तपाईको जिज्ञासा चिकित्सकको सल्लाह ।

तपाईको जिज्ञासा-म विगत १५ महिना देखी कतारमा कार्यरत छु । यहाँ मलाई कपाल झर्ने रोगले ग्रसित बनाएको छ । नेपालमा हुँदा मलाई यस्तो समस्या थिएनसबैले भन्छन । यहाको पानीको कारणले गर्दा यस्तो भएको हो । तरसंगै बस्ने साथीलाई यसको कुनै असर परेको देखिन्दैन । चाँया पनि अत्याधिक पर्छ । एकताका मैले मेडिकलमा गएर सल्लाह अनुसार भारतमा बनेका कमलको फुलको तेल पनि प्रयोग गरे यसले पनि केहि काम गरेन । युवा अवस्थामै ना¨ाे तालु बन्न लागेकोमा आफैलाई दिक्क लाग्छ तर अहिले सम्म त त्यति साह्रै झरि सकेको भेने छैन । त्यसैले यसको रोकथामको लागी के कस्तो तेल सावुन या दवाई प्रयोग गर्न सकिन्छ । कृपया उचित परामर्श पाए आभारी हुने थिए । चायाको रोकथामको लागि के गर्न सकिन्छ । सबै समस्यको छोटो समयमा निदान पाउछु भने पूर्ण भरोसाका साथ पत्रचार गरेको हु । -हरी

चिकित्सकको सल्लाह-अलि अलि थोरैमात्रामा कपाल झर्न भनेको शरिरीक सामन्य मानिन्छ भने पक्कै पनि धेरै मात्रामा कपाल झर्नु एक किसिमको रोगनै हो । कपाल नया पलाउने,बढने,झर्ने एक किसिमको सामान्य चक्र २,३ वर्ष सम्म चलिरहेको हुन्छ । सामान्य चक्रमा कपालको रौं प्रति महिना झण्डै एक सेन्टि मिटरको दरले बढिरहेको हुन्छ र टुक्रेर पनि गइरहेको हुन्छ । ९० प्रतिशत कपालको रौंहरु कुनैपनि बेला बढिरहेका हुन्छन भने १० प्रतिशत कपालका रौंहरुले आराम गरिरहेका हुन्छन अर्थात बढिरहेका हुदैनन् । यी आराम गरिरहेका रौंहरु ३,४ महिनापछी झर्न थाल्दछन् । त्यसको ठाउमा फेरी नयाँ कपालका रौंहरु उम्रन थाल्दछन । तपाईले कुन कस्ता कारण तथा रोगहरुमा धेरै कपाल झर्छ भन्ने ’boutमा केही थाहापाउन आवश्यक छ । त्यस्ता रोगहरु धेरै हुन सक्छनतैपनि निन्नलिखित कारणहरु मुख्य मानिन्छन जस्तो लामो समय सम्म कुनै पनि कारणले बिरामी भएमाशरिरको कुनैपनि भागको सल्यकृया -Surgical operation गरेमा धेरै तनाव तथा चिन्ता लिएमा शरिरको ग्रन्थीहरुको रोग लागेमा -जस्तो घाटीको अगाडी रहने Thyroid glands को कार्यमा घटबढ आएमा त्यस्तै पुरुषमा हुने हर्मोन androgens तथा महिलामा हुने हर्मोन Ostrogens मा राम्ररी सन्तुलन नहुनालेकपालमा कुनैपनि नराम्रा तथा नमिल्दो रसायन पदार्थको प्रयोग हुन गएमा -जस्तो कपाल रंगाउने रसायन पर्दाथहरुहेयर स्प्रे काम गर्ने ठाउमा रसायन पदार्थ तथा  Radiation को एक्सपोज धेरै भएमा कुनै प्रकारको औषधीहरुको प्रयोगलेजस्तो रगतलाई पातलो बनाउने औषधी bloodthinner रक्तचाप तथा मुटुरोगीले खाने औषधीहरुभिटामिन …A को धेरै प्रयोगचिन्ता तथा तनावको अँैषधीहरु Uric acid बढेको बेला खाने औषधीहरु,क्यान्सरको उपचार गर्दा केमोथेरापी तथा Radiotherapy आदी,कपालमा हुने संक्रमण -विषेश गरेर Fungal Infections इत्यादी हुन सक्छन । त्यस बाहेक कपाललाई धेरै तातो पानीले नुहाय पनि कपाल धेरै झर्न सक्छन ।
फेरी कपाल झर्नु एक वंसानुगत रोग आÏनै ठाउमा छ जस्लाई …Common baldness’ अर्थात …male pattern baldness’ अर्थात t …Permanent pattern baldness’ अर्थात …androgenic alopecia’ भनिन्छ । नेपालीमा “चिण्डो” तालुखुईले भन्छौ । यो कसैको ठाउको अगाडी हुन्छ त कसैको विच भागमा । यस्तो सामान्य खालको औषधी छैनआधुनिक चिकित्सामा कपालको प्रत्यारोपण -ज्बष्च Hair Tranplantation गरी कपाल राख्ने गरिन्छ । जुन धेरै महंगो र सबैका लागि सम्भव छैन ।
तपाईको प्रश्नलाई बुझदा तपाईलाई दुई किसिमले कपाल झर्न सक्छ एउटा कारण कपालको छालामा Fungal Infection भएको कारणले किनकी तपाइले कपालमा चाया पनि प्रसस्त परेको छ भन्नु भएको छ चाया प्रसस्त Fungal Infestion को कारणले हुन सक्छ । कतारमा धेरै गरम हुनाले कपालभित्र पसिना आउनाले यस्तो खालको संक्रमण धेरै हुन्छ र चाया पर्नु र कपाल झर्नु संगसंगै हुन्छ । अर्को कारण तपाइले धेरै तातो पानीले पनि कपाल नुहाउनु हुन्छ की हरीर नुहाउने तातो पानी र कपाल नुहाउने तातो पानीको तापक्रम एउटै हुनुहुदैन -यदि धेरै तातो छ भनेकपाललाई हामीले ठिक्कको मनतातो पानीले कोठाको तापक्रम सहित मिल्ने तातोपानीले मात्र नुहाउनु पर्छ । धेरै तातोपानीले कपालको रौको जरालाई कमजोर पार्दछ र झर्छन । कपाल अर्थात कपाल रटने छालामा Fungal Infection द्धारा धेरै संक्रमण नुनेहुदा Antifungal औषधीहरु मिसाएको स्पाम्पुले कपाल नुहाउनु पर्दछ । Salicylic acid बअष्म मिसाएको स्पाम्पुले कपालमा भएको चायाको धुलोलाई सफागर्छ र चाया पनि कमपर्छ Selenium sulfide र Ketorkenarole मिसाएको स्याम्पु Fungal Infections लाई निको पार्दछ । कतारको बजारमा पाउने स्याम्पु Anaphase Shampoo’जसले कपालल झर्नबाट बचाउछ तथा Anastim Rubetacien Chrosnostin Gel को प्रयोगले पनि कपाललाई र्झनबाट बचाउछकपाल वृद्दिमा सहयोग पुर् याउछ । Selegel Shampoo ले सुख्खा चायालाई निर्मुल पार्छ भने पkertyol shmpoo ले चिल्लोखाले चायालाई निर्मुल पार्दछ । त्यस्तै चायासंगै कपाल पनि कन्याउछ भने पभगिबि kelual DS shampoo को उपयोग धेरै राम्रो मानिन्छ । यसरी आफुलाई घरयासी उपचारबाट निर्मुल पार्न सक्नु भएन भने अवश्यपनि फिजिसियन डाक्टर अर्थात चर्मरोगको डाक्टर  Dermatologist
परामर्श लिनुनै उचित मानिन्छ । कपाललाई स्वस्थ राख्न आफुलाई मिल्दो सावन तथा स्याम्पु प्रयोग गरेर सधै सफा राख्नु अति आवश्यक छ । कतारको गरम मौसममा कम्तीमा पनि २ पटक कपाल धुनुपर्छ ।

-डा. नरेन्द्रकुमार शाक्य
फिजिसियन लाईफ लाईन मेडिकल सेन्टर
अलखोर,कतार

 

तपाईलाई कुनै स्वाथ्य सम्बन्धि समस्या छ ?
के तपाई भाषाको कारण आÏनो समस्या लुकाउनु भएको छैन ? 
यदी तपाईलाइ स्वाथ्य सम्बन्धि कुनै समस्या छ भने बाबुगोरखालीलाई सम्झनुहोस !

हामीलाई पत्रचार गर्ने ठेगाना
drajeshwor@yahoo.com

drajeshwor@gmail .com

Comments on: "तपाईको जिज्ञासा चिकित्सकको सल्लाह ।" (1)

  1. मलाई जहिले पनि ताउको दुखी रहन्छ ३महिना अगदी नेपाल म जचाउदा मेरो ताउको को देब्रेपत्ती भाग्मा अलि कती काल्सियम जमेको छ भन्थो अनि मलाई निद्रा लग्ने औसदी दियको थियो दिन मा दुई ता खानु भनेर केहिहप्त त खाय तर पछी खान चओदी दिय अहिले पनि कहिले कहिले दुखछ के गर्ने होला यस्को लागि किर्पय मलाई जानकारी दिनुहुन्थो कि ?अहिले मलाई निन्द्रा राम्रो सित नै लाग्छ । तर पछी यस्ले दिमाग को कयन्सर तहुँदैन तेसैले मलाई चिन्ता लागि राखेको छ । के गने होला भन्हिदिनु प्आयोअ

टिप्पणी छोड्नुहोस्