एउटा साधु एउटा पिपलको बोट मुनि बसिरहन्थ्यो । त्यो साधुले त्यहि पिपलको बोट मुनी बसेर आफ्नो जिन्दगी चिसो अनि शितल हावा संगै गुजारी आफ्नो अतितलाई याद गरि त्यहि स्वच्छ अनि चिसो हावाको प्रतिक्षा गरि रहन्थ्यो । एकदिन त्यहि पिपलको बोटमुनी बसी रहेको बेला केही चराचुरुङगीहरुको चिर्विर चिविर आवाज सुनेर साधुले आफु माथीको रुखमा हेर्दा त्यहाँ दुईबटा चराहरु देखा पर्छ । अनि ति चराहरु एक आपसमा माया गरी एक अर्कामा जिस्कीइ लडी रहन्छ । अनि ति चराहरुको आफ्नो पन देखेर साधुलाई आफ्नो जिन्दगी याद आउँछ ।
साधु एक गाउँको लगनशिल अनि मेहनती केटा थियो स्कुलमा सबै विधार्थीहरु भन्दा धेरै अंक ल्याएर सधै प्रथम श्रेणीमा उत्तिण हुन्थ्यो । पढाईको शिलसिलामा उसकै कक्षामा पढ्ने एउटी केटी पनि थिइन । केटी पढाईमा खासै जान्ने नभएपनि कक्षा भरिमै अनुसासितका साथ साथै निकै राम्री पनि थिइन । साधु कक्षामा सबै भन्दा जान्ने भएकोले उनका साथीहरुले सोधपुछ गर्ने गर्थे । यसै क्रममा ति केटी पनि केही कुरा सोधु भनि साधु तिर जान्छिन । यसरी पढाइको सिलसिलामा सोधपुछ गर्दा गर्दै उनीहरु निकै घनिष्ट साथीत्वको रुपमा बदलिन्छन । उनीहरु यसरी एकआपसमा मनपराएको थाहै हुदैन । अनि उनीहरुले आफ्नो मनको भावना एक अर्कामा ब्यक्त गरी छोटो समयमै एक विश्वासको डोरीले वाधी पवित्र मायाको कसम खाई अटुट बन्धनमा बाधिन्छन ।
उनीहरु एक अर्कामा आफ्नो ज्यान भन्दा पनि माया गर्थे । उनीहरु माया पि्रतीका मिठा मिठा कुरा गर्दै कहिले कहा त कहिले कहाँ भेट्ने गर्दथे । एक दिनको कुरा हो जंगलको एक पाखामा बसी माया पि्रतिको बारेमा तिता मिठा कुरा गरीरहेका थिए आफ्नो पवित्र माया कहिले मर्न नदिई अमर गराउने कोसिष अनि आफ्नो जिन्दगीको लागी त्यहि पवित्र मायाको अटल विश्वास राखी कहिले काही भविष्यको बारेमा सोची आफ्नो मायामा खोट लाग्ने खालका कुराहरु गरी एक आपसमा निरासापन जगाई यस्ता यस्ता अतितवर्तमान अनि भविष्यको बारेमा कुराहरु गरीरहेका थिए । यी कुराहरु गरिरहेका बेला -
साधु -नानु यदि दुर्भाग्यवस हाम्रो माया अधुरो भई हामी टाडीनु पर्यो भने क गर्ने
केटी ः -यस्तो कुरा नगर्नु कहिले पनि । भन्दै आफ्नो हातले उसको ओठमा छोपी दिन्छ । अनि यस्तो कहिलै नहोस यदि भइहाल्यो भनी यो दिन देख्नु भन्दा पहिला यो दुनियाबाट नै जानु परोसकिनकी म तिमी बिना वाच्न सक्दिन । यो संसारमा तिमी छौ त सबै छ तिमी छैन त केही पनि छैन । म तिमी बिनाको पल सोच्न पनि सक्दिन । यदि म मरेर गए पनि तिमीलाई सधैभरी सताई रहन्छु । चिसो हावा बनि तिमीलाई सताई तिम्रो आसपास घुमिरहन्छु ।
साधु ः- साच्ची कै तिमीले मलाई यति धेरै माया गर्छौ कहिले काही त डर लाग्छ । कतै तिमीले मेरो यो मायालाई विसर्ि कसैको एकैछिनको साथ पाएर विसर्िने पो हौकी…। केटी मान्छेको मन त हो नी कतिखेर बदलिन्छ थाहै हुदैन ।
केटी ः- हुन्छयदि तिमीलाई मेरो विश्वास लाग्दैन भने तिमी संगै बसेर के फाइदा भन्दै विरानो मन बनाई जान लाग्छिन…॥
साधु ः ए नानु रोक न… मै त ठट्टा पो गरेको त …भन्दै अङकमाल गर्यो । नानु तिमीलाई यो संसारमा सबै भन्दा राम्रो के लाग्छ
केटी ः मलाई सबै भन्दा राम्रो तिमी भएको ठाँउ लाग्छ । जहाँ तिमी छौ त्यही ठाउँ मात्रै मन पर्छ तिमी बिनाको ठाउँ त के कुरा तिमी बिनाको एकपल सोच्न सक्दिन…॥ अनि तिमीलाई नी …।
साधु ः मलाई त………मलाई त गुलावको फुल अति नै मन पर्छ । तिमीलाई थाहा छ गुलावको फुल चोखो मायाको प्रतिक हो । वास्तवमा भन्नु पर्दा तिमी पनि एक गुवालको फुल हौ । अनि तिमी फुल जस्ती राम्री अनि हास्दा त झनै अप्सरा जस्ती देखिन्छौ । त्यसैले मलाई गुलावको फुल अति मनपर्छ ।
यति भन्न नपाउदै नानुले पारी पाखामा ढकमक्क गुलावको फुल फुलेको देख्छीन अनि छौड्दै फुल टिप्न जान्छिन । अनि साधुले बोलाउदै ए कहाँ जान लागेको यता आउन भनि चिच्याउछ । अनि नानुले हतारिदैहातैभरी काडाँले गोपी फुल टिपेर ल्याछिन ।
त्यो साधुको लागि भनेर डाँडा काडाँ पनि भननि हातैभरी रगतले भिजाई फुल टिपेर निकै नै रमाई ल्याएको बेला अचानक नानुको खुट्टामा ठेस लागेर भिरबाट खस्छिन । साधुले यो देखेर एकनासै हेरीरहन्छ । अनि केही बोल्न सक्दैन एक्कासी साधु पागल जस्तै हुन्छ । चन्द्रमा बिनाको रात झै जिन्दगी बिनाको संसार झै जता ततै अन्धकार छाए जस्तो हुन्छ । तर पनि साधु उसको लागि केही गर्न सक्दैन । अनि साधु आँखाभरी आँशु लिई घुडाले भुई टेकी कराउदै हे भगवान यो के देख्नु परेको । अब म कसरी वाच्नु यहाँ मेरो खुशी किन लुटेर लग्यौअपाङग बनाइदियौ मलाई । मलाई पनि लैजाउ भगवान मलाई पनि लैजाउ भन्दै आफ्नो थरथरी कामेको हात भुईमा बजाउदै रुन्छ ।
यसरी रुदै कराउदै गरेको बेला आफ्नो शिर माथीको चहकिलो घाम क्षितिजपारी पुग्दा पनि थाहा हुदैन । अनि साधु आफैलाई सम्हाली आफैलाई धिक्कारी घर फर्किन्छ । अनि यो सबै कुराहरु सहन नसकि भगवानलाई पनि धिक्कार्दै सायद मेरो खुशी यहि दिन सम्म मात्रै रैछ । जुन चिजलाई मैले भगवानसंग माग्ने गर्ने सधै भरीत्यहि चिज भगवानले नै मबाट खोसेर लग्यो । के गर्नु राम्रो चिजको लोभ मानीसहरुलाई मात्रै होइन रैछ भगवानलाई पनि हुदो रैछ ।
त्यसैले मेरै ज्यानलाई म बाटै खोसेर लगि दियौ । भन्दै रुदै कराउदा अचानक साधुको लामो लट्टा परेको कपाल हावाले हल्लाउदा पो होसमा आउँछ । अनि नानीले भनेको कुरा यदा आउछ ।
मसधै भरी तिम्रो छाया बनि पछ्याई रहन्छ ।हावा बनि तिमीलाई सताई रहन्छु यसरी नै सधै भरी तिम्रो आसपास घुमिरहन्छु । अनि साधु आँखा भरी आँशु लिएर सधै भरी त्यहि चौतारीमा बसीसुमधुर हावाको प्रतिक्षा गरि बसी रहन्छ । अझै पनि त्यहि चौतारीमा कसैको प्रतिक्षामा बसीरहेको छ ।
यसरी एउटा साधारण ब्यक्ति आफ्नो दुखीत कहानी र तड्पन जिन्दगीलाई विस्रन नसकि आफ्नो जिन्दगीलाई त्यागी एउटा साधुको रुपमा बदलियो । कसैको साथबिना बाचेको र यादले जलेको जिउदो लासलाई हेर्दा सबैलेसाधु जोगी नै भन्दो रहेछ ।
पृथ्वीबस्ती नवलपरासी
हाल ः दोहाकतार





Comments on: "एउटा साधुको कथा" (4)
hey bro dami rahe6. sarai maan paryo. mutu ma chwassa lagyo. good luck hope to read more similar stories.
aananda ji namaste, tapaiko katha pade derai ramro lagyo ani khusi pani. yesari nai sadai tapaiko katha haru padna pau. tapailai suvakamana.
dami6 hai katha chai man paryo good luck hai
rajesh sir,
yo katha lekhne lekhak nai sadu vayera baseko cha jsto lagyo hai malai ta j hos chasssa chassa nai vayo good luck althe best hai nandu