डम्बर र युनाले नचाए, कतारमा कि्रयर्टस ब्याण्ड

-राजेशवर ढकाल
दोहा- “मेरो जीवनबाट जाने भए जाउ तर अन्तिम पल्ट भेट्न आउ…”आज आकाशमा एउटा तारा देखिन…”,सपना भुलाएँ सारा आँशु पिएर जाउँ मन्दिरमा छ तिम्रँ”, तस्वीर लिएर जाउँ…”, लगायतका बहुचर्चित गितहरु नसुन्ने संगीत प्रेमी नेपाली सायद कमै होलान । तर उक्त गितका गायकलाई भन्ने प्रतक्ष सुन्ने अबसर कमैले पाएका छन । तर कतारमा श्रमरत नेपालीहरुले भने उक्त गीतका गायक डम्बर नेपालीलाई प्रत्यक्ष भेटेर गीत मात्र सुनेन उनीसंगै गाए नाचे र झुमे पनि । कतारमा कार्यरत नेपालीलाई यो अबसर जुटाईदिएको थियो नब स्थापित कि्रयटस्र ब्याण्डले । महाशिव रात्रीको अवसरमा ब्याण्डले नेपालबाट गायक नेपालीलाई झिकाई नेपाली लाईभ म्युजिकल ग्रुपको प्रस्तुती स्वरुप “डम्वर नेपाली लाईभ सांझ २०११” आयोजना गरिे उक्त अवसर जुराएको हो । ”उसले मलाई चिन्थी रेम उसलाई चिन्दीन थे मेरो मायाको मुल्य बजार बजार सोध्दै हिड्थिी रे विचरा उ संग पैसा छैन रे सस्तोमा पाए किन्थी रे” माथीको टुक्का भन्दै स्टेजमा झुल्केका डम्वर नेपालीले “परालले छाएको घर छ मेरोत्यहा तिमीलाई सझाउने रहर छ मेरो…”लगायत ”सबै साथी गए आफ्नो भाग्य खोज्न…”के सम्झि खेल्यौ मेरो मायामा…”संसार की राम्री ठान्थे तिमीलाई जस्ता दर्जन गीतहरु गाएर यहाँ कार्यरत नेपालीलाई भरपुर मनोरन्जन दिएका थिए ।
नेपाल बाटै आएकी नायिका युना उप्रेतीले “मै ठुली भै छु रे…”छुनमुन छुनमुन छुनमुन …” लगायतका गीतहरुमा गरेकॊ नृत्यले पनि दर्शकहरुको मन जित्न सफल भएको थियो । अन्तराष्ट्रिय नेपाली कलाकार संघकी जानुका थापाले”कोही आयो कस्तो आयो…”गीतमा नृत्य राजन कुमालले “पिरतीको तालमा फुल फूल्यो कमल…”गीतमा नृत्य प्रस्तुत गरे भने कार्यक्रममा कतारमा भर्खरै स्थापना भएको कि्रयर्टस ब्याण्डका किशोर घले गुरुङ राजेश नेपाली सुभाष गुरुङ हिमाल घले अनिल पाण्डे अजय कार्की राजेश राईको समुहले “आज भोली गाउँभरी हल्ला छ…” “हाम्रँ” नेपाल…” “च्याङबा…”जस्ता गीतहरु प्रस्तुत गरेर दर्शकको ताली बटुल्न सफल भएका थिए । नेपाली चलचित्र निर्माणमा सनै उमेर देखी सकि्रय नेपालकै कान्छि निमात्रीको उपमा पाएकी कृषा चौलागाईले संयोजन गरेको उक्त कार्यक्रम चौलागाई तथा कल्पना गुरुङलेसंचालन गरेका थिए ।बलहरी रानाको आयोजना तथा विकाश क्षेत्रीको ब्यबस्थापन तथा मा भएको कार्यक्रममा नेपाली दुतावासका दितीय सचिव जय राईको प्रमुख आतिथ्यमा संम्पन्न भएको थियो । कार्यक्रममा श्रम सहचारी ध्रुव प्रसाद कोइराला, एनआरएन कतारका अध्यक्षँ नरेन्द्र भाट, सल्लाहकार कमलमणि गुरागाई, ब्यावसायी टि.वी कार्की,उमेश अधिकारी तथा अन्तिराष्ट्रिय कलाकार संघका अध्यक्ष डि.एन मगर लगायतका ब्यक्तिहरुको उपस्थिती थियो ।

कतारमा कि्रयर्टस ब्याण्ड

दोहा- कतारमा नेपाली समुदायले अर्को एउटा साँगितीक समुह गठन गरेका छन । कि्रयटस्र ब्याड नाम दिइएको उक्त समुहले पहिलो प्रस्तुतीको रुपमा डम्बर नेपाली लाइभ साँझ २०११ न्ाामक कार्यक्रम समेत संम्पन्न गर्यो । ब्याण्ड स्थापनाका लागी समुहले नेपालबाट गायक डम्बर नेपाली तथा नायीका युना उप्रेती साथै कान्छि निर्मात्री  कृषा चौलागाईलाइ कतार झिकाएका थिए । उक्त ब्याण्डको भोकलिष्ट- किशोर घले गुरुङ र विकाश क्षेत्री, बेस गितारिष्ट-अजय कार्की, रिदम गिटारिष्ट- राजेश नेपाली, लिड गिटारिष्ट-सुवास गुरुङ, हिमाल घले, ड्रम-अनिल गुरुङ र भाइलेनमा-राजेश राई छन । ब्याण्ड म्यानेजर -बलहरी राना सल्लाहकारहरु निराजन भण्डारी,तेजेन्द्र महत र डिए.एन.मगर तथा ब्याण्डका सदस्यहरु शैलेन्द्र कठायत,विजय गुरुङ,राजेश सुवेदी,स्याम थापासनी के.सी छन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.