य गर्न पनि भ्याएका थिए । ‘दीपक दाइले मेरो गीतमा धेरै व्यंग्य गर्नु भो, अब म गाउँदिनँ’ जाडोको पहिरनमा आएकी रेश्माले घुर्की देखाइन् । दर्शकले कराउँदै भने, ‘पाइँदैन’ । त्यसपछि दर्शकलाई नाच्न आग्रह गर्दै उनले ‘आइदेऊ घुम्टो ओढाइदेऊ..’ गाइन् । ‘आकाशैको झिम-झिम तारा…’ को धुन आउनेबित्तिकै दर्शक नाच्न तम्से । रोज मोक्तानले ‘कलकत्ते काइँयो..’ गाउन थालेपछि दर्शक यति हौसिए कि सुरक्षाकर्मीको घेरा नै तोडेर खाली मैदानमा पुगेर नाचे ।

गोरखा प्रवासी संघका उपाध्यक्षँको निधन !

 दोहा-मृत्यु निश्चित हो यसले हर प्राणीलाई कुनै न कुनै रुपमा छुन्छ । अँझ भन्ने हो भने जीवनको गन्तव्य नै मृत्यु हो । प्राणी जगतले सर्वोपरि जित्दै गर्दा हरेक जितलाई हराई दिने मृत्युलाई कसैले नकार्न सक्दैन ।

हाम्रा श्रद्धेय मित्र तथा गारखा प्रवासी संघका उपाध्यक्ष एवं गोरखा प्रवासी मुस्लिम समाजका अध्यक्षँ रेशम दिन मियाँको नेपाल विदामा रहदा दुर्घटनामा परि भएको निधनमा हाम्री सम्पुण कतारबासी नेपालीहरु स्तब्ध र मर्माहित भएका छौ । यो दुखद घडीमा उहाँको परिवार लगायत आफन्तमा पर्न गएको क्षतिप्रति हामीमा अति नै पिडावोध भएको छ । उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकशन्तप्त परिवारमा धर्यधारण गर्ने क्षमता प्राप्त होस भन्ने कामना गदर्छौ गोरखा प्रवासी संघ तथा सम्पूण कतारबासी नेपालीहरु ।

त्यसै गरी उहाँको निधन प्रति प्रवासी नेपाली मुस्लिम समाजले शोक ब्यक्त गर्दै विज्ञप्ती निकालेको छ विज्ञप्तीमा भनिएको छ समूदायको एकता र हितको नििमŒा उहाँले गरेको चिन्ता वास्तवमा आज हाम्रो काँधमा आएको छ । समाजले उहाँको देन र सपनालाई कहिल्यै खेर जान दिने छैन । भौतिक रुपमा मरहूम रेशम दिन मियाँ हामीबाट ओझेल भएर गएपनि उहाँको चिन्तनलाई आत्मासात गर्दै भावनात्मक रुपले नजिक नै रहने छन् भन्न चाहन्छौं ।

 मान्छेहरुले सोचे अनुरुप हरेक कुरा गर्न सफल हुन्छन तर मृत्य हो कि जसले सबैको सोचलाई कैदगरेर सबै भताभु¨ पारी दिन्छ । तरपनि समालिनु वाहेक अर्को कनै विकल्प रहन्न तसर्थ मरहूम रेशम दिनको मृत्युप्रति शोकाकुल मात्र नबनी धैर्य एवं मानसिक शिŒाुका साथ उहाँको मग्फिरतपूण्यका लागि अल्लाह अज्ज व जल्ल सँग दुआ गर्नु नै हाम्रो महान काम हुने छ भन्दै कतार लगायत बिश्व मुस्लिम जगतलाई दुआको अपिल गर्न चाहन्छौ ।

« Older entries