Archive for मे, 2010

केही भिडीयोहरु

गोरखा प्रवासीको मातहतमा रहेको मनकामना नेपाली सास्कृतिक परिवारले आयोजना गरेको कार्यक्रममा नृत्य गर्दै

माइतीको पत्र

-शर्माला खड्का (दाहाल)

आदरणीय दिदीभेनाजु नमस्कार सात समुन्दपारि, म बहिनीको धेरै–धेरै सम्झना । तपाईहरु त्यहाँ सपरिवार सकुशल हुनुहुन्छ होला भन्ने भगवान श्री पशुपतिनाथसँग प्रार्थना गर्दछु । खै दिदी, भगवान श्री पशुपतिनाथ सँग के भनेर प्रार्थना गर्नु र ? उनलाई पुज्ने कस्ता कस्ता देवत्व भएका ब्यक्तिलाई त उनले रक्षा गर्न सकेनन् भने तपाई हामी साधारण ब्यक्तिलाई के रक्षा गर्लान र ?

दिदी, अब यताको हालखवरतिर लागौँ। यताको हालखवर त बारम्बार इन्टरनेटबाट थाहा पाई रान्नुहुन्छ होला । हत्या, हिंसा, आन्दोलन भिडन्त र अपहरण विनाको समाचार अब नुन बिनाको तरकारी जस्तो भइसक्यो । गाउँ पहाडतिर गइनसक्नु छ । पहाडतिरका आफन्तहरु सबै बसाई सरिसके । गाउँ पहाडहरु ढुब्लाउँदै गएका छन् । गाउँका शुद्ध खानेकुरा र फलफुलहरुको पौष्टिकता बन्दुक र बारुदले शोसिसकेको छ । शहरहरु मोटाउदैछन् । हामीले हाम्रो माइती घर धरानमा उफ्रेका चउरहरु अनि बगौचाहरु घरहरुले ढाकिसकेका छन् । घरहरु प्राय पुरुषविहिन भएका छन् । हाम्रा दाज्यू , भाइहरु ठेक्का व्यापारहरु ठम्प भएर कोही अरब कोही मलेसिया पसिसकेका छन् । विदेश नगएका दाज्यु भाइहरु आर्थिक बोझले थिचिएर, किचिएर चिनी नसक्नुका भइसकेका छन् ।

दिदी हामी पढ्ने स्कुलहरु रोगले दुब्लाउदै गएका छन् । हामी स्कुलमा पढ्दा “तरवार भन्दा कलम ठूलो” भनी बादविवाद गरेर जित्थ्यौ । तर अहिले कलम भन्दा तरवार ठूलो भएको छ । शान्तिका लागि कति कलम चलाउँदाचलाउँदा हामी थाकिसक्यौ । जताततै क्रन्दन छ, पीडा छ अनि विलाप छ । यसको समाधान कसरी होला ? उतबाट सहयोगकालागी धेरै रकम चन्दा आएको सुनिन्छ । तर त्यो आउँदा आउदै प्रसान्त महासागरको हावाले उडाएर उतै पु¥याउँछ क्यारे । नत्र भने त्यसको महकले मात्रै पनि कतिको घरवार सुवासित हनु सक्थ्यो होला।

दिदी , हामीलाई आमाले कथा सुनाउनु हुन्थ्यो सतीले मर्ने बेलामा हाम्रो देशलाई सरापेको छ अरे अनि यहाँ भलो गर्नेको भलो हुदैन रे भनेर । सायत यही उखान चरितार्थ हुनलाई होकि कसैको विवेकमा पनि चेतनाको बीज उम्रन नसकेको । हुन त म यति सानो मान्छे भएर यति ठुलो कुरा गर्न नहुने तर पनि चारैतिर रगतको खोला बगेको बेला कसको हृदयले नबोल्ला र यस्तो कुरामा ?

दिदी, तपाई यहाँ हुँदा हामी सबै मिलेर प्रजातन्त्र ल्याएका थियौँ । हामी धेरै खुशी भएका थियौँ । तर आज त्यही प्रजातन्त्र उकुस पल्टेको घाऊ जस्तै भएर हामीलाई दुखाई रहेछ । एण्टिवायटिक पेनाकिलर र टिन्यरबेन्जिनले हामी थिलथिलो भइसकेका छौ । निको हुने नामै छैन । दवाईको साइड इफेक्टले साइड टेन्सन शुरु भइसकेको छ । राम्रा डाक्टरहरु त्यतातिर भए पठाइदिनु होला ।

दिदी, हाम्रो र्दशमा कोही हात्तीमा रमाएर कुदनेहरु पनि छन् नभएका होइनन् । तर एउटै थालमा खाने र एउटै छत मुनि बस्ने कोही चाहिँ खच्चर चढ्न पाएका छैनन् । अनि हात्तीले खाने खुराकीको केही अंश पनि उनीहरुको पेटमा परेको हुँदैन । अनि यस्तो बेलामा मानविय संवेदना र उत्कण्ठा संम्प्रेषित हुँदै डाँडा काट्न खोज्छन् । अनि मानवताका नारा लाउँदै चुचुरोबाट कराउन उत्प्रेरित हुन्छ यो मन ।तर के गर्नु यो सब हुनुको कारक हामी नै हौ । हामीले हामीलाई जसरी पनि एडजस्ट गर्न सकौला रे । तर हाम्रा नानीहरु ? मेरी सानी छोरी अलिक ठुलो आवाज आयो भने बम पड्कयो भनेर मुख छोप्छे । सानो नानीको स्थिति यस्तो छ । भर्खर हुर्कदै गरेका छोराछोरीको मानसिकता कस्तो होला । हामी (बुवा, आमा) घर बाहिर गएका छौ भने घर नआउञ्जेल चिन्तित हुन्छन् । हत्या अपहरण, डर र त्रासले उनीहरुलाई हर समय गाँजिरहेको हुन्छ । भविष्यको कर्णघार हाम्रा छोराछोरीहरुले कसरी समाज र देश विकासका लागी काम गर्न सक्लान र ?

 हडताल अनि विरोधको शैक्षिक क्षेत्रलाई सुलुत्त निलेको छ । कहिले तीन दिन बन्द अनि कहिले पाँच दिन बन्दले होटेल चलाउने हाम्रा सानोवुवा, मामाहरु ऋणमा चुर्लुम्म डुवेका छन्। सम्पन्नताले भरिपूर्ण भएका हाम्रा माइतका कति काका, दाज्युहरु आजको छाक टुट्यो , भोलि के खाउ भन्ने स्थिति छन् । दिदी, तपाईले छोडेर जानु भएको माइत त्यो बेलाको जस्तो छैन । हामी हाम्रो वुवाको जन्मथलो तेह्रथुम र पहाड घुम्न गएका थियौ । हामी कति रमाई रमाई घुमेर आएका थियौँ ।

आफन्तका घर–घरमा पसेर दुध, दही ध्यू भात खाँदै हिँडेका थियौँ । तेह्रथुम, हात्तीपोखरीको मही, मकै अनि बदाम रमाई रमाई खादै कुदथ्यौँ । यासोकको रानीवनमा लालीगुराँस टिप्दै हामी कति रमाउथ्यौँ । रानीवनको सिद्धकाली मन्दिरमा पूजा लाउँदा गाउँले सवै भेला भएका थिए ।अनि हामीहरुले रातभरि आमाहरुलाई काम सघाएका थियौ । विहान उषाको किरण ब्युझाउन हामीलाई कोठा भित्र आइपुग्थ्यो ।

अनि हिमाल लाजले रातै भएर हामीसँग साउती गरिरहेको जस्तो लाग्दथ्यो । ढुकुर, मुनाल, डाँफे देख्दा हामी रमाइ – रमाई नाच्थ्यौँ । तर यो सब अब कथा जस्तो भएको छ । खोलाले गीत गाउन छोडिसकेको छ । सल्लाहरु सुसाउन छोडिसकेको छन् । हिमाल रोइरहेछ । रानीवनमा ढुकुर ,मुनाल हैन, बाज र चिल मानिस भन्दा हामी विवेकी छौ भन्दै नाच्न थालेका छन् । धेरै घर, गोठहरु खण्डहरु भइसकेका छन् हाम्रा आफन्तहरु सवै पलायन भइसकेका छन् ।

पहाडको त्यो रौनकता, त्यो सुन्दरता अब केही रहेन । विपन्नताले पराकाष्ठा नाघिसकेको छ । हाम्रा घेरै मामाकी छोरीहरु अनि फुपूकी छोरीहरु विघवा भएका छन् । हाम्रा धेरै भदा भदैनीहरु टुहुरा, अनाथ अनि अपाङ्ग बनेका छन् । बुवआमाको माया पाउन नसकेर उनीहरु सडकमा भौतारिरहेका छन् । पहिले हामी समाचारमा कुनै देशमा गृहयुद्ध भयो र यति मानिस म¥यो रे भनेको सुन्दा कति अचम्म मान्दथ्यौ हैन दिदी । तर आज आफनो देशमा यो सव भइरहेछ । शान्तिको देश नेपाल, बुद्धको देश नेपाल भनेर चिनिने हाम्रो देशलाई आज आफनै स्वयम्भूको आँखा लागेको छ । यसो त्यो देशमा झारफूक गर्ने राम्रा घामी झाक्री छन् भने यतातिर पढाइदिनु होला ।

 देश दुखेन भने मुटु पोलेन भने कतै हाम्रा बूढाबुढी हुन लागेका बुवाआमाको मुखमा खुसीका लहर देख्न सक्छौ कि । अनि हाम्रा छोराछोरीहरु शान्तिका प्रतीक परेवाझै आगँनमा रमाई–रमाई नाच्दै बाच्न् सक्छन् कि । दिदी अब त देशले राजनीति निकास पाउँछ भनी हामी लोकतन्त्र पनि भर्खरै ळ्याएको छौ तर खै अझ अशान्ति चुलिएर हिमाल छुन खोजेको छ । महँगीले लक्ष्मणरेखा नै नाघिसकेको छ । अरु धेरै के लेखु । पीडाको भारी जति विसाए पनि उही नै हो । पशुपतिनाथले हामी सवैको रक्षा गर्न नसके पनि हामी सवैलाई सद्बुद्धि दिऊन् । आजलाई यति ।

उही दुखी पिडीत बहिनी “शरु”

पत्र पढी सक्दा नसक्दा उषाका आँखाबाट बलिन्द आँसुका घारा झारे । सावने भेल झै भएर बगेको बाढी थाम्न धेरै गाह्रो भयो उषालाई । बैनीले यस्तो पत्र किन पठाएकी होली ? एक मनले भन्यो “नपठाएकी भए पनि हुने ” अनि अर्को मनले कल्प्यो , “ठीकै त भयो यो पत्र पढ्न नपाएको भए म कति कुरा थाहा पाउने नै थिइन् । यिनी दोघारे भावनाबाट उचालिदै पछारिदै गर्दा समय बितेको उनलाई थाहा नै भएन् ।

 “मम्मी ढोका खोल्नुस न” जेठी छोरीले ढोका ढकढकाउँदा उनी झस्किन् । “ओहो छोरीहरु लिन जान पनि बिर्सेछु मनमा गल्ती भएको आभाष उमार्दै ढोका खोल्न पुग्छिन् । “मम्मी हामीलाई लिन किन नआउनु भाको” जेठी छोरीले नेपालीमा अप्ठ्यारो गर्दै बोली , “हेर न छोरी नेपालबाट चिठी आएको थियो तिम्रो आन्टीको म त बिर्सेछु । मलाई माफ गर है ।” अमेरिकामा छोराछोरी सँग पनि माफ माग्नु पर्ने औपचारिकता पूरा गरिन् उषाले । छोरीहरुलाई कपडा बढलेर खाजा खुवाई सक्दा उनको श्रीमान् पनि आइपुगे ।

उनको श्रीमान् ओकावोको विश्वविद्यालयमा पि.एच.डी. गरेका छन् त्यसैले उनीहरु सपरिवार यता बस्दै आएको करीब आठ वर्ष भइसक्यो । साँझ सम्म उनको मन खुल्न सकेन । मुहारमा दुखका प्रतिबिम्वहरु छरिरहे । मनभरि पत्रका शब्दहरु कालो बादल भएर घुमिरह्यो । उनी आफ्नो मनको भारी कहाँ बिसाउने भनेर चौताराको अभावमा भट्किरहिन् । छोरीहरु सानै छन् । श्रीमानलाई जागिर र घरपरिवारको बोझ छ त्यसैले आफ्नो बोझ थपेर दुखी बनाउन चाहिनन् । बेलुकाको डिनर पछि घरघन्दा सकेर सबैजना ओछ्यानमा पल्टे ।

उनको मस्तिष्कमा माइतीघर नेपाल नाचिरह्यो । चिठीका एक–एक हरफले उनलाई माइतघर पु¥याएको थियो । माइती सँग यतिका दिन सम्म भेट्न नपाएको विरानोपनले गाजिरहेको बेलामा यस्तो पत्र पढ्दा उनको मन थामि नसकनु भएको थियो । मेरो देश किन यस्तो भयो । उनी कल्पनामा डुब्न थालिन् – “बिदेश गएपछि थाहा हुँदो रहेछ आफ्नो देशको माया । प्रत्येक ढुकढुकीमा देशको स्पन्दन हुदो रहेछ । आफ्नो गाउठाउ, टोल, छरछिमेकसँग छुट्टिएर विरानो देसमा आउँदा यो मन त्यसै ओइलाएको पहेँलो साग जस्तो हुदो रहेछ । हिड्ने बेलामा साथीभाइ, आफन्तले दिएको शुभकामनासहितको उत्प्रेरणा कहाँ सधै हरियो हुदो रहेछ र ?

अझ अमेरिकामा नेपाली भएर बाँच्नु परेको पीडाले देशको महत्वलाई उजिल्याउदो रहेछ । मेरो देश नेपाल पनि अमेरिका जस्तै विकसित र भौतिक सुविधा सम्पन्न भइदिए कस्तो हुनथ्यो होला ।” नेपाल गरीबी र अशानित सम्झेर उनलाई औडाहा भएर आयो । निन्द्रा पटक्कै लागेन । “के बहिनीले पत्रमा लेखे जस्तै भयो मेरो माइत गाँउ ? अब मैले मेरो माइत पहिलाको जस्तो देख्न पाउने छैन ।

उनको मनमा पीडा र बेदनाका ज्वारभाटा चलिरहे । “शायद यो सबको दोषी हामी नै हौ । ’cause हामी पढेलेखेका नेपालीहरु पनि विदेशमा नै पलायन भएर बसिदिन्छौ । अनि राष्ट्रियतालाई भौतिक सुविधा सँग बेचिदिन्छौ अनि कसरी देश विकास हुन्छ । हामीले पनि अमेरिकामा नै बस्ने सोच बनाएका छौ, यसरी हुदैन । मेरो श्रीमानले जसरी भए पनि आफ्नो देशको माटोमा नै बैद्धिक ज्ञान छर्नु पर्छ अनि सीप र सिर्जना प्रस्फुटन पार्नु पर्छ ।

मैले पनि मेरो देशमा शान्तिको लागि कलम समाउनुपर्छ अनि समाजसेवा गर्नुपर्छ । विदेशमा राष्ट्रियता गुमाएर अस्तित्वविहीन भएर बाँच्नु भन्दा देशको माटोको लागि कुस्ती खेल्दै मर्नु नै जीवनको सार्थकता हुन्छ ।” उनी पढाई सकेपछि अमेरिकामा जीवन विताउने विचारलाई त्यागि दिन्छिन् । अनि आफ्नो देशको माटोको लागि केही गर्ने कल्पना गर्दागदै निन्द्रादेवीको शरणमा पुग्छिन् ।

sakhada4@yahoo.com

नवोदित साहित्यिक वाचनालयले आदिकवि भानुभक्तको १९७ आंै जन्म जयन्तिको अवसर पारेर दोस्रो खुल्ला कविता प्रतियोगिता-२०६७ को आयोजना गर्ने

दोहा-”भाषाको उत्थान ,नेपाली को पहिचान”भन्ने मुल नारा बोकेर अगिबढेको नवोदित साहित्यिक वाचनालयले आदिकवि भानुभक्तको १९७ आंै जन्म जयन्तिको अवसर पारेर दोस्रो खुल्ला कविता प्रतियोगिता-२०६७ को आयोजना गर्न गई रहेको सबै स्रष्टा र सर्जकहरुमा जानकारी गराउँदछौ । दर्शक र श्रोताको प्रत्यक्ष सहभागिमा भोटिङ्ग गरेर विजेताहरु घोषणा गरिने भएको हुदा हरेक शुक्रबार दिनको ४ बजेबाट ६ बजे सम्म जेद्धापार्कमा आफ्नो कविता लिएर दर्ता गर्न हुन सबै कवि र कवयत्रीहरुमा आव्हान गरिन्छ ।

नेपाली भाषा र साहित्यको लागि अहोरात्र खटेर पुस्तक प्रकाशन गर्नु हुने स्रष्टाहरुको उच्च सम्मान गर्दै हाल कतारमा नै रहि बिधागत या मिश्रित बिधामा कृति प्रकाशन गर्नु हुने स्रष्टाहरुको पुस्तकबाट एउटा कृतिलाई हरेक वर्ष उत्कृष्ट पुस्तकको एवार्ड सहित नगद पुरस्कार प्रदान गरिने जानकारी गराईन्छ । आफ्नो १ प्रति कृति नवोदित साहित्यिक वाचनालय दोहा, कतारमा बुझाई दिन हुन हार्दिक अपिल गर्दछौ ।

कविता प्रतियोगिता सम्बन्धि केहि नियम र जानकारीहरु

१ कविता मौलिक र अप्रकाशित हुनु पर्ने छ ।

२ कविताले कसैको व्यक्तिगत नैतिकतामा ठेस पुर्याउन पाईने छैन ।

३ राष्ट्र, राष्ट्रियता, जाति, धर्म, लिङ्ग र सामप्रदायी उथल पुथल ल्याउने कवितालाई प्रतियोगितामा सहभागि गराईने छैन ।

४ कतार सरकार साथै कतारको कानुनलाई मान्य नहुने भावर्थ भएको कवितालाई प्रतियोगितामा समावेश गराईने छैन ।

५ कविता स्वयम कवि या कवयत्रीहरुले उपस्थीत भएर वाचन सहित जेद्धापार्कमा नै दर्ता गराउनु पर्ने छ । अरुको हातबाट आएका कवितालाई मान्यता दिईने छैन ।

६ कविता ०९ जुलाई २०१० सम्ममा आई पुग्नु पर्ने छ । त्यस भन्दा पछि या कार्यक्रममा आएका कविताहरुलाई सहभागि गराईने या वाचन गर्न दिईने छैन ।

७ विस्तृत् जानकारीको लागि तल दिईएका व्यक्तिहरु नवोदितका सदस्यहरु या E-mail : naboditsw@gmail.com मा मेल गरेर बुझ्न सक्नु हुनेछ । पुरस्कृत विजेतालाई नगदको पनि व्यवस्था छ ।

कृति दर्ता सम्बन्धी केहि नियम र जानकारीहरु

१ कृतिकार स्वयमले आफ्नो १ प्रति फोटो र कृति सहित करि २५।- नवोदितमा बुझाउनु पर्ने छ
२ संस्थागत स्मारिका मुखपत्र या अनुवाद कृतिलाई सहभागि गराईने छैन ।

३ नेपालमा रहि पुस्तक प्रकाशन गरि कतार आउँदा ल्याईएका कृतिलाई मान्यता दिईने छैन । तर विदाको समयमा गएर प्रकाशन गरि ल्याईएका कृतिलाई भने समावेश गरिने छ ।

४ मातृभाषामा भएका कृतिलाई पनि मान्यता दिईने छ ।

५ कतारमा रहि कृति प्रकाशन गर्नु भएका तर हात नेपाल रहनु भएका कृतिकारहरुले आधिकारीक पत्र सहित कसैलाई कृति दर्ता गराउन खटाएमा त्यस्तो कृतिलाई पनि समावेश गराईने छ ।

६ चाहे त्यो विधागत होस या मिश्रित साहित्यिक कृतिलाई मात्र मान्यता दिने जानकारी गराईन्छ । कृति २५ जुन २०१० सम्ममा दर्ता गराइै सक्नु पर्ने छ ।

७ विस्तृत् जानकारीको लागि तल दिईएका व्यक्तिहरु नवोदितका सदस्यहरु या E-mail : naboditsw@gmail.com मा मेल गरेर बुझ्न सक्नु हुनेछ ।

सम्पर्क
Email ; naboditsw@gmail.com
तीर्थ संगम राई- ६४०२२६१, ७४२१९०४ (अल हिलाल)
इश्वर दाहाल कविजी- ५७५४४५९ (एयपोर्ट नजिक)
भोजराज दाहाल- ५०८१९१०, ७८६९२३० (सनैया)
कृष्ण क्षितिज राई-६७९८६७४ (न्यु सलता)
नवराज विक-५३१२८३२ (सनैया)
राजेश्वर ढकाल- ६४१४६५१, ७९४३२९७ (दोहा)
महेश्वर नेपाल- ३४९३४५६ (दोहा)

पुरुषबिना करिश्माको कुनै अर्थ छैन

अश्विनी कोइराला

मानिसलाई पैसाले आकषिर्त गर्छ, प्राकृतिक वस्तुले आकषिर्त गर्छ, ठूलो पद र प्रतिष्ठाले आकषिर्त गर्छ । यौनले आकषिर्त गर्छ । यद्यपि मलाई पैसाले कहिल्यै आकषिर्त गरेन । कलाकारिताबाहेक कुनै पदले पनि आकषिर्त गरेन । म घुम्न मन पराउँछु, तर त्यसले सधैं आकषिर्त गरेन । त्यसो भए मलाई के कुराले आकषिर्त गर्छ…. लामो समय गुनेपछि मैले बुझें थाहा पाएँ, मलाई पुरुषको व्यक्तित्व एवं व्यवहारले आकषिर्त गर्छ ।

म पुरुषका लागि सौन्दर्य प्रसाधन प्रयोग गर्छु । म पुरुषका अघि राम्री देखिन चाहन्छु । मलाई सम्झना हुन्छ- जब मेरो नजिक कुनै पुरुष पत्रकारले अन्तरवार्ता लिइरहेको हुन्छ, म आफ्नो सौन्दर्यप्रति सचेत हुन्छु । म त्यही कुरा बोल्छु, जुन कुरा पुरुषहरू मन पराउँछन् । फोटोपत्रकारले मेरो तस्बिर लिइरहँदा मलाई लाग्छ, म सम्पूर्ण पुरुषमा आफ्नो सौन्दर्य छरिरहेको छु । म पुरुषसँग रहँदा करिश्मा भएको बोध गरिरहेकी हुन्छु । पुरुषबिना करिश्मा मानन्धरको कुनै अर्थ छैन, उसको सौन्दर्यको पनि कुनै मूल्य छैन । करिश्माले जीवनमा जे-जस्तो सफलता हासिल गरेकी छे, त्यो सफलताका पछि पुरुषको आँखा, पुरुषको मन एवं पुरुषको सम्मान नै हो ।

०००

सर्वप्रथम मैले पुरुषलाई परैबाट चिनंे । मलाई पुरुष भन्नेबित्तिकै आफूलाई स्कुलमा पढाउने शिक्षक हो भन्ने लाग्थ्यो । चलचित्रमा सानो उमेरमा प्रवेश गरें, त्यसैले पुरुष भन्नेबित्तिकै केश फुलेको निर्देशक हो भन्ने लाग्थ्यो । सानैदेखि बुबाको मायाबाट वञ्चित भएका कारण मलाई पुरुष प्रेमी कम अभिभावक बढी हो भन्ने लाग्थ्यो । त्यसैले मलाई चकलेटी, आकर्षक वा बडी बिल्डर पुरुषले आकषिर्त गर्दैनन् । पुरुष मेरा लागि हाम्रो समाजले अंगीकार गरेजस्तै कम बोल्ने तर महत्त्वपूर्ण कुरा बोल्ने हुनुपर्छ । उसमा पीताको जस्तो अभिभावकत्व एवं गुरुको जस्तो ज्ञान हुनुपर्छ । मेरो आदर्श पुरुष त्यही हो, जो बाहिर हेर्दा साधारण, भित्र असाधारण व्यक्तित्वको धनी होस् । पहिलो भेटमा कुन पुरुष कति आकर्षक रूपमा मेरा अघि देखा पर्‍यो, त्यो मेरा लागि महत्त्वपूर्ण हुँदैन । बरु समय बित्दै जाँदा उसले मलाई कति बढी प्रभावित बनाउँदै लग्यो, त्यो मेरा लागि महत्त्वपूर्ण हुन्छ । त्यस्ता पुरुषलाई मात्र मैले आदर्श मानें, जसले मलाई भित्रैदेखि प्रभावित तुल्याउन सके । एकपटक मैले जुन पुरुषलाई सम्मान दिएँ, त्यसलाई सधैं मनमा राखें ।

२०४३ सालतिर हुनुपर्छ, म भर्खरै नायिका भएकी थिएँ । नायिका भएपछि जुन सम्मान प्राप्त हुन थालेको थियो, त्यसले म आफू अरूभन्दा विशेष हुँ भन्ने लाग्न थालिसकेको थियो । त्यसैबेला एक जना पुरुष बेला-बेलामा मेरो नजिक हुन्थे र दुई-चार कुरा बोल्थे । मेरो व्यवहार उनीप्रति विशेष हुँदैनथ्यो । ’cause ती पुरुष त्यसबेला चलचित्रका साधारण हास्य-कलाकारका रूपमा चिनिन्थे । समय बित्दै गयो, म पनि लोकपि्रय हुँदै गएँ । उनी पनि लोकपि्रय हुँदै गए । यति हुँदा पनि हाम्रो व्यवहार साधारण नै थियो । मेरो विवाह भयो, उनले पनि विवाह गरे । त्यसपछि भने ती पुरुषले मलाई साह्रै आकषिर्त गर्न थाले । उनको ट्यालेन्सी यति माथि आउन थाल्यो कि उनी अचानक मेरो आदर्श हुन थालें । हुँदाहुँदा मेरो अवस्था यस्तो हुन थाल्यो कि उनका अघि बोल्दा पनि म नर्भस हुन थालें । उनीसँग मेरो खपिनसक्नुको प्रेम हुन पुग्यो । मेरो अभिभावक हुनुहुन्थ्यो, अञ्जली दिदी । उहाँलाई मेरो अवस्था थाहा भयो । उहाँले भन्नुभयो, यसरी नर्भस भएर बस्नुभन्दा यो सम्बन्धलाई विस्तार गर, उहाँका श्रीमान्-श्रीमतीलाई खाना खान बोलाऊ । यसले तिमीलाई सहज वातावरण  दिन्छ । मैले उहाँहरूलाई खाना खान बोलाएँ । उहाँहरू दुवैलाई मेरो प्रेमको अन्दाज भएछ क्यार, उहाँहरूले त्यसको सम्मान गर्नुभयो । मेरो वैवाहिक जीवन सुखपूर्वक चलिरहेको छ, तर कुनै आदर्श पुरुष सम्भिmए भने म उनैलाई सम्झन्छु । हरिवंश आचार्य पुरुष सौन्दर्यका हिसाबले आकर्षक नाम होइन, तर उनी करिश्माका लागि आदर्श पुरुष हुन् ।

०००

अभिनयका हिसाबले राजेश हमालसँग मेरो केमेस्ट्री मिल्छ । यद्यपि पर्दामा केमेस्ट्री मिल्नु र व्यवहारमा केमेस्ट्री मिल्नु फरक कुरा हुन् । मेरो जीवनमा राजेश हमाल पनि त्यसैगरी आए, जसरी हरिवंश आए । २०४६ सालपछि चलचित्र भाग्यरेखामा भेटिएका राजेश हमालमा विदेशमा पढेको फुर्ति थियो । खान्दानको चहक पनि थियो सायद । पढेलेखेको अहम पनि हुन सक्छ । मलाई उनको व्यवहार अनौठो लाग्यो । त्यसबेला धेरै लामो भेट हुन पाएन, त्यसैले उनको  व्यवहार धेरै अध्ययन-अनुभव गर्न सकिएन । तीन-चार वर्षपछि चलचित्र ‘भाउजू’ मा सँगै अभिनय गर्दा भने उनलाई नजिकबाट नियाल्ने अवसर मिल्यो । प्रारम्भका दिनमा उनी विशेष थिएनन् । चलचित्रकर्म अघि बढ्दै जाँदा उनको व्यवहार, विद्वता एवं शालिनता यसरी प्रकट हुन थाल्यो कि त्यो कहिल्यै घटेन, बढ्दै गयो । आज करिब २० वर्षपछि पनि मलाई लाग्छ, जुन रहस्य म थाहा पाउन चाहन्छु, त्यो राजेश हमालभित्र कैद छ । त्यसैले उनीप्रति मेरो आकर्षण उत्तिकै छ । मलाई लाग्छ, पुरुषत्व भित्री तहमा हुन्छ, जुन एकैपटक प्रकट भयो भने त्यसको सौन्दर्य हराउँछ, यो धारावाहिक जस्तो प्रत्येक एपिसोड आकर्षणको बिन्दु बाँकी राखेर सकिनुपर्छ ।

०००

यति हुँदाहुँदै पनि मेरो जीवनमा विनोद मान्ान्धरको स्थान व्यक्ति र पृथ्वी, श्वास र शरीरजस्तै छ । म करिश्मा मानन्धर हुँ, केसी होइन । म अमेरिकामा छु कि अरू कुनै भूगोलमा, त्यसले कुनै फरक पार्दैन । मजस्ती आधुनिक युवतीले यस्तो कुरा गर्दा कहिलेकाहीं मानिसले शंका व्यक्त गर्न सक्छन्, तर सत्य हो । विनोद पृथ्वी हो र मैले टेक्दा विनोदमाथि नै टेक्नुपर्छ । विनोद श्वास हो र मैले उसलाई नै फेर्नुपर्छ । यदि विनोदको स्थानमा अरू कुनै पुरुष भएको भए सायद हाम्रो मिलन यति लामो नहुन सक्थ्यो । उसले मेरो हरेक सनकलाई सहेको छ । मलाई अमेरिका बस्न मन लाग्यो कि नेपाल, मलाई बरालिएर हिड्न मन लाग्यो कि गृहिणी हुन मन लाग्यो, त्यसअनुसार वातावरण मिलाइदिने पुरुष हो- विनोद । कहिलेकाहीं मलाई लाग्छ, मेरो स्वभावका कारण विनोदमाथि अन्याय भएको छ, तर ऊ यो कुरा देखाउँदैन । बरु मेरो खुसीका लागि आफ्ना अप्ठयाराहरू बिर्सिदिन्छ । एउटी श्रीमतीका रूपमा ऊजस्तो पुरुष पाउनु मेरा लागि गर्वको कुरा हो । हरेक श्रीमती यस्तै चाहन्छन्, अरूले पाएका छन् कि छैनन्, तर मैले पाएकी छु । उसले मलाई छोरीलाई जस्तो केयर गर्छ । गुरुजस्तो जीवन दर्शन पठाउँछ । सहयोगीको जस्तो सेवा गर्छ । मेरा लागि अप्ठयाराहरू सहिदिन्छ । उसको यही बानीकै कारण म कायल छु । यति हुँदाहुँदै पनि विनोद मेरा लागि आदर्श पुरुष होइन । कल्पनाको आदर्श पुरुष त विनोद, राजेश, हरिवंशजस्ता सात पुरुष जोडेपछि मात्र तयार हुन्छ, कुनै सिनेमाको काल्पनिक हिरोजस्तो ।

०००

मेरो व्यावसायिक जीवनमा म पुरुषहरूको माझमै रहें । फोटोग्राफर राजीव श्रेष्ठले सधैं तिमीजस्ती राम्री कोही छैन भन्ने भाव जगाइरहे । उनका अघि जस्तोसुकै ग्ल्यामर पोज दिँदा पनि मलाई फिल हुँदैन, उनी अपोजिट सेक्स हुन्, तर न त उनी बहकिन्छन्, न त म नै बहकिन्छु । बरु मभित्रको सौन्दर्यबाहिर निकाल्न उनी कहाँ के खोजीरहेका छन्, त्यसमा साथ दिनु म आफ्नो ड्युटी सम्झन्छु । चलचित्रका प्रारम्भका दिनमा मेरो हिप ठूलो देखाउन निर्देशकहरूले प्याड लगाइदिन्थे । उनीहरूको उद्देश्य पनि मेरो सौन्दर्य बाहिर आओस् भन्ने नै हुन्थ्यो । ड्रेस तथा मेकअप म्यान, निर्देशक सबैको धोको एउटै हुन्छ, कसरी करिश्मा राम्री देखिन्छे ? यी सबै पुरुष मेरो सौन्दर्य छर्न चाहन्छन्, त्यो पनि सम्मानजनक रूपमा । एउटी महिलाका लागि यो ठूलो कुरा हो ।

०००

कतिपयले भन्छन्, पुरुषहरू हिंस्रक हुन्छन् । उनीहरू महिलामाथि हाबी हुन चाहन्छन् । उनीहरूमा मपाइँत्व यति धेरै हुन्छ कि महिलाको जस्तासुकै ट्यालेन्सी पनि दबेर जान्छ । मेरो जीवनमा त्यस्ता पुरुष कहिल्यै आएनन् । मैले पढे-सुनेअनुसार त्यस्ता पुरुष हुनचाहिँ हुन्छन् । खराब र असल समाजको नियति नै हो । नराम्रो भएकैले राम्रोको महत्व बढेको हो । त्यसैले समाजमा खराब पुरुषको बोलवाला छ भन्ने कुरा म मान्दिनँ ।

०००

म अमेरिकामा बस्दा धेरै अमेरिकीहरू सोझै शारीरिक सम्बन्धको प्रस्ताव राख्न आउँथे । एउटी राम्री अनि एक्ली युवती देखेपछि त्यसरी प्रस्ताव राख्नु त्यहाँको चलन नै हो । म अमेरिकामा किन रमाउन सकिनँ, किन तानिएर फेरि नेपालमै आएँ, यसको एक मात्र कारण त्यहाँको संस्कृति हो । एउटा पुरुष वा नारी भोग्नका लागि हुँदै होइनन् । ती त प्रेम, आदर्श र त्यागका लागि एक-अर्कासँग जोडिएका अंग हुन् । सौन्दर्यका हिसाबले नेपालका पुरुष मध्यम छन्, तर उनीहरूमा संस्कार छ । त्यसबाहेक मलाई कर्ण शाक्यको पुस्तकमा भएको एउटा वाक्यले निकै गम्भीर बनायो । उनले लेखेका छन्, ‘एउटा नेपाली विदेशमा बस्दा रुटलेस, नेमलेस र फेसलेस हुन्छ, अनि ऊ कसरी विदेशमै बस्न सक्छ ?’ मलाई यस्तो गम्भीर कुरा भन्ने, लेख्ने र देखिने पुरुषहरू मन पर्छन् । यस्ता आदर्श पुरुष नेपालमा जताततै छन्- विजयकुमार, रवीन्द्र मिश्र, विजय पौडेल, गगन थापा, विकास राणा… ।

प्रदेशी आमाको पत्र छोराछोरीलाई

-इन्दिरा कुइकेल
प्राण भन्दा प्यारो मुटुको टुक्रा अटुट संम्झना अनि माया । मेरो भगवानसंग यहि कामना गर्छु ति मेरो मुटुको टुक्रालाई सधै रक्षा गरिदेउ । मलाई अझै ताजा नै छ त्यो क्षँण जुन दिन म आमा भएको थिए । अरु आमा सरह नै गौरवाविन्त आमा म दुई सन्तान कि आमा ’em दुवैलाई मैले गर्भमा रगतले सिन्चेर हुर्काएको हो ।

म आज पनि त्यो प्रसव पीडा महशुष गर्न सक्छ र म रोमााचीत हुन्छु । जुन पीडाले मलाइ आमा बनायो हरेक क्षेत्रमा संघष गरेर भोक तिर्खाको प्रवाह नगरी तिमीहरुको पालन पोषणमा लागि रहेर तिमीहरुको हरेक सांगितीक भाषा बुझेर तिमीहरुको सेवामा लागि रहे । तिमीहरुको हासोमा म रमाउछु । तर समयको गतिको परिवतनसंगै म पनि तिमीहरुको उज्जवल भविष्य र समाजमा राम्रो मान्छे बनाउनको लागि आफु भित्र जति असैय पीडा भएपनि म तिमीहरुको नजरमा स्वार्थी भए पनि तिमीहरुलाई मेरो अभाव भएपनि मैले तिमीहरुको उज्जवल भविष्यको लागि केही रुपीयाको जोहो गर्नु थियो ।
                                 सायद समय संगै तिमीहरुले पनि यो कुरा बुझने छौ कि आमाले पीडाको सागरमा डुबाएर रेगिस्थान जानको लागि ढु¨ाको मुटु बनाएको कुरा । त्यस दिन जुन दिन मेरो परिवारसंगको अन्तिम रात । मलै दुवै जनालाइ आÏनै हात खाना खुवाएको थिए । उनिहरुलाई भने हरे म तिमीहरुको राम्रो पालन पोषण र उज्जवल भविश्यको लागि विदेश गएर केही पैसा कमाएर आउछु ।

                      म तिमीहरुलाई छाडेर एक्लै जादैछु भन्दा मेरो गला अवरुद्ध भए आँखाबाट साउन बर्षे । मेरो अवोध सन्तानले मलाई हेरेको हेरै भए । त्यस रात म निदाउन सकिन । रातभरी छोराछोरीलाई काखमा राखेर रोइरहे म संगै मेरो छोराछोरी पनि रोएँ । हाम्रो सुतेको ओछ्यान आँशुले आहाल भयो । मैले छोरीलाइ आÏनो र भाइको ख्याल गर्न र मन लगाएर पढन आमाले दिने अर्ती उपदेशहरु दिए । त्यती भन्दैमा ’em निदाइ सकेका थिए ।
                           म जुरुक्क उठेर एउटा हातले झोला च्यापेरबाटो लागे मेरा आँखा आँशुले भरिएका थिए । गलामा बोलि थिएन । पहाडपहराचौतारो र वाराही देवीलाई मेरो सन्तानको जिम्मा लगाएर मनलाई मस्काएर रियाल कमाएर सन्तानको भविष्य बनाउने संकल्पका साथ अगाडी बढे ।
यो सम्झन लागेकी सदा झै आँखा खोली छोराछोरीले अंगालो मार्न आÏनो हात आमा तिर बढाउदा चिसो ओछ्यान मात्र पाए होलान । अनि आमाको न्यानो स्पर्शको लागि छटपटाइ रहे होलान । मात्युवासल्यताले ओतप्रोत भएर छात्तीमा टासेर आÏनो अश्रुर धाराले नुहाएर छोडेको मैलै तिमीहरुलाई दुधको धारा चुसाएरआÏनो गाँस काटेर आÏनो कपडा च्यातेरजाडो गर्मीबाट बचाएको छु । तिमीहरुको खुशीलाई जिन्दगी माने ।
                                आज तिमीहरु १० र १२ वसन्तमा हिडीरहदा तिम्रो हात समाउने आमा एक्ले रेगिस्थानमा छु । स्कुलबाट आउदा एकदिन आमालाई नदेख्दा कति निरास हुने गथ्यो । तर आज १७ महिना भयो नदेखेको कति निरास भए हँैलाउ । निश्चल आँखा र अवोध मनले कति खोज्दा होलान । म तिमीहरुबाट कहिलै टाढा हुन सक्दिन । मात्र दुरीको हिसाबले टाढा छु । म एक गिलास पानि पिउदा पनि विचल्लित हुन्छु ।

मेरो प्यारा दुइवर्षको विछोड पछि तिमीहरुको अगाडी संसारभरीको खुशी लिएर आउने छु ।
तिमीहरुलाई आर्दशवान बनाउनको लागि हरेक दिन रेगिस्थानमा ऐल्ला र सुरको आवाज सुन्दै आँशुका घुडका पिउदैछु । म पनि चाहान्थे अरु आमाहरु झै स्वदेशमा बसेर तिमीहरुलाइ लालनपालन गर्न तर नियतीले दिएन । मैले खुला आँखाले देखेको सपना पुरा गर्नलाई आज विदेशीए ।

जलनसंगै हरक्षण तिमीहरुको त्यो बालसैसव अवस्थाले मलाइ भनिरहेको हुन्छ आमा हामीलाई तपाईको छात्तीमा लगाउनुहोस् । किन टाढा जानुभएको यस्ता शब्दले मुटु झनझनाउछ । तिमीहरुलाई राम्ररी थाहा छ तिमीहरुकै लागि विदेशीएको हो । आज तिमीहरुलाई हुकाउन पैसा र तिमीहरुलाई मेरो खाचो छ । यी दुवै कुरालाई सन्तुलनमा राख्नको लागि म टाढिए ।

तिमीहरुको लागि रेगिस्थानको प्रवास स्वृकार गरेको हुँ । तर आत्मासम्मान गुकाएकी छैन । मेरो प्यारा मुटुका टुक्रा म बाट जे जे अपेक्षा गरेका छौ त्यो पुरा गर्न म आÏनो जीवन दिन्छु । एउटा गुडको चराले पनि त आÏनो बास्थान छोडेर चाराको लागि टाढा टाढा जान्छ तर चारो लिएर गुड्मानै फर्कन्छ । हो म पनि तिमीहरुको लागि चारोको जोहो गरेर फर्कन्छु । तिमीहरुको आशा निराशा हुने छैन । एकदिन आउने छु र छात्तीमा लगाउने छु कहिल्यै नछुटिने संकल्पका साथ ।

हाल ः दोहा,कतार

आजको तस्बीरहरु

तस्बीर;- बाबुगोर्खाली

गजल

-राजेश्वोर ढकाल

आज मेरो सपनिमा उनि स्वयम आइन हजुर
मन्दमुस्का छर्दै उनका तिर झै नजर लाईन हजुर ॥

तिमी कस्तो निष्ठुरी हौ रिसाए झै गरीन पिन
अंगालोमा बाधि मलाई ओठमा किस खाइन् हजुर ॥

आफ्नो बत्र खोलिन उनले मेरा पनि खोल्न थालिन
मदहोशी भई पिरतीमा मिठो गित गाइन हजुर ॥
मेरो लागि संसार उनै भन्न बाध्य पारिन मलाई
उनले पनि स्पर्शको मिठास बेग्लै पाईन् हजुर ॥

कुन जुनिको बाचा थियो मलाई एक्कीन छैन अझै
उन्को संसार छोडी किन ब्यर्थै यता धाईन हजुर ॥

आज मेरो सपनिमा उनि स्वयम आइन हजुर
मन्दमुस्का छर्दै उनका तिर झै नजर लाईन हजुर ॥

-इश्वोर दाहाल कबीजी

आकाशमा उडेको kite जीन्दगी

लाग्छ आज औशिको night जीन्दगी

पत्कर झै जताजता हल्लिदैछ हेर

बाँच्नसँग खेलीने fight जीन्दगी

स्वतन्त्रता के हो परिभाषा भुले

कर्तव्यले बाँधिएर tight जीन्दगी

कुमालेको चक्र जस्तै घुम्दा फनफनी

नदिको बगर झै site जीन्दगी

आजसम्म गरेका कार्यहरु हेर्दा

कति गलत कति ठाउँ right जीन्दगी

हाल ; दोहा, कतार

-जगत राम बर्देवा घायल

साथ दिने कुरै छैन पल पल ढाट्न थाल्यौ

हुदा हुदा तिमी फेरी मेरै कुरा काट्न थाल्यौ ॥

झुठो रैछ तिम्रो मायाँ नक्कली भो आँशुपिन

मलाई पाखा लगाएर अन्तै मायाँ साट्न थाल्यौ ॥

मेरो अस्तित्वलाई आज मेटाई दियौ जलाएर

फेरी कता पिरतीको बलियो डोरी बाट्न थाल्यौ ॥

तिमी बाटै सिकें मैले जिन्दागीको ज्यूने अर्थ

धेरै भए तिम्रो लागि त्यही भएर छाट्न थाल्यौ ।

तिमी राम्री सुकुमारी अप्सरानै ठानेको थें

सुकुमार कै मुटु संग धड्कन बनि आट्न थाल्यौ ॥

साथ दिने कुरै छैन पल पल ढाट्न थाल्यौ

हुदा हुदा तिमी फेरी मेरै कुरा काट्न थाल्यौ ॥

हाल ; दोहा, कतार

नवोदित साहित्यिक वाचनालयका सल्लाहकार गिरि श्रीस मगरलाई सम्मान , २८ औं वाचन श्रृखला समाप्त

-राजेश्वोर ढकाल
दोहा-“भाषाको उत्थान ,नेपाली को पहिचान”भन्ने मुल नारा बोकेर अगिबढेको नवोदित साहित्यिक वाचनालयले आफनो २८ औं वाचन श्रृखला नेशनल स्थित फ्रर्क रेष्टुरेन्टको सभाकक्षमा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष भोजराज दाहालको सभापतित्व तथा नेपाल दूतावासका प्रथम सचिव रामकाजी खड्काको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथि नवोदित साहित्यिक वाचनालयका संरक्षँक टिवी कार्की, गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय परिषदका उपाध्यक्ष सागर नेपाल , गैर आवासिय नेपाली संघ राष्टिय परिषद कतारका अध्यक्ष नरेन्द्र भाट र अतिथिहरुमा सिनेसरोका केन्द्रका अध्यक्ष जितेन भण्डारी,सिन्धुपाल्चोक श्रृजनशिलका अध्यक्षँ विमल गिरी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

जीवन र जगतलाई बुझने क्षण हो साहित्य साहित्यको आफनै परिभाष हुन्छ दोहाको जैद्धा पार्क देखी सुरुभएको वाचन श्रृखला आज २८ औं सम्म आईपुगेकोमा र नेपाली दूतावासलाई साहित्यिक माहोल बनाएर यहाँ सम्म निम्त्याएकोमा खुशि ब्यक्त गर्दै -दुताबसका प्रथम सचिब रामकाजी खडकाले
“धाएर पनि चुम्न सकिन तिमीलाई निकै टाढा रहेछौ
आएर पनि घुम्न कठिन तिमीलाई निकै टाढा रहेछौ “गजल बाचन गरेका थिए ।

उक्त कार्यक्रममा वाचनालयको सल्लाहकार गिरि श्रीस मगरलाई सम्मान गरीएको छ । नेपाली दूतावासका प्रथम सचिव रामकाजी खड्काले दोसल्ला, गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्षँ सागर नेपालले भादगाउँले टोपी, गैर आवासिय नेपाली संघ राष्ट्रिय परिषद कतारका अध्यक्ष नरेन्द्र भाट र संस्थाका संरक्षक टिवी कार्कीले सम्मान पत्र प्रदान
गरि उनलाई सम्मान गरिएको थियो । प्रवासमा रहेर पनि नेपाली भाषा साहित्य प्रति उनले खेलेको भुमीकाको कदर गर्दै तथा नवोदित साहित्यमा उनले दिएको योगदानको प्रसंसा गर्दै सम्मान गरेको हो ।
सम्मानित मगरले सुखदुख दुवै किसिमका मनोभावना साहित्यमा पोखिरहेको बताउदै दोहालाई छाडेर गएपनि हरेक महिनाको दोस्रो शुक्रबार हुने वाचन श्रृखलालाई सधै सम्झने उनको तर्क थियो । चुनौतिलाई अवसरको रुपमा लिनुपर्छ उनले भने । १२ घण्टा काममा खटिएर पनि नथाकेका नवयुवक प्राकृतात्मक रुपमा लागकोमा खुशी ब्यक्त गदै आफु नेपालमा रहेर पनि सधै दोहालाई सम्झने बताए । उनी यही मई १५ माँ स्वदेश फर्किसकेका छन !

“मुटुभित्र धड्कन नभएसास फेर्ने कुरा कता
जन्म दियौ आमा तिमीले तिमी कता म कता”
माथीका यीहरफहरु वाचन गर्दै , मुलुक वाहिरको अर्को मुलुक नेपाल अर्थात बन्दहडताल नहुने नेपालमा साहित्यमा तल्लीन युवाहरुको प्रसंसा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय परिषदका उपाध्यक्ष सागर नेपालले गरे ।
उपस्थित श्रठाहरु बद्री परसाद पराजुली, कृष्ण क्षितिज,नबराज बि.क अटल ,तीर्थ संगम राइ,इश्वोर दाहाल कबिजी ,बिमल गिरी ,बिक्रम चेतनशील राइ,चर्चित ढुंगेल ,जगतराम बर्दवा घायल ,इन्द्रमणि नेपाल ,महेंद्र बियोगी गुरुंग ,संकल्प खनाल ,महेश्वोर नेपाल लगायत का श्रठाहरुले गजल ,कबिता ,हाईकु,मुक्तक बाचन गरेका थीय ! उक्त बाचीत रचनाहरु सिने सरोकार केन्द्रको ब्यानरमा बन्दै गरेको चलचित्र इसारा जिन्दगीमा कैद गरिएको छ ।

राष्ट्रिय गान र शहिदहरु प्रति एकमिनेट मौनधारण गरेर सुरु भएको कार्यक्रमको संचालन तिर्थसंगम राईले गरे । स्वागत मनतब्य संस्थाका संरक्षक टिवी काकीले दिए ! वाचनालयको २८ औं श्रृखलाको ’boutमा जानकारी संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष बदि्रप्रसाद पराजुलीले प्रकाशित पारेका थिए .! गिरि श्रीस मगरको जीवनि ’bout नवोदित मोवाईल पुस्तकालयका सचिव इश्वर दाहाल कविजीले प्रष्ट पारेका थिए भने आतिथिहरु ली ब्याज बितर्ण कोपिला कार्किले गरेकी थीन ।

बगुवा-६ गोरखा
हाल; दोहा-कतार

गोरखा प्रवासीको छैठौं साधारण सभा संपन्न ,नेतृत्व श्रीकृष्ण कै,नाम गोरखा सेवा समाज

-राजेश्वोर ढकाल
दोहा-“शान्ति न्याय र राष्ट्रियताको पक्षमा इतिहासका गोरखालीहरु फेरी पनि उठौं,गतिशिल समज र संविधान निमाणका लागि प्रवासबाटै जुटौं” भन्ने मुल नाराका साथ गोरखा प्रवासी संघको छैठौं साधारण सभा गत शुक्रबार दोहा स्थित ढाका रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ ।
गोरखा प्रवासी संघका अध्यक्ष श्रीकृष्ण भट्टराईको सभापतित्व नेपाली दूतावासका महामहिम राजदुत डा.सूर्यनाथ मिश्रको प्रमुख आथित्यमा सम्पन्न सभामा विशेष अतिथि गैर आवासीय नेपाली संघ मध्यपूर्व संयोजक तथा गोरखा प्रवासी संघका संरक्षक बद्री प्रसाद पाण्डे ,गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष सागर नेपाल अतिथीहरुमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका बरिसता वरिष्ठ उपाध्यक्ष अजिजुर रहमान शेख ,प्रवासी नेपाली जनजाति महासंघका अध्यक्ष अमृत गुरुङ ,प्रवासी नेपाली मुस्लिम समाजका सचिव करिम बक्स मियाँ,कास्की आदर्श सेवा समाजका राम प्रसाद गौतम ,पाथिभरा सेवा समाजका अध्यक्ष बलबहादुर महत,उदयपुर सेवा समाजका राम सूयेल, सेफ्टी अवारनेशका अध्यक्ष राधाकृष्ण देव ,नेपाली जनप्रगतिशिल मन्च माचका अध्यक्ष होमनाथ शर्मा, नेपाली जनसम्पर्क समितीका महामन्त्री विमल सुवेदी, नेपाल लोकतान्त्रिक मन्च का उपाध्यक्ष बिष्णु बहादुर विष्ट, कतार नेपाली एकता समाजका उपाध्यक्ष नरबहादुर थापा ,गैर आवासीय नेपाली मजदुर संघका अध्यक्ष भरोसी ठाकुर लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।
प्रमुख अतिथि नेपाली दूतावासका महामहिम राजदूत सूर्यनाथ मिश्र तथा अन्य अतिथीहरुबाट ब्यानर अनवरत र दिप प्रज्वलन गरिएको कार्यक्रमका संचालक गोरखा प्रवासी संघका सचिव गणेश बानियाले गरे भने स्वागत मन्तब्य संस्था कै उपाध्यक्ष आशबहादुर गुरुङले दिएका थिए ।
नेपाली दूतावासका महामहिम राजदूत सुर्यनाथ मिश्रले गोरखा प्रवासी संघले नेपालीको हक हितको लागि काम गर्नुको साथै नियोगसंग खेलेको भूमीका प्रसंसनिय रहेको बताउदै नियोगको अभियानलाई ३ बटा बुदामा प्रस्तुत गरेका थिए ।
१. अलपत्रमा परेका नेपालीलाई भोजन र टिकट उपलव्ध गराउनु ।
२.नेपाली श्रमजिवीहरुको विरुद्धमा ठगिदलालीशोषित निर्मुल पार्ने ।
३.नेपाली श्रमजिवीको रोजिरोटि ब्यवस्थीत बनाउने ।
यी माथीका बुदाहरुमा गोरखा प्रवासी संघले विगतमा पनि सहयोग गरेको र आगामि नयाँ बन्ने कार्यसमितीबाट पनि यस्तै अपेक्षा नियोगले राखेको बताए । उनले भने काम गर्ने क्रममा सवैलाई सन्तुष्ट पार्न नसकिने र एउटा नेपालीलाई परेको पीडा प्रति नियोग मूकदर्शक भएर बस्न नसक्ने बताउदै पीडितलाई न्याय दिने क्रममा अर्को नेपालीलाई चित्त दुखाई स्वभाविक हो, त्यसैले यस्ता आफ्नो कमजोरीलाई सुधार्न सुझाब दिए ।
विगत केहि बर्ष देखि नियोगले चालेको कदमलाई कतारमा रहेका संघसंस्था र मिडीयाहरुले उल्लेखनिया भूमीका खेलेको र नियोगले सबैलाई समान दृष्ट्रिले देख्ने बताउदै आगामी समयमा पनि नियोग नेपाली श्रमजिवीको हकहित र अधिकारको पक्षमा नै रहने साथै सबै संघसंस्था,ब्यक्तिले धर्म र दायित्व सम्झिएर नियोगलाई सहयोग गर्नलाई पनि आव्हान गरे । अन्तमा गोरखा प्रवासी संघको कार्यकालको पूर्ण सफलताको प्रशंशा गर्दै अव वन्ने नयाँ कार्यसमिती पनि चुस्त र सवल बन्न सकोस् भन्दै कामना गरेका थिए ।

गोरखालीले सम्पूर्ण नेपालको प्रतिनिधित्व गर्दै विश्वलाई चकित पारेको इतिहास अझ पनि वर्तमानकै रुपमा विश्वले हेरिरहेको बताउँदै गोरखा प्रवासी संघ र यसमा आवद्ध सम्पूर्ण गोरखालीले अझ यो भन्दा बढि गर्नुपर्ने तर्क गैर आवासीय नेपाली संघ मध्यपूर्व संयोजक तथा गोरखा प्रवासी संघका संरक्षक वद्रीप्रसाद पाण्डेले राखे ।

गोरखा प्रवासी संघले पीडित नेपालीको पक्षमा खेलेको भूमीका प्रसंसनिय रहेको प्रवासी नेपाली मुस्लिम समाजका सचिव करिम बक्स मियाँले बताए । ब्यक्ति गत कुरालाई समाज र समाजको कुरालाई राजनितीमा नजोडन सम्पूर्ण संघसंस्थालाई आग्रह गर्दै प्रवासी नेपाली मुस्लिम समाजले कुनै पनि संस्थालाइ राजनितीक तवरले नर्हेन उनको तर्क थियो । आगामी बन्ने कार्यसमितीले गोरखाली मुस्लीमहरुलाई पनि समावेश गरेमा समितिले पूणता पाउने बताए । यस्तै अन्य बक्ताहरुले पनि गोरखा प्रवासी संघले सामाजिक कार्यमा गरेको योगदानको चर्चा गर्दै नयाँ बन्ने कार्यसमितीलाई शुभकामना दिएका थिए ।
कार्यक्रमका सभापति श्रीकृष्ण भट्टराईले आफ्नो विगतको कार्यकालको मुल्याङ्कन गरि राय,सल्ला र सुझाव दिनुभएकोमा धन्यवाद प्रकट गर्दै ,गोरखा प्रवासी संघले आगामि दिनहरुमा पनि राय र सल्लाहलाई आत्मसात गर्ने बताए । साथै नयाँ बन्ने कार्यसमिती नयाँ जोश,जाँगर,नयाँ अनुभवको साथ संस्थालाई अझ माथि उठाउन सकोस् भन्ने कामना पनि गरे ।

उक्त कार्यक्रममा नेपाली दूतावासका महामहिम सुर्यनार्थ मिश्रलाई संघका अध्यक्ष श्रीकृष्ण भट्टराई र संरक्षक पाण्डेले दोसल्ला ओढाई सम्मान गरिएको थियो । श्रमजिवी प्रवासी मजदुरको हकहित र अधिकारको निम्ती उनले खेलेको भूमीकाको कदर गर्दै संस्थाले सम्मान गरकेको हो ।
निर्वाचन समितीका संयोजक वालकृष्ण पौडेलले संघको बिषयमा नाम फेरवदल गर्ने निर्णय अन्तर्गत हालको विघटित पूर्व समितीको बैठकले विधान शंशोधन गरी गोरखा प्रवासी संघको नामलाई गोरखा सेवा समाज राखिएको सम्पूर्णलाई उपस्थितहरुलाई जानकारी गराउदै निवाचन प्रकिया अगाडि बढाएका थिए ।
नयाँ कार्य समितीहरु सवै सर्वसम्मतबाट चुनिएको र अध्यक्ष पदमा कसैको पनि आवेदन पर्न नआएपछि सवैको राय ,सुझाब तथा विगतको कार्यकालमा मुल्याङ्कन गर्दै पूर्व अध्यक्ष भट्टराईलाइ नै पदको नयाँ कार्यभार सुम्पिएको थियो ।
उक्त सभामा श्रीकृष्ण भट्टराईको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिती गठन गरिएको छ । जस्मा उपाध्यक्ष-गणेश बानिया ,उपाध्यक्ष-आशबहादुर गुरुङ,सचिव-संजय पोखरेल,सहसचिव-जमिम मियाँ,कोषाध्यक्ष-दीपक अधिकारी,सहकोषाध्यक्ष-लेखनाथ बंजरा छन । सदस्यहरु-राजेश्वर ढकाल,सुर्दशन भट्ट,दिनेश गुरुङ,ज्ञानेन्द्र अम्गाई,दुर्गा प्रसाद श्रेष्ठ,जगत राम वर्देवा “घायल”,तारानाथ ढकाल,इश्वरप्रसाद श्रेष्ठ,होमबहादुर वि.क .र एक सदस्य पछि पदपुर्ति गर्ने उक्त समितिले बताएको छ । निवाचित कार्यसमितीलाई संयोजक बालकृष्ण पौडेलले शपथ खुवाएका थिए । स्मरण रहोस गोरखा प्रवासी संघको नाम यसै साधारण सभाबाट गोरखा सेवा समाज राखिएको छ ।

आजको तस्बीर

नवोदित साहित्यिक वाचनालयलका सल्लाहकार वरिष्ठ साहित्यकार गिरि श्रीस मगरको विदाई तथा २८ औं वाचन श्रृखला कार्यक्रममा अतिथिहरु राष्ट्रिय गित गाउँर्दै ।

गिरि श्रीस मगरलाई सम्मान गर्दै नेपाली राजदूतावासका  प्रथम सचिव रामकाजी खड्का(बायाँ) ,गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष सागर नेपाली,(दायाँ दोस्रो)र गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष नरेन्द्र भाट !

सम्मानीत गिरि श्रीस मगर आफ्नो दुई,चार शब्द कार्यक्रममा ब्यक्त गर्दै ।

गोरखा प्रवासि संघको छैठौं साधाण सभामा नेपाली राजदूतावासका महामहिम राजदूत सूर्यनाथ मिश्र (विचमा) लगायतका अतिथिहरु । स्मरण रहोस छैठौं साघारण सभाबाट नाम परिवर्तन गरि गोरखा सेवा समाज राखिएको छ ।

गोरखा सेवा समाजको साधारण सभामा उपस्थित गोरखालीहरु !

गोरखा सेवा समाजका नयाँ कार्यसमितिहरु सपथ ग्रहण गर्दै ।

तमू सास्कृतिक परिवारले संचालन गरेको नृत्य तथा गायन विधाको   अडिसनमा सहभागिहरु । उक्त कार्यक्रममा नृत्य विदा र गायन विधाबाट उत्कृष्ट एक,एक जना गैरआवासिय नेपाली तारा २०१० को उपाधिले सम्मान गरिनेछ ।
तस्बीर – राजेश्वोर ढकाल