अलखोर-बिगत २००२ मा स्थापित संस्था सन्ध्याग्रुपको तेस्रो महाधिवेशन फेब्रुअरी २५ का दिन अलखोर स्थित अलमिस्नाद कम्पनिको प्राङगणमा संम्पन्न भएको छ ।
भर्खरै संसोधित बिधान तथा अबिधेशनले चुनाब प्रकि्रयालाई साच्चिकै लोकतान्त्रिक तथा बैधानिकता दिएको थियो । खुल्ला सत्रको चुनावलाई हेर्दा चुनावको माहोल साच्चिकै नेपालमा हुने राजनैतिक निर्वाचन भन्दा कुनै फरक नभएको प्रत्यक्षदर्शिहरुले कतारमा पहिलो पटक महसुश गरि दंग परिरहेका थिए । उक्त निर्वाचनलाई संम्पन्न बनाउन निर्वाचन आयोगमा प्रमुख आयुक्त सेलिङ केसि सदस्य बासुदेव श्रेष्ठ र सुरज तामाङ हुनुहुन्थ्यो भने निर्वाचन सहयोगि प्रतिनिधिहरु सुर्य कार्की छविरमण तिवारी र राजु मगर थिए ।
समाज बिकाशमा प्रवाशिको योगदान भन्ने मुल नारा लाई लिएर अगाडि बढेको सन्ध्याग्रुपले बिगतमा २ वटा अधिवेशन सम्पन्न गरे पनि यस पटकको चुनाव साच्चिकै लोकतान्त्रिक पद्धतिमा भएको मतदाताहरुले बताए संस्था साचानकै क्रममा लामो समय सम्म संस्थापक सदस्य बिरेन्द्र कु याक्थुम्वाले बिगत ५ बर्षको अवधिमा २ कार्यकाल उपाध्यक्ष सम्हालेका थियो भने अध्यक्षमा एक कार्यकाल सकेपछि थप १ बर्ष अवधिमा उनले संस्थामा तिनवटै बिधाहरुमा संस्थागत बिकाश र बिभिन्न कार्यक्रमहरु गराउदै नया आयामको रुपमा ब्ययमशाला र पुस्तकालयको स्थापना पनि उनकै कार्यकालमा भएको हो । उनले संस्थामा बाहिर बसेर सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन । अब भने संस्थामा बिगतको अनुभबलाई लिएर समय सापेक्ष अगाडि बढाउने सुनिस्चित भएको छ ।
२००५ देखि सचिवमा मनोनित रहेका चन्द्र कु थापा हालको निर्वाचनमा निरबिरोध महासचिवमा बिजयी भए भने सहसचिव सम्हाल्दै आएका हरिचन्द्र श्रेष्ठ प्रथम उपाध्यक्षमा कोषाध्यक्ष सम्हाल्दै आएका चिन्तामणि बि क द्धितिय उपाध्यक्षमा कोषाध्यक्षमा सन्तोष कुवर निरबिरोध निर्वाचित भए । यस्तै बिगत २००८ देखि उपाध्यक्ष पद सम्हाल्दै आएका थर्चा लामा प्रत्यक्ष मतदानबाट अध्यक्षमा उम्मेरद्धार खडा भएका थिए भने अर्का उम्मेरद्धार जो संस्थालाई सदैव सहयोग गर्दै आएका बिजय कु यादव बिचको प्रतिस्पर्धामा थर्चा लामा बहुमतले बिजयी भए उनले ७३ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्धन्दी बिजय कु यादवले ३३ मत ल्याएका थिए ।

त्यस्तै सचिवमा बिष्णु मरासिनी र नया अनुहार बिचमा अत्याधिक भारी मतले राजेन्द्र खनाल बिजयी भए । उनले ७० मत प्राप्त गरे भने उनका प्रतिद्धन्दी मरासिनीले २६ मत ल्याई पराजित भए । जम्मा खसेको मत २२५ मध्ये २३ मत बद्धर भएको थियो । चुनावको निर्धारित समय सकिएपछि थप १५ मिनेट पछि पनि सबै मतदाताहरुले मत दिन नपाएकोमा दुःख ब्यक्त गरेका थिए । दोहाबाट केहि महिलाहरु उपस्थिती रहे पनि ३५ भन्दा बढि सदस्यले मतदान गर्न नपाएकोमा असन्तुष्टी जनाएका थिए ।

अन्त्यमा नवबर्िाचित पदाधिकारिहरुलाई संस्थापक अध्यक्ष र निबर्तमान अध्यक्षले अभिर जात्रा गरेका थिए भने बाकि बिधान अनुसार ५ सदस्यि नवनिर्वाचित समितीले मनोनित गर्ने नव अध्यक्ष थर्चा लामाले बताए । प्रमुख अतिथी बासुदेव श्रेष्ठले शुभ कामना तथा संस्थामा कुनै राजनितीक दगन्र्ध नआओस भन्ने कामना पनि ब्यक्त गरे । त्यस्तै अतिथीहरु कृष्ण राना भिमशेन कार्की लगायत अन्य बक्ताहरुले सबैको भनाईमा कतारमा रहेका जति पनि राजनितीक तथा बैचारिक संस्थाहरु छन यिनीहरु भन्दा पनि माथि उठेर लोकतान्त्रिक तथा बैधानिक ढंगले यसरि मत पेटिका र भोट खसाल्ने प्रकि्रया लाई नेपालको आम निर्वाचन संग तुलना गरेका थिए । तथापी निर्वाचन आयुक्त सेलिङ केसीले भने सबैले भोट दिन नपाएकोमा महिलाहरुलाई परदेशको बाध्यता रहेकोमा निर्वाचन आयोग यस प्रति आभारी रहेको बताए भने कतारको हकमा ऐतिहासिक भएको खुलस्त पारे ।

–राजेश्वोर ढकाल
दोहा- “साहित्यक बनभोजमा सहभागी बनौ ,नेपाली भाषा र साहित्यलाई माया गरौं” भन्ने मुल नाराका साथ साहित्यक बनभोज शुक्रबार सम्पन्न भएको छ ।
दोहा देखी १ किमि उत्तर पश्चिम रहेको समाल गार्डेनमा कतारमा कार्यरत सम्पूर्ण साहित्यकारहरुको सामुहिक प्रयासमा बनभोज कार्यक्रम सम्पन्न भएको हो । ५ दर्जन साहित्यिक मनहरुको उपस्थिती रहेको बनभोजमा परिचय,वाचन र गीत संगितको माहोलले हप्ता दिनभरीका थकानलाई भुलेर साहित्यकारहरु रमाई रहेका थिए ।
बिना आयोजक,बिना प्रायोजक, बिना अतिथि विल्कुलै पृथक किसिमको कार्यक्रममा साहित्यकारहरुले परिचय संगै आ-आफ्ना रचनाहरु पस्केका थिए ।
“जब नीलो सागरमा हेर्छु
जब नीलो आकाशमा हेर्छु
अलौकिक शक्तिले मलाई देखाउँछ
आमाको हँसिलो मुहार
ध्रुव तारा भन्दा चहकिलो
मेरो शीर माथि चन्द्रमाको नजिक ।” वरिष्ठ साहित्यिकार तिर्थ संगम राईको आमा शिर्षकको कविताले सबैलाई भावविहल बनाएको थियो ।

“अनागरिक भै पराई भूमिमा
बर्षौ देखि पसिना संग बिनिमय गरेको पैसा
र रगत संग साटेको बिप्रेषण रुपैयाको
एकमुष्ट हिसाब किताब खोज्न
लेखिरहेछु
बालुवाको देशबाट
बिसे्रर घर परिवार
िशंहदरबारका लिलामी जन्तुहरुलाई
अन्तिम खबरदारी पत्र” राजकुमार पुत्लाले यहि कविताको अंशबाट खबरदार गरे ।

“सुति मात्र बस्छौ किन प्रभू भए जाग तिमी
भेटी कम भयो भने दिल खोली माग तिमी …”
भगवानलाई नै चुनौति दिदै माथीको गजलका शेरहरु वाचन गरे गजलकार फणिन्द शान्तले । चर्चित ढुङगेलको ब्याङग “हेप्पी भालेटाइम डे “ले पनि उपस्थित साहित्यिकारहरुलाई दिलखोल हंसाउन सफल भएको थियो ।
फेसबुक संजालमा मात्र भेट भएका र नाम सुनेका साहित्यिकारहरु बद्रीप्रसाद पराजुली,हेमन्त परदेशी,दिपक भेटवाल ,तिर्थ संगम राई ,सेलिङ के.सी,भानु सुनुवार,इश्वर दाहाल कविजी,अनन्त लम्साल जस्ता वरिष्ठ साहित्यिकारहरुलाई प्रत्यक्ष भेटन र उनीहरुबाट केही सिक्ने अवसर प्राप्त गर्न सफल भएकोमा नव श्रष्ठाहरु हर्षित देखिन्थे ।
कार्यक्रममा अर्को रोचक पक्ष भनेको गजल लेखन प्रतियोगीता । १० मिनेटको समयमा उत्कृष्ट गजल लेख्न प्रतियोगीतामा झापाका चर्चित ढुङगेल प्रथम भने हेटौडाका अविरल यात्रीले दृतिय स्थान प्राप्त गर्न सफल भए । उक्त प्रतियोगीतामा प्रथम दृतिय हुनेहरुलाई बरिष्ठ साहित्यिकार हेमन्त परदेशीले पुरस्कार प्रायोजन गरेका थिए ।

-चर्चित ढुंगेल
१४ फेब्रुवरीका दिनमा कुसुन्तीले बिरुपेलाई “रेड रोजु थमाउँदै भनि- “मेरो पि्रय विरुपे ! पल्लो घरको भरते, वल्लो घरको विदुरे, तल्लो घरको नविने र माथ्लो घरको झम्केको कसम ! भाज्या¨को दिक्पाल र ओलकको फुर्वालाई छोड्ने हो भने मन्दिपे ,सुर्जे, विनोदे ,लालु ,कमले, गब्बा ,अम्बरे ,मालु ,रने, मिाजले ,चक्रे, बले ,सुन्सा ,कर्ने ,निशान, राजेश, दिपके, बसन्ते र जिवुलेलाई नगन्दा तिमी मेरो फस्ट लभर÷ब्वाइफ्रेण्ड हौ ।”

उसले थपि- “तिम्रो यो खाइलाग्दो जिऊ देखेपछि मलाई घिऊसँगको भात पनि रुच्न छोडेको थियो र फुकी माग्न जोगवीरे धामीको छोरा मानवीरेलाई भेट्न सातामा तिन चोटीसम्म गएकै हुँ । घरैको धाराको पानी नरुचेर लभडाडाँमुनीको पँधेरोमा उतैको ऐँठेसँग पानी लिन नगएकी हैन । हेर मलाई निद्रा नपरेर चुम्बकध्वजकी छोरीकामा जाने बहाना बनाएर गोबरध्वजका चार छोराहरु पिलन्धरध्वज लम्पटध्वज खप्परध्वज र पापडध्वजसँग चार रात विताएकै हुँ । रै पनि तिम्रो सम्झनाले रनाको छुटाएपछि म तिमीलाई भेट्न आएकी छु ।”
उसले जोड दिँदै भनि- “आजैका मितिमा तिमीले मलाई र मेरो पवित्र÷पहिलो प्रेमलाई स्वीकार गर् यौ भने म आफुलाई धन्य ठान्नेछु । जीवनमा आफुले रोजेको बर पाउनु र खोजेको घर पाउनु ठूलो कुरा हो भनेर मेरी आमाले पोइला जानुअघि भनेकी थिइन् । तिम्रो पहाडजस्तो छाती र दरबारजस्तो घर देखेर म यो काँडैकाँडाको बाटो टेकेर आएकी छु । तिमीले मलाई तिम्री धर्मपत्नि मान्यौ भने म तिमीलाई कहिल्यै गुनासो गर्ने ठाऊँ नदिने बाचा गर्छु महावीरेलाई जस्तै । बैदारचोकको रमेशे शुक्रबारेको रजुवा र बेलडाँगीको बाघेलाई दिनमा एकचोटी पनि याद गर्ने छुइँन । बरु तिमी मेरो छोरो पोष्टेलाई अस्वीकार गर बिन्ति म सुकुमारीलाई स्वीकार ।”
उसले नम्र भएर सम्हालिँदै एकै सासमा थपी- “हाम्रो खान्दानमा चोखो प्रेम गर्ने परम्परा छ । मेरी ठूली दिदीले तेस्रो घरबार नबिग्रेको भए सातौँसम्म पुग्नुपर्ने नै थिएन । पछिल्ला भिनाजुले ६ जना भण्ट्या¨भुण्टु¨सहित दिदीलाई नयाँ दुलहीका रुपमा िभœयाएकै हुन् । तिमी नै सोच न मेरी दिदीले कत्रो कृति राखी । मान्छेलाई नाम राख्न कति गाह्रो छ अचेल !
उसले नम्र भएर भनी- “झन् माइली दिदीको त के कुरा गर्नु उसको प्रेम कहानी त देश विदेशमै चर्चित छ । दिल्लीमा दुई बर्ष बिताएर आएकै महिनामा बम्बइ गएर छत्तिस महिनापछि फर्किए लगत्तै खाडी गएकी छे । उसले त पैसा मात्र हैन परिवार पनि कमाएकी छे । नपत्याए मेरी सानीमालाई अहिले फोन गरेर सोध । उसका तिनजना अनेक रंग र वर्णका छोरा घरैमा हुर्िकँदैछन् । भर्खर भन्दैथिइ पेटमा अर्को पनि बढ्दैछ रे । पैसा पनि आठ महिनामा तीस हजार पठाइसकी ।”
ऊ आत्मसम्मानका साथ अगाडि भन्दैगइ- “मेरी साँइली दिदीको पनि जिन्दगी कम्ती जोशिलो छैन । ऊ भनेपछि त गाऊँका मात्र हैन सहरका जोईटंग्रेको पनि होषहवास उड्थ्यो । उसका पछि लाग्नेको ताँती देखेर सजै जिल पर्थे । तर उसले कहिल्यै नराम्रो काम गरिन । बरु सवैका रहर पुर् याइदिइ । अहिले एउटा नेपाली निलो फिलिममा पनि मुख्य भूमिकामा अभिनय गरेकी छे । अचेल त उसको चर्चाले चुली चुमेको छ । सवै दिदीहरुले नाम राखेका छन् । सवैको हाइहाइ छ जताजतै । हाम्रो खानदानको नाम नलिने कोही छैन भन्दा पनि खेर जाँदैन बुझेयौ ! आजबाट म पनि त्यसैलाई निरन्तरता दिन चाहन्छु । तिमी मेरो स्वच्छ पवित्र पहिलो र चोखो मायालाई स्वीकार गर ।” यति भनेर केही छिन अघि उसलाई नेत्रेले सुम्पेको गिफ्ट प्याकु विरुपेलाई दिएर उसले कुरा सकी ।
प्रतिउत्तरमा विरुपेले भन्यो- “मैले पनि तिमीलाई डान्स बारमा देखेदेखि हुरुक्क भएको मनलाई सम्हाल्न सकेको छैन । तिम्रो रुपरंग देखेर म त्यतीवेलै दंग परेको हुँ । झन् क्याविन रेष्टुरेण्टमा तिमीलाई देखेपछि त मैले मास्तिरकी सुन्तली, तल्तिरकी मनमाया, वर्तिरकी पातली र पर्तिरकी जूनठुलीलाई त हेर्नै छोडेको छु । त्यती मात्र कहाँ हो र ! भट्टीवालनीहरु उँभोकी साइँली ,उँधोकी काइँली, तलकी कान्छी र माथिकी ठूलीकान्छीलाई त भर्खरै विसर्िसकेँ । त्यसमाथि पनि पल्लो गाऊँकी पार्वती ,वल्लो गाऊँकी ऐँशेलु, डाँडागाऊँकी जुनेली र गैरागाऊँकी गायत्रीलाई त म चिन्दा पनि चिन्दिन । सुन्छ्यौ दोबाटोकी दिलमाया ,तिनबाटोकी टिकुली ,चौबाटोकी चाँदनी र मुलबाटोकी मारुनी त झन् को हुन् को हुन् धरोधर्म म तिनलाई देखे पनि चिन्दिन । बोले पनि बोल्दिन ।”
उसले अगाडि थप्यो- “तिम्रै कसम भो जुवाघरकी जेसिका ,पँधेराकी पुर्णिमा, नस्ररीकी नर्बदा ,बगैँचाकी बाटुली र खेतखलियानकी खस्रीलाई अबदेखि यादै गर्दिन । याद मात्र हैन तिनेरका बारेमा सोच्दा पनि सोच्दिन । तिमीलाई दोहोरी साँझमा तिनपल्ट भेटेदेखि फिल्महल मालिककी छोरी पर्दा र गेटकीकी छोरी टिकटीको त मलाई मत्ालब नै छैन । हेरन मैले ड्राइभरकी छोरी टायरी ,पुलिसकी छोरी लौरी ,घुम्तीवालकी छोरी गुट्खी र माष्टरकी छोरी डस्टरलाई नभेट्ने बाचा नै गरिसकेँ नि !
उसले सालिन शैलीमा भन्यो- “मेरो खान्दानको पनि कुरा गरी साध्य छैन बु¤यौ ! मेरो ठुल्दाजु त भाउजुले आत्महत्या गरेदेखि सानदार जेलमा छ । उसले भाउजुलाई कति माया गथ्र्यो भने खाना पकाउने लुगा धुने घर सफा गर्ने आदि सवै काम भाउजुलाई गर्न लाउँथ्यो । त्यति मात्र कहाँ हो र ! राती सुत्दा पनि भाउजुलाई साह्रोगाह्रो पर्छ भनेर अर्कै सुसारे राखेको थियो । उसैसँग धेरैजसो सुत्थ्यो । भाउजुले माइतमै बसौँ भन्दा पनि खुरुक्क गएर उतै बस्दै गरेको मेरो दाजु कति स्वाभिमानी थियो तिमी आफैँ मनन् गर ।”
माल्दाजुको प्रेम कथा सुन्यौ भने त तिमी छक्क पछ्र्यौ । ऊ त छिमेकीकी श्रीमति भगाएर गाऊँभरि साहसी युवा भनेर चिनिएको छ । प्रवासिएको लोग्नेकी जोइलाई भगाउन कुन आँट चाहिन्छ ! तिमी अनिभ¡ा छैनौ । तिनै माइली भाउजुका खाताको पैसा झिकेर लाहुरेनीलाई लिएर हिँडेको दाजु आजसम्म घर आएको छैन । हिजै मात्र लाहुरेनी चाहीँ आइपुगी । गाऊँकी आइमाइलाई विहानै मात्रै दाजुले उसैकी छोरीलाई लिएर हिँड्यॊ भनेर भन्दैथिइ रे ।”
ऊ भन्दै गयो- “साँल्दाजुको कुरा त भो नसोध । हरिलम्फुका घरमा हली बस्न गएको बर्ष दिन भएको छैन हरिका पाँचै जना छोरीहरु जो केटा माग्न आए पनि ¤याइँ नपार्ने भनेर भन्दैछन् भनेर माइतमा छोडेकी मेरी साइँली भाउजुले फोनमा भन्दै थिइन् । हरिका मरन्च्यासे छोरीहरु के खाएर हो अहिले त माटाको गाग्री जस्तै मोटाएका छन् भन्ने कुरो सुनेको छु । हरि पनि हारदिक्क भएर भिरबाट हाम्फाल्यो अरे भन्ने समाचार त अलिअघि बकम्फुसे रेडियोले फुकेको थियो । नपत्याए मेरा बुवालाई सोध मलाई त रेडियोले सुनाउनु अघि नै मेरी तेस्री आमाले भनेकी थिइन् । अब तिमी आफैँ बिचारविमर्श गर हाम्रो खान्दान कति चर्चित र लोकपि्रय रहेछ ।”
उसले बिट मार्नेगरि भन्यो- “
तिमीसँग म जीवनको शुरुवात गर्न चाहन्छु यसअघि कालीमायासँग जस्तै । मेरो निश्चल मायाको कदर गरेकीले तिमीलाई म आजैबाट मेरी पत्नि स्वीकार गर्दछु । साथै तिमीले जसरी मेरी पतिब्रता हुन्छु भनेर भनेकी छौ त्यसरी नै म पनि तिम्रो मात्र पतिब्रता हुनेछु अरु कोही पछि नलागेसम्म ।” यत्ति भनेर बिरुपेले पनि आफुलाई दुई घण्टाअघि मालतीले दिएको “रेड रोजु कुसुन्तीलाई थमायो र फूलमायाले दिएको गिफ्ट ह्याम्परु हातमा राखी दियो । त्यसलगत्तै दुवै जना “हग” गर्न थाले ।
मेरा र बबुगोर्खालीको तर्फबाट पनि देशविदेशमा हुने करोडौँ कुसुन्ती र बिरुपेहरुलाई- हयाप्पी “भालेटायम डे “!

(१७ फेब्रुअरी माँ राजधानी अन्तरास्टीय साप्ताहिकमाँ प्रकाशित)

महेश्वर नेपाल / प्रकाश बन्जारा –
आफ्नो गाऊ अनि आफुले क, ख पढेको स्कुलको माया कसलाई हुदैन होला जहाँ बाट आज हामी यहाँ सम्म आउन सफल भएका छौ यहाँ सम्म आउन हामीलाई हाम्रै गाऊ समाज र बिद्यालयले ठुलो भूमिका खेलेको छ गाऊ आफु ले भोगेजस्तो सैछिक सामग्री को अभाव अब आउने नया पिंढी ले भोग्नु नपरोस भन्ने उदेश्यले खोटाङजिल्लाको दक्षिणि भेगमा रहेको एक माध्यामिक बिद्यालयमा अध्ययन गरेका भूतपूर्व बिद्यार्थीहरुले आफुले अध्ययन गरेको विद्यायलमा पुस्तकालयको स्थापना गरेर गाउ कै नमुना बन्न सफल भएकाछन् ।

जिल्लाको श्री जनविकास माध्यामिक विद्यालयमा अध्ययन गरेर हाल हाल बिभिन्न स्थानमा छरिएर रहेका भुतपूर्व बिद्यार्थीहरुको समुह भूतपूर्व बिद्यार्थी समाज जनविकास माविका पुराना बिद्यार्थीहरुले पुस्तकालयको स्थापना गरेका हुन् भुतपूर्व बिद्यार्थीहरुले हालै एक भव्य कार्यक्रमको आयोजना गर्दै पुस्तकालयको उद्घाटन गरेकस थिए । पुस्तकालयको उद्घाटन कार्यक्रममा जिल्लाका बिभिन्न क्षेत्रका बुद्दिजिबीहरुको उलेख्य उपस्थिति रहेको थियो उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष ताराकान्त राईले भूपू विद्यार्थीहरुबाट चालिएको यो कदम स्वागत योग्य रहेको बताए । नवस्थापित पुस्तकालयको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्दे अध्यक्ष राईले बिद्यालय व्यावस्थापन समितिको तर्फबाट र व्यत्तिगत तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । शुभकामना मन्तव्य व्यक्त गर्दै अर्का वक्ता तथा गाउ विकास समिति साउनेचउरका सचिव ढुण्डिराज दुलालले भूपू विद्यार्थी समाजद्धारा चालिएको यो कदम दक्षिणी खोटाङमै नविन कार्य भएको बताए । गाविसको तर्फबाट पनि पुस्तकालयलाई के कस्तो सहयोग गर्न सकिन्छ गाऊँ परिषदमा प्रस्ताव गर्नेछु । सचिव दंगालले अगाडी भने । पुस्तकालयको उद्घाटन कार्यक्रममा बोल्दै अर्का अतिथि वक्ता भानुभक्त निमावि बङदुवाका प्रद्यानाध्यापक यूवराज निरौलाले आफुहरु यहि बिद्यालयमा अध्ययन गरेर पनि केहि गर्न नसकेको र आजका बिद्यार्थीहरुले पुस्तकालयको अवधारणा ल्याउनु राम्रो कुरा भएको बताए ।पुस्तकालयको आकार बृदि गर्न आफु जस्तो सुकै सहयोग पनि गर्न तयार रहेको बताउँदै अतिथि निरौलाले पुस्तकालयको उत्तरोत्तर प्रगतिको लागि शुभकामना समेत व्यक्त गरे ।
कार्यक्रममा बोल्दै जनविकास माविकी शिक्षिका दुर्गा पौडेलले नवस्थापित पुस्तकालय शिक्षक विद्यार्थी र यहाँका स्थानिय अभिभावकलाई समेत निकै उपयोगि हुने बताइन । कार्यक्रमका सभापति एंव जनविकास माविका प्रद्यानाध्यापक राम प्रसाद निरौलाले पुस्तकालय स्थापना गरिदिएर सहयोग गर्ने भूतपूर्व विद्यार्थी समाजलाई धन्यवात व्यक्त गरे । उनले यो पुस्तकालय विद्यालयकै लागि गौरव भएको समेत बताए । कार्यक्रममा बोल्दै पत्रकार एंव भूतपूर्व विद्यार्थी समाज जनविकास माविका संयोजक प्रकाश बन्जराले सानो आकारमा शुरु भएको पुस्तकालयको आकारलाई निरन्तर बढाउँदै लाने प्रतिवद्धता व्यक्त गरे । उनले पुस्तकालयको स्थापना गर्न पुस्तक दिएर सहयोग गर्ने हरु लाई धन्यवाद व्यक्त गरे येसरी पुस्तक प्रदान गरेर सहयोग गर्नुहुने साहित्यकार विप्लव ढकाल, श्रवण मुकारुङ, कृष्ण शाह यात्री, ऋचा शर्मा तिवारी, इखालु रमेश गेलाल, तथा कथावाचक समाज लगायत थिए । पुस्तकालयको संरक्षण गर्नु सबैको जिम्मेबारी भएको बताउदै बन्जाराले विद्यालयले पुस्तकालयको संरक्षकको भुमिका निर्वाह गर्नेमा आफु विश्वस्त रहेको बताए । युवा ले चाहयो भने के हुदैन भन्ने यो सानो उदाहरण हो पुस्तकालय उद्घाटनकै अवसरमा बिद्यालयमा नवनियूक्त शिक्षक अर्जन पौडेललाई बद्याइ तथा शुभकामना समेत प्रदान गरिएको थियो । अहिले बिकट गाऊक बिद्यालयहरुमा पुस्तकालय संचालन गर्ने अभियानै चाले को छ मेरो संसार नामक ववेबसाइटले उक्त वेबसाइटले संखुवासभामा रहेको एक उच मावीमा पुस्तकालय संचालनमा ल्याएको छ भने अहिले गोर्खा र पर्बत मा पुस्तकालय स्थापाना गर्न पहल सुरु गरेको छ तपाई सित भएका नया तथा पुराना उपयोगी पुस्तकहरु जस्तै अनुबाद गरिएका रोचक उपन्यास,साइन्स, म्याथ, अंग्रेजी आदि आदि उपयोगी पुस्तकहरु छन् भने पुस्तक दिएर तपाईले हाम्रो अभियानमा सहयोग गर्न सक्नुहुनेछ तपाईका तिनै पुराना पुस्तकहरु हाम्रा लागि ठुलो उपहार हुनेछ तपाईको दराजमा या कुनै कुनामा थुप्रिएर रहेको पुस्तकहरु बाट बिद्यार्थीहरुले नया कुरा सिक्न पाउने थिए तपाईसित पुस्तक छैन भने तपाई ले पैसा दिएर पनि सहयोग गर्न सक्नु हुनेछ तपाईको सानो सहयोग नै हाम्रा लागि ठुलो बरदान हुनेछ तपाईले सहोग गर्नु भएको पुस्तक नाम ठेगाना हामी बाबु गोर्खाली वोर्डप्रेसमा प्रकासित गर्ने छौ यदी तपाई नेपालमा हुनुहुन्छ भने यस अभियानका संयोजक प्रकाश बन्जरा लाई भेट गर्न सक्नुहुनेछ सम्पर्क नम ९८४९५१२०७९ तथा इमेल patrkarbhai@yahoo.com

-राजेश्वोर ढकाल दोहा,कतार
विहानको नृत्य कर्म सकेपछि अहिले प्राय सबैको पहिलो काम नै फेसबुकको स्ट्याटस चेक गर्ने हुनुपर्छ । चियाको चुस्की लिदै । फेसबुकको गतिविधि नियाल्दै कामको सुरुवात गर्ने बानि बसेको छ मेरो ।
मेरो दैनिक कामको तालिकामा फेसबुक पहिलो नम्वरमा पर्छ त्यसैले सधै झै फेसबुक खोले ,इनबक्समा १ रातो देख मेरा औलाहरुले माउसलाई त्यही इनबक्स तिर नै दँैडायर क्लिक गरे । भनिएको रहेछ
राज जी, तपाईको फेसबुकको स्ट्याट्स हेरे खुशी लाग्यो के तपाई मेरो साथी बन्न सक्नुहुन्छ ?
गदगद हुदै मैले पनि म्यासेज रिप्लाई गरे
अवश्य पनि ।
उनी लाईन मै रहिछिन मेरो म्यासेज पुग्न पाएको छैन प्रतिउत्तर आइहाल्यो
धन्यवाद ।
यसरी नै हाम्रो मित्रता झागीदै गयो । एकहप्ता पहिले मैले उनलाई म्यासेज पठाए ।
तिमी मेरो असल साथी त बन्यौ, जिवन साथी स्वृकार्न सक्छौ ? यो मेरो प्रश्नलाई तिमीले अन्यथा नसोचनु । मैले तिमीलाई प्रस्ताव राखेको मात्र हो । बांकि तिम्रो हातको कुरा । यदि हुदैन भने पनि मित्रता कायम राख्नु पर्छ है । तिम्रो जवाफको प्रतिक्षामा छु ।
त्यस दिन देखी उनको प्रतिउत्तरको आशमा फेसबुकको इनबक्समा आँखा डुल्याए रिप्लाई अँएन । उनीसंग कुरा नभएको एकहप्ता भए पनि मलाई वर्षौ जस्तो लागी रहेको छ । एउटा मनले किन त्यस्तो म्यासेज पठाएको तैले,एउटा असल मित्र गुमाईस भन्छ भने अर्को मनले हैन त्यस्मा नराम्रँे नै के छ र ? उनले रिप्लाई त गर्न सक्थिननी । यस्तै मनमा अनेको कुराहरु खेलीरहेका छन । जे जस्तो भए पनि एउटा झिनो आशा अझै मरेको छैन .! त्यो हो १४ फ्रेवुअरी …।

-जयराज भट्टराई/कतार-

खाटमाथि जिउज्यान फ्यालेर निर्जिवझैँ लमतन्न पल्टिएका छौँ- ताताघाम मुन्तिर दिनभर बेल्चा चलाएका तीन हत्तु जवान।

कोठालाई साँघुरो बनाउने तीनओटा फलामे खाट तीनकुनामा सजिवझैँ गजधम्म सुतेका छन्। हेर्दै शङ्का लाग्छ- ती खाट कुनै प्रतिनिधि नेपालीको डल्ले ज्यान नापेर बनाइएको हुनुपर्छ। खाटको लम्बाइमा कन्जुस्याइँ झल्किन्छ- म भन्दा चारऔँला मात्र बढ्ता अग्लो छत्रेको गोलिगाँठो मुनिको भाग खाटबाहिर बेसहारा तेर्सिएको छ। चौडाइमा पनि कन्जुस्याइँ झल्किन्छ- चिलले पँखेटा फिँजाएजस्तो हात फैलाएर सुतेको डिल्लेको कुइनु देखि हत्केलासम्मको भाग लत्रिरहेको छ।

‘दर्रो खटाइ भो आज’- नमुना खाटमा पल्टेको छत्रेले दाहिने पाखुरा मुसार्दै स्वाङ् पार्‍यो- ‘पातो बेस्कन दुखिराछ’।

अचाक्ली चहकिलो घाम सहँदै पाइपलाइनको कुलो खन्ने खटाइ सधैँ दह्रो हुन्छ। पातो दुख्नलाई आज पहिलो दिनको पहिलो खटाइ थिएन। गलियो, थाकियो, हत्तु भइयो सुन्नासाथ म बुझिहाल्छु- पिउनु त छँदैछ जसरी पनि तर कुनै न कुनै बहाना चाहियो…..। अस्तिका दिन डिल्लेको देब्रे पिँडुला फर्केको निहुँमा दुई बोतल लुमा रित्तिएको थियो। लुमा ट्वाइलेट क्लिनर झोल हो तर एकान्तका लेबर क्याम्पहरुमा रक्सीका नाममा हदै चलेको छ– सहरका अँध्यारा गल्लीमा सी-ग्रेड फिल्म खुब चलेजस्तो।

छत्रेले ‘पातो बेस्कन दुखिराछ’ भन्नासाथ उत्तिकै हत्तुहैरान डिल्ले जर्‍याकजुरुक्कै उठ्यो र भन्यो-’दुखाइ मार्ने दबाइ पिउने हो त?’

‘हट्! आइन्दा लुमा नखाउँ्क’- मैले चेतावनी शैलीमा भनेँ- ‘खाडिमा एक्कासी मरण हुने निहूँमध्ये लुमा पहिलो नम्बरमा आउँछ रे।’

‘धनु कमजोर भाको मान्छे चुपो लागेर सुत्ने।’- डिल्लेले उल्टै थर्कायो।

‘लुमाको रहर नगर् डिल्ले’- मैले पनि फर्काएँ-’पत्रिकामा छापिएलास्।’

‘के भनेर छापिन्छु?’

‘साइलेन्ट डेथका कारण डिल्ले चिप्लियो।’

छत्रे खितित्त हाँस्यो र भन्यो- ‘बलियो ज्यानलाई केही हुन्न। चाहिएको मात हो। मताइहाल्छ।’
केटाहरु तम्तयार भए। निस्कनुअघि ढोकैबाट छत्रेले मलाई अह्रायो – बकाला-दुकान)बाट मेरो खातामा लेखाएर तीनपोका खबुज-एकखाले नान रोटी) र दुई किलो पाङ्ग्रा ले’राइज। भुट्दै गर्। हामी तु गयौँ तु आयौँ।’

छत्रेले जाँडको एउटा भेकियारी मान्छे चिनेको छ। त्यतै गए होलान््। मैले पाङ्ग्रा ल्याएँ। पर्‍याकपुरुक भुटेर थालमा उरुङ् लगाएँ अनि केटाहरुलाई पर्खीबसेँ। पौनेघन्टामा केटा फर्कीआए। भित्र पस्नासाथ पोको फुकाउँदै डिल्लेले भन्यो- ‘आज अर्कै छ। ओर्जिनल। खजुरबोटे भन्दारैछन्। चाख्छस्?’

छत्रेले ठट्यौली पारामा थप्यो- ‘दुई बोतल छ। तलाईँ पनि पुग्छ।’

‘कसरी हात पारिस्?’- मैले सोधेँ।

‘हाम्रा पनि छन् नि हौ इष्टमित्र’- छत्रेले बोतल उठायो र ब्यागपाइपरको होर्डिङ्गबोर्डमा उभिएको अजय देवगनको नक्कल उतार्दै भन्यो- ‘खुब जमेगा रंग।’

बोतलमा टाँसेको लेबलमा कोरिएको अक्षर चाइनिज हुनुपर्छ। जहाँसुकैको जेसुकै होस् हामीहरु न्ेपालीकरण गर्न सिपालु छौँ। कहाँ कुन कुनामा बनेको सस्तो स्पिरिटलाई दाजुभाइहरुले ‘खजुरबोटे’ न्वारन गरिदिएछन्। तर बोतल सुन्दर थियो- कार्ल्सबर्ग वियरको जस्तो बान्की परेको। मैले पनि गिलास तेर्स्याएँ र पाङ्ग्राको उरुङ् अघिल्तिर पलेँटी कसेँ।

अनि जम्न थाल्यो रंग। आफ्नो त एकै सुरुपले घाँटी खाक्सी दलेजस्तो खस्रो बनाइदियो। उत्पात कडा रहेछ, घाँटी चिरिने। त्यही पहिलो सुरुपले छिनमै झुम पनि बनाइहाल्यो। केटाहरुलाई पत्तै नदिई बेस्सरी पानी मिसेँ। धन्य गिलास स्टिलको पर्‍यो।

छत्रे भनेे आगोको फिलुङ्गोजस्तो तेजिलो रक्सी स्वाट्स्वाटी पार्थ्यो। यस्को घाँटी किन संवेदनशील छैन? धेरै लुमा पिएर चामि्रएको होला। जुवाले पेल्दा-पेल्दा गोरुको काँध मरेजस्तो।

मलाई छत्रेसँग बसेर पिउन मज्जा लाग्छ। बेस्सरी मातेको छत्रेलाई सुन्न खुब रहर लाग्छ। उट्पट्याङ कुरा गर्छ। कहिलेकाहीँ भावनाको अति गहिर्‍याइमा पुग्छ। जस्तो कि उसलाई खेदो गर्ने सुपरभाइजरको कुरा निकालिदियो भने बेस्सरी तात्तिन्छ- पानी बिस्तारै तात्तै तात्तै भुलुक्क उम्लेजस्तो। गाउँघर सम्झाइदियो भने भावुक बन्छ। सोच्दासोच्दै बोल्न पनि छाड्छ- पानी चिसिँदै चिसिँदै ढक्क जमेजस्तो। हामी प्राय उमालिदिन्छौँ। छत्रे उम्लिन्छ। तर गति छाड्दैन। भन्न खोजेको- आवेशमा बोल्छ तर भुईँमा, भित्तामा मुडि्क बजारेको छैन, सँगै पिउँदै गरेको साथीलाई धकेलेको छैन। काठमान्डूका चोकचोकमा वियरका बोतल फुटाउँदै हिँड्ने मत्तु ठिटाहरु मैले देखेको छु। छत्रे त्यस्तो छैन।

डिल्ले भने महाको सिल्ली छ। थोरै पिएर धेरै लागेको ढर्रा पार्छ। आफूभन्दा अर्कालाई मत्ताउन सौखे छ। गिलास थोरै खाली भयो कि पत्तै नपाई थपिदिइहाल्छ।
खजुरबोटेको रंगले आँखा राता हुँदैगएपछि छत्रेले आफ्नो प्रेम सम्झेछ, लम्केर सिरानीमुनिको मोबाइल निकाल्यो र भन्यो- ‘केसरीलाई मिसकल हानिन्छ।’

छत्रेले धेरैपटक भनेको छ। उसको गाउँलाई बजारसँग जोड्ने बाटोमा एउटा पुरानो काठको चौतारो छ। चौतारोमा एउटी मोटो बुलाकी लगाउने आमै हरेक दिन जाँड बेच्न बस्छिन्। आमैकी छोरी केसरीसँग छत्रेको गोप्य प्रेम छ।

मैले समयको फरक सम्झाउँदै भनेँ- ‘नेपालमा बाह्र बज्यो। तेरी केसरी निदाएकी होली। तर्सिन्छे।’

‘म कम तर्सेको छु?’–छत्रेले एक हातले कानमा मोबाइल टाँसेर र अर्को हातले गिलास स्वाट्ट पारिसकेर भन्यो- ‘म छु भन्ने कुरा सम्झाउँदै गर्नुपर्छ।’

‘चौतारोमा बस्नेको भर हुन्न छत्रे’- डिल्लेले रित्तो गिलास भरिदियो।

मैले खजुरबोटे नथपी सितनमात्र कुटुकुटु खाइरहेको डिल्लेले पत्तो पाएछ। मोबाइलमा टोलाइरहेको छत्रेलाई कोट्याउँदै भन्यो- ‘यसले थपेको छैन। पाङ्ग्रो सिध्याइसक्यो।’

छत्रे सलेदो उक्सेको टुकीजस्तो राँको भयो- ‘अग्गि नै हेर्नुपर्दैन। सकेछ गिद्धले सितन!’

केसरीले मिसकल फर्काइ। छत्रे उज्यालो भयो र भन्यो-’चौतारोमा बस्नेको पनि भर हुन्छ डिल्ले।’

त्यसपछि छत्रेले तीनपटक लगातार मिसकल मार्‍यो। चौथो पटकमा उताबाट आवाज आयो- ‘तपाईँले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्वीच अफ गरिएको छ।’

‘थुक्क!!’- आवेशमा मोबाएल भुँयमा राख्यो र फेरि स्वाट्ट पार्‍यो।

छत्रे पुरै मात्तिसकेको थियो। डिल्लेले मलाई थपिदिन मौका छोपेको पत्तो पाइहालेँ। हातले छेकेँ।

‘अब एस्लाई थालमा हात डुबाउन दिने हैन।’–मैले नथपेकोमा डिल्ले झोँक्कियो।

‘थुक्क!!’- छत्रे ठूलो स्वरमा बोल्यो।

मैले भनेँ- ‘विस्तारो बोल केटा हो। क्याम्प बोस आउला।’

छत्रेले लर्बरिएको बोलीमा भन्यो- ‘क्याम्पबोसको चिन्ता नगर केटा। काल खोज्दै एता आयो भने तेस्लाई पछार्छु। हिलोमा पाहा पछारेजस्तो पछार्छु।’

डिल्लेले मतिर चोरऔँलो तेर्स्याउँदै भन्यो- ‘पछार्नु त यसलाई पनि पर्छ। रक्सी पिउन नसक्ने साधु।’

डिल्लेलाई अरु मातेको हेर्ने के सोख चलेको हो। छत्रेतिर फर्केर मैँले भनेँ–’पछार्नु त यो डिल्लेलाई पर्ने हो। यस्ले थोपै खाएको छैन। आफू पिउन बसेको हो यो? तँलाई थप्न बसेको।’

‘साँच्चै हो?’- छत्रे जङि्यो।

‘इ.. हेर!’ डिल्लेले झटपट गिलास उठायो, स्वाट्ट पारेर गिलास ठ्याक्क राख्यो अनि मुख कच्याककुचुक पारेर भन्यो- देखिस् छत्रे? यो सातौँ पटक हो।’

‘लु लु लु…तँ पनि सकेर देखा।’- छत्रे मतिर फर्कियो।

मैले सकिनँ। छत्रेले खिल्ली उडाउने शैलीमा भन्यो- ‘थुक्क!! लुम्जडी साधु!’

‘साधु साधु नभन् छत्रे। मेरो पिउने आफ्नै तरिका छ।’

‘लु भो। छत्रबहादुरसँग बसेर पिउन छत्रबहादुरकै तरिका पछ्याउनुपर्छ। छत्रबहादुरले होस्टे भन्दा हैँसे भन्न सक्छस् भने बसेर खा। नत्र सुत्।’

‘धन्य साथ दिइराखेको छु भन् न।’- मैले भनेँ।

डिल्लेले ठट्यौली पाराले भन्यो- ‘सुत् सुत्। तँ सुतिनस् भने भोलि हाम्लाई ड्युटी जान कसले उठाउँछ?’

छत्रे फेरि चर्कियो- ‘परमेश्वर साधुराम! परेवाको बथानले बिस्कुन सिध्याएजस्तो हाम्रो सितन ठुँगेर नबस्।’

‘तिमीहरु चाहिँ भैँसीले खोले खाएजस्तो एक डुँड सकेर लड्नु।’- मैले भनेँ र भोलिको ड्युटी सम्भि्कँदै ओछ्यानतिर पसेँ।

डिल्लेले धेरै गिलास भरिदियो। छत्रेले धेरै गिलास रित्यायो। म भने सिरकले मुख छोपेर तिनीहरुको लय बिग्रेको कुराकानी सुन्दै सुतेँ –

छत्रे- साधुरामले अघि क्याम्पबोस बोलाउँछु भनेर धम्की देको हो?

डिल्ले- होइन। क्याम्पबोस आउन सक्छ पो भनेको।

छत्रे- पक्का? हो भने त फेरि सा…धु…लाई पछार्छु।

डिल्ले- ह्या…होइन भन्दैछु।

छत्रे- तेस्ले हाम्लाई भैँसी भनेको हो?

डिल्ले- केसरी राम्री छे?

छत्रे- तेस्ले झ्याइँखट्टेजस्तो दाम्मी खजुरबोटेलाई भैँसीको खोले भन्यो?

डिल्ले- केसरीले तँसँग जाँडको पैसा लिन्थी?

छत्रे- क्याम्पबोसलाई पछार्छु।

डिल्ले- भन् न। केसरीले तँसँग जाँडको पैसा लिन्थी?

छत्रे- को केसरी? ए….केसु? मेरी केसु?

गाँठी कुरा बल्ल निक्लिदै थियो। म भुसुक्कै भएँछु।

केटाहरु कतिन्जेल बसे थाहा भएन। बिहान म उठ्दा अझै भाते निद्रामा थिए। डिल्लेलाई सजिलै
उठाएँ। तर छत्रेलाई ब्यूझाउँन हम्मे पर्‍यो। निकै पटक बेस्कन झक्झक्याए पछि बल्ल ‘हँ’ भन्यो। अनि ढुन्मुनिँदै ओछ्यान छाड्यो र आँखा मिच्दै बाहिर निस्कियो। बेलुकीको खबुज ज्यूँका त्यूँ थियो। त्यही खबुज चियामा चौप्दै छत्रेतिर फर्केर भनेँ- खजुरबोटे लुमाभन्दा धारिलो रहेछ। मेरो घाँटी चिरिदियो। तँलाई छोड्यो? कि धङ्धङे बाँकी छ?’

निधार सुम्सुम्याउँदै छत्रेले भन्यो- ‘टाउकोमाथि ठूलो भारी बोकेजस्तो दुखिराछ। झट्झट् गर्छ।’

डिल्लेले खाटमुनि हात घुसार्‍यो र आधामात्र रित्तिएको बोतल निकाल्यो। अनि मलाई देखाउँदै भन्यो-’धन्न मैले यति लुकाइदेको। छत्रे ढल्नमात्र बाँकी थियो।’

मैले जिस्किँदै भन्यो- ‘बेलुकीको धार मार्न टुच्च लगाउने हो कि?’

‘हो यार ह्याङ् हराउँछ।’- डिल्लेले हौस्यायो।

बेलुकीको गिलास आफैँ मातेजस्तो भुँयमै लडिराथ्यो। छत्रेले त्यसैमा थोरै हाल्यो र ठाडो घाँटी लगायो। एकै मिनेटपछि ‘सन्चो भयो’ भन्यो। सन्चो त भयो तर छत्रेलाई त्यसले नयाँ उर्जा पनि दिएछ- ढिलो हुन लागेको थियो। ‘ओए! ओए!’ भन्दाभन्दै उभिएरै सुइँसुइँ पुरा रित्याइदियो।

ड्युटीमा म साह्रै डराएँ। बेल्चा चलाउँदा हरेक पटक छत्रे हल्का लर्बरिन्थयो। बोली टुङ्गोमा थिएन। खानाको मेस खुल्ने समय हुनलाग्दा सुपरभाइजर टुप्लुक्क देखापर्‍यो।

‘गुड मर्निङ् सर’- छत्रे बोलिहाल्यो।

वास्तै नगरी सुपरभाइजरले सहज ‘मर्निङ्’ फर्कायो।

मैले छत्रेतिर नहेरी सानो स्वरले ‘नबोल छत्रे’ भनेँ। आँटले भरिएको छत्रे के रोकिन्थ्यो। अझ बेल्चा भुइामा बिसायो र कम्मरमा दुवैहात अड्याएर ठूलो स्वरले बोलायो- ‘सर…’

सुपरभाइजर छत्रेतिर फर्कियो। घामले राप्पिएको बेला सबैको अनुहार मात्तिएको देखिन्छ। पत्तो पाएन। सहजै भन्यो- ‘ह्वाट?’

छत्रेले बरबाद हुनेभयो। लर्बरिदै भनि त हाल्यो- ‘सर! नेपाली वर्कर गुड। बट स्यालरी नो गुड’

नचिताएको सवालले सुपरभाइजर एकक्षण झस्कियो। शङ्का लागेछ, नजिकै गएर छत्रेको अनुहारसामु निहुरियो। खजुरबोटेको हरक हुसुसु आइहाल्यो। अनि रिसले कुर्लियो- ‘दिस फकिङ् इडियट इज ड्रङ्क!!’

छत्रेले बुझेन। फेरि भन्यो- ‘सर स्यालरी नो गुड।’ म भने लल्याकलुलुक भैसकेको थिएँ।

सुपरभाइजर चिच्यायो- ‘सिक्युरिटी….सिक्युरिटी….’

‘सिक्युरिटी’ सुन्नासाथ छत्रे निद्राबाट ब्यूँझिएजस्तो भयो। होसहवास गुम भएछ, थरर्र कामेर थुचुक्क बस्यो। ‘झट्टै माफ मागिहाल’- मैले आत्तिएर भनेँ। छत्रे झन् आत्तिएको थियो। सरी भन्न जिब्रो फट्कारिएन।

मिलिक्कै सिक्युरिटी आइपुगे। सुपरभाइजरले खाउँलाजस्तो आँखा पारेर भन्यो- टेक दिस इडियट आउट अफ माइ साइट।’

अनि हामीतिर फर्केर मुटु हल्लाउने घोषणा गर्‍यो- ‘नाउ आइ ब्रिङ्ग द अल्कोहोल डिटेक्टर। आइ विल फाइन्ड आउट इफ दियर आर अदर बास्टर्डस्।’

त्यो सुनेपछि डरले खङ्ग्रङ्ग भएँ। काम गर्ने मुड भएन। छत्रेलाई कता लगे होलान्? अल्कोहोल बर्जित मुलुकमा पुलिससम्म कुरो पुग्यो भने बरबाद हुन्छ। आफू पनि फस्न बेर छैन। खानाको मेसमा डिल्लेसँग भेट भयो। त्यसका पनि नौनाडी गले। मनैमन डिल्लेसँग रिसाएँ, आफैँसँग पनि रिसाएँ। नानाभाँती सोच्दासोच्दा दिन कट्यो।

क्याम्पमा छत्रे भेटिएन। डिल्ले चुक्चुकाउँदै थचक्क बस्यो। कोठालाई साँघुरो पार्ने निर्जिव खाटहरुले गिज्याउन लागे।

पुण्यतिथिको साइतमा समेत पुरेतसँग अरु आशीवर्चन केही रहेनछ । उनी बोले “लौ

अर्कोपटकको श्राद्धतिथिमा भने कान्छाको बिहा भएको देख्न पाइयोस्…।’

देवेन्द्र भट्टराई
“मेरो दुःखी मन सपना नखोज
कि ब्युँझिएर बाँच्नु मुश्किल छ मुश्किल…”
काँल्दाजुको गीतको मुखडा फेसबुकको भित्तोमा के टाँसेको थिएँ उमेर र अनुभवमा परिपक्व ठूल्दाजुले भित्तोमै तु। जवाफ लेख्नुभो- “कान्छा यति बिघ्न बैरागी नबने हुन्थ्यो…”
पूर्वेली भाकामा सन्तानमध्येको काइँलालाई “काँल्दाजु पनि भन्छन् । कवि बैरागी काइँला अथवा हामीले बुझ्ने लवजमा काँल्दाजुको गीत कविता भनेपछि धेरैलाई स्वादिलो लाग्छ । त्यसमाथि “दुःखी मनु गीत अम्बर गुरुङको संगीत-स्वरमा सुन्ने हो भने यो देश-दुनियाँमा एकैचोटी पैह्रो खसेजस्तो फिल हुन्छ । ल्यापटपमा गीत सुनिरहेको मुडमा त्यही फिलिङ फेसबुक भित्तोमा लेखेको थिएँ । बुझ्नेहरुले कि उपद्रो बुझे कि मठ्ठु बुझेनन् । अनि लेखिदिए- “कान्छा एक्लो भएपछि यस्तै हुन्छ । तुरुन्त बिहे गर…।”
यो कथा÷कहानी यहींबाट जन्मिएको हो । पश्चिमाहरु आपसको भेटघाटमा कुनै कुराकानीको थालनी गर्नुपर् यो भने “आजको मौसम कस्तो सुहाउँदो छ है अथवा बिग्रेको छ है” भन्दै मुडमा आउँछन् भन्ने सुनिएको हो । अथवा उनीहरु “तपाईंलाई कस्तो छु भन्दै भलाकुसारी थालिरहेका हुन्छन् । तर हामीकहाँ भने कुराको थालनी पनि विस्मयादिबोधक शैलीमा हुने गरेको छ । यसलाई जवाफीभन्दा पनि “नाजवाफी शैली” भने हुन्छ ।
सोह्रश्राद्धको बेलामा पिताजीको श्राद्धमा हामी जुटेका थियौं । पिताजीको पौरखले जन्मेका सात दाजुभाइमध्ये दुई-चार मात्रै भेला हुन सकिने स्थितिमा काठमाडौंका एक पुरेत “रिल काट्दै” श्राद्ध-कर्म गरिरहेका थिए । रिल यस अर्थमा काटिन्छ सबैलाई थाहा छ- सोह्रश्राद्धको पुरेत भनेपछि एकदिनमा ५÷७ बोर्डिङ स्कुलमा पढाउने घन्टे-शिक्षकजस्तै हो । श्राद्धकर्म सकिएपछि पुरेतका हातबाट सबैले टीका थाप्ने घडी आयो । कान्छो भएकाले सबैको पालोपछि म निधार थाप्दै पुगें । पुण्यतिथिको साइतमा समेत पुरेतसँग अरु आशीवर्चन केही रहेनछ । उनी बोले “लौ अर्कोपटकको श्राद्धतिथिमा भने कान्छाको बिहा भएको देख्न पाइयोस्…।”
अब के भनौं श्राद्धतिथिको साइतमा “बिहा होस् कान्छाको” भन्छन् भने यी पुरेत सद्दे होलान् कि खुस्कट “तपाईंको आशीर्वाद तपाईं नै राख्नोस्” भन्दै बाटा लागें ।
यो सहरका बिहा भोज व्रतबन्ध न्वारान शोकशभा आर्यघाट डिस्कोथेक चाचा क्याफे वा सिमपानी कबाफ- कहींकतै पुग्नु मात्रै पर्छ जिज्ञासा आउँछ- कान्छा एक्लै मन्त्रालय अड्डा मालपोत बिजुली अफिस मोटरसाइकल ग्यारेज वा पेट्रोल पम्प- चिनिएका कोही भेटिए भने मात्रै पनि पहिलो चासो यही हुन्छ । यही अर्थात् कान्छा- यो साइतमा चैं है गर्नुपर्छ क्या †
मेरा केही आफन्त र विशेषतः इष्टका श्रीमतीहरुको एउटा “अफरु आइसकेको छ । मैले बिहा गर्ने खबर मात्रै सुनेमा पनि उनीहरुले बिहा खर्च बेहोरिदिने खसी किनिदिने वा यस्तै केही । भक्तपुरे मित्र रवीन्द्र पुरीले काभ्रेको फूलबारीमा मेरो बिहापछि बार्बिक्यु-पार्टी गर्ने “मतानु बनाइसक्नुभयो रे । ओहो ! यो देशमा यो समाजमा कति धेरै समस्या कति बिघ्न झन्झावातहरु होलान्- त्यसको कुनै ख्याल छैन । बिहा गर्नेहरुको हुर्मतयुक्त दैनिकी के छ त्यो पनि थाहा पाएको नपायै गरिएको स्थिति छ । आफ्नै घरको किचलो आफैंले जन्माएको छोराले जुठेल्नाबाट बूढी भएकी आमालाई भुइँमा झारेको दृष्टान्त हुर्केका छोराछोरीलाई आएको “ब्लफकलु आदिआदि । पितापुर्खाको घर धादिङ बताउने एकजना यारों होसमा छँदा र अझ श्रीमती-परिवारको आडमा छँदा मलाई भनिरहन्छन् “बिहा गर यार अब त… ।”
फेरि रातको बेहोसीमा अथवा मादक पदार्थले आकुल-ब्याकुल बनेपछि तिनै मित्रको फोनमा अलौकिक स्वर सुनिन्छ “हेर अरु जे गर बिहा नगर । म अहिले आफ्नै घरमा छु तर सोफामा बसेको छु । मूल कोठामा मलाई प्रवेश निषेध रे । अब कंगारुको देशमा गएर कत्रो मुश्किलले धोबी काम गर्दै यो घर बनाएँ । आज मेरै जहानले मलाई यो घरबाट निस्कनुस् भनेकी छन् । भन त म कहाँ जाउँ ” ओहो अनि त्यही फोनको तार हुँदै मेरा मित्रको सुँकसुँक आँसु बहेर मेरो कान मनमुटु मस्तिष्कमा छिरेजस्तो हुन्छ । विद्वान्हरु भन्छन्- नसाको बेहोसीमा अक्सर एउटा पुरुषले सही साँचो बकिरहेको हुन्छ ।
मेरा केही आफन्तहरु छन् जो जीवनदेखि हारेका छन्- धेरै अर्थमा । हरेक वर्ष अमेरिकी डीभी भर्नेहरु बढीमा क्यानडा वा घटीमा भारतै भए पनि उतै लुक्नेहरु जीवनमा सधैं “परीक्षणकाल” झैं एकपछि अर्को बिहा गरिरहनेहरु । यी सबै “हरुवा” हुन् जस्तो लाग्छ । कोही त जीवनदेखि हार खाएर एक÷दुईपटक इहलीला त्याग्न चाहनेहरु पनि भेटिएका छन् । बनारस हरिद्वार वा जगन्नाथपुरी गएर महिनौं बेपत्ता हुने पनि छन् केही । यी हरुवाजनहरुसँग जब आक्कल-झुक्कल भेट हुन्छ उनीहरु मेरा नजिकै आउँछन् र सोध्छन् “हन कान्छा बिहा कहिले गर्ने “
अजबगजबको छ हाम्रो समाज । कसैले अलिक चाँडै बीस वर्षअघि बिहा गर् यो भने पनि भन्छन् “हेर न उम्लिएको
मोरो ! स्वास्नी पाल्न नसकेपछि थाहा पाउँछ !!”
कसैले अलिक ढिलो तीसपछि बिहा गर् यो भने पनि फेरि समाज बोल्छ ुबूढेसकालमा बिहा गर् यो खोइ यसले के थेग्छ होला र “
मनोविनोदका खातिर कहिलेकाहीं युवतीसँग जयनेपालमा फिल्म हेर्न जाने मन पलाउँछ । नारिएर हिँडेको कसैले देख्नै हुँदैन । नत्र कुरो सुनिन्छ “हेर पण्डितको छोरो भएर सरमहारा बनेको…!” फेरि एक्लै हिँड्यो अनि नेपथ्यबाट कोही बोलिरहेको हुन्छ “कस्तो नामर्द मोरो यत्रो नामकाम छ । एउटा केटी लिएर पनि हिँड्न सक्दैन…थुइक्क !”
यो समाजको यस्तै चित्र-बिचित्र सम्झिरहेका बेला मैले सामुको कोटेसन-बुकमा एक महान् दार्शनिकलाई भेटें । ती दार्शनिक सोक्रेटसको भनाइलाई खुबै मन पराएर आफ्नो कोठाको भित्तामा यतिखेर मैले टाँसेको छु । सोक्रेटस भन्छन् “सबै दृष्टिबाट हेर्ने हो भने तिमी बिहा गर । यदि असल स्वास्नी पायौ भने तिम्रो जीवन सुखमय हुनेछ । तर यदि खराब पायौ भने अरु केही हुँदैन तिमी मजस्तै दार्शनिक बन्नेछौ ।”
लौ मार् यो ! अब के गर्ने जे त होला । हाम्रो जीवनका दुःखसुखहरु भवितव्य र लेखान्तहरु पनि त्यस्तै कुरा हुन् जसलाई कुनै इरेजरले पनि मेट्न सकिन्न भनेर एक विद्वान्ले भनेका रहेछन् । फेरि जोडौं एउटा बिहाभोजको कुरा । किनभने कान्छाले बिहा नगरेको “सनसनी खबरु बढीजसो यस्तै बिहाका सिजन जन्ती र भोजहरुमा सुन्न पाइन्छ । भक्तपुरे दाजु श्याम प्रधानको छोराको बिहा निम्तोमा बिहाभोज खान एउटा हूल बाँधेर रातसाँझ मात्रै समारोहमा पुगेका थियौं । त्यहाँ मसले कम्पनीवाल आफन्त सुवास भान्जाका नातेदार पनि भेट्टिए । टाढैबाट उनी मलाई चिन्ने रहेछन् प्रत्यक्ष होइन । “मैले सुनिरहेको छैन होला” भन्दै छेवैमा उनी बकिरहेका थिए “पण्डित टेकनाथको कान्छो छोरो पढेगुनेको छ । उसले देश-दुनिया घुमेको छ । ऊ सहयोगी छ । मोरो हँसीमजाक पनि गर्छ सबै गुनले युक्त छ । तर बज्याको बिहे भएको छैन खोइ के भन्नु र “
भन्नु केही थिएन । मानौं बिहा नगरिएकै कारण म एउटा “अपराधी कान्छो” हुँ । अब सुन्नु बाँकी केही रहेन । अनि फेरि काँल्दाजु सम्झें “मेरो हजुर सपना त रातभरिलाई हो…!”

-प्रज्वल ओली, दोहा (कतार)
विश्वकपपछिको दोस्रो ठूलो प्रतियोगिता एसियन कप फुटबलका खेल प्रत्यक्ष हेर्न पाउनु नेपालीका लागि मात्र सपनालाई वास्तविकतामा पाउनु होइन, अन्य विकसित देशका फुटबल समर्थकले पनि महादेसीय फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिताका खेल हेर्ने स्वाभाविक सपना देखेका हुन्छन्।
 

एसियाली फुटबलको कुम्भमेला यहाँ शनिबार सम्पन्न भएको छ। एसियन कपको फाइनलमा पक्कै पनि करोडौँ एसियाली फुटबल समर्थकको ध्यान केन्द्रित भएको थियो। कमै भाग्यमानीले मात्र रंगशालामा प्रत्यक्ष उपस्थित भएर जीवनकालका लागि स्मरणयोग्य क्षण अनुभूत गर्न पाए।

खालिफा रंगशालामा उपस्थित ३७ हजार १ सय ३४ भाग्यशाली दर्शकको बीचमा झन्डै ८ सय नेपाली पनि रहे, जो शनिबार जापान र अस्ट्रेलियाबीचको फाइनलका प्रत्यक्ष साक्षी बने। सम्भवत त यति धेरै नेपालीले एसियन कप फाइनल हरेको यो पहिलोपटक हो। जहाँ जापानले अतिरिक्त समयसम्म संघर्ष गरेर अस्ट्रेलियालाई १-० ले हरायो। निर्धारित समयको खेल गोलरहित बराबरी थियो।
फाइनलका लागि खालिफा रंगशालाका १ हजारभन्दा बढी सिट विभिन्नखाले रोजगारीका लागि कतार पुगेका नेपालीले बुक गरेका थिए। प्यारापिटमा नेपाली सानो/सानो समूहमा रहेर बसेका थिए। कमै मात्र नेपालीले एक्लै फाइनल हेरे। ६ जनाको एउटा समूहलाई लक्ष्मण खतिवडाले नेतृत्व गरेका थिए। त्यही समूहका दुई नेपाली महिलाले जापानको राष्ट्रिय झन्डा निधारमा बाँधेका थिए। ती सबै जापानको समर्थनमा चिच्चाइरहे। जापानले उपाधि जितेर अन्ततः उनीहरूको समर्थनलाई पनि न्याय गर्‍यो। ‘जापान जितेकोमा म एकदमै खुसी छु,’ ३१ वर्षे लक्ष्मणले भने। एसियन कपका २६ खेल हेरेको दाबी गर्दै उनले यो मौका पाउनुमा आफूलाई भाग्यमानी ठाने। उनले थपे, ‘मैले सुरुआतबाटै जापानको समर्थन गरेको हुँ।’

लक्ष्मणमा जस्तै उनको समूहका अरु साथीमा पनि त्यो खुसी देखिन्थ्यो। ठूलै युद्ध जितेको योद्धाजस्तो थियो उनीहरूको अनुभव वर्णन।
२५ वर्षीया क्षितिज सेन र २६ वर्षीया बन्दना पौडेल त्यो समूहका दुई महिला सदस्य थिए। कतार एयरवेजमा कार्यरत सेनले आफ्नो गालामा जापानको झन्डा पोतेकी थिइन् भने कपडाको झन्डाले शरीर ढाकेकी थिइन्। बन्दनाले पनि जापानको झन्डा टाउकोमा बाँधेकी थिइन्।

‘म धेरै खुसी छु,’ एसियन कपको तीन खेल हेरकी सेनले भनिन्। लक्ष्मणले एसियन कपको २६ खेल हेर्ने मौका यसै पाएका भने होइनन्। उनी कार्यरत कम्पनी अलमाया इन्टरनेसनल कम्पनीको स्पोर्टस ड्रिंक्स नै एसियन कपको अफिसियल ड्रिंक्स रहेका कारण लक्ष्मणको सपना पूरा भएको थियो। उनका अनुसार उनले १ सय ५० वटा पास नेपालीलाई बाँडेका थिए। लक्ष्मणले आफू कुनै बेलाको खेलाडीसमेत रहेको बताए। झापामा हुँदा उनले जिल्लास्तरसम्मको भलिबल र फुटबल खेलेका थिए।

तर गोर्खाका २९ वर्षे गणेश बानियाँका लागि भने फाइनल सुखद रहेन। टिकट हुँदाहुँदै उनले फाइनल हेर्ने मौका पाएनन्। ‘सुरक्षाकर्मीले मलाई रंगशाला छिर्नै दिएनन्,’ ब्ल्याकमा ७५ रियाल तिरेर टिकट किने पनि उनी फाइनल हेर्नबाट वञ्चित भए। ऐतिहासिक फाइनल हेर्न नपाउँदा उनले खल्लो मानेका छन्। जापानले चौथोपटक एसियन कप उचालेको हेर्न नपाउँदा उनी दुःखी थिए।

‘तिर्खा लाग्यो पानी खाएँ मैले के बिराएँ…’ गीतको अर्थ के होला ?
गीतको पहिलो लाइनमा त सामान्य तीर्खा लागेर पानी खाएको कुरा गरिएको छ तर दोस्रो लाइन पनि सुन्यो भने चाहिँ यसको दोहोरो अर्थ लाग्छ । मन पराएर माया लगाएपछि गरिएको कार्यलाई गीतमा समेटिएको छ ।

भुवन केसी(नायक)

मेरो विचारमा गीतको अर्थ सोझो छ । माया

लगाएपछि यौन तृष्णा मेटाएँ, यसो गर्दा मैले के बिराएँ भन्ने आशय गीत भित्र लुकेको छ । सांगीतिक वाद्ययन्त्रले गीतलाई सुन्दर बनाएको त छँदैछ ।

दिनेश डिसी (टेलिभिजनकर्मी)

गीतको अर्थ त जे पनि लगाउन सकिन्छ, पानी अथवा जवानी जता पनि ठिक्क छ यो गीत । गीतकार तथा गायिकालाई मेरो विनम्र अनुरोध के छ भने घाट-घाटको पानी खानु भएन, गुणस्तरीय पानी मात्र खानु पर्‍यो । जथाभावी फोहोर पानी खाँदा अनेक प्रकारका रोग पनि लाग्न सक्छ ।

दीपकराज गिरी (हास्य कलाकार)

पक्कै पनि गीतले दुई वटा अर्थ बोकेको छ । पहिलो त सोझो हिसाबले तीर्खा लागेपछि पानी खाने कुरा गरिएको छ । अर्कोचाहिँ आफूलाई मन परेको व्यक्तिसँग शारीरिक रूपले

पनि नजिकिएँ । त्यसरी नजिकिँदा मैले के बिराएँ भन्ने आशय व्यक्त गरिएको छ ।

ऋषिराज आचार्य (निर्देशक)

सरल शब्दहरूबाट तयार भएको यो गीतलाई जसरी

पनि अथ्र्याउन सकिन्छ । वास्तवमा मैले गीतको छन्द मिलाउने क्रममा तीर्खा लागेको प्रसंग जोडेको हुँ । माया-प्रेममा वासनाका कुरा पनि आउँछन् । गीत सुनेर आफ्नै प्रकारको अर्थ लगाउने छुट सबैलाई छ ।

एक नारायण भण्डारी (गीतकार)

Shabhar : saptahik

Follow

Get every new post delivered to your Inbox.