खगेन्द्रले चिनाए अष्ट्रेलियामा नेपाल

-नारायण खडका

paper 

अष्ट्रेलियाको पत्रिकाले खगेन्द्र थापामगर सम्बन्धमा गरेको कभरेज ।

सिड्नी (अष्ट्रेलिया), फाल्गुन २४ – ‘तपाईलाई नेपालमा जन्मिएको र विश्वकै सबैभन्दा होचो भएको भन्दा केही दु:ख लाग्दैन ?’ अष्ट्रेलियाको प्रतिष्ठित च्यानल सेभेनको बिहानी कार्यक्रम सनराइजकी कार्यक्रम प्रस्तोताले उनलाई प्रश्न सोध्दाउनले गर्वका साथभने, ‘म आफु होचो भएको त कुनै गुनासो छैन तर नेपालमा जन्मिन पाएकोमा म जति गौरवान्वित कोही छैन् ।’

विश्वकै होचो ब्यक्तिको रुपमा नाम कमाएका नेपाली युवा खगेन्द्र थापामगरले अष्ट्रेलियामा आएर नेपालको नाम उच्च मात्र बनाएनन् उनले नेपाल पर्यटकीय र शान्त देश भएको सन्देश समेत बिश्वलाई दिएका छन् ।

अष्ट्रेलियाको एक निजी पोखरा समाज नामक सँस्थाले आयोजना गरेको कार्यक्रम सहभागी हुन आएका थापामगरले सोचेजति इज्जत त पाए नै तर त्यो भन्दा बढी यहाँका सञ्चार माध्यमले उनलाई प्राथमिकता दिएपछि उनको उचाईसँगै नेपालको नाम पनि अगाडि आएको छ । उनको बारेमा मंगलबा। प्रकाशित यहाँका प्रतिष्ठित समाचारपत्र मात्र नभएर टेलिभिजनहरुले समेत प्राथमिकताका साथ समाचार प्रशारण गरिरहेका छन् ।

यहाँको राष्ट्रिय टेलिभिजनको च्यानल सेभेनको ‘सनराईज’ कार्यक्रममा उनको करिब ४ मिनेटको भिडियो फुटेज मात्र हैन टेलिग्राफलगायतका पत्रिकाले समेत उच्च प्राथमिकताका साथ समाचार प्रकाशन गरेका छन् ।

विश्वका होचा ब्यक्तिका रुपमा गिनिज बुकमा नाम लेखाउन सफल भएपछि पहिलोपल्ट अष्ट्रेलिया आएका उनलाई यहाँ भब्य सम्मान गरिएको छ । उनले त्यो सम्मानको भरपुर सदुपयोग गरेका छन् । उनले नेपाल र नेपालीको बारे खुलेर कुरा मात्र गरेनन् की बुद्ध नेपालमा जन्मिएको सन्देश दिन पनि भ्याए । टेलिभिजनसँग कुरा गर्दै उनले भने, ‘हामी शान्त र शितल देश मात्र नभएर बुद्ध जन्मिएको देश पनि हौं ।’

यहाँ बसोबास गरिरहेका नेपालीहरुका अनुसार अष्ट्रेलियाको सञ्चारमाध्यममा कुनै नेपालीले अहिलेसम्म पाएको राम्रो कभरेज विश्वका सबैभन्दा होचाब्यक्ति नेपाली युवा थापामगरको नै हो । यहाँ बिगत २ दशकदेखि बसोबास गर्दै आएका रमेश अधिकारीका अनुसार नेपालीलाई अहिलेसम्म यहाँका सञ्चारमाध्यमले कमै प्राथमिकता दिने गरेको भए पनि अहिले यस्तो राम्रो कभरेज गरेकोमा खुशी लागेको बताए । ‘वास्तवमा खगेन्द्रले राम्रो कभरेज पाएको मात्र नभएर नेपालीले पाएको अहिलेसम्मकै राम्रो इज्जत हो’  उनले भने ।

यहाँको बिभिन्न साँस्कृतिक कार्यक्रममा सहभागी हुन आएका खगेन्द्रलाई हेर्नेको भीड नै लागेको थियो । पोखरा समाजले ब्यक्तिगत रुपमा साँस्कृतिक कार्यक्रमको लागि ल्याएको खगेन्द्रसँग बसेर फोटो खिच्न यहाँका नागरिकहरुको भीड नै लागेको थियो । उनीहरुले खगेन्द्रको दिल खोलेर सम्मान मात्र गरेनन्, उनलाई बिभिन्न स्थानमा घुमाउन समेत भ्याए । ‘वास्तवमा हामीले जे सोचेर खगेन्द्रलाई ल्याएका थियौं हामी सफल भएका छौं’ खगेन्द्रलाई अष्ट्र्लिया ल्याउन दिलो ज्यान लगाएर लागि परेका दिपेश पुनले भने ।

यहाँका पत्रपत्रिका र टेलिभिजनमा कभरेज मात्र हैन इज्जत पनि दिइएको छ । तर पनि उनको सुरक्षाका कारण अष्ट्रेलियाको सिडनीमा मात्र कार्यक्रम गरिएको छ । ‘उनको सुरक्षाका कारण अन्य राज्यमा कार्यक्रम गर्न सकिएन’ पुनले भने, ‘तर पनि हामीले सोचेभन्दा राम्रो कार्यक्रम गर्न सफल भएका छौं ।’

shbahar : ekantipur

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.