चुनौतिमा थिएँ जब, छोडेर गयौ तिमीखाएका वाचा कसम, तोडेर गयौ तिमी
झुटो आश देखाएर, मेरो जिन्दगीमा
दुखाउने सम्बन्ध ,जोडेर गयौ तिमी
एउटै ईच्छा मेरो,लक्ष्य चुम्नु हुदाँखेरी
सिधा मेरो मनलाई, मोडेर गयौ तिमी
मेरो जीवनलाई,सफलताले साथ दिदाँ
सिसासरी मेरो भाग्य,फोडेर गयौ तिमी
कोमल मेरो मुटुमा ,अनायासै तिमीले
फुल भन्दै काडा पो, गोडेर गयौ तिमी
-एन.वि.अन्जान
दुःख,पीडा,दर्द मात्रै जिन्दगीमा रास पर्यो
हत्केडी,नेल पैराउने के कसुर खास पर्यो
संघर्षशिल जिन्दगी यो दानवको पास पर्यो
मृत्युसंग बाजी ढोकि विजयको आभास पर्यो
-ईश्वर दाहाल कविजी
देशका सारा जनतालाई peace चाहिएको छ
नेतालाई रेडलेबल र fish चाहिएको छ
प्रगतिका मेरुदण्ड देशका युवालाई
डिस्को क्याब्रे सुन्दरीको kiss चाहिएको छ
गरीबीले थिचिएका हामी नागरिकलाई
साँझ बिहान हातमुख जोर्ने dish चाहिएको छ
एक्लै बाँच्न गार्हो रैछ आजको संसारमा
मेरो संसार हाक्न सक्ने miss चाहिएको छ
नवोदित साहित्यिक वाचनालय
दोहा,कतार
-महेश्वर नेपाल
दुःखमा पनि जिन्दगी चलेको हुन्छ यहाँ
मनमा आशाको दियो बलेको हुन्छ यहाँ
यस्तै रैछ मान्छेको जीवन भन्नु आखिर
सपनाको महल पनि ढलेकै हुन्छ यहाँ
लक्ष्य चुम्ने होडमा जीवन सघर्ष गर्दागर्दै
पाइलैपिच्छे दैवले छलेकै हुन्छ यहाँ
दुःखसुख भन्ने चिज त यस्तै नै हो
यात्रामा थकित दिल गलेकै हुन्छ यहाँ
यस्तै रहेछ यहाँ नियतीको खेल नै
आगो बिना हृदय जलेकै हुन्छ यहाँ
हाल-दोहा,कतार
- जगत राम बर्देवा “घायल”
गजल
जेल मेरो बिध्या मन्दिर क ख त्यही पढें मैले
मनको बह निकालेर तनको घैला भरें मैले ॥
अझै पनि उहि चोटले भित्र मुटु चस्कि दिन्छ
आँशुको यो ठूलो भेलमा कयौं जंघार तरें मैले ॥
जीवन भरी नमेटिने कस्तो दाग लाग्यो मलाई
एकान्तमा टोलाउँछु कुन चाहीं भुल गरें मैले ॥
बिना गल्ति सजायको भागीदार बन्नु पर्यो
ब्यर्थै सोचें कोपिला भई धेरै शुबाष छरें मैले ॥
जेलको नाता जेल सम्म मात्रै हुन्छ भन्थे कोही
पछि सम्म हुदो रैछ सोच्नै भुल परें मैले ॥
पृथ्बीनारायण नगरपालीका १०-गोरखा
हाल -दोहा कतार
-राजेश्वर ढकाल
दशै तिहार् धेरै भयो हाँस्खेल् गर्न पाको छैन
आशिष् थाप्दै मान्यजन्का हात्को टिका लाको छैन
दशै खर्च पठाउनु हुन्न भनी सोध्छीन् प्यारी
महिना त मरी सक्यो तर तलब् आको छैन
हुने खानेहरु यहाँ रम्झममा लागि सके
हामी जस्ता गरिबको आँगनीमा छाको छैन
सबै सँग मिलिजुलि मनोराजन् गर्ने बेला
पर्देशमै बस्नु पर्दा मन्मा शान्ति भाको छैन
सांस्कृतिक सद्भावको महान् चाड हाम्रो दशै
मान्न छाडि पाश्चात्यको पछाडि म गाको छैन
-प्रकाश बन्जरा ’विहानी’
यसपाली नी तिम्रो चोली फेरीएन मेरी सानी
गरिवलाइ यसपालीनी हेरीएन मेरी सानी
धनि मनि जति सबै दशैँ द्धारा घेरीएछन्
ढुङ्गे गाह्रो कमेरोले घेरीएन मेरी सानी
दशैँ आयो भन्थ्यौ तिमी दशा आको रै छ घरमा
नाङ्गो आङ्गमा एक धरो बेरीएन मेरी सानी
अधिकारका कुराहरु हाम्ले जति गरे पनि
सँविधानमा एक अक्षर केरिएन मेरी सानी
कोहि जालान जहाज चढि लाखौँ लाख खर्च गिर
यसपाली त घोर्ले खसि शेरिएन मेरी सानी
साउने चउर –९ खोटाङ्ग हाल दोहा-कतार
Comments on: "गजल" (12)
beautiful gazals….
प्रयास राम्रो छ ,प्रगतीको कामना बाबु गोर्खालीलाई
k k vako yesto aajhai pani mis khodai
tyo peace kiss fish kaphiya vako gajal lekhna dai la aajhai pani miss khodai vaya hamro palo chai kaila aauna ni tesaila plz yeso navannus la dada hamro pani palo chaio ni ki kaso
Ishowar ji very nice Gajal.Do you continue it’s type Gajal. Ok sir
nice I LIKE THIS
nice………………..6
ramro 6 padna pay khuse lagayo
timro hat ko sari laune katro dhoko theyo
jhola kholi herda kheri puranai poko theo
parkash dai tapai ko gajala le mero man 6oyo ajhai lekhne prayas garnu hola
U R ..all the best dharai ramro 6 ta hajur…//..
tyo fish bala shayari gazab chha yaar.