कतारको सीप सदुपयोग गर्छु

बिभीन्न बहाना लिएर नेपालबाट युबा शक्तिहरु धमाधम पलायन भइरहेको बेलामा आफ्नो १२ बर्षे बिदेश बसाइको अन्त्य गर्दै चितबन भरतपुर ११का ३५ बर्षिया जनाव करिम मियाँ भने यहाँ सिकेको सिपलाई नेपालमै गएर केहि गर्ने योजना लिएर केहि दिन भित्रैमा नेपाल जाँदै छन ।
१९९८मा सादिया भन्ने कम्पनीमा स्टोर किपरका रुपमा आएका उनी केहि बर्ष देखी भने सेल्सम्यानका रुपमा कार्यरत थिए । बिरेन्द्र बहुमुखी क्याम्पस भरतपुर बाट आइए सम्मको अध्यान गरेका उनि२ सन्तानका पिता समेत हुन । प्रबासी नेपाली मुस्लीम समाज कतारको संस्थापक सह सचिब तथा हालको प्रथम उपाध्यक्ष समेत रहेका उनि मुस्लीम समुदायको हक अधिकार र पहिचानका निम्ती प्रबासमा बसेर लागीपर्ने गर्दथे । प्रस्तुत छ उनै मिया सँग गरिएको कुराकानी ः

  • के योजना लिएर जाँदै हुनुहुन्छ ?

१२ बर्षको अन्तरालमा यहाँ आएर धेरै कुराहरु सिक्ने अबसर पाँए । त्यहि सिपलाई नेपालमै गएर सदुपयोग गर्ने हेतुले जाँदै छु । एउटा ब्याबसाय गर्ने योजनाका साथ नेपाल जादै छु । यहाँ जतिकै नेपालमा खट्ने हो भने त नेपालमै अबसरहरु छन ।
यो अबधिमा नेपालीहरुको अबस्था कस्तो देख्नु भयो त
नेपालीहरुको अबस्था केहि हद सम्म राम्रो भएपनि कतिपय नेपालीहरु ठग दलालहरुको सिकार बन्न पुगे न्युन तलबसुबिधाले गर्दा नेपालबाट आउँदागरेको लगानी समेत उठाउन नसक्दै तथा म्यानपाबरको कारणले नेपालीहरु नेपाली दुताबासको शरणलिनु पर्ने अबस्था यथाबत छ ।

  • यो अबस्थालाई रोक्न के गर्नु पर्ला ?

समबन्धित निकायले म्यानपावर कम्पनीहरु सँग समन्वय गरेर एउटा दक्षकामदारहरुलाई आर्कषक तलब सुबिधामा नेपालीहरुलाइ भित्रयाउन सकेको खण्डमा राम्रो हुने थियो । ठगि गर्ने म्यानपाबरहरुलाई श्रम मन्त्रालयले उचित छानबिन गरी दोषिलाइ नेपालमै कारबाहि गर्न सकेको खण्डमा यो समस्या कम्ती हुने थियो ।

  • तपाइ त संघ संस्थामा आबद्ध मान्छे कस्तो पाउनु भयो संस्थाहरुको माहोल ?

संघ संस्थाहरुको माहोल अहिले सम्मको परिबेशमा ठिकै चलेको छ । बिदेशमा रहेर पनि आफ्नो जिल्ला गाउको नाउमा संस्थाहरु स्थापना गरेर केहि हद सम्म भएपनि आफनो गाउँ ठाउँमा बिकास निर्माणको लागी सहयोग गरिरहेका छन यो अत्यन्तै राम्रो हो । जे जस्तो भएपनि एक आपसमा फुटेर हैन जुटेर लाग्नु पर्छ ।

  • १२ बर्षे अबधिमा तपाईले देख्नु भएको परिबर्तन ?

जतिबेला कतारमा काम गर्न भनेर म आएको थिए त्यति बेला कतारमा १-२ बटा भन्दा अग्ला भबनहरु थिएन ।सडक बिस्तार आजको जस्तो थिएन १२ बर्षको यस अबधिमा कतारले काया पलट गरेको छ ।यदि सच्चा देश भक्ति नेताहरु सरकारमा हुनेहो भने देश बिकाश गर्नु सायद कुनै ठुलो कुरा हैन छोटो समयमा कतिको बिकाश गर्न सकिन्छ भन्ने पाठ कतार बाट लिन सकिन्छ ।

  • यहाँ आएर के पाउनुभयो अनि के गुमाउनु भयो ?

परिवार बाट टाढा भएपनि उनिहरुलाई भौतिक सुख सुबिधा दिन पाएको छु । हरकोहि ब्यक्ति आफ्नो एउटा सुन्दर सपना सजाएर बिदेशकोलागी जन्म भुमि छाडछ त्यतिबेला देखीनै आफनो परिबारको माया माता र नजिकपन केहि समयकोलागी गुमाएक अनुभुति गरें । बिदेशमा आएर केपाए र के गुमाए भन्दा पनि बिदेशले एउटा गतिलो पाठ सिकाएको छ ।

  • कतारबासी नेपालीहरुलाई के भन्न चहानु हुन्छ ?

बिदेशमा सिकेको सिपलाई स्वदेसमा गएर पनि सदुपयोग गरि आफ्नौ भुमीमा नै कुनै नौलो आयाम थप्न प्रोत्साहित गरौं । १२ बर्षे कतार बसाइमा रहदा सामाजिक कार्यमा लाग्न हमेसा प्रोत्साहन गर्ने र हर कदममा साथदिने मेरा सहकर्मी साथीहरु नेपाली नियोग अनि कतारमा स्थापित बिभीन्न संघ संस्थाका साथीहरुले पुर् याउनुभएको उच्चमुल्यांकनको कदर गर्दै तपाइहरुको आगामी दिनहरु र कतार बसाई सुखमय बितोस । कतार बसाइका क्रममा सामाजीक कार्यमा कार्यरत भएको बेलामा जान अन्जानमा कुनै गल्ती एबं त्रुटि भएमा क्षमा गरिदनिुहुनेछ भन्नेमा बिश्वासका साथ अलबिदा कतार भन्न चाहन्छु ।

प्रश्तुतिः महेश्वर नेपाल

कान्तिपुर प्रवास साप्ताहिकमा १० मार्चमा प्रकाशित

Comments on: "कतारको सीप सदुपयोग गर्छु" (2)

  1. बाबुगोरखाली वर्डप्रेस डट कम मार्फत सुचना ,साहित्य र मनोरन्जन लिन पाउदा गर्व लाग्यो । बाबुगोर्खाली लाई सफलता को कामना गर्दछु

  2. Thanks rajeshwor jee……….

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.