बिनोद खड्का
पैसा
पैसा
जीवन दिन्छ
जीवन लिन्छ
पैसाले पैसा तान्छ
पैसाले पैसा लान्छ
चोर जन्माउँछ
साधु जन्माउन सक्दैन
नेता जन्माउछ
सच्चा नेतृत्व जन्माउन सक्दैन ।
पैसाकै अभावमा
जीवन त्यागे कतिले
पैसाकै दुरुपयोगमा
जीवन छाडे कतिले
पैसाकै सदुपयोगमा
सून्दर भविष्य बाँडे कतिले
पैसाकै आडमा
व्यभिचार जन्मिए
पैसाकै बदलामा
सदाचार हुर्किए ।
पैसाले
परदेशी बनायो
जन्मभूमि बिर्सायो
स्वार्थी बनायो
अहम भाव जन्मायो
आफैलाई एक्लायो
आफन्तलाई पर लग्यॊ
तैपनि मान्छेहरु भन्छन
पैसाले सूखी बनायो
यस्तै भ्रम पालेर
बाँकी जीवन जीउँछन ।
पैसाले
महल बन्यो
रहरहरु चुलियो
देखाउनैका लागी पैसाले
बडो गजबको साथ दियो
हाइ हाइ गर्नेको भीड लाग्यो
भीडमा साथी देखियो देखिएन
थाहै भएन
किनकि
पैसाले
विवेकशून्य बनायो
आँखा भएको अन्धो बनायो
पैसाले पैसाकै दास बनायो
दासत्वको चेतना हुँदा नहुँदै
संसार त्याग गरायो ।
त्यसैले
पैसा सही हो या गलत
मेरा सोचाइ्हरु सबै खायो ।
८ मे २००९
हाल – दोहा कतार
khadkabinod02@yahoo.com
Comments on: "कविता" (10)
[...] कविता [...]
binod dai tapai ko poeam le malai pani paisha le manche lai swarthi bnau6 jasto lagyo ramro 6 dai
all the best dhari ramro chha
jiban poisako hoina poisa jiban ho mitra …………………………………..?
very good poem
i like very much
thanx
sayad jivan paisa ko nai hola.
Dhanyabad Dipakji !!!
Rojinaji, sachhai poem yesto hudaina ?
poem ra na kha milacha easto pani poem huncha
VERY GOOD AND LONG LIFE POEAM