-दिनेश रेग्मी
“बहराइनको बोर्डरमा भेडीगोठमा भेटिएका छत्रबहादुर हरदम हाँसेर कुरा गरिरहेका थिए । मानौ उनीभित्रको दुःख अन्यत्र कतै लुकेको छ ।”
“बाटो विराउनु भो र ? विजुली घरबाट छिर्नुस्” भनेर सहकर्मी देवेन्द्र भट्टराईलाई मोवाईलबाटै छत्रबहादुरले गाईड गर्दै थिए । हामी जमेलिया बजारबाट पश्चिम तिर जाँदै थियौं । बाटो पत्ता लागेको थिएन । जती हेरे पनि विजुली घर देखिएन । बरु विजुलीका हाईटेन्सन लाईन मात्रै खुवै देखिन्थे । एउटा सानो घरजस्तो देखियो । यही हुनुपर्छ भन्दै हामी भित्र छिर् यौं । “हो हो” त्यहीबाट आउनुस् फोनमै छत्रले भने । हामी मरुभुमीको गतिले अनुभव लिदैं भित्र छिर्यौ र छत्रको आवासीय खेमा पुग्यौं ।
मरुभुमीको बिचमा टेन्ट हाउस रहेछ । मलाई त टुरिष्ट क्याम्प जस्तो लाग्यो- कुनै मैदानी भागमा । बास्तवमा बसाई त खुवै आनन्द । नजिकै भेडा- बाख्राका बथान । कुखुरा उत्तिकै । एउटा गधा पनि रै’छ-यातायातको लागि । अली पर ऊटहरु थिए । हामी उनको टेण्ट निर्मित क्याम्पमा बस्यौं । बिजुली थिएन । तर यतीबेला कुनै समस्या छैन गर्मीको । झन् टेण्टकै झ्याल ढोका काफी थिए- सितलको लागि । गर्मीमा पनि चिसो कै आशा तिनै दुला रहेछन् ।
छत्रको साथमा एउटा रेडियो । किचन पनि भित्रै । क्याम्पमा उनका सहकर्मी रहेछन- एक जना बंगालादेशी । बंगलादेशी ऊट हेर्दा रहेछन् छत्र भेडा- बाख्रा र कुखुरा । मिलेर बसेका छन् दुःख सुख बाँढ्छन् । बंगलादेशीलाई सुलेमानी बनाउन भने र उनी कुरा गर्न कस्सिए । उनको र देवेन्द्रको खुबै दोस्ती रहेछ शुरुमै देवेन्द्रलाई जिस्काए । “तपाई काठमाडौंमा कति फोन गरे । त्यो नम्बर त एक जना केटीले उठाई । बाटुलेचौरकी भन्थि । । के तपाईले विहा गर्नुभो र ? छत्रले एकै सासमा भने । “नचाईने कुरा । मोवाईल ? मसँगै छ कसले उठाओस्देवेन्द्र भन्दै थिए ।
यसअघि देवेन्द्रसंग लेखक खगेन्द्र संगौला पनि पुगेका रै’ छन्- छत्रको क्याम्पमा । उती बेलाका स्मरण पनि सुनाए । अहिले थिए- प्राध्यापक तथा साहित्यकार अभि सुवेदी । छत्र हाँसो गर्दै आफ्ना कुरा धाराप्रवाह सुनाउँदै थिए । देवेन्द्रले ुकुवेती दिदीबहिनीसंग खुव फोन हुन्छ होला नीु भनेर जिस्काए । छत्रलाई कुरामा झन् खुदो भएछ क्यारै । रौसिदै स्मरण सुनाउन थाले । उती अभि सर दीपक भेटवाल चाख लिएर रमाईलो बार्तालाप सुन्दै थिए । म टेण्टभित्रको वार्तालाप र माहोल डायरीमा नोट गर्दै थिए ।
“होईन तपाईले अघिदेखि के टिप्दै हुनुहुन्छ । छोडिदिनुस् भो टिप्न । लेखेर केही हुँदैन ।” उनी फेरी हाँस्न थाले । किन? मैले भनें । उनले भने- फेरी दोहोर् याए । छोडिदिनुस् लेखेर केही पनि हुँदैन । उनले दवेन्द्रसंग मुखामुख गर्दै फेरी थपे- “पत्रकारले यति छुस्स पाए भने पुरै ल्वाम्म छिराउँछन् ।” उनी हाँसेर भन्थे । ब्यङ्ग हो की साँचो छुट्टाउन गाह्रो भयो ।
“रेडियो रैछ । के के सुन्नुहुन्छ ? सोधें । उनले भने- “म बीबीसी सुन्छु । नेपाली हिन्दी र उर्दु वीवीसी । साझा सवाल खुबै मन पर्छ । तपाई बोलेको पनि सुन्छु । विहीवार बोल्नुहुन्छ नी “उनले प्रश्नमिश्रित स्वरमा भने ।” नेपालका समाचार कत्तिको सुन्नुहुन्छ पत्रपत्रिका कत्तिको हेर्नुहुन्छ सोधें । “नेपालमा सुन्ने लायकको के छ र खाली नराम्रै नराम्रो । राम्रो भन्ने केही छैन । के सुन्ने के पढ्ने त्यस्तो खबरु उनले नेपालको अबस्था एकै शासमा खोले ।
सात वर्षअघि कतार छिरेका उनी यहाँ दुःख सुखसंग खुब खेलेका रहेछन् । तर आज मैले उनमा दुःख देखेको छैन । जे कुरा गर्छन् हँसाउँछन् । बैशाखमा घर जाने तयारीमा रहेका छत्र जहाँ गए पनि भुल्न केही त गर्नै पर् यो भन्छन् । घर पुगेपछि के गर्ने निधो गरेका छैनन् । छत्रसँग पहिल्यै दुई पटक फोनमा कुरा भएको थियो- पीडितका समस्या ’bout । त्यसपछि भएको थिएन । उती बेला गंभिर थिए । तर आज मैले एकदमै भिन्न । कँहि कतै पीर छैन । हाँसै हाँसो । कुरा गर्ने शैली फरक । उनै छत्र हुन् सोच्छु । उनै ४३ वर्षीय छत्रबहादुर खत्री क्षँेत्री हुन् पाल्पा छहरा- ३ का । तर आज माहौल साँच्चिकै फरक छ ।
नोभेम्वर २५ २०१० मा  कान्तिपुर प्रवास साप्ताहिकमा प्रकाशित

Comments on: "लेखेर के हुन्छ र !" (1)

टिप्पणी छोड्नुहोस्