Archive for नोभेम्बर, 2009

नवोदित साहित्यिक वाचनालयद्धारा सभासदसंग छलफल

दोहा-भाषाको उत्थान नेपालीको पहिचान भन्ने मुल नारा लिएर स्थापना भएको नवोदित साहित्यिक वाचनालयले जनप्रगतिशिल  मंचको पहिलो महाधिवेशनान भाग लिन कतार आएका जोगबहादुर महरालाई  आइतवार भेटेर ज्ञापनपत्र बुझाएको छ ।
हिमालयन रेष्टुरेन्टमा आयोजित एक चियापान समारोहका विच साहित्यिकर्मिहरुले नया बन्ने संविधानमा साहित्यलाई पनि स्थान दिनुपर्छ भन्ने कुरालाई जोड् दिदै नेपालीले यहाँ भोगेका समस्याको ’boutमा समेत जानकारी दिएका थिए । 
नवोदित साहित्यिक वाचनालयका उपाध्यक्षँ नबराज बि.क.को नेतृत्व माँ गएको टोलीले दोहाको साहित्यक माहोल र नवोदित साहित्यिक वाचनालय खेलेको भूमीका र मोवाइ पुस्तकालएको ’boutमा संस्थाका महासचिव प्रकाश बन्जाराले सभासद समक्षँ प्रस्ततु गर्दै सभासदलाई नवोदित साहित्यिले तयार पारेको संविधान सभा सुझाब महरालाई हस्तानतरण गरेका थिए ।  यसका साथै इश्वर दाहाल कविजीले प्रवासी नेपालीहरुको शवलाई नेपाल सरकारले घर सम्म पुर्याउने ब्यवस्ता नेपाल सरकारले गनुपर्छ भन्ने धारण ब्यक्त गर्दै दोहामा पानि जहाजमा डुबेर १२ जना नेपालीको शबहरु गाडीको छदमा राखेर लगेका दर्दनाक दृष्यले प्रवासी नेपालीको मन छिया-छिया भएको र अब यस्तो देख्न नपरोस  भन्ने तर्क ब्यक्त गरे ।
संविधान सुझाव प्रतिवेदनलाई संविधान सभाले के गरयो  कहा  राख्यो  यसलाई कुन विभाग अन्र्तगत कुन समितीमा राखिएको छ भन्ने’bout सभासद जोग बहादुर महरासग छलफल गरेका थिए । प्रतिउत्तरमा सभासदले भनेका थिएकी यसरी विदेशवाट आएको संविधान निर्माण संम्वन्धि सुझाव र प्रतिवेदनहरुलाई सुरक्षित तरिकाले बर्षो सम्म पछि पनि भेटिने गरी फाईलिङ्ग गरेर राखेको छ  र संविधान बनाउने बेलामा यसरी आएको प्रविदेनलाई पनि मध्यनजर राखेर संविधान निर्माण गर्ने कुराको जानकारी पनि दिए । यसरी विदेशमा बसेर पनि नेपाली साहित्य र समाज विकासमा लागेकोले नावेदित साहित्यक वाचनालयको कार्यप्रति र मोवाईल पुस्तकलायको कार्य प्रति सह्रनिय र सह्रै राम्रो कार्य गरकोमा धन्यवाद दिदै कानूनी  अथवा भौतिक सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै प्रगतिको कामना गरे ।
उक्त कार्यक्रममा  एकिकृत माओवादिका पोलिव्यूरो सदस्य इन्द्र मोहान सिग्देलको पनि सहभागिता रहेको थियो । उनले साहित्य जिवन देखाउने सुन्दर बाटो भएको र दोहा-कतारमा साहित्यको राम्रो माहौल भएकोमा खुसि व्यक्त गरे । यसरी १९/१९ जनाले झोलामा किताब बोकेर नेपाली भाषा,साहित्यलाई जर्गेना गरेकोमा निकै खुशी हुर्दै  राम्रो  कार्य गर्नु भएको छ निरन्तर लागी पर्न सल्लाह दिए । 
 यसरी सभासदको ध्यानकार्षण गर्नेहरुमा नवोदित साहित्यि वाचनालयका साहित्यकारहरु नवराज बि.क.,प्रकाश बन्जारा,तिर्थ संगम राई,ईश्वर दाहाल,महेन्द्र अदृष्य,राजेश्वर ढकाल,महेन्द्र बियोगी र महेश्वर नेपाल लगायतको उपस्थिती रहेको थियो । 

श्रमिकद्वारा राजदुतको सम्मान

-दिनेश रेग्मी

 नेपाली श्रमिकको पक्षमा राजदुतले उल्लेखनीय भुमिका निर्वाह गरेको भन्दै कतारस्थित नेपाली राजदुत डा. सुर्यनाथ मिश्रलाई यहाँ क्रियाशिल दुई दर्जन सामाजिक  संस्थाले शुक्रवार राती सम्मान गरेका छन् ।

दुई वर्षे कार्यावधी भर्खरै पुरा गरेका राजदुत मिश्रले नेपाली मजदुरको पक्षमा विभिन्न काम गर्दै आएको उल्लेख गर्दै २३ वटा संस्थाद्वारा गठित संयक्त समितिले सम्मान गरेको थियो । नौ वर्षदेखि दुतावास संचालन हुँदै आएको कतारमा राजदुत सम्मानित भएको पहिलो पटक हो । राजदुतलाई सरकारले चार वर्षको लागि नियुक्ती गर्ने गरेको छ । मिश्र प्राध्यापन पेशाबाट कुटनीतिक क्षेत्रमा आएका हुन् ।

 आप्रवासी नेपाली मजदुरहरुद्वारा गठित विभिन्न जिल्ला स्तरीय २३ वटा समितिले दोसल्ला, पुष्पगुच्छा, खादा र प्रशंसापत्रले सम्मान गरेका थिए । राती ८ बजेदेखि मध्यरातसम्म चलेको कार्यक्रममा मजदुर, किसान, व्यवसायी, एनआरएन पदाधिकारीदेखि विभिन्न कंपनीमा काम गर्ने नेपालीहरु उपस्थित थिए ।

मिश्र आएपछि पीडितहरुका लागि दुतावासमा आश्रय स्थल संचालन भएको, वैदेशिक रोजगार नाममा ठग दलाली गर्नेलाई कारवाही सिफारिस गरेको, अर्जेण्ट राहदानी नविकरण गर्दा चिनजानको आधार वा अतिरिक्त शुक्त लिएर गर्ने कार्यलाई हटाएको, पीडित मजदुरका गुनासा आफै सुन्ने गरेको र मजदुरहरुको तलव वृद्धिमा योगदान पुर्‍याएको भन्दै उनीहरुले सम्मान गरेका थिए ।

 दुतावासले कतारमा २००८ जनवरी १ देखि आवास तथा खाना विहीन नेपालीलाई आश्रयस्थलको व्यवस्था गरेको छ । वैदेशिक रोजगारको नाममा २००८ जनवरी १ देखि २००९ अक्टोवर २६ सम्म ठगी गर्ने १ सय ९६ एजेन्सी तथा १ सय ९१ एजेण्टले गरेको कामको विवरण सहित कारवाही सिफारिस भएको छ । यो सिफारिस प्रधानमन्त्री तथा श्रम मन्त्रीसम्म पनि पुगि सकेको छ । नेपाली मजदुरको पारिश्रमिक ४ सय रियल हुँदै आएकोमा मिश्र आएपछि न्युनतम ६ सय रियल कायम कायम गरिएको थियो ।

‘राम्रो काम गर्नेलाई मरेपछि होइन ज्युदै सम्मान गर्नुपर्छ, यसले झन् अझ राम्रो काम गर्न प्रेरित गर्छ’ नेपाली सामाजिक संस्थाहरुद्वारा आयोजित सम्मान कार्यक्रमका संयोजक श्रीकृष्ण भट्टराइले भने-‘ आफ्नो कर्तव्य र अनुसासनको पालना गर्दै मातृभुमीको सेवा गर्न सबैलार्इै प्रेरणा मिलोस भनेर सम्मान गरेका हौं ।’

राजदुत मिश्रले सम्मानले नियोगप्रति नेपालीको आस्था र विश्वास उत्पन्न भएको महसुस गर्दै बैदेशिक रोजगारीको नाममा ठगी, दलाली गर्ने विरुद्ध भएको कारवाहीलाई नैतिक समथर्न मिलेको बताए । ‘यो कार्यक्रमले ठग दलाललाई कमजोर र नियोगलाई आम नागरिकको सन्तुष्टि, विश्वास र नैतिक समर्थन मिलेको छ’ मिश्रले भने-‘सहयोगी नेपाली र नियोगको सामुहिक प्रयासले नै यी कार्य गर्न सकेको हौं ।’

 उनले आर्थिक कुटनीतिलाई अघि बढाउन पर्यटन प्रवर्धन, नेपालमा उत्पादित बस्तुको विक्री वितरण र लगानीको बातावरण बनाउन लाग्नुपर्ने उल्लेख गरे । कतारमा रहेका नेपाली र नेपाली संघसंस्थाहरुसंग सहकार्य र समन्वय गरी नेपालको गरिमा र उन्नतीका लागि आफु अझै लागि पर्ने मिश्रले बताए । कतारमा ३ लाख भन्दा बढी नेपाली र सामाजिक, साहित्यिक, जातिय र राजनैतिक गरी एक सय ११ वटा संस्था छन् ।

आजका तस्बीर

स्वाइन् फ्लु’bout चेतना जगाउँदै सान्ताहरू

अमेरिकामा स्वाइन् फ्लु’bout चेतना जगाउन नयाँ तरिका अपनाइने भएको छ । र, त्यसको प्रयोग चाहिँ हालै आउँदै गरेको क्रिसमसमा एउटा अभियान नै शुरू गरिने भएको छ ।

अमेरिकाको फिलाडेल्फियामा हालै सान्ता क्लाउज बन्न इच्छुकहरूको भेलाले यस पटकको सान्ता क्लाउज बन्नेहरू सर्वसाधारणहरूलाइ स्वाइन् फ्लुबाट बच्नका लागि यससम्बन्धी भ्याक्सिन लगाउन प्रेरित गर्ने भएका छन् ।

सान्ता परिचालन गर्ने एउटा संस्था द अमाल्गामेटेड अर्डर अफ रियल बियर्डेड सान्ता (ओर्ब्स) नामक संस्थाले एउटा सेमिनार नै गरेर यस विषयमा सबै सान्ताहरूले सर्वसाधारणलाइ भ्याक्सिन लगाउनका लागि प्रेरित गर्ने भएको हो ।

मेट्रो पत्रिकाका अनुसार, संस्थाका अध्यक्ष निकोलस ट्रोल्लीले सान्ताको उद्देश्य सर्वसाधारणको जीउधनको रक्षा गर्नु पहिलो प्राथमिकता रहेको बताएका छन् । अध्यक्ष ट्रोल्लीले भने¬– “मैले के सुनेको छु भने देशका विभिन्न भागमा रहेका सान्ताहरूलाइ समेत स्वाइन् फ्लु लागेको छ रे ! र, तिनीहरू स्वाइन् फ्लुमुक्त हुन सकेका पनि छैनन् । त्यसैले यसको गम्भीरतालाइ बुझी यसको खोप लगाउन र फ्लुयुक्त बालबालिकालाइ हुलमुलमा नल्याउन म अभिभावकहरूलाइ पनि अनुरोध गर्दछु ।”

ओर्ब्स् मात्र होइन कि यसको प्रतिस्पर्धी संस्था सान्ता अमेरिका समूहले पनि स्वास्थ्य कार्यकर्ताहरूले झैँ घरघर पुगेर स्वाइन् फ्लुको भ्याक्सिन लगाउन प्रेरित गर्ने पनि जनाएको छ ।

डलरका पछाडि बुद्धिजीवीको दौड

काठमाडौं-
नेपालका बुद्धिजीवी र लेखकहरुलाई एनजीओ तथा आइएनजीओहरुको डलरले कसरी कब्जामा लिएको रहेछ भन्ने कुराको खुलासा मंसिर ५ गते शुक्रवार साझ छताछुल्ल भएको छ। दक्षिण एशिया फ्री मिडिया एशोसियशन (साफ्मा)ले आयोजना गरेको नेपालका दैनिक पत्रपत्रिकामा सम्पादकीय अन्तरवस्तु विषयक कार्यक्रम र त्यसपछि शुरु भएको अनौपचारिक मदिरा बैठकमा नेपालका राजनीतिक दलका नेतादेखि बुद्धिजीवीहरुसमेत डलरमा बिकिसकेको चर्चाले ठाउा पाएको थियो। अन्तरक्रियामा नागरिक दैनिकका सम्पादक नारायण वाग्ले, क्रियटिभ एडिटर राजेश केसी, कान्तिपुरका सम्पादक सुधीर शर्मा, प्रमुख संवाददाता गोपाल खनाल, अन्नपूर्ण पोष्टका जिवेन्द्र सिम्खडा, नयापत्रिकाका सम्पादक कृष्णज्वाला देवकोटा, दि हिमालयन टाइम्सका प्रकाश रिमाल, अन्नपूर्णकै नारायण ढकाल, गोविन्द अधिकारीलगायत थिए भने स्रोत व्यक्ति सौभाग्य शाह बनेका थिए। दैनिक पत्रिकामा किन सम्प्दकीय र लेखहरु स्तरीय हुन छाडे भन्ने’boutमा चलेको बहसका क्रममा नेपालका स्थापित लेखक र बुद्धिजीवीहरुलाई बिभिन्न एनजीओहरुले आफ्नो कब्जामा लिएर पत्रपत्रिकामा लेख्न अघोषित रुपमा नाकाबन्दी लगाएको कुरा आएको थियो।
देश संविधान निर्माणको ऐतिहासिक चरणमा रहेका बेला संविधान लेख्नेहरुका लागि जनताको पक्षबाट बिचार निर्माण गर्नुपर्ने बेलामा ठूला पत्रिकामा त्यस्ता गहन लेखहरु आउनै छाडेका छन्। नाम चलेका लेखक, बौद्धिक व्यक्ति र कथित नागरिक समाजका व्यक्तिहरु आजभोलि पत्रिकामा लेख लेख्न भन्दा कुनै एनजीओका लागि कार्यपत्र लेख्न अग्रसर हुन थालेपछि बिचार निर्माणमा समस्या परेको सम्पादकहरुले पनि स्वीकार गरेका थिए। ‘एउटा दैनिक पत्रिकामा लेख लेख्दा बढीभन्दा बढी ४ हजार रुपैया पाउाछन् तर त्यही लेख कुनै एनजीओ–आइएनजीओलाई दियो भने २०/२५ हजार रुपैयासम्म हात पर्छ। त्यसैले लेखकहरु डलरमा भुलिए’ सम्पादकहरुको लगभग एउटै भनाइ थियो। यसलाई उनीहरुले संविधान निर्माणअघि बिचार निर्माण गरेर जनतामा पुर्याथउने बौद्धिक अभ्यासमा लगाइएको नियोजित प्रतिबन्धका रुपमा लिएका छन्। संविधान निर्माणको बेलामा नेपालमा अहिले एनजीओ–आइएनजीओहरुको सक्रियता ह्वात्तै बढेको छ। एनजीओ–आइएनजीओहरुले नाम चलेका व्यक्तिहरुलाई डलरमा किन्न थालेका छन्। देवेन्द्रराज पाण्डे, धु्रवकुमार, राधेश्याम अधिकारी, प्रा.कृष्ण खनाल, भीमार्जुन आचार्य, हरि रोक्का, कृष्ण पहाडी, शिव गाउालेलगायतका बुद्धिजीवीहरु अचेल पत्रपत्रिकामा लेख लेख्न छाडेर आइएनजीओका लागि काम गरिरहेका छन्। सार्वजनिक बहसका लेख लेखेर पत्रिकामार्फत बहस गर्नुपर्ने बेलामा उनीहरु डलरमा बिकेको चर्चा पनि साफ्माको छलफलमा चलेको कुरा एक सहभागीले बताए। उनीहरुले लेख लेखिहाले पनि विवादमा नपरिने खालका विषयमा मात्र कलम चलाउन थालेका छन्। कार्यक्रमका कतिपय सहभागीले त बुद्धिजीवीहरुको बुद्धिमा एनजीओले बिर्को लगाए भनेर रात्रिभोजमा चर्चा गरेका थिए।
डीएफआइडी, जीटीजेड, युएसएआडी लगायतका आइएनजीओले बिभिन्न एनजीओमार्फत् अर्बौ रुपैयाको खोलो बगाएका छन्। तर नया संविधानको मूल विषय भूमिसुधार, राज्य पुनर्संरचना लगायतका सवालमा उनीहरुले नियोजित रुपमै बहसमा प्रतिबन्ध लगाएका छन्। बरु इन्क्लुजन अर्थात् समावेशीका नाममा महिला, दलित, जनजाति, मधेशी भनेर उनीहरुका नाममा करोडौं डलर बगाउने र नेपालका बुद्धिजीवी तथा लेखकहरुलाई पनि त्यही गोलचक्करमा फसाउने नियोजित अभियान चलाइएको छ। यसमा अमेरिकीहरुको भित्री षडयन्त्र रहेको पनि बताइन्छ। नेपालमा बामपन्थी मोडेलको संविधान बन्नबाट रोक्ने लाखांै करोड खर्च गरेर सभासद्हरुलाई समेत पथभ्रष्ट बनाउने, तर प्रगतिशील कुराहरुमा बहस नै नचलाउने प्रवृति अहिले नै देखिइसकेको छ।

नेटवर्क व्यापारबाट ठगिँदै छन् नेपाली

-करिम बक्स मियाँ

कतार एउटा सानो राष्ट्र, दु्रतगतिमा बढेको यहाँको विकासक्रम, सजिलै भिसा प्राप्त गर्न सकिने र नेपालको राजनीतिक तरलताको कारण लाखौं नेपाली युवाहरूको रोजगारको गन्तव्य भएको । भनिन्छ सन् १९८५ को आसपासबाट विशेषगरी अन्तर्राष्ट्रिय कम्पनीअन्तर्गत चल्ने ठूला स्तरीय होटलहरूमा कुक तथा बेराको काम गर्न आउने नेपालीहरूबाट सुरु भएको नेपालीबीच रोजगारीको सिलसिला अहिलेको अवस्थासम्म आइपुग्दा कतार एउटा मिनी नेपालको नामले नेपालीहरूको आकर्षण थलो बनेको छ ।

यो त सर्वविदितै छ जबजब देशमा क्रान्ति चर्कन्छ तबतब नेपालीहरू बिदेसिने क्रममा तीव्रता आउँछ । यही र यिनै असंख्य कारणहरू छन् जसले नेपाली युवा शत्त्ािm दिनानुदिन पर देशको आँगनमा बाध्य भएर श्रम अर्पिरहेको तीतो वर्तमान दिक्दारमय छ । कतारको हकमा मात्र गफ हाँक्ने हो भने तीन लाखभन्दा बढी नेपाली प्रवासी जीवन भोगिरहेको तथ्य हाम्रोसामु छ । सबै नेपाली जीवनका निमित्त्ा श्रम गर्न प्रवासिए तापनि कतारमा कार्यरत सबैलाई श्रमजीवी मानिहाल्ने अवस्था छैन । ’cause नेपालीहरूको यो विशाल जमातभित्र एउटा यस्तो तप्का पनि छन्, जसले मूलतः श्रम बेच्नेभन्दा पनि इमान बेच्ने काममा आफूलाई ढालेर हिँडेका छन् । मानवीय मूल्य र मान्यताभन्दा तल गिरेर यहाँ सोझा नेपालीको अमन बेच्नेहरूको बिगबिगीले नेपालीहरूको परिचय खोस्ने काम बढी भएको छ । एउटा नेपाली दूर देशमा किन पलायन हुन बाध्य छ ? किन नेपाली घर आँगन, जहान परिवारदेखि धेरै टाढा यो अर्काको देशमा जीवन खोज्न विवश छ ? भावनात्मक रूपले सम्पूर्ण नेपालीसँग यसको उत्त्ार छ । देश धनी हुँदैमा प्रवासिनुपर्दैन भन्ने चैं हैन, तर देश गरिब हुनाले बाध्यात्मक परिस्थितिको सिर्जना हुनु ग्लानिको द्वार हो भन्नु उपयुत्त्fm हुन जान्छ ।

अपवादलाई छाडेर सस्तो पारिश्रमिकमा काम गर्ने र सबैभन्दा धेरै जनसंख्या भएको समुदाय भनेर कतारमा चिनिने समुदाय नेपाली समुदाय हो । अधिकांश नेपाली वास्तव मै अति नै न्यून तलबमानमा काम गर्न बाध्य छन् । संसारका अन्य मानवसरह एउटा नेपाली पनि सुखी र सम्पन्न बन्न चाहन्छ तर विविध कारणहरू जसले नेपालीको त्यो चाहनालाई कहिल्यै पूरा हुन दिइरहेको हुँदैन । यहाँ यसो भन्दै गर्दा आजकल कतारका हरेक कम्पनीमा सस्तो तलबमानमा कार्यरत नेपालीमाझ विभिन्न प्रलोभनका साथ नेटवर्किङ्ग व्यापार फस्टाउँदो छ । हुन त विगत लामो समयदेखि यस्ता व्यापारहरू नेपालीहरूलाई धनी बनाउने सपना बाँड्दै आउने अनि बिलाउने नभएका चैं हैनन् । कहिले सुनको लकेट बाकेर आए त कहिले कथित ब्रान्डेड घडी लिएर आए कहिले सबै प्रकारका रोगहरूको निदान हुने ओखतीको व्यापार भयो त कहिले के कहिले के ? सबैको दाउपेच उस्तै उस्तै “के तपाइँ धनी बन्न चाहनुहुन्छ ?” गरिबी र त्यसबाट सिर्जेका परिस्थितिले एउटा नेपाली दिनानुदिन खस्कँदो जीवनयापन गर्न बाध्य छ । दैनिक बाह्र चौध घन्टा काम गर्दा पनि उसले साहुको ऋण चुत्त्fmा गर्न सकिरहेको हुन्न । जहान परिवारलाई सुख दिने सपना यथावतै छ । साहुको ऋण चुत्त्fmा गरी परिवारलाई कसरी सुख दिन सकिन्छ भन्ने’bout सोची रहेको सोझो नेपालीलाई नेटवर्किङ्ग व्यवसायीहरू सपना बाँड्दै हिँड्का हुन्छन् ।

 विश्व बजारमा कुनै स्थान ओगट्न नसकेको सस्ता सामान बोकेर नेपालीहरूको क्याम्प धाएर गरिबी र साहुको ऋणले थिलिएका सर्वसाधारणलाई प्रलोभनमा पारेर व्यवसाय गर्नेहरूको दिनानुदिन संख्या बढ्दो छ । एकजना यस्तो नेपाली जुन रातोदिन परिश्रम गर्दा पनि आफ्नो घर परिवारलाई सोचे जस्तो सुखदिन सकिरहेको हुन्न । जसलाई दुरोदेशमा बसेर सधैं सस्तो श्रम बेच्नु पनि छैन । निकासको मार्ग अवलम्बन गर्ने कनै सहज वातावणको अवस्था पनि छैन, यस्तोमा दैलोमा झोलामा वस्तु बोकेर धनको वषर्ा गराइदिने अभिव्यक्ति दिने मानव पाइन्छ भने को पो खुसी नहोला र ? नेटवर्किङ्ग व्यवसाय गर्ने यस्ता ठगहरू नेपालीको दैलो दैलोमा पुगेर सदस्य बनाउने, दायाँबायाँ गरेर दुईदुईजना सदस्य बनाएपछि केही महिनाभित्र डलरको वषर्ा हुनेजस्ता वाहियात गफ फलाक्दै हिंडेका हुन्छन् । आखिर के हो त यस्तो प्रकारका नेटवर्किङ्ग व्यवसाय र दलालहरूको वास्तविकता ? कुनै एक राष्ट्रको सरकारी निकायमा व्यापरिक प्रायोजनका निमित्त्ा दर्ता भएर कारोबार गर्ने यस्ता प्रकृतिका कम्पनीहरू आफ्ना निश्चित दलालहरूम्ाार्फत ग्राहक बनाउने, महँगो सदस्यता शुल्क लिने र एक प्रकारको छिट्टै पैसा कमाउन तथा छोटै अवधिमा बिनाकुनै कडा परिश्रम नै धनी बन्न सकिने सपना प्रवाह गर्दै महँगो मूल्यमा अधिकतम ‘नन ब्रान्डेड तथा नन मेडिकेयर’ सामान बेच्ने काम गर्ने गर्छन् ।

यस्ता प्रकारका व्यापारीहरूको कनै प्रकारको खुला कम्पनी हेदैन न त कुनै दोकानहरू नै हुन्छन् । विशेषतः मान्छेहरूको बसोबास स्थलसम्म पुगेर कम्पनी, सामान तथा त्यसका फाइदासम्बन्धी विस्तृत ‘बि्रफिङ’ को मार्फत शुल्क लिएर सदस्यता बनाउने र बनेका सदस्यहरूलाई कम्तीमा पनि चारजनासम्म सदस्य बनाउन आग्रह गर्दै त्यसपछिका भविष्यका फाइदाको ’boutमा आफनो चातुर्यताद्वारा पैसा असुलेर सामान भिडाउने काम गर्छन् । एकले चार, चारले सोह्र सदस्य बनाउँदै गए निकट भविष्यमा पहिलो सदस्यको निमित्त्ा र क्रमिक बाँकी सदस्यहरूका निमित्त्ा डलरको वषर्ा हुने भन्दै वस्तु बिकाउन हिंड्ने वाहियात व्यापारीहरूको सञ्जाल हो नेटवर्किङ्ग व्यापार । जसको काम भनेकै सोझा साझाहरूलाई प्रलोभनमा पारेर आफ्नो वस्तु बिकाउनु मात्र नभई सदस्य बनाएर उठेको रकमद्वारा आफ्नो स्वार्थसिद्ध गर्नु हो । असंख्य नेपालीहरू यस्तो कारोबारको सिकार बनिसकेका छन् । धेर थोर पैसा पनि फँसिसकेको छ तर कुनै नेपालीहरू भेट्न सकिन्न कि ऊ साँच्चै धनी बनिसकेको होस् ऊ यदि भेटिन्छ भने पनि ती, तिनै दलालहरू जुन सपना बाँडेर सर्वसाधारणको पैसा जम्मा गर्न सफल बनेका छन् । सामान्यतया बजारमा दुई रियालमा पाइने वस्तुलाई दस गुना बढी रकममा किनेर तथा झन्डै आफ्नो तलबको आधाभन्दा बढी पैसा फँसाउने नेपाली झर्ला र खाउँलाको स्थितिमा बसेका हुन्छन् । उनीहरू ब्ााह्र चौध घन्टा काममा अहिले पनि पिल्सेका हुन्छन तर कपोकल्पित सपनाको जाल फिंजाउने दलालहरू भने दिनानुदिन मोटाएका हुन्छन् ।

कनै त्यो नेपाली जसले आफ्नो कमाइको एउटा हिस्सा यस्ता नेटवर्किङ्ग व्यापारीको अधीनमा सुम्पेका छन् के तिनले कहिल्यै यो जान्ने प्रयत्न गरेका छन् कि उनीहरूको त्यो रकम कहाँ जम्मा भइराखेको छ ? एकजनाले थुके सुकी सयजनाले थुके नदी भनेझैं एकजनाद्वारा लगानी गरिएको रकमको औचित्य नहुन सक्ला तर ती असंंख्य नेपालीद्वारा लगाइएको रकम कुन तत्त्वको हातमा परेको हुन्छ ? मैले इन्टरनेटको एउटा कुनामा अमेरिकाको लागि डीभी चिट्टाको विज्ञापन देखें त्यहाँ लेखिएको थियो सित्त्ौमा छिटो फारम भर्नोस समय सीमित छ आदि इत्त्यादि, तर जब त्यहाँ फारम भरियो तल दोस्रो खण्डमा लेखिएको थियो एक सय नब्बे अमेरिकी डलर पनि दिनुपर्ने रे ऊ अनि अमेरिकाका लागि उडान निश्चित ? नेटवर्किङ्ग व्यापारको हत्कण्डा पनि त्यस्तै हो, पहिला धनी बनाउने सपना बाँडिन्छ, जब साधारण नेपालीको मन मस्तिष्कमा आशाको बीउ रोपिन्छ अनि भनिन्छ कि लु यो सामान किन्नुस् यो साबुन हो जसको प्रयोगले आयु बढाउँछ, शरीरमा भएका सबै प्रकारका रोगको निदान हुन्छ, लु यो कफी किन्नुस् जसको सेवनले स्वास्थ्य विज्ञानले निदान गर्न नसकेको हाड, छाल्ााका रोगलाई निर्मूल पारिदिन्छ । एउटा व्यापारीले आफनो बस्तु बिकाउन अनेक व्यापारिक हत्कण्डा अपनाउन सक्छ ।

नक्कली सामानलाई सक्कली भनेर बेच्ने त उसको आदत नै हो, तर ग्राहकहरू व्यापारीको जालमा त्यसै आँखा चिम्लेर फँस्नु हुँदैन । यस्ता नेटवर्किङ्ग व्यापारीहरूको फन्दामा परेर भएको आफनो पैसा बर्बादबाहेक अरू केही हुनेछैन । नेटवर्किङ्ग व्यवसायका यस्ता मानिन्दाहरू व्यत्त्ािmको भावना र मनोकांक्षामाथि खेलबाड गर्ने एक प्रकारका चतुर लुटेराहरू हुन् भन्दा फरक पर्दैन । हामी नेपालीहरूमा एउटा अचम्मको बानी रहेको छ कि हामी विश्वासलाई अन्धभत्त्fm भएर अंगीकार गछौर्ं तर अब बेला र अवस्थाहरू त्यस्तो छैन असली सुनलाई कसी लगाउनुपर्दैन भन्ने उत्त्ािm अब पुरानो भइसक्यो । बजारमा अचेल विश्वाशहरू बिक्न थालेका छन् । बेइमानीको सहर जमेको छ । धन कमाउने चाहना राखिनु पक्कै पनि मानवको जन्मसिद्ध अधिकार हो तर धन र त्यसको प्राप्ति कसरी सम्भव छ भन्ने’bout विचार पनि पुर्‍याउनु अनिवार्य छ ।

 एकजना भिखारी भीख माग्न हिंड्दै गर्दा गाउँका मुखिया बा नदी किनार बसेर एकाबिहान स्नान गर्दै रहेछन् । भिखारीले सोचेछ कि मुखिया बा धनी भएको कारण त बिहान बिहान नदी किनारमा स्नान गरेर पो रहेछ । उसले पनि अबदखि म पनि यसै गर्छु भनेर सबेरै नदी किनार गएछ स्नान गरी टोपल्लिएको भिखारीलाई खोलोले बगाएछ ….. बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड…….तथास्तु ।

गजल

rajeshworराजेश्वोर ढकाल

तिम्रो यादमा एकान्तमा टोलाउन थालेको छु
सपनिमा तिमीलाई नै बोलाउन थालेको छु

कहिलै छाड्न नसकीने अमृत झै तिम्रो माया
कल्पनामै आजभोलि खेलाउन थालेको छु

मन भरि तस्वीरहरु सजाएर एकान्तमा
मायारुपी प्रेम पत्र केलाउन थालेको छु

कति दिन बस्ने होला तड्पिएर यसरी नै
दिन गन्दै मिलनको सेलाउन थालेको छु

k jagat-जगतराम बर्देवा “घायल”
तिम्रो इच्छा विपरीत माया लाएकोमा सरी
तिम्रो मनले नचाहादै भेट्न आएकोमा सरी

आफ्नो औकात बिर्सियर माथि उठ्ने आश गरे
सिरिफ मेरै सोह्रै आना भन्न चाहेकोमा सरी

घायल थिए आसिक बने छाया मात्र पाए आज
मौरी बनि फुलको पछि पनि धाएकोमा सरी

नितान्त एक्लो थिए साथ पाउने आश थियो
हासो   ओठमा  बोकि गीत गाएकोमा सरी

दुखेको घाउ  माथी  मलम बन्ने हौकी भने
सपनाले  तिम्रो  संसार  छाएकोमा  सरी

हरियो चियाको पत्ता जस्तै !

एउटी सुन्दरी जर्मन किशोरी पिजा र बर्गरको दुनियामा होइन इलामे चियाकमानमा हरियो पत्ताको स्वाद बटुलिरहेकी छिन् ।

-देबेन्द्र भट्टराई

b “कलकल बगेको खोल्सो लेकाली कुहिरो र जंगल सुनसान चियाबारीमा एक्लै-एक्लै हिडिरहेछु…” तल गोर्खे गाउँ जाने बाटो देखिने डाँडाको वर्तिर गायक गणेश रसिकको घर थियो । गायकभन्दा पनि यतिखेर चिया कृषकका रुपमा चिनिने रसिक सयपत्री फूलले घेरिएको आँगनमा मौरीको गोलोले चिलिरहेजस्तो सर्ट लगाएर उभिएका थिए । अघिल्लो साँझ निकै अबेरसम्म साँगुरीभाज्याङ र ट्याम्केको गीत गाइरहेका रसिक बिहानी घाममा भने चियाबारीभित्र एकान्तबोध गराइरहेका थिए । “हामी कुहिरो र जंगलबाट भागिरहेका छौं पश्चिमाहरु भने यही कुहिरो खोज्दै यता आइरहेका छन्” फिक्कल डाँडाको फन्को मार्दै अघि बढिरहेका उनी बोल्दै पनि थिए-“यहाँ अहिले एक जर्मन किशोरी हाम्रो कमानको चिया चाख्न र परख गर्न आएकी छिन् हामी भने यो हरियो पत्ताको स्वाद उनलाई चखाइरहेका छौं ।” नभन्दै पर्तिर पशुपतिनगर सडकको आडैमा गोर्खा टी प्रालिमा सधैंको नित्य कर्म झैं ती किशोरी लेना सेर्लिङ चियाको चुस्की लिइरहेकी थिइन् . “म दुइ महिनायता तपाईको हरिलोभरिलो चिया चाखिरहेकी छु”बोलीको पारखमा पनि उस्तै तेजिली लेनाले सुनाइन्-“दुनियाको कुनै तागत र सबैले भन्ने दार्जीलिङे चियाभन्दा पनि तिख्खर स्वाद मैंले यहाँ पाएकी छु ।”

                                       aa२३ बर्षे सुश्री लेना सेर्लिङले जर्मनीको बोन शहर नजिकै बस्ने रहिछन् । जर्मनीको कहलिएको चिया बितरक कम्पनी “टी स्वेन्डनरु सम्बद्ध रहिछन् लेना जो जीटीजेडको सहयोगमा यो पहाडी हरियो डाँडोमा टी-टेस्टरको काममा जुटेकी रहिछन् ।  गोर्खा टी प्रालिबाट टी-स्वेन्डरमा अग्र्यानिक चिया जान थालेको पछिल्ला महिनामा सुश्री लेना भने फिक्कल र आसपासका गाउँघर घुमिरहेकी हुन्छिन् । अग्र्यानिक चिया उत्पादनको प्रकृयामा दुहुना गाइ बाँडिएका १ सय ८२ परिवारमा उनी पुगिरहेकी हुन्छिन् । ती अनुदानमा दिइएका गाईको गोबर चियाको फेदमा हालिएको छ /छैन त्यसको रेखदेख गरिररहेकी हुन्छिन् । “यो उमेरमा युरोपेली रमझमका माझबाट उम्केर गाइगोठ गोबर र चियाघारीमा किन हराइरहनुभएको त ?

      “एउटा राम्रो प्रश्न जसको जवाफ मसँग छैन…”उदारचित्तले हाँस्दै जवाफी बनिन् लेना । फेरि दोहोर् याएर उनको सपना र बिपनाको दुरी’bout प्रश्न गरियो । तर यी सुन्दरीको जवाफभन्दा उनको मीठो हाँसोमा अर्कै स्वादको “बोलचालु भेटिन्थ्यो । “मलाई माउन्ट एभरेष्ट थाहा थियो त्यही कारण नेपाल थियो”उनी बिस्तारै खुल्दै थिइन्-“तर यो देशमा यत्ति सुन्दर चियाबारी यस्तो बिछट्टको स्वादे चिया र स्वादिला मान्छेहरु होलान् भन्ठानेकी थिइन ।” लेनाको चिया पारख कतिसम्म रहेछ भने अहिले मौसम परिवर्तन भैरहेको छनक पनि यी चियाका सुइरा र तिनबाट झर्ने रंगको स्वादमा पाउन सकिन्छ अरे । “कस्तो आनन्दको कुरा भने म जुन चियाकमानका हरिया पत्ता छुँदै यताउता हिडिरहेकी हुन्छु त्यही हरियालाई म पिउन पाइरहेकी छु”युरोपेली दुनियाबाट फुत्त उप्रुर यो हरियो डाँडोमा आएकी लेना तैपनि आनन्दित थिइन् । ल्यापटप र वेव-पेजका अनेक काम भएपनि इन्टरनेट-एक्सेज नभइरहेको छटपटीलाई पनि उनी हरियो चियापत्तामा लुकाइरहेकी थिइन् ।

                         लेनाको कम्पनीले विश्वका ४ सयभन्दा स्वादका चियाको बिक्री गर्दै आएको रहेछ । फिक्कलको अग्र्यानिकमा भने गत मार्चदेखि उसले हात हालेको रहेछ । “यो बर्ष ४५ हजार केजी चिया उत्पादन भएकोमा ४० प्रतिशत जति जर्मन कम्पनीले किनिदिएको छुगोर्खा टि प्रालीका प्रबन्धक दार्जीलिङ घर भएका उत्तम प्रधान सुनाउँदै थिए । cउनको कम्पनीसग डेढ लाख केजी चिया उत्पादन गर्ने क्षमता रहेछ । युरोप निकासी भएको चियाबाट प्रति केजी २ डलर झिकेर कोष बनाउने र त्यो किसानको हितमा उपयोग गर्ने योजना’bout पनि प्रधानले सुनाए । “सम्भव भएमा यो डाँडोलाई नै अग्र्यानिक बनाउने लक्ष्य छुउनी भन्दै थिए-“समस्या के भने हामीसँग श्रमिक छैन किसान मात्रै छन् ।

                   दार्जीलिङको अनुभवमा भने त्यहाँ किसानभन्दा बढी श्रमिक छन् ।” यो पहाडी गाउँमा कतै सानो हाट/मेला लागेमा अथवा कतै फुटबल प्रतियोगिता भएमा मात्रै पनि चिया टिप्ने र कम्पनीमा काम गर्नेहरु त्यतै लाग्ने भएकाले भनेजस्तो व्यवस्थित हुन नसकिएको उनको भोगाइ थियो । गोर्खा टी प्रालीले मात्रै आफ्नो ५ सय रोपनीको चियाकमानसहित आसपासका कृषकमाझ अग्र्यानिक उत्पादनलाई बढावा दिएको रहेछ । “हरेक दिन मेरा लागि नयाँ दिन हो”फेरि लेनाको अनुहार खुलेको थियो-“हरेक चिया कमान हरेक चियाघारी र प्रत्येक चियापत्ताको स्वादमा म भिन्नै आनन्द लिइरहेकी हुन्छु ।”यी सुन्दरी सुश्री लेना अब झण्डै एक महिना मात्रै आफ्नो चिया-चाख्ने जागिरमा फिक्कल डाँडोमा बस्ने रहिछन् । उनको चाहना फेरि यतै फिर्ने भएपनि कम्पनीको मुल्यांकन र आदेश उनले पर्खनै पर्नेछ । भर्खरै गोर्खा टी प्रालीले स्वीटजरल्याण्डबाट गुणस्तरको आइएमओ सर्टिफिकेट पाएकाले यता पनि जिम्मेवारी र कामको रफ्तार अझ बढेको उनको बुझाइ छ । लेना जर्मनीमा भने चियापत्ती बिक्री गर्ने एक पसले रहिछन् । तर चियाको सुगन्ध र तेजले यत्ति काम गर्न थालेछ कि चियाको कुनै औपचारिक पढाइबिना उनको जिब्रो र नाकले चियामा परख जमाइसकेको रहेछ ।

a“मेरो परिवारले पनि मेरो इच्छा र स्वतन्त्रतालाई रुचाएका छन् मैंले युरोपेली हाइफाइभन्दा यताका चियाकमान रोजेकोमा सबैजना उत्तिकै खुशी हुनुहुन्छुलेना भन्दै थिइन्-“यो मेरो आफ्नो जिन्दगीको कुरा हो मैंले जीवनलाई कमानको हरियो चियापत्ता झैं देख्न र भोग्न चाहेकी छु ।” कतिसम्म भने लेनालाई “टी गार्डेनु मात्रै होइन यो डाँडोमा कुनै “टी-ब्वाइ” भेट भएमा पनि जीवन सहजै बिताउन सक्ने आँट पलाइसकेको रहेछ । तर यो हाम्रो बसको बात थिएन । अचानक चिया कमानमा भेटिएकी जर्मन सुन्दरीका सपना र आकांक्षाहरु अलिक भिन्न लागिरहेका थिए । कवि मनका चिया कृषक रसिकका बुझाइमा लेना हास्दा मात्रै पनि “कमानमा हरियै चियापत्ता टिप्ने सिजन सुरु भएको”आभाष हुन्थ्यो ।

                       उनले चियाको चुस्कीसगै लिने सुगन्ध र जिब्रोको चालमा पनि मौसम परिवर्तनको छनक पाइन्थ्यो । “म चिया चाख्नासाथ यसको स्वाद र स्तरको गहिराइ थाहा पाइहाल्छु भनिरहेकी लेनाका सामु फिक्कलका चिया कृषकहरु धेरै अर्थमा पछौटे बनिरहेका थिए । सीटीसी दाना चियामा तत्काल बढी मोल पाइने लोभमा अहिलेसम्म विकासे मलखाद प्रयोग गरिरहेका कृषकहरु अब प्राकृतिकअग्र्यानिक स्वादको परख गर्नमा त_िम्सएका थिए । त्यो सुन्दर बिहानीमा लेनासगै अग्र्यानिक चियाको चुस्की लिएपछि बरबोटे कन्याम हुदै बिर्तामोड उत्रनुपर्ने थियो । बीच बाटोमा घर भएका गायक रसिकले यात्राको बिट मारे झैं एउटा भाका सुनाए जसमा भावना धेरै र अर्थ थोरै लुकेको थियो- “म हेर्दैछु तिमीलाई पश्चिमको घाम भएर तिमी हेर्दैछौ मलाई पूर्वको जून भएर…” fisherydevendraqatar@gmail.com

इन्टरनेटबाट केटी बेच्ने प्रहरी फन्दामा

कलेज छात्राको २५ हजार
मोडलको ५० हजार
चर्चित व्यक्तिहरु १ लाखदेखि माथिसम्म

सामानको भाउ जस्तो गरी इन्टरनेटमा राखिएको यो भाउ वास्तवमा इन्टरनेटबाट केटी बेच्नका लागि राखिएको थियो। खुल्लमखुल्ला नेपालीसेक्सगाइड डट कम नामको त्यो वेबसाइटमा सम्पर्क गर्ने काठमाडौँको मोबाइल नम्बरसमेत राखिएको थियो। प्रहरीले हिजो मोबाइलबाट ग्राहकसँग सम्पर्क गर्ने व्यक्ति सामाखुशी घर भएका २१ वर्षका अमित गौतमलाई पक्रेको थियो। आज भने यो गिरोहका मुख्य नाइकेको रुपमा संगीता श्रेष्ठलाई पक्रेर हनुमानढोकामा सार्वजनिक गरेको छ।

// //
बीरगञ्ज घर रहेछ ३५ वर्षकी यी नाइके संगीता श्रेष्ठको। अहिले भने ताहाचलमा बसेर यो धन्दा गर्दै रहिछिन्।

प्रहरीले छापा मार्ने क्रममा यौन व्यवसायी महिलाहरू १८ वर्षकी ज्योति राई, १९ वर्षकी ममता प्रसाई, २२ वर्षकी रुवी सिंह ठकुरीलाई पनि पक्रेको छ। त्यसैगरी पैसा तिरेर मोज गरिरहेका ग्राहकहरू ३३ वर्षका मोहन ढकाल र ३३ वर्ष कै डिकबहादुर खत्री पनि प्रहरी फन्दामा परेका छन्। नेपालको कानुनले पैसाको लेनदेन गरेर यौन कार्य गर्न वर्जित गरेको छ। इन्टरनेटबाट ग्राहक खोजी यौन व्यवसाय गर्नेलाई प्रहरीले पक्रेको यो पहिलो अवसर हो।


वेबसाइटमा आफ्नो व्यवसायको परिचय दिँदै लेखिएको छ-

Thank you for visiting our Nepal Sex Guide about us page your guide to beautiful Nepali women and Asian escorts offering their unrivalled escort services at our Nepal Sex Guide escort agency.

We currently have 40 escort girls who are offering companionships to business men and discerning gentlemen at their five star hotels or exclusive residence. Our collection of thrilling beauties includes college girls, aspiring and established models, young professionals and even some from Nepal Film Industry.

Our selection process ensures that we choose not only the most beautiful girls with the best bodies but also those girls who are eager to satisfy their clients every desire. There is certainly something for every taste and every fantasy, jut call our hostess to join the party.

हेर्नुस् त, ४० भन्दा बढी केटीहरु छन् रे उनीहरुकोमा। पाँच तारे होटल वा घरसम्मै पुर्‍याइदिन्छन् रे उनीहरुलाई। केटीहरु छानी छानी पाइन्छ रे- कलेज गर्लदेखि भर्खरका वा स्थापित मोडल र नेपाली फिल्मका हिरोइनहरुसम्म। प्रहरीले नाइके संगीता श्रेष्ठको पक्राउसँगै यो गिरोहका अरु रहस्य खुल्दै जाने र अरु पनि गिरफ्तार हुनसक्ने बताएको छ। हेरौँ को को तानिने हुन् अब। फोटो सौजन्यः किरण भट्टराई/रासस

पुस्तक पढ्नेहरुको लागि सुवर्ण अवसर ।

IMG_2819“भाषाको उत्थान नेपालीको पहिचान” भन्ने मुल नाराको साथ स्थापना भएको नवोदित साहित्यिक वाचनालयले मोवाइल पुस्ताकलय संचालनमा ल्याएको छ । विद्या आर्जन गर्न हामी पछि हट्नु हुदैन र सबैमा ज्ञानको ज्याति फैलाउँदै सबलसमृद्ध र शिक्षत नेपाल निमार्णको गर्न अग्रसर हुनुपर्छ भन्ने मुल उद्देश्यको साथ मोवाइल पुस्तकालय संचालन गरेको हो ।

IMG_3091यदि तपाईलाई पनि पुस्तक पढने रहर हुदाहुदै पनि को र कसरी सम्पर्क गर्ने भन्ने लागेको हुनसक्छ त्यसैले हामीहरु हरके शुक्रबार जैद्धाटावर अगाडीको पार्कमा नवोदित मोवाइल पुस्तकालय लेखेको झोला भिरे बसेका हुन्छौ । P1000466तपाई आफुलाई मनपरेका विभिन्न किसीमका पुस्तकहरु जस्तै-उपन्यास,कथा,जीवनी,राजनितीक र सामाजिक विषयबस्तु समेटिएका किताबहरु लगायतका थुप्रै किसिमका पुस्तकहरु हामी संग उपलब्ध छन । तपाईहरुले रोजिरोजी लान सक्नेहुन्छ । IMG_2820

हामीहरुले थोरै भएपनि बचेको समयको सदुपयोग गर्ने बानि बसालौ भने हाम्रो जीवनलाई सफलताको शिखर तिर डोर्याउने छ ।P1000484 त्यसैले हाम्रो यो अभियानमा तपाई पनि सहयोग र साथ दिनुहुनेछ भन्ने पूर्ण आशा गरेको छौ ।

विस्तृत जानकारी लागि तपाईहरुले तलको मोवाइल तथा इमेलमा सम्र्पक गनुहोला ।

राजेश्वर ढकाल (दोहा)-६४१४६५१ इ-मेल : sweet_rajeshwor@yahoo.com

इश्वर दाहाल (एयरर्पोट)-५७५४४५९ इ-मेल :ir2062@yahoo.com

महेन्द्र अदृष्य राई (सनैया)-५०६७२८३ इ-मेल :thulungsagar@yahoo.com

प्रकाश बन्जरा(अलखोर)-५२८३७४० इ-मेल :patrakarbhai@yahoo.com

 जगतराम वर्देवा घायल (विनमहुमुद)-६१७३४४१ इ-मेल : jagatme @yahoo.com