Archive for सेप्टेम्बर, 2010

दशैको चहल पहल सुरु

-राजेश्वर ढकाल /महेश्वर नेपाल
दोहा-कतारमा मुस्लिम समुदायको महान पर्व रमजानको विदाईसंगै हिन्दुहरुको महानपर्ब वडा दशैंको आगमन भएको छ । यसको छनक दोहाका ब्यापारीक मल र सिप¨ सेन्टरहरुमा भएको नेपालीहरुको चहलपलबाट सजिलै अनुमान लगाउन सकिन्छ । दशैको आगमनले छुटिको दिनमा केनमेल गर्नेहरुको घुइचो थामिनसक्नु देखिन थालेको छ । इलोक्ट्रोनिक पसल होस वा कपडा पसलहरुमा सामान किन्न भ्याइ नभ्याई गरीरहेका भेटिन्छन । यसोत नेपालीहरुलाई नै मध्य नजर गर्दै कतिपय पसलहरुले दशैको उपलक्ष्यमा बिशेष छुट भन्दै सेलनै लगाएर सामान बेच्ने गरेको छ । कतारबाट स्वदेश फिर्नेहरुको साथमा एउटा ब्ल्याङकेट नभएको सायदै भेटीएला । नेपालीहरु स्वदेश फर्कदा टिभी,डिभीडी,घडी,डिजीटल क्यामेरा ,इर्मेजिन्सी लाईट, ब्या¨केट ,जस्ता सामानहरु बढी लोकपि्रय छन ।
दशैको अवसर पारेर घरफर्कने तयारीमा रहेका पर्वत दुर्लु¨-२ का भोला नेपाली दुईवटा कम्मल र छोराछोरीको लागि लत्ताकपडा किन्दै गरेको भेटिए । कतार बसाई ७ वर्ष बिताइ सकेका उनले तीन छुट्टि पनि काटिसकेका छन । दशैकै अवसरमा घर जान लागेको भने यो उनको पहिलो छुट्टि हो । दशैमा चाडवाडमा जानपाउनु त खुशीको कुरा होनी । हसिलो अनुहार पार्दै उनले सुनाए । यस्तै खुशीमा छन दासिंग -५ कास्किका दिपक न्यौपाने । १० वर्षे कतार बसाई बिताई सकेका न्यौपानेको दशै छुटिभने दोस्रो हो । एल.जी सोरुमको अगाडी ल्याटन टिभी किनेर गाडीको प्रतिक्षामा बसिरहेका उनी यहि अक्टोबर ९ मा स्वदेश फर्कदै रहेछन । आफु एक्लोको लागि त यहाँ नै रमाइलो हो तर परिवारको लागि स्वदेश नै रमाइलो हुने उनको अनुभव छ ।
संगैको साथी घर फर्कन लाग्दा रोल्पा कोटगाउँ-२ का कृष्ण केसीलाई पनि स्वदेश जाउँ-जाउँ नभएको होइन तर उनी आएको एक वर्षमात्र भएको रहेछ । बिदेशमा चाडवाड आउँदा स्वदेशमा रहेका घरपरिवारको धेरै याद आउँदो रहेछ उने सुनाए । केसीकै जस्तै पीडा सुनसरि मोकरा-३ का रामकुमार मेहतालाई पनि छ । छुट्टी मिले त रमाइलो हुन्थ्यो होला नी मिल्दैन के गर्नु आफुले भनेको जस्तो हुदैन रहेछ मलिन अनुहार पार्दै उनले सुनाए ।
मिलन विछोड हाँसो रोदन त प्रकृतिको नियम नै हो भनिन्छ यस्तै कसैलाई खुशीको रौनकताले छोएको छ त कसैलाई पीडा र दर्दले । जे होस सबै प्रवासी नेपालीहरुलाई दशैको रौनकताले छोएको छ । छुट्टि नमिलेकाहरु पनि छुट्टि मिलेका साथीभाई आफन्त छरछिमेकलाई घरपरिवारको लागि सामान पठाउन ब्यस्त छन । जे छ त्यसैमा खुशी र सुखी रहनु पर्छ सम्पूर्ण नेपालीहरुलाई विजय दशमिले यहि सन्देश छाडेर जाओस हाम्रो शुभ-कामना ।

डाक्टर मह

काठमाडौं-डा. हरिबंश आचार्य!’ कार्यक्रम संचालकको संवोधनले कलाकार हरिबंश आचार्यलाई एकछिन अकमक्क बनायो। ‘ओहो बहिनी मलाई जिन्दगीमा प्रथम पटक डक्टर भनेर बोलाएकोमा धन्यबाद,’ हास्दै हरिवंसले भने ‘सुटिङमा मात्र डाक्टर बनेको थिएँ। आज पनि कता कता सुटिङ जस्तै लाग्यो।’रातो गाउन र टोपीमा देखिएका आचार्यले आफूलाई पुजारी जस्तो लागेको बताए। ‘यो लुगामा त मलाई दशैंको पुजारी जस्तो पो लाग्यो,’ उपाधी पाए लगत्तै उनले भने, ‘बाउले पढेर डक्टर बन भन्थे। यो सोह्र श्राद्धको समयमा छोरो डक्टर भएको थाह पाएर बुवा स्वर्गमा दंग परे होलान्।’
कार्यक्रममा उनले आफ्नो छोराले ग्रेजुएट गर्दाको मेहनत सम्झिए। ‘उसले अमेरिकामा कति मिहिनेत गरेर पढ्दा बल्ल ग्रेजुएट भयो। म भने लन्ठ्याङ लुन्ठ्याङ गर्दै डक्टर भएँ। अब फेसबुकमा फोटो राखेर छोरोलाई पठाउँछु।’
अर्का कलाकार मदनकृष्ण श्रेष्ठले पढेर भन्दा परेर विद्यावरिधी हासिल गर्न मुस्किल परेको सुनाए। ‘सरसती पढेर दुइ चार वर्षमै पाउने उपाधि पाउन हामीलाई ४० वर्ष लाग्यो,’ श्रेष्ठले भने ‘शिक्षा , स्वास्थ्य र प्रजातन्त्र क्षेत्रमा हामीले पुर्याएको योगदानलाई कदर गर्दै विदेशी विश्विद्यायले पहिलो पल्ट प्रदान गरेको यो उपाधिलाई कोठामा सजाएर राख्ने छु।’

ग्रिनफोर्ड विश्वविद्यालयले कलाकारिता मार्फत समाजिक कार्यमा योगदान पुर्‍याए वापत मह जोडीलाई विद्यावारिधी प्रदान गरेको हो। राजधानीमा सोमबार आयोजित कार्यक्रममा सेन्ट्रल अमेरिका स्थित यो विश्वविद्यालयले राजनिती , समाजिक, आर्थिक र कला क्षेत्रमा योगदान पुर्‍याउनेलाई उपाधी व्रदान गरेको थियो।

उपप्रधानमन्त्री एवं मधेसी जनअधिकार फोरम ( लोकतान्त्रिकका ) का अध्यक्ष विजय कुमार गच्छदार, एमाले नेता केपी शर्मा ओली, श्रीलंकाका सभासद टीएमए उलुमुदेन ( अनवर ) र भारतका एमएम विश्वविद्यालयका कुलपती तारसेन कुमार गार्ग, सिङगापुरका भिटी थियागा राजन र मलेसियाका सिलिकन कलेज अफ टेक्नोलोजीका निर्देशक कुमार घोसलाई उद्योग विद्यावारिधीको उपाधी प्रदान गरिएको थियो।

– sabhar -रुबी रौनियार nagariknews.

भिडियोहरु

गोरखा सेवा समाज कतारका सचिवको विदाई

दोहा-गोरखा सेवा समाज कतारले संस्थाका सचिव सन्जय पोखरेलको विदाई कार्यक्रम सम्पन्न गरेको छ ।

समाजको लागि उनले निभाएको भूमीका अतुलनिय भएको भन्दै संस्थाले कदर पत्रले सम्मान गरेको हो । गोरखा सेवा समाजका अध्यक्षँ श्रीकृष्ण भट्टराईले खादा तथा समाजका सल्लाहकार बुधवल गुरुङले कदर पत्र हस्तान्तरण गरि सम्मान गरिएको हो ।

छोटो समय संस्थामा आवद्ध भए पनि उहाँले समाज प्रति देखाउनु भएको कि्रयाशिलता,जागरुपता सहारनिय भएको र संस्थाले यस्ता ब्यक्तिलाई गुमाउनु पर्दा दुःख लागको तर्क गोरखा सेवा समाजका उपाध्यक्षँ गणेश बानियाले ब्यक्त गरे । बानियाले उनको सफल जिवनको कामना गर्दै गोरखा सेवा समाजबाट विदाई भएका साथीहरुले नेपालमा पनि समाजको लागि काम गर्ने वचन वद्धता ब्यक्त गरे पनि काम नगरेकोमा दुःख ब्यक्त गर्दै समाजको लागि नेपालमा रहेर पनि कार्य गर्न आग्रह गरे ।

सम्मानित पोखरेलले गोरखा सेवा समाजले छोटो समयमा पनि आफुलाई यति महत्वपूर्ण पद दिएर कार्यभार सम्हालन दिएकोमा समाज प्रति धयन्वाद दिदी आफु नेपालमा रहेपनि समाजलाई निरन्तर सहयोग गरिरहने तर्क ब्यक्त गरे ।

युटेज कम्पनीमा स्टोर किपरको रुपमा ३ वर्ष पहिले आएका पोखरेल अध्ययनलाई नै निरन्तरता दिने सोचका साथ शुक्रबार कतार नआउने गरि स्वदेश फर्किसकेका छन ।

गोरखा सेवा समाज कतारका अध्यक्ष श्रीकृष्ण भट्टराको सभापतित्वमा सम्पन्न उक्त विदाई समारोहमा समाजका प्रमुख सल्लाहकार बुधवल गुरुङ लगायत समाजका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

मोतिजयन्तीमा गजल प्रतियोगिता नवराज “नवोदित” प्रथम

दोहा-नेपाली भाषा र साहित्यको उत्थानका लागी कतारमा रहेका नेपालीहरुले श्रष्टाहरुको सम्मान र संझनामा बिबिध कार्यक्रमहरु गदै आइरहेका छन । यसैक्रममा शुक्रवार नवोदित साहित्यिक वाचनालयले १४५ औं मोती जयन्तीको अवसर पारेर खुल्ला गजल वाचन प्रतियोगिता तथा वेवसाईट http://www.naboditsahitya.com   को लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ ।
“भाषाको उत्थान, नेपालीको पहिचान” भन्ने मुलनाराका साथ स्थापित बाचनालयले आयोजना गरेको उक्त कार्यक्रममा प्रथम स्थान हाँसिल गरी नवराज “नवोदित”ले १० हजार रुपयाँ हात पारेका थिए । ३२ प्रतियोगी सहभागी कार्यक्रममा दितिय रन्जीत भण्डारीले ७ हजार ,तृतीय बिरेन्द्र असिमित लिम्बुले ५ हजार,सान्त्वना बिरमान नेचाली राईले ३ हजार र उत्कष्ट बाचनकर्ताको ३ हजार रुपैया पुरस्कार युवराज घिमिरे”अपवाद”ले लिन सफल भएका थिए । पुरस्कार बितरण बाचनालयका संरक्षक टिबि कार्कीले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी नेपाली दुतावासका प्रथम सचिब राम काजी खड्काले गजल बाचन गर्दै कतारमा साहित्यिकमनहरु बिभाजित भएकोमा दुःख लगेको बताए ।
वाचनालयका अध्यक्ष नवराज वि.क को सभापतित्वमा सम्पन्न कार्यक्रममा अनेसास कतार च्याप्टरका अध्यक्ष दिपक भेटेवाल,नवोदित साहित्यिक मोवाईल पुस्तकालयका महासचिव तिर्थसंगम राई ,मुग्लानी सौगातका सम्पादक वविन वियोग,साहित्यकार हेमन्त परदेशी ,निराजन लुईटेल ,प्रयास सुब्बा, एनआरएन आइसिसिका सदस्य तथा कतार प्रतिनिधि प्रज्ञान उदास ,एनआरएन कतारका प्रथम उपाध्यक्ष डा. अजिजुर रहिमान शेष, ,नेपाल प्रवासी आदिवासी जनजाती महासंघका अध्यक्ष मानवहादुर साँवा, प्रवासी मुस्लिम सेवा समाजका उपाध्यक्ष अब्दुल कालम, नेपाल लोकतान्त्रिक माच दोहा कतारका अध्यक्ष रामहरी गैह्रे लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

मनकामनाद्धारा म्युजिक भिडीयो छायाङ्कन

दोहा-“सम्बोधन तिमीलाई गर्दै छु तिम्रो आत्माले शान्ति पाओस…” “श्रद्धााजली” नामक एल्बम बाट लिइएकॊ उक्त गीतको छायाङ्कन दोहामा सुरु भएको छ । “सम्पूण्र् स्थानीय कलाकारहरु एक भई अघि बढौ ,नेपाली कला र संस्कृतिको संरÔण्ँ र संम्वर्धन गरौ सामाजिक विकास र समाज सेवामा योगदान गरौँ” भन्ने नाराका साथ मनकामना नेपाली साँस्कृतिक परिवारले आÏनै कलाकारहरु बाट म्युजीक भिडीयोको छायाङ्कन शुरु गरेको हो । पुष्पा राज गजमेरको शब्द, सचिन न्यौपानेको संगित, आशिष गुरुङको निर्देशन तीर्थराज ओझाको छाङकन तथा डम्मर ओझाको सम्पादन रहेको उक्त भिडीयोमा कलाकारहरु कुन्दन क्षेत्री सविना कुमारी, आशिष सिता मान बहादुर छन ।  यसैबिच सांस्कृतिक परिवारले छिट्टै संस्थाको कलाकार रेसम सरु मगर को लोक दोहोरि एल्बम को म्यूजिक भिडियो पनि छायाँङ्कन सुरु गर्ने भएको छ । उक्त लोकदाहॊरी एल्वममा बिष्णु माझी,खुमन अधिकारी,बिमाकुमारी दुरा तथा रेसम सरुको स्वर रहेको छ ।

दशै मनाउन शुरु भो कतारमा

दोहा-दशै आउन लागेको आभाष कतारमा शुरु भएको एक कार्यक्रमले दिएको छ । दशै आउन १ महिना बाँकि छँदै यहाँ स्थित ब्लु सलोन  कम्पनीमा कार्यरत नेपालीहरुले दशै मिलन समारोहको आयोजना संम्पन्न गरेका छन । गत शुक्रबार एक दिन मात्र परेको इदको छुट्टीको फाइदा उठाउँदै करिब ५ दर्जन नेपालीहरुले संयुक्त रुपमा दशै मनाएका हुन ।

एक आपसमा भाइचारको अभिवृद्धि होस भन्ने अभिप्रायले उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले बताए । कम्पनीको ठुलो हलमा आयोजित अनौपचारिक कार्यक्रममा उपस्थित सहभागीहरु बिच एक आपसमा परिचय गर्दै दशैको शुभकामना आदान प्रदान गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै सहभागीहरुले प्रवासमा रहेर पनि यसरी एकजुट भई आफनो चाडपर्वहरु मनाउनु प्रशंसा योग्य भएको र आगामि दिनमा पनि यस्तो कार्यलाई निरन्तराता दिने आयोजक तथा सहभागीहरुले बताएका छन ।

कविता, गजल वाचनको भिडीयो

कविता वाचन गर्दै राजेश्वर ढकाल

कविता वाचन गर्दै महेश्वर नेपाल

गजल वाचन गर्दै नवराज ढकाल “नवोदित”

खुल्ला भलिवल प्रतियोगितामा बाग्लुङ्ग सामाजिक सेवा समाज कतार विजयी

-बुधबल गुरुङ
दोहा-ईस्लाम धर्मालम्बीहरुको महान पर्व ईद अल फित्ररको अवसरमा तमू बौद्ध सेवा समिति कतारको संरक्षकत्वमा स्थापित तमू खेलकुद समितिद्वारा आयोजित खुल्ला भलिवल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा क्रमशः बाग्लुङ्ग सामाजिक सेवा समाज प्रथम ,पाल्पाली सेवा समाज द्वितिय र युडीसी म्याग्दी तृत्तिय भएका थिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि भने युडीसी म्याग्दीका किसान मल्लले प्राप्त गरेका छन् ।

कार्यक्रमको उद्घाटन ईदको पहिलो दिन प्रमुख अतिथी तथा नेपाली राजदुतावासका प्रथम सचिव रामकाजी खड्काले गर्नुभएको थियो । उद्घाटन समारोहमा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका महासचिव बिलबहादुर तमू ,परिषदकै सल्लाहकार संयोजक कमलमणी गुरागाई ,नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका महासचिव विनेश तामाङ्ग नेपाल लोक तान्त्रिक माचका अध्यक्ष रामहरी गैरे ,नेपाली जनसम्पर्क समिति कतारका महामन्त्रि बिमल सुवेदी ,समाव सेवीहरु टी।वंी। कार्की, चाणक पोख्रेल, नरेश श्रेष्ठ लगायत अन्य संघ संस्थाका प्रतिनिधीहरु पनि अतिथीको रुपमा उपस्थित हुनुहुन्थ्यो ।

प्रमुख अतिथि राजदुतावासका प्रथम सचिव रामकाजी खड्काले उदघाटन मन्तव्य राख्ने क्रममा तमू खेलकुद समितिले यस्ता किसिमका कार्यक्रमहरुको आयोजना गरेर कतारवासी नेपालीहरुलाई मनोरन्जन प्रदान गरेकोमा खुशी ब्यक्त गर्दै समितिलाई धन्यवाद दिनुभयो । साथै वहाँले खेलकुदले शारिरीक तन्दुरुस्ति बढाउनुका साथै आपसी सम्बन्धलाई सुधार्ने कार्यमा समेत सहयोग पुर् याउने विचार राख्नु भयो ।

प्रतियोगिता समापन संगै एक समारोह विच विजयी समुह तथा खेलाडीहरुलाई एनआरएनए कतारका महासचिव बिलबहादुर तमू तमू बौद्धका संस्थापक अध्यक्ष राम तमू सल्लाहकार अमृत तमू र खेलकुद समितिका अध्यक्ष बुद्ध तमूले पुरस्कार र प्रमाण पत्र पदान गर्नु भएको थियो ।

प्रतियोगिता सफल बनाउन अहोरात्र खटेर सहयोग गर्ने विभिन्न संघ÷संस्थाका सहयोगि व्यक्तिहरुलाई प्रशंसापत्रले सम्मान गरिएको थियो । यसरी सम्मानित हुनु हुनेहरुमा नेपाली लोकतान्त्रिक माचका मानबहादुर पुन हमाल एलजी कम्पनीका ज्ञानबहादुर शाही झकबहादुर शाही र पदम आले अलजाबरी कम्पनीका विजेन्द्र चौधरी र केशरी पौडेल र आरईसी क्लबका पुर्णप्रसाद श्रेष्ठ सुन्दरप्रसाद श्रेष्ठ र खडकबहादुर थापा हुनु हुन्थ्यो ।

यस प्रतियोगितामा प्रमुख अतिथि तथा नेपाली राजदुतावास कतारका प्रथम सचिव रामकाजी खड्काको नेतृत्वमा कतारमा कार्यरत विभिन्न सामाजिक संघ÷संस्थाका पदाधिकारीहरु सम्मिलित छुटै एक समुह टिमको सहभागिताले खेल प्रेमी दर्शकहरु र स्वयं खेलाडिहरुमा एक प्रकारको आकर्षण र उत्साह थपेको महसुस गरिएको छ ।

तमू खेलकुद समितिका अध्यक्ष बुद्ध तमूको अध्यक्षतामा सम्पन्न भएको सो प्रतियोगितामा कतारवासी नेपालीहरुको २४ समूहले भाग लिएका थिए । उद्घाटन सत्रको कार्यक्रममा तमू बौद्ध सेवा समितिका निर्देशक सल्लाहकार बुधबल तमूले अतिथीहरु तथा उपस्थित सहभागिहरुलाई मन्तब्य मार्फत स्वागत गर्नु भएको थियो भने अध्यक्ष जगन तमूले कार्यक्रम संचालन गर्नु भएको थियो ।

प्रतियोगिताको तयारी छोटो समयमा नै गर्नु पर्ने भएको तर पनि कार्यक्रम सम्बन्धि जानकारी कतारवासी नेपालीहरु सम्म सुचित गर्न सहयोग गर्नुहुने संचार माध्यम र सहयोगि साथीहरुलाई तमू खेलकुद समितिका अध्यक्ष बुद्ध तमूले धन्यवाद दिनुभयो । आगामी दिनहरुमा कतारका संघ सस्थाहरु संग समयमा नै सर सल्लाह गरेर यस्ता कार्यक्रमहरुको आयोजना गरिने विचार हामी संगको कुराकानीका क्रममा अध्यक्ष तमूले बताउनु भयो ।

जनप्रगतिशिल मंचको वार्षिकोत्सव सम्पन्न /दलित संगठनमा बुद्धिराज

-राजेश्वोर ढकाल

दोहा-“राष्ट्रिय स्वधिनता दिगो शान्ति र प्रवासी हितका लागि हाम्रो आब्हान । आत्मा निर्णयको अधिकार सहित दलित मुक्तिका लागि जनमुखि संविधान” भन्ने मुला नाराका साथ जनप्रगतिशिल माच कतारको तेस्रो बाषिकोत्सव तथा नेपाली प्रवास दलित एकता संगठन कतारको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
जनप्रगतिशिल माच कतारको तेस्रो बाषिकोत्सव तथा नेपाली प्रवास दलित एकता संगठन कतारको प्रथम अधिवेशनमा सामाजिक संस्थाहरुको प्रतिनिधित्व गर्दै गोरखा सेवा समाजका उपाध्यक्ष गणेश बाँनियाले हजारौ माइल टाढा यो दुरदेशमा पनि हामी नेपालीहरु संगठित हुनु खुशीको कुरा हो । संघ संस्था खोल्नु महत्वपूर्ण कुरा हैन लक्ष्य र उद्धेश्य को प्राप्त गर्न सक्नुपर्छ । नेपालीहरुलाई दवाउने ठगने काम नेपालीबाट नै भएको छ । श्रमीकको हकहितको लागि जुनसुकै वैचारिक संस्था तथा सामाजीक संस्थाहरुलाई गोरखा सेवा समाजले सहयोग गर्ने तर्क ब्यक्त गरे ।
एनआरएनका उपाध्यक्ष सागर नेपालले प्रवासी नेपालीहरुको भावनालाई देशले कदर नगरेको बताउदै नेपाल बाहिरको मिनी नेपाल कतारलाई वर्गिकरण गरेर हेर्ने हो भने सम्पूर्ण भागका नेपालीहरुलाई यहा भेट्न सकिन्छ । ५५ डिग्रीको घाममा नेपाली श्रमीकहरुको गरेको दुःखको अनुभव सभासदले गनुहुनेछ होला । फरक धार र फरक विचार भएपनि लक्ष्य पहिचान गर्नु पर्ने तर्क ब्यक्त गर्दै राजनितीक अस्थिरताको कारण धेरै कुरा रोकिएको बताउदै । हामीले प्रवासमा कति वर्ष बस्नु पर्ने हो ८ १० वर्ष वा त्यो भन्दा धेरै हामी बस्न तयार छौ तर त्यस पछिको नेपालको लक्ष्य र नेपाली जनताले के चाहान्छन त्यो विचार गर्नुपर्ने भनाई राख्दै एनआरएन कुनै ब्यक्ति हैन यो सबैको साझा संस्था हो उनले भने ।
महामहिम राजदूत सुर्यनाथ मिश्रले नेपाली श्रमीकहरु मेहनीती अनुसाशित तथा इमान्दारी रहेको तर्क ब्यक्त गरॆ । आफु बसेको देशको निती नियम र कानुलाई पालना गनुपर्छ र यस कानुनलाई नेपाली श्रमीकहरुले पालना गरेकोमा आफु गर्वबान्वित भएको बताए । नेपाल सरकारले पनि आÏनो स्थानबाट सक्दो पहल गर्नुपर्ने बताउदै । यहाँबाट सिफारीस गरेको म्यानपावर ऐजेन्सीहरुलाई कार्वाही नगरेकोमा दुख ब्यक्त गरे ।
उनले बैदेशीक रोजगारलाई ब्यवस्थीत गर्नको लागि सिप सिकाएर पठाउनु पर्ने नियोगबाट अनिवाय रुपमा डिमान्ड प्रमाणित गर्नुपर्ने तथा बैदेशीको रोजगारको लागि आउन नेपालको बाटामात्र उडानुपर्ने हुनुपर्ने तर्क ब्यक्त गरे ।
कतार सरकारले भिषा रोक नगरेको बताउदै भिषा प्राप्त गर्न कार्यलय हुनुपर्नेसुविधाजनक क्याम्प हुनुपर्ने नियमीत रुपमा पारिश्रमक दिन सक्ने कम्पनीहरुले मात्र भिषा प्रँप्त गर्न सक्ने बताए । यहाँका श्रमजिवी नेपालीहरुको लागि आफुले सोचेको गर्न नसेको तर्क ब्यक्त गरे ।
कार्यक्रमको मुख्य आकर्षक नेपालबाट आएका प्रमुख अतिथी पौडेले नेपाली मजदुरको हकहितको लागि जनप्रगतिशिल माचले खेलेको भूमीका प्रति खुशी ब्यक्त गर्दै
नेपाली नियोगले खेलेको भूमीका सहरनिय रहेको बताए । अहिले राष्ट्रयताको मुद्धा गम्भिर भएको तर्क ब्यक्त गर्दै जनताको हितराष्ट्र सर्वहारा वर्गहरुको मुक्तिको समृद्धिका निमीत्त हाम्रो पार्टीले जस्तो सुकै कदम उठाउन पनि तयार छ सभासद पौडेलले बताए । उनले माओवादि बिरालो हैन शेर हो । जनताको बलमा आएको शक्तिलाई दमन गर्ने स्थिती अपनाउछ भने झम्ट्नु पर्छ उनको तर्क थियो ।
कार्यक्रममा ब्क्ताहरुले जनप्रगतिशिल माच कतारले नेपाली श्रमजिवीको हकहितको लागि खेलेको भूमीका उल्लेखनिय रहेको बताउदै नेपाली प्रवास दलित एकता संगठन कतारको प्रथम अधिवेशनबाट चुनिने पदाधिकारीहरुको सफलताको कामना गरेका थिए ।
नेपाली जनप्रगतिशिल मंचका का.अध्यक्ष शुसिल खड्काको सभापतित्व ,सभासद नरायण प्रसाद पौडेलको प्रमुख आत्थ्यि ,तथा महामहि डा. सूर्य नाथ मिश्रको उपस्थिती रहेको उक्त कार्यक्रममा एनआरएनका उपाध्यक्ष सागर नेपाल ,मंचका सल्लाहकार सदस्य तथा दलित एकता संगठनका अध्यक्ष लक्ष्मण गजमेर ,मंचका सल्लाहकार संयोजक उमेश बराल,प्रवासी मुस्लिम सेवा समाजका उपाध्यक्ष करिम मियाँ,नेपाली आदिवासी जनजाति महासंघका अध्यक्ष मानबहादुर लिम्ब, सेफ्टी अवारनेस सेन्टरका अध्यक्ष राधाकृष्ण देव ,लोकतान्त्रिक मंचका सचिव रामजी गिरी ,नेपाल व्यवसायी संघका उपाध्यक्ष नरेन्द्र सेन, समाजसेवी तथा व्यवसायी टी.बी कार्की, गोरखा सेवा समाज कतारका उपाध्यक्ष गणेश बानिया,चितवन युवा समुहका अध्यक्ष बालकृष्ण पौडेल ,कास्की आर्दश सेवा समाजका अध्यक्ष रामप्रसाद गौतम ,नवोदित साहित्यिक मोवाइल पुस्तकालयका ईश्वर दाहाल कबिजी ,लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
नेपाली मजदुरहरुको हकहितको लागि हातेमालो गर्दै जान्छ भने जनप्रगतिशिल माचले सबैसंग सहकार्य गर्दै जाने तर्क ब्यक्त गर्दै स्वागत मन्तब्य श्रीकृष्ण भट्टराईले दिएका थिए भने कार्यक्रमको संचालन माचका सचिव हरि नेपालीले गरेका थिए ।

राजदूत सम्मानित
सोहि कार्यक्रममा नेपाली प्रवास दलित एकता संगठनले राजदूत सुर्य नाथ मिश्रलाई सम्मान गरेको छ ।  कुनै पनि राजनितीक आस्थाको कारण नभई नेपाली मजदुरहरुको पक्षमा तथा गरि खाने वर्गहरुको हक हितको लागि उहाँले गर्नुपर्ने जिम्मेवारी सहज ढंगबाटले निभाउनु भएकोले सम्मान गरेका हौ अशोक वि.क ले भने । राजदूत मिश्रलाई एनआरएनएका उपाध्यक्ष सागर नेपालले हातबाट दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

सांगीतिक प्रस्तुती
नेपाली जनप्रगतिशिल माचको सांगितक विभाग तथा प्रवासी दलित एकता संगठन कतारले सांगितीक कार्यक्रम स्वागत प्रस्तुत गरेका थिए ।
“लौन पानि पप्यो गरिवको पीर ब्यथा आंशु बनि झर् यो…।राजेन्द्र बोहोराको गायन र भिमसेन खतिवडा बाध्यवाधन “यहाँ फुट्छ जलामुखी……।” बोलको गितमा राजेन्द्र बि.क को नृत्य र “मुक्तिको बाटोमा खाचो छ ………।”दलितं संगठनका कलाकारहरुले प्रस्तुत गरेका थिए ।

दलित संगठको अध्यक्ष बुद्धिराज
प्रवासी दलित एकता संगठन कताको प्रथम अधिवेशनले बुद्धिराज परियारको अध्यक्षतामा २९ सदस्यि कार्यसमिती चयन गरेको छ । जसको प्रथम उपाध्यक्ष भिम वि.क ,द्धितिय उपाध्यक्षँ कृष्ण परियार,महासचिव अशोक कुमार बि.क ,सचिव बिनोद सुनार,सह कोषाध्यक्ष-योगेन्द्र बि.क छन । सचिवालय सदस्यमा राजु सुनार,विशु वि.क ,कमल परियार,जेथ बहादुर परियार,बिजय सुनदास,अमेरीकन सुनदास चयन भएका छन । त्यसगरी केन्द्रीय सदस्यहरुमा इन्द्र सुनार,विशाल बि.क ,नारायण परियार,श्याम सुनार,दिपक परियार,जीवन लोहार,सन्तोष दर्जी,रिवेन्द्र नेपाली,रुपेश दूलाल,मान बहादुर दर्जि,मुकेश सुनार,जगत राम वर्देवा छन । त्यसै गरि भेलाले संल्लाहकार संयोजक हरीलाल वि.क ,सदस्यहरु जगतबहादुर लोहार र राम प्रसाद लोहार चयन गरेको छ ।