Archive for डिसेम्बर, 2010

केही भिडियोहरु

‘यो विचार, प्रवृत्ति र लाइनको टकराव हो’- माओवादी उपाध्यक्ष डा. भट्टराई

  • शान्ति र संविधानको प्रक्रियामा अघि बढ्ने एकदम कम सम्भावना छ भन्ने सोच पार्टीमा बढ्दै गएको छ ।

  • म यथास्थितिवादी र वर्गसमन्वयवादी भएको आरोप गलत हो ।

  • भारतसँग कसरी संघर्ष गर्ने विषयमा हामीबीच केही अन्तरचाहिँ परेको हो ।

  • भारतसँग बढी राजनीतिक र कूटनीतिक संघर्षको विधि अपनाउनु उपयुक्त हुन्छ ।

  • हामी महाधिवेशनसम्म फरक विचार लिएर जान्छौं तर पार्टीले जे निर्णय गर्छ, त्यसलाई कार्यान्वयन गरेर जान्छौं

.स्थायी समिति बैठकले के निर्णय गर्‍यो ?
स्थायी समिति बैठकले विशेष गरी दुइटा निर्णय गरेको छ । एउटा, शान्ति प्रक्रिया पूरा नभएसम्म अनमिनको उपस्थिति आवश्यक छ, यो शान्ति प्रक्रियाको अभिन्न अंग हो, त्यसैले यसको निरन्तरतामा पार्टीले जोड दिनुपर्छ भन्ने निर्णय गरेको छ । अर्को, प्रधानमन्त्री निर्वाचन प्रक्रिया गत छ महिनादेखि अवरुद्ध छ, यही विशेष अधिवेशनबाट सरकार बनाउनुपर्छ भन्ने हो ।

अनमिनबाहेक अन्य अन्तर्राष्ट्रिय निकायको अनुगमनको कुरा पनि आएको छ नि ?

अनमिन हुनु नै उपयुक्त हुन्छ किनकि नयाँ आउन संरचना खडा गर्नुपर्छ । त्यो झन्झटमा पर्नु भन्दा चार महिना अनमिनको म्याद थप्नु उपयुक्त हुन्छ भन्ने लागेको हो ।

वाईसीएलको ब्यारेक भंग गर्ने निर्णय पनि भएछ ?

हामीले एकतर्फी रूपमा वाईसीएलको सामूहिक बसाइको संरचना अन्त्य गर्ने र युवा कायकर्ताका रूपमा उनीहरूलाई लिने निर्णय गरेका छौं ।

पार्टीमा अध्यक्ष पुष्पकमल दाहालको जनविद्रोहको कार्यदिशा पारित भएको छ, तपाईंले यसलाई कसरी लिनुभएको छ ?

यस’boutमा मैले भिन्न मत दर्ज गरिसकेको छु । अहिलेको राजनीतिक आन्दोलन जुन छ- शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउने र संविधानसभाबाट अग्रगामी संविधान बनाउने, यसमै केन्दि्रत भएर काम गर्नुपर्छ भन्ने मेरो सुरुदेखिको मत हो । यस’boutमा पार्टीभित्र फरक सोचको विकास भएको हुनाले मैले आफ्नो विचारलाई फरक रूपमा दर्ज गर्न आवश्यक ठानेँ ।

फरक मत केके विषयमा हो ?

मुख्य रूपमा त शान्ति र संविधानलाई मुख्य मुद्दा बनाएर अघि बढाउने विषयमा फरक मत हो । अर्को पक्ष (संस्थापन) को शान्ति र संविधानलाई ध्यान त दिनुपर्छ तर सम्भावना करिब सिद्धिसक्यो, त्यसैले अर्को प्रक्रियामा जानुपर्छ भन्ने छ । पार्टी त्यही दिशामा गएको छ । पार्टीको निर्णय मैले मान्नुपर्छ ।

पार्टी जनविद्रोहको लाइनमा गएको हो ?

जनविद्रोहको म पनि विरोधी होइन । परिवर्तनको बिन्दुलाई जनविद्रोह, क्रान्ति भनिन्छ । मात्रात्मक परिवर्तनपछि जुन बिन्दुमा राजनीति पुग्छ त्यस्तो बिन्दुमा गुणात्मक विद्रोहात्मक परिवर्तन हुन्छ । त्यो समय ठीक चयन हुनुपर्छ भन्ने मेरो भनाइ हो ।

पार्टीको जनविद्रोहको कार्यदिशाले शान्ति र संविधानको प्रक्रियामा नकारात्मक असर गर्दैन ?

पार्टीले अहिले नै शान्ति र संविधानको लाइन छोड्ने भनेको छैन । यसमा (जनविद्रोहमा) जोड दिनुपर्छ भनेको त छ तर अर्को पक्षमा शान्ति र संविधानको प्रक्रियामा अघि बढ्ने एकदम कम सम्भावना छ भन्ने सोच बढ्दै गएको छ ।

पार्टीको आधिकारिक लाइनभन्दा फरक दिशामा गएको अवस्थामा तपाईंको भूमिका के हुन्छ ?

सैद्धान्तिक रूपमा शान्ति र संविधान, क्रान्ति, जनविद्रोह एकअर्काका पूरक हुन् । सैद्धान्तिक रूपमा म यसको विरोधी होइन तर मेरो भनाइ के हो भने अहिलेको नेपाली समाजको विकासको चरण छ । यतिबेला संविधानसभाबाट जनताको अधिकतम प्रगतिशील संविधान बनाएरै अघि जानु नै सबभन्दा क्रान्तिकारी कदम हुन्छ भन्ने मेरो विश्वास हो । यही नीतिअन्तर्गत चुनवाङ बैठक हुँदै यहाँसम्म आयौं । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको उपलब्धि रक्षा गर्दै थप संघर्ष गर्नु आवश्यक हुन्छ ।

तपाईंले लिएको विचारलाई वर्गसंघर्षको अभिव्यक्ति भन्दै यथास्थितिवादी भएको आरोप लगाइन्छ नि ?

यो सैद्धान्तिक कुरा हो । वर्गसंघर्ष र अन्तरसंघर्ष एकअर्काप्रति अन्तरसम्बन्धित हुन्छन् । बाहिर समाजमा वर्गसंघर्ष हुँदा पार्टीभित्र पनि त्यो संघर्ष हुन्छ भन्ने माक्र्सवादी मान्यता हो । यो बहस वर्गसंघर्षको आवश्यकताले ल्याएको भनिएको हो । म यथास्थितिवादी र वर्गसमन्वयवादी भएको आरोप गलत हो । मैले नै विगतदेखि सामन्तवाद, राजतन्त्र, एकात्मकता अन्त्य गरी गणतन्त्र, संघीयतामा जानुपर्छ र संविधानमा जोड दिएको थिएँ । यसलाई हाम्रो पार्टीले सिंगै अगाडि बढायो जुन सही सावित भइसकेको छ ।

माओवादीले शान्ति र संविधानको बाटो छाडेर विद्रोहको बाटो अपनाएकाले तपाईंबाट फरक मत आएको हो भन्न सकिन्छ ?

हाम्रो जोडमा केही अन्तर परेको छ । हामीले शान्ति र संविधानको अन्त्यसम्म प्रयत्न गरेर जानुपर्छ, त्यसको सम्भावना अझै छ, त्यो नै सर्वोत्तम हितमा हुन्छ, त्यसमा अवरोध भए जनविद्रोहमा जानु न्यायसंगत हुन्छ भन्ने मेरो भनाइ हो । पार्टीको अर्को पक्षमा के प्रबल बन्दै गयो भने शान्ति र संविधान बन्ने सम्भावना करिब सिद्धियो । त्यसो भएको हुनाले अर्को तयारीमा जानुपर्छ भन्ने उहाँहरूको बुझाइ हो ।

अब माओवादी आधिकारिक रूपमा जनविद्रोहमा गयो भनेर बुझ्न सकिन्छ ?

आधिकारिक विद्रोहको बाटोमा पार्टी लाग्यो भनेर नबुझौं । शान्ति र संविधानको लाइन पार्टीले छाडेको छैन । त्यसको सम्भावना एकदम कम भयो भन्ने पार्टीको निष्कर्ष हो ।

त्यसो भए माओवादीकै कारण शान्ति र संविधानको प्रक्रिया विफल हुन थालेको मान्दा हुन्छ ?

माओवादीभन्दा अरू पार्टीका कारणले संविधान र शान्ति प्रक्रिया अवरुद्ध छ भन्ने कुरा संसारले बुझेको छ । बढी दोष दक्षिणपन्थीको छ । उनीहरूले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता रुचाउँदैनन् ।

तपाईंले भारतपरस्त नीति लिएको हुनाले पार्टीमा मुख्य विवाद भएको हो भनिन्छ नि ?

भारतसँग हाम्रा केही समस्या छन्, खासगरी सुगौली सन्धि, सन् १९५० को सन्धि आदिले गर्दा । मैले समानताका आधारमा सम्बन्ध हुनुपर्छ भनेर जनयुद्ध सुरु हुनुअघि ४० सूत्रीय माग प्रस्तोता हैसियतले खुला रूपमा यो कुरा राख्दै आएको छु । म यसमा दृढ छु । भारतसँग कसरी संघर्ष गर्ने विषयमा हामीबीच केही अन्तरचाहिं परेको हो । मेरो भनाइ के हो भने सबभन्दा ठूलो पार्टीका हैसियतले राजनीतिक र कूटनीतिक संघर्षलाई बढी जोड दिनुपर्छ । त्यसबाट समस्या समाधान भएन भने जनतालाई साथ लिएर प्रतिरोध आन्दोलनतिर जानु उपयुक्त हुन्छ भन्ने मेरो भनाइ हो ।

भारतको भूमिका’bout पार्टीको आधिकारिक लाइनचाहिं के हो ?

पार्टीको आधिकारिक लाइन भनेको भारतको हस्तक्षेप ज्यादै बढेर गयो । राजनीतिक र कूटनीतिक सम्बन्धले नपुग्ने अवस्था आयो । त्यसैले राष्ट्रिय प्रतिरोधको तयारीतिर जानुपर्छ भन्ने हो ।

यसलाई माओवादीले राष्ट्रवादी भावनालाई समेट्न खोजेको रूपमा बुझ्न सकिन्न ?

मैले राष्ट्रवादी भावना पहिलेदेखि नै उठाउँदै आएको छु । जनमोर्चाको अध्यक्ष हुँदादेखि नै हामीले भारतीय हस्तक्षेपको विरोध गर्दै आएका छौं । त्यसको अग्रपंक्तिमा म नै उभिँदै आएको छु तर हाम्रो पार्टी जुन हैसियतमा पुगेको छ यसले गर्ने आन्दोलनको प्रकृति फरकखाले हुनुपर्छ भन्ने हो । भारतले सिधै फौजी आक्रमण गरेको अवस्थामा हामीले राष्ट्रिय प्रतिरोध आन्दोलन गर्नुपर्छ । अहिलेको अवस्थामा बढी राजनीतिक र कूटनीतिक संघर्षको विधि अपनाउनु उपयुक्त हुन्छ ।

पार्टीले जनविद्रोहको लाइन लिइसकेपछि अन्तर्राष्ट्रिय समुदायलाई के भन्नुहुन्छ ?

अरू पार्टीले शान्ति र संविधानको बाटो अवरुद्ध गरेको हुनाले जनतालाई सचेत गराउनका निम्ति विद्रोह भनेको हो । अहिले नै विद्रोह नै विकल्प हो भनेका छैनौं, शान्ति र संविधानका लागि प्रयत्न गर्नुपर्छ भन्ने हो तर अब यो प्रक्रिया सायद अगाडि बढ्दैन भन्ने पार्टीको निष्कर्ष हो ।

अध्यक्ष दाहाल र तपाईंबीच व्यक्तित्वको टकराव भएकाले विवाद जन्मिएको हो भनिन्छ नि ?

यो विचार, प्रवृत्ति र लाइनको टकराव हो, व्यक्तिगत होइन ।

यो विवाद हेर्दा माओवादी पार्टी फुट्ने अवस्थामा गएजस्तो लाग्दैन ?

यो ढंगको बहसले पार्टीलाई राजनीतिक रूपमा बलियो बनाउँछ भन्ने विश्वास छ । यो धेरै त्याग र बलिदान गरेर आएको पार्टी हो । त्यसकारण देश र जनताप्रति जिम्मेवारीबोधका कारण पार्टी फुट्दैन । हामी सहजै पार्टी फुट्न दिँदैनौं ।

तपाईंलाई ‘मिडिया वार’ गर्‍यो भनेर अनुशासनको कारबाही हुने सम्भावना छैन ?

मैले मिडिया वार गरेको छैन । मैले आफ्नो विचार स्पष्ट ढंगले राख्दै आएको मात्र हो । पालुङटारमा मैले स्पष्ट ढंगले आफ्ना विचार राखें । आम पार्टीपंक्तिले सराहना गरेको पाएको छु ।

फरक विचार कहिलेसम्म लिनुहुन्छ ?

हामी महाधिवेशनसम्म फरक विचार लिएर जान्छौं । पार्टीभित्र बहस चलाएर जान्छौं, तर पार्टीले जे निर्णय गर्छ त्यसलाई कार्यान्वयन गरेर जान्छौं ।

पार्टीले औपचारिक रूपमा विद्रोहमा जाने निर्णय गर्‍यो भने तपाईंको भूमिका के हुन्छ ?

त्यो निर्णय गरेपछि भन्ने कुरा हो । यो काल्पनिक कुरा हो जस्तो लाग्छ ।

तपाईंले पार्टीमा एक्लिएको महसुस गर्नुभएको छैन ?

केही मिडियाले एक्लो पर्‍यो भनेर प्रचार गरेका छन् । मैले त पार्टीभित्र मेरो विचारका पक्षमा जनमत ह्वात्तै बढेको महसुस गरेको छु । मैले अघि सारेको विचार नै बढी वैज्ञानिक र वस्तुवादी छ भन्ने विश्वास लागेर अघि सारेको हुँ । म यसबाट बढी उत्साहित छु । मेरो मत पार्टीभित्र सुरक्षित रहन्छ । मेरो विचार ठीक कि बेठीक भन्ने इतिहासले फैसला गर्छ ।

तपाईंले आफू प्रधानमन्त्री बन्नका लागि यो सबै काम गरेको भनिन्छ नि ?

बाबुराम भट्टराई पदका निम्ति लड्यो भनेर इतिहासमा कहींबाट पुष्टि हुँदैन । म जहिले पनि पृष्ठभूमिमा बसेर सहयोगीका रूपमा रहँदै आएको छु । त्यसैले व्यक्तिगत आकांक्षा बोकिनँ र बोक्दिनँ पनि । देश र जनताले जे जिम्मेवारी दिन्छन् त्यो वहन गर्छु ।

पार्टीको लाइन एउटा, तपाईंको अर्को छ कसरी कुरा मिल्छ ?

लेनिनवादी पद्धति भनेको अभिव्यक्तिमा स्वतन्त्रता, कामकारबाहीमा एकरूपता हो । हामी फरक मत राख्दै जान्छौं र काम पनि गर्दै जान्छौं । अरूको भन्दा फरक यही हो ।

मनले नमान्दा नमान्दै तपाईं अर्काको विचारमा कसरी हिँड्न सक्नुहोला ?

कम्युनिस्ट पार्टीमा आफ्नो विचार फरक हुँदाहुँदै पनि काममा एकरूप भएर जानुपर्छ ।

तपाईंले राख्नुभएको नोट अफ डिसेन्टलाई कसरी अगाडि बढाउनुहुन्छ ?

हामी फरक मतमा छलफल गर्ने विधि तय गर्दै छौं । पार्टीको तलसम्म मेरो विचार जान दिनुपर्छ भन्ने मेरो भनाइ छ । पार्टीको आम पद्धति पनि यही हो ।

फरक मतलाई निष्कर्षमा पुर्‍याउन महाधिवेशन चाँडै होस् भन्ने तपाईंको माग हो ?

हाम्रो पार्टीको २० वर्षदेखि महाधिवेशन भएको छैन । हाम्रोजस्तो जनवादी पार्टीले छिटोभन्दा छिटो महाधिवेशन गरेर जनवादको उच्च अभ्यास गर्नुपर्छ ।

-सुधीर शर्मा/गंगा बिसी

Shabhar : http://www.ekantipur.com

यसपालि पनि लगन जुरेन…!

यसपालिको मंसिरमा पनि लगन नजुरेका नायिकाहरू भन्ने गर्छन्- बिहे गर्न केको हतार ?

काठमाडौं/ मंसिर, बिहेको मौसम । तर, नेपाली फिल्ममा यद्यपि चल्तीमा रहेका केही अविवाहित नायिकालाई भने यसपालिको मंसिरले पनि लगनगाँठो कसाइदिएन ।

गत वर्ष मंसिरको लगनमा ऋचा घिमिरे बिहेबन्धनमा बाँधिएकी थिइन् । तर, यसपालि भने चलेका कुनै हिरोइन पनि श्रीमती बनेको खबर सुन्न पाइएन ।

बिहे गर्न उमेरको पावन्दी नभए पनि उषा पौडेल, रेजिना उप्रेती, पूजना प्रधान र नन्दिता केसीको ‘पराइ घर जाने’ उमेरले भने नेटो काट्न थालिसकेको छ । यिनीहरूले यस वर्षको मंसिरको लगन पनि टारेका छन् ।

नेपाली फिल्म क्षेत्रमा एक दशकदेखि क्रियाशील यी नायिका अविवाहित छन् । आमसेलिब्रेटी बिहे गर्‍यो या गरेको थाहा भयो भने आफ्नो क्रेज घट्छ भन्ने भ्रममा रुमल्लिएका हुन्छन् । यी अविवाहित नायिकामा पनि यो भ्रम व्याप्त छ ।


‘अहिले नै बिहे गर्न के हतार ?’ नन्दिताको भनाइ छ, ‘करिअर बनाउँदै छु । अझै चार/पाँच वर्ष बिहे गर्ने योजनै छैन, मेरो ।’ आफूलाई बलिउड अभिनेता शाहरुख खानजस्तो बेहुलो चाहिने बताउने गरेकी नन्दिताले ‘शाहरुखजस्तो’ केटो नभेटेर पो बिहे नगरेकी हुन् कि ? ‘होइन, मैले खोजेकै छैन । खोजेँ भने त भेटिएला नि !’ उनी भन्छिन्, ‘केही वर्षलाई बिहेबन्धनबाट टाढै रहन चाहेकीले पहल नगरेकी हुँ ।’

‘अरूले जेसुकै गरून्, मलाई बिहे गर्न हतार छैन,’ अर्की नायिका रेजिना उप्रेती जतिवटा मंसिर आए-गए पनि आफू नआत्तिने बताउँदै भन्छिन्, ‘म करिअरकै चिन्तामा छु । बिहे भन्ने कुरा देखेर हँुदैन, लेखेकै हुनुपर्छ । त्यसकारण म यो भाग्यकै भरमा छाड्छु ।’ हालै सतुंगलमा जग्गा किनेकी रेजिना घर बनाएपछि मात्रै बिहे’bout सोच्ने बताउँछिन् । ‘बल्ल-तल्ल घडेरी किनेकी छु ।
घर बनाएर सेटल भएपछि मात्रै बिहेको योजना बनाउनुपर्ला,’ आफूलाई घरपरिवारबाट बिहे गर्न दबाब आइरहने गरेको बताउँदै उनले भनिन्, ‘बुबाआमा त सधैँ बिहे गर्, बिहे गर् भन्नुहुन्छ नि ! तर, अचेल उहाँहरूले मेरो कुरा बुझ्नुहुन्छ । मैले गरिरहेको कामबाट उहाँहरू सन्तुष्ट हुनुहुन्छ । त्यसकारण अचेल बिहे गर् भनेर दबाब दिन छाड्नुभएको छ ।’

अर्की अविवाहित नायिका उषा पौडेललाई पनि लगन छुट्ला भन्ने चिन्ता छैन । ‘बिहे निकै सोचविचार गरेर गर्नुपर्छ । हतारमा बिहे गरेर फुर्सदमा पछुताएका साथीहरू धेरै देखेकी छु मैले,’ उनको भनाइ छ, ‘त्यसकारण म हतारिएर बिहे गर्ने पक्षमा छैन ।’

केही वर्षयतादेखि धर्म-कर्ममा लीन भएकी अर्की नायिका पूजना प्रधान पनि बिहे गरिहाल्ने योजनामा नरहेको बताउँछिन् । जय संगत अभियानमा लागेकी उनी बिहे नगरीकनै जिन्दगी पार गर्न पनि सकिने धारणा राख्छिन् । ‘बिहे गर्नैपर्छ भन्ने छैन,’ उनको तर्क छ, ‘यो संसारमा धेरै त्यस्ता स्त्री, पुरुष छन् जसले बिहे नगरीकनै जिन्दगी बिताएका छन् । मेरो सन्दर्भमा पनि यो लागू हुन सक्छ ।’ भविष्यमा बिहे गर्ने दिन आउन सक्ने भए पनि आजसम्म भने आफूले बिहे गर्ने योजना नबनाएको बताउँछिन्, उनी ।

फिल्मक्षेत्रमा अन्य थुप्रै नायिका अविवाहित छन् । कतिपयले त बिहे गरेर डिभोर्स पनि गरिसकेका छन् भने केहीलेे दोस्रो बिहे पनि गरेका छन् । अधिकांश अविवाहित नायिका बिहे नै नगरे पनि बिहेबराबरको सम्बन्धमा भने रहेका छन् । रेजिना उप्रेती १० वर्षदेखि निर्देशक शोभित बस्नेतसँग प्रेममा छिन् । उषा पौडेल बलिउड नायक राहुल रोयसँग प्रेममा भएको हल्ला चल्ने गरेको छ । पूजना प्रधान र पुष्पराज पुरुष पनि केही वर्षअघिदेखि निकै निकट छन् । अर्की नायिका नन्दिता केसी र निर्माता वसन्तकुमार श्रेष्ठको सम्बन्धको पनि निकै चर्चा हुने गर्छ ।

अधिकांश अविवाहित नायिकाले गर्ने गरेको प्रतिप्रश्न- ‘बिहे गर्न केको हतार ?’ मा उनीहरूको निकटतम् सम्बन्ध नै रहस्य भएको लख सजिलै काट्न गाह्रो छैन

shabhar : nayapatrika

घासे मैदानदेखि भेडीगोठसम्म

-राजेश्वर ढकाल
हरेक साता शुक्र’bout छुट्टी कतार बस्ने हामी श्रमजीविका लागि रामरमाइलो उत्सव र आरामीको दिन हो । यो रमाइलो मनाउने काइदा आ-आफ्नै हुन्छ जुन बिहिबार साझै तय भैसकेको हुन्छ । शुक्र’bout विदामा धेरैजसो हामी आफन्त वा साथीभाईसँगको भेटघाटमा जान्छौं भने केही भने रेगिस्तान यात्रामा निस्केका हुन्छौं । कोही भने लुमा खजुरबोटेका रुख चढ्ने पुर्वतयारीमा पनि हुन्छन् ।
हामीले पनि गत विहिवार अर्थात २५ नोभेम्वरको दिन लुमामा झुम हुनुभन्दा यसो घुमफिर गरि रमाईलो गरौं भन्ने योजना बनायौं । अलरकियाको घासे मैदान हुदै जमेलियामा छत्रेदाईको गधा चढ्नेसम्मका योजनाहरु बुनिए । यो योजना देवेन्द्र सर(देवेन्द्र भट्टराई)को थियो । हामी दोहाबाट मात्र ७ जना थियौ । बिहान ५ बजे कोठाबाट निस्किए पनि अभिलासी तेजदाई तेजप्रसाद खनालले गाडी लिएर आउन ढिला गरेको कारण दोहामैं सात बजिसकेको थियो । दोहा मात्रै होइन सनैयामा पनि साथीभाइहरु हामीलाई नै कुरिरहेका थिए । जसोतसो आठ बजेतिर मात्रै हामी सनैयाबाट ११ जनाको हुल बाधियो । अनि योजना बमोजिम हुइकियौ अलरकियातिर । यो ठाउ साउदी रोडको ४२ नम्बरको आकाशे पुलबाट दाहिने- मोडीएर जानुपर्ने रहेछ ।
यसभन्दा पहिले पनि अलरकिया दिनेश सर( दिनेश रेग्मी)पहिले पनी पुगिसक्नु भएकोले उहाँले बाटो बताउदै जानु भयो । तेजदाई आफ्नै रपुतारमा गाडि कुदाई राख्नुभएको थियो भने रेवत सर(रेवत पौडेल),थापा सर(रामचन्द्र थापा) रामकृष्ण खत्री, धुव्र सुर्खेती ,जयराज भट्टराई ,सुवास कोइराला ,महेश्वर नेपाल र मचाहि गाडीमा बजेको लोकदोहोरी गीत “घामभन्दा चम्कीलो जुन हुदैन…” बोलको गीतमा स्वर मिलाउदै थपडि मार्न ब्यस्त थियौ ।
साउदिको ४२ नम्वर गेटबाट भित्र छिरेपछि अझै १२ किमि भित्र रहेछ- घासेमैदान । त्यहाँ चिनारु मित्रहरु गनबहादुर फगामी, दावा शेर्पा, इकिन्द्र बुढाथोकी ,रोशन थापा लगायत हाम्रो आगमनको प्रतिक्षामा आँखा विछ्याई रहेका थिए । हामी भने साझको ९ बजेतिर मात्रै त्यहा पुगेका थियौं ।
हुन त यो घासे मैदानमा म यसअघि पनि आइसकेको थिए । यहा आएका केही नयाँ साथीभाइ भनॆ यो हरियाली देखेर दंगदास पर्दै नजर डुलाइ रहेका थिए । हुन पनि त्यो ठाउ साच्चै प्रकृतिपूर्ण लाग्थ्यो । चराचुरु¨ीहरुको चिरविर चिरविर आवाज अनि सरर चल्ने चिसो बतासले सबैलाई आÏनै पहाडी गाउघरमा पुगेको भान हुन्थ्यो ।
रातीमा मैदानमा जाडो बढ्दै थियो साथीहरु धुनी तापौ भन्दै आगो बाल्न कस्सिए । आगोको राँको तापले गर्दा होला- साथीहरुमा जोस बढ्दै गयो अनि सुरु भयो नाचगान । घासे मैदानकै टेकबहादुर विक चाहि नाच्नमा माइकल ज्याक्सन नै रहेछन । सुरुमा त अलि लजाउदै थिए । रेवत सरले “लु त यी भाइको नाच राम्रो छु” भन्दै उक्साएपछि उनी पनि के कम शरिरका पार्ट-पार्ट हल्लाउदै नाच्न थाले । त्यही पार्टसंग ताल मिलाउदै मादल ठोक्दै थिए रामकृष्ण पनि ।
आगोको भुग्रोमा माछा पोलेर खानुपर्छ भन्दै हक्कि स्वभावका रेवत सर तम्सीए । यता भने देवन्द्र सर, दिनेश सर ,तेजदाई थापा सर ,धुव्र दाईले भने हो मा हो मिलाए । उतातिर माछा पोलिदै थियो यतातिर भने “पछ्यौरि ल्याउ बैना आजै टुंगो लगाई देउ माया छकी छैन…!” स्या¨जालीलाई नभन जालि..!” “वारि जमुना पारि जमुना…” गीतमा सुवास र टेकबहादुरको युगल नृत्य चल्दै थियो । हामी पनि मौन बस्न सकेनौ- जय ,महेश्वर र म पनि नाच्न थाल्यौ । रात छिप्पिदै गयो चिसोको महसुस हुदै गयो अनि खानपिन गरेर सुत्ने तरखरमा लाग्यौ । भोली छत्रे दाईकोमा गधा र भेडो चढ्ने मिठो कल्पना र सपना लिएर ओछ्यान पस्यौं ।
विहान ५ बजे नै म उठे अनि घुम्न जाउँ भन्दै महेश्व , जय र सुवासलाई उठाए । हामी घासे मैदान नियाल्दै फोटो सेसनमा ब्यस्त थियौ । धेरै पर नजाउ है अब छत्रे दाईकोमा जानुपर्छ भनेर कसैले बोलाएपछि फर्कियौ । साथीहरु उठिसकेका रहेनछन् फेरी थापा सरलाई गाडीमा घुमौ भन्दै घासे मैदान डुल्यौ । भलिबलको कोर्ट देखेपछि विगतमा स्कुलमा खेलेको भलिवलको याद आयो र बल खेलौ भन्दै त_िम्सयौ । सुवासले जोश निकालेर भनिहाले- सनैया र दोहा विचको मैत्रीपूर्ण भलविल खेलौ भनेर । हामी पनि के कम कस्सियौ साह्रै रमाईलो भयो भलिवल पनि ।
घासे मदानका साथीहरुले आÏनो ड्युटी पुरा गरिसकेपछि नौ बजेतिर छत्र दाईकोमा जाने तरखरमा पुग्यौं । छत्रे दाईकोमा हामी १४ जनाको जम्वो टोली लिएर बाटा लाग्यौं । त्यसदिन भने ड्राइभरको हेरफेर भयो । तेज दाइ अलिक नातागत र धनु कमजोर भएको जस्तो लागेर रेवत सरको जिम्मामा गाडी गयो । साच्चै रेवत सरले गाडीलाई रफतारमा हाक्नुभएको थियो । घासे मदानबाट निस्किएर हामीले जमेलियाका पुराना मजेराका साथीहरुलाई भेट्यौ अनि उनीहरुसंग विदा भएर हामी छत्र दाईकोमा हिड्यौ । “हामी अँइपुग्न लाग्यौ है” भन्दै देवेन्द्र सरले छत्रदाईलाई फोन गर्नु भयो । छत्रे दाई गधा चढेर उट हेर्न गएका रहेछन । गाडी उनको खेमातिर गएपछि उनी गधालाई दगुराउदै आए । फरासिला छत्रेदाईले एकमुष्ट सबैलाई नमस्कार गर्दै भित्र आए । दायाबाया बालुवा बाहेक केही नदेखिने उजाड मरुभूमीमा पाल टागेर बसेका छत्रेदाईको अनुहारमा कुनै दुखको भाव नदेख्दा अच्चम पनि लाग्यो उनी भित्रको सहनशिलता देखेर ।
हामीले बाटोबाट खबुज, दहि ,मोहि र माछा लिएर गएका थियौ । उता छत्रेदाईले पनि दाल भात पकाएर राख्नुभएको रहेछ । साथीहरु भोकले छत्रे दाइकोमा पुग्न पाएको छैन-खब्बुस तोडन थाले । खानपिन पछि थोरै समय साथिहरु विश्राम लिए अनि छत्रदाईको भेडो र गधा चढी फोटो सेसन गर्न तिर लागे । रेवत सरले “झण्डै १ सय केजीको तेज सरलाई “भेडो र गधा चाहि चढाउनु पर्छु भन्दै उनलाई उचालेर भेडोमा चढाए । सुरुमा तॆजदाइ अलि डराए भेडोले नधान्ने होकी भनेर । गधामा चढनलाई सिफारिस गर्दा तेजदाई फेरि डराए । अनि अलि जोश देखाएर महेश्वरले धाप मार्दै गधामा चढ्न सफल भए । पहिलो पटक गधामा चढन सफल भएका उनि चन्द्रमामा पुगेको झै गमक्क परेका थिए ।
अलि ठट्यौलि पाराका छत्रेदाईले गधालाई “मेरो इज्जत धानेस्” भन्दै धाप मार्दै थिए । हामी सबै जनाले गधा चढ्यौ । जय सुवास दिनेश सर र देव सरले चढनु भएन । उनीहरु पहिले नै चढिसकेको भन्दै तर्किए । सबैजना बसेर ग्रुप फोटो लिनुपर्छ है भन्दै छत्रदाइसंग बसेर ग्रुपफोटो खिच्यौ अनि निस्कियैां त्यहाबाट ।
धेरै साथीहरु भेटिए मजरामा ,भेडीगोठमा यसरी दुईदिनको यात्रालाई विट मार्दै हामी लाग्यौं आफ्नै गन्तब्यतिर …।

दोहाका संघ संस्था र धुपौरे संस्कृती

-इश्वर दाहाल “क़बिजी”
तीन तिरबाट समुन्द्रले घेरीएको देश हो कतार । यहाँ पेट्रोलियम पदार्थको उत्पत्तिसँगै मान्छेहरुको ओइरो लाग्न थाल्यो । बस्ती बसे देखि नै यसलाई पैसाको कमी भएर सोही कारणले होला छोटो समयमा नै विकासको अग्रगति तिर बढीरहेछ । औधोगीकरणको पादुर्भावसँगै विभिन्न देशका नागरिकहरु रोजीरोटीको खोजिमा यहाँ आउन थाले र यही क्रममा सन ९० को दशकबाट नेपालीहरु पनि कतार छिरेको पाइन्छ । आजको स्थिति नियाल्ने हो भने यहाँ नेपालीहरुको संख्या तीनलाख पचासहजारको हाराहारीमा छ । जुन संख्या कतारमा रहेका विदेशीहरु मध्ये भारतीय पछिको दोश्रो ठुलो अनुपात हो । नेपालीहरुको वृद्धिसँगै यहाँ उनीहरुले विभिन्न समस्याहरुको सामना गर्नु पर्यो । यिनै साना तिना समस्याहरु हल गर्न सकियोस भन्ने अभिप्रायले नेपाली समुदायले संघ संस्था स्थापना गर्न थाले ।
स्थापना कालमा यी संघ संस्थाहरुले केही रचनात्मक काम गरेको पाईन्छ ! जस अनुसार आफ्नो क्षेत्रको लागि एम्बुलेन्स किन्ने देखि लिएर विद्यालयहरुमा सहयोग गर्ने तथा आफ्नो इलाकाबाट यहाँ आई ज्यान गुमाउनेहरुको परिवारलाई आर्थिक सहयोग गर्ने तथा आई पर्ने समस्याहरुलाई सकेसम्म निरकरण गर्ने जस्ता कुराहरु देखिन्छन । जब यहाँ नेपाली पत्रिकाहरुको प्रकाशन शुरु भयो आम जनमानसले पनि संघ संस्था’bout बुझ्ने अवसर प्राप्त गर्यो र यस प्रति आकर्षित बन्दै जान थाल्यो । यो क्रम बढ्दै गएर आज सम्म आई पुग्दा विभिन्न तह र तप्काका गरी १५० को हाराहारीमा आईपुगेको छ ।
संघ संस्थाको वृद्धिसँग यसका प्रतिनिधिहरु कुन उद्देश्यले संस्था खोलिएको हो ,त्यसलाई बिस्तारै बिसर्िएर प्रचारमुखि हुन थालेको पाइन्छ । काम गरेर देखाउन भन्दा माच खडा गरेर भाषण गर्नमा केन्द्रित हुन थाले । पछिल्लो चरणमा विभिन्न राजनीतिक विचारधारासँग सम्बन्धित संगठनहरु बिस्तार भए पछि यो क्रम अझै बढेको हो । यस पछिका दिनमा झन सामाजिक उद्देश्य बोकेर खोलेका संस्थाहरु अस्तव्यस्त भएको देखिन्छ । राजनीतिक विचारधारा बोकेका मानिसहरुले पैसाको बलमा बिस्तारै सामाजिक संस्थाहरुमा आफ्नो प्रभुत्व जमाउन थाले । हरेक संस्थाको कार्यक्रममा यिनीहरुको उपस्थिति हुन थाल्यो र भाषण गर्ने प्रवृति झन बढेर गयो । केही आर्थिक सहयोग गरेर यिनीहरुले संस्थामा दवदवा देखाउन थाले । यति सम्म की कार्यक्रममा अतिथि न बोलाए या बोलाएर बोल्न नदिए अपमान गरिस भन्दै फोन गरेर थर्काउने मात्र हैन तेरो संस्था तहस नहस गरी दिन्छु भन्ने सम्मका धम्किहरु दिन थाले । यिनै संघ संस्थाहरुलाई लक्षित गरेर कुनै एक राजनीतिक संगठनले त भित्री र बाहीरी गरी दुई संयन्त्र खडा गर्यो । जस अनुसार भित्रि संयन्त्रले कार्ययोजना बनाउने र बाहिरीले संघ संस्थाहरु आफ्नो कब्जामा लिई स्वघोषित महाराज बन्ने सम्मका कामहरु गर्न थाल्यो । आफ्नो विचारसँग नमिल्ने तर नेपालीको पक्षमा प्रतिवद्ध भई काम गर्ने र क्षमता भएकाहरुलाई पैसाको बलमा पाखा लगाउँदै धमाधम आफ्ना कार्यकर्ताहरु संस्थामा भर्ती गर्ने काम हुन थाले ।
शुरुका दिनमा आन्तरीक रुपमा यस्तो गरीए पनि पछिल्लो समयमा आएर हाक्काहाक्की रुपमा नै गर्न थाले जसको ज्वलन्त उदाहरण हो नवोदित साहित्यिक वाचनालय । पैसाको बलमा धुपौरेहरुलाई भर्ना गरिएका यी संस्थाहरुले उनीहरुलाई महाराज त बनाएन बनाएन उल्टै बरु घातक सिद्ध भएका छन । उकालो फर्किएर थुके आफ्नै मुखमा थुक पर्छ भन्ने यी महाराज हुन चाहनेहरुले बुझेका भए यो स्थिति आउने नै थिएन । ढुंगाको काप फोरेर पनि पीपल उम्रन्छ र फलामलाई जति गाले पनि सुन बन्दैन भन्ने ज्ञान यी महाराज बन्न खोज्नेहरुको भएको भए उहिल्यै घैटामा घाम लाग्ने थियो । जन्मदै सिकेको यो धुपौरे संस्कृतिलाई कतार आउँदा आफ्नै मुल पार्टीमा छाडेर आएको भए यो घिन लाग्दो खेल खेलिन्न थियो होला । तर अफसोच लाजै पचाए पछि कसैको केही लाग्दो रहेनछ । स्वघोषित महाराज बन्ने यिनको स्वैर कल्पना हावामा उडेको पत्कर जस्तो उडी रहेछ दोहाको आकाशमा । गलत बाटो अपनाएर आफ्नो पार्न चाहनेहरु सफल भएको कही इतिहास छैन यी धुपौरेहरुले बुझे हुन्छ । अब प्रश्न उठ्छ किन हरेक संस्थाहरुमा धुपौरेहरुलाई छिराउन थालियो त यसको सिधा जवाफ हो आफ्नो गलत कार्यको जनमानसबाट विरोध नहोस र आफु महाराज बन्न सकियोस ।
जब डा.सूर्यनाथ मिश्र कतारका लागि नेपाली राजदुत बनेर आए तब गरीबका छोरा यहाँ ल्याएर विचल्ली बनाउने ठग दलालहरुलाई धमाधम कारवाही शुरु गरे । राजदुतले गरेका हरेक कार्यहरुलाई संघ संस्थाले साथ दिदै जान थाले तब यिनीहरुको ढ्याङ्ग्रा बज्न शुरु भयो । दुतावासको दवाव एकातिर पर्न थाल्यो भने जनमानसको तर्फबाट पनि दवाव आउन थाल्यो । यदि यसै गरी चल्न दिईरहने हो भने महाराज बन्ने त हैन एक दिन बहिस्कार हुने अवस्था थियो । यही कुरालाई मध्य नजर गर्दै उनीहरुले संस्था हातमा लिन शुरु गरेका हुन । भनिन्छ चोरहरु चोर्ने बेलामा एक हुन्छन । यहाँ पनि यस्तै भएको पाइन्छ । ठग दलालहरु आवश्यक पर्दा कार्यगत एकता गर्न र पछि युज एण्ड थ्रो गर्न पनि जानेका हुन्छन । तर जे गरे पनि यो दिवा स्वप्ना मात्रै हो मुख्य झाक्री विरुद्धमा हुँदा हुँदै धुपौरेले मात्र विरामी बचाउन सक्दैन । जसको परिणाम विकराल देखिन्छ । संघ संस्थामा भएको यस्तो नाङ्गो हस्तक्षेप पछि विस्तारै जनमानस निरुत्साही बन्दै गएको छ । काम गर्ने क्षमता भएका तर कुनै राजनीतिक विचार नबोक्नेहरु कसैको गुलामी गर्न सक्दैनन जसको कारण दोहाका संस्थाहरुले क्षमतावानहरु पदाधिकारी पाउने अवस्था छैन । यदि मुक दर्शक बनेर सबैले अहिलेको यो हस्तक्षेपलाई हेरी रहने हो भने महाराज बन्न चाहनेहरुको त सपना पुरा होला नै तर आम नेपालीहरुलाई भने बाँच्न अवश्य पनि कठिन हुने निश्चित छ । सबैलाई चेतना भया ॥
हाल -दोहा

’हाम्रो अवस्था, क्षमता र सम्भावना’

-लक्ष्मी अधिकारी
रातदिन यो मरुभुमिमा रगत, पसिना बगाउनु, थोरै तलबमा धेरै घण्टा काममा जोतिनु, देश र परिवार बाट वर्षोँ टाढा बस्न बाध्य , कति अवस्थामा काम गरेको तलब मात्र नपाएर मर्णासन्न अवस्थामा पुग्नु हामी यो अरबभूमिमा काम गर्ने सबै नेपालीको साझा दु:ख हो । हामी यहाँ न त मानव अधिकारको कुरा गर्न सक्छौं, न त कुनै कानूनी लडाइ लड्ने हैसियत नै राख्छौं, नजानेको संस्कारलाई मानेर ठूला-ठूला भवनहरू, बाटोहरु बनाऊनु, गाडि चलाउनु, बैंक तथा ठूला-ठुला कार्यालयको रखवाली गर्नु, विशाल व्यापारिक केन्द्रको हिसाब-किताब समाल्नु, होटेल र रेस्टुरेन्टको काम तथा प्लम्बिंग, इलेक्ट्रिसियन हामीले गर्दै आएका कामहरु हुन् । तर हाम्रो अवस्थामा खासै उल्लेखनिय उन्नति भएको देखिदैन। अर्काको देशले निस्चयनै हाम्रो भविष्यको रेखा कोर्दैन ।
यति बुझ्दा बुझ्दै पनि बाध्य भएर हामी कम्तिमा एक सपना बोकेर नै आएका हुन्छौं । चाहे त्यो चुहिएको घर टाल्नलाई होस्, चाहे त्यो थाप्लोमा लागेको ऋण तिर्न नै होस्, चाहे त्यो छोरा-छोरीलाई राम्रो शिक्षा दिनलाई होस् ।यिनै अथवा यस्तै साना तिना सपनादखि शहरमा घडेरि किनेर घर बनाउने, सम्पती जोडेर आराम र बिलासी जीवन बिताउने सम्मका सपनाको भारि हाम्रो मन मस्तिष्कमा बोकेर हामी बाटो लागेका हुन्छौँ, जुन लगभग झूठो सपना वास्तवमा हामीले म्यानपावर वा एजेन्ट मार्फत किनेका हुन्छौँ।
हो हामीसँग यहाँ सपना पनि छ र अथाहा शारीरिक र मानसिक पिडा पनि, तर यो पिडाको अन्त्य गर्न र सपनालाई पुरा गर्न हामीले अलिक बेग्लै ढंगले सोच्नु पर्ने पो हो कि? निसन्देह हामी संसारका अति गरिब अभागी हौं तर हामी सरणर्थि होइनौ, हामी केहि अशिक्षित पनि हौंला, तर हामी अबिकसित मष्तिस्क बोकेका कुनै जनावर पनि होइनौ । हामी फर्केर जाने देश छ र स्वाबलम्बि बन्न सक्ने मष्तिस्क र शारीरिक क्षमाता पनि छ । तर हामीले हाम्रो यो क्षमतालाई कतिको पहिचान गर्न सकेका छौं, विचारणिय छ । हामीभित्रको त्यो क्षमतालाई कौडीको दाममा किनेर आज मध्यपूर्वका यी देशहरुले अथाह उन्नती गरेका छन्।
जति नै संकिर्णता बोकेको भए पनि यो देशमा संसारका अधिकांस अत्याधुनिक प्रविधी भित्रिइसकेका छन्। हामीले यहाँ जे जस्तोसुकै काम गरेपनि ति प्रविधीहरुकै साथमा काम गरिरहेका छौँ। नयाँ प्राबिधिक ज्ञान लिइराखेका छौं । २-४ वर्ष हामी जुन क्षेत्रमा काम गर्छौं त्यो क्षेत्रको राम्रो ज्ञान हासिल गर्न सक्छौ र गरेका पनि छौँ । चाहे त्यो सडकमा खन्ने काम होस् अथवा सुपरमार्केटमा सामान बेच्ने । प्रत्यक ठाऊँमा हाम्रो काम सँग जोडिएको प्रबिधिक ज्ञान नै हाम्रो सबैभन्दा धेरै उन्नति हो । हामीले प्राप्त गरेको हाम्रो दु:खको ब्याज हो, यसलाई प्रयोग मा ल्याउन सके मनग्य हुन्छ जस्तो मलाई लाग्छ ।
बिडम्बना हाम्रो के भइदियो भने हामी दु:ख गरेर केहि पैसा जम्मा गर्छौं र नेपाल गएर घडेरि जोड्छौं, वा घर बनाउन लाग्छौ अथवा यस्तै अनुत्पादक काममा हाम्रो अधिकास्स कामाइ सकिदिन्छौं, अनि कि फेरि यतै फर्कन्छौ, अथवा आफ्नो पुरानै धन्दालाई निरन्तरता दिन्छौँ । घर घडेरि जोड्नु पर्छ तर यो आफ्नो प्राथमिकतामा पर्नु पर्ने कि अरु कुनै जिविकापार्जनको माध्यमलाई महत्व दिनु पर्ने हो? हामी कति सम्म बिचार पुर्याउदैनौ भने, कतारमा ५ वर्ष इलेक्ट्रिसियनको काम गरेर नेपाल फर्केको एक राम्रो प्राबिधिक भोलि एक म्यानपावरमा जान्छ र अर्कै काममा होस् ऊ साउदीअरबतिर लाग्छ, परिणाम फेरि उहि असक्षम श्रमिक । नेपालमा बिद्युत प्रबिधिक चाहिँ अर्कै देशबाट निम्त्याइएको हुन्छ । हामीकहा यहाँ सयकडौ संघसस्था छन्, जिल्ला, क्षेत्रीय, जातिय आदि- आदि । हामी यहाँ हप्तैजसो बैठक गर्छौँ होटेलको कोठा भाडामा लिएर कार्यक्रम चलाउछौँ। कार्यक्रममा यहा खुब राजनितिक सरगर्मि चलाउछौँ मानौ हामीले यहीबाट हाम्रो देशको सरकार चलाउनु छ। संगठित हुनु राम्रो हो अवश्य पनि तर के प्रयोजनको लागि? हामीले कहिले पनि यहाँ सिकेको ज्ञान र जम्मा गरेको अलिकति पैसालाई आफ्नो देशमा लगेर कसरी परिचालित गर्न सक्छौं भनेर न त छलफल नै चलाउछऔं न त समान खालका काम गर्ने नेपालीबिच संगठन या कुनै माध्यम बनाएर ज्ञान प्रबिधि र त्यसलाई नेपालमा सामुहिक रुपमा लागेर गर्न सकिने कामका सम्भाब्यता प्रतिनै बिचार बिमर्स गर्छौं। हामीसँग यहाँ थोरै पैसा धेरै-धेरै पिडा र सिप भरिएको हुन्छ । अलिकति कमाएको पैसा र आर्जन गरेको धेरै ज्ञानलाई सहि ठाउँमा सामुहिकरुपमा उपयोग गर्ने हो भने हामीले नेपालमा मेचिदेखि महाकालिसम्म नै नयाँ प्रबिधि को साथ नयाँ नयाँ काम गर्ने संस्कृतिको विकास गर्न सक्छौं जुन देशकै नै उन्नतिको कोशेढुंगा साबित हुन सक्छ। तर यो बिषयतर्फ हामीले कहिले समय लगाएर सोचेको छैनौं। हामीले हप्तान्तलाई कहिले सहि सदुपयोग गरेका छैनौं। हरेक शुक्रबार दोहाको नेशनल वरिपरि र, इन्डस्ट्रियल एरियाको अल अतियामा मात्र नेपालिको भिड लाग्छ, त्यहाँ नेपालीलाई चाहिने अनेक आवश्यक र बिलासितका सामानको पसल थाप्ने चाहिँ भारतिय अथवा बंगलादेशी हुन्छन् । शुक्रवार त उनीहरुलाई पनि आउला तर उनीहरु चाहिँ त्यो दिनलाई पनि रचनात्मक बनाउछन्, हामी चाहिँ ऊनीहरुको दुहुनो गाई बनेका हुन्छौ। त्यतिमात्र होइन हाम्रो अस्तब्यस्त सुक्र’bout भिड हटाउन प्रसासनले धेरै पटक बल प्रयोग गरेको देखिएको छ। हामी कति बकम्फुसे देखिएका रहेछौँ।
बिश्वभरि छरिएका नेपालीको क्षमता र सामुहिक लगानी मार्फत देशको सामाजिक र आर्थिक रुपान्तरण गर्ने अभियानका साथ सन् २००३मा स्थपीत गैरआवसिय नेपाली सघं आजसम्म पनि आम साधारण काम गर्ने कतारबासी नेपालीसम्म यस बिषयमा कुनै नियमित ठोस कार्यक्रम लिएर आएको छैन। कतारको NRNको गतिबिधि पनि राजनैतिक खेलमा मज्जाले डुबेको छ। हामी जस्ता सानोतिनो काम गर्ने मज्दुरहरुलाई जिविकोपार्जनको लागि ब्यवसयिक बनाउने काममा जुट्ने हो भने NRN जस्तो संगठनले अति प्रभावकारी भूमिका खेल्न सक्छ । बिदेशिएका नेपाली श्वदेश फर्किदा देशलाई पुग्ने जनसक्ति, ज्ञान-प्रबिधी र लगानीका साथ फर्कन सक्छन् केहि बर्षमानै , यसलाई परिचालन गर्ने संयन्त्र अहिले नै बिकास गर्ने हो भने, तर हाम्रा NRN प्रतिनिधिलाई यो समयनै कहा मिल्ला र? पैसा कमाउनु, कुनै संगठनमा ठूलो पद सम्हाल्नु तर राजनितिक नगर्नु सायद एक सफल नेपालीलाई नसुहउने कुरा होला, त्यसैले हाम्रो समयको यो बाद र पदको राजनितिले हामीलाई बिदेशमा र के सायद पाताल भासिएपनि छोड्दैन।
हामी नेपाली माझमा आएको दुई साप्ताहिक पत्रिकाहरुले पनि खासै यस्तो विषयमा चाख दिएर कुनै नियमित लेखहरु सम्प्रषण गरे जस्तो लाग्दैन। सञ्चारले यहाँ नेपालीलाई धेरै कुरा दिन सक्छ । नेपालीको जिवनस्तर उकास्न खास केहि काम गर्न नसकेका राजनितिज्ञ भनाउदाका राजनितिक गफलाई अलि छोट्याएर हामी यहाँ बस्ने नेपालीलाई देश फर्केपछि केहि गर्न सक्ने बन्नलाई संगठित रुपमा काम गर्ने र गराउने प्रबिधि र कामाएको एक-एक पैसा संकलन गरेर नेपालमा व्यवसायिक बन्न सक्ने सम्भावना र आजको आवश्यकतालाई पत्रिकाको पाना मार्फत छलफल चलाउन सक्छ जुन आजको हाम्रो अपरिहार्यता बनेको छ ।

झापा, हाल दोहा-कतार

कतारमा हुने विश्वकपमा नेपाललाई अवसर

-दिनेश रेग्मी
– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२२ को फुटबल मध्यपूर्वी देश कतारमा गर्ने निर्णय गरेपछि यस’bout विश्व जगतमा चासो र चर्चा सुरु भएको छ । फिफाले विश्वकप आयोजना गरेकामध्ये कतार क्षेत्रफल र जनसंख्या आधारमा सबैभन्दा सानो हो । यसको क्षेत्रफल ११ हजार ५ सय २१ वर्गकिमि छ, लम्माइ करिब २ सय किमि र चौडाइ १ सय किमि छ । अरबी सामुदि्रक क्षेत्रमा अवस्थित कतारको दक्षिणमा विशाल देश साउदी अरेबिया छ र अन्य सीमामा बहराइन, संयुक्त अरब इमिरेट्स, इरान पर्छन् । कतारमा जनसंख्या १९ लाख पुगेको अनुमान छ । कतारको आन्तरिक मन्त्रालयको वेबसाइटका अनुसार, कतारवासीको संख्या ७ लाख ४३ हजार छ । बाँकी सबै आप्रवासी कामदार हुन् । कतारको विकासमा यिनै आप्रवासी कामदारको महत्त्वपूर्ण भूमिका रहिआएको छ ।

विश्वकप जून-जुलाई (असार-साउन) महिनामा पर्छ, जुनबेला कतारको तापक्रम ५० डिग्री सेन्टिग्रेटको आसपासमा हुन्छ । प्रतिव्यक्ति वाषिर्क आय ७० हजार डलरभन्दा बढी रहेको कतार विश्वकै धनी मुलुकमध्ये पर्छ, जसको आम्दानीको स्रोत पेट्रोल, ग्यास र कच्चा तेल निर्यात हो । फिफाको घोषणापछि कतार मध्यपूर्वमा विश्वकप आयोजना गर्ने पहिलो मुलुक बनेको छ । विश्वले कतारको तापक्रम, सानो मुलुक भएका कारण ट्राफिक जाम, मानवअधिकार, खुलापनको अभावजस्ता विषयलाई चुनौतीका रूपमा हेरेका छन् । तर कतारले यी चुनौतीलाई स्वीकार्दै र ‘केही गर्ने अवसर’का रूपमा विश्वकपलाई शानदार ढंगबाट गर्ने उद्घोष गरेको छ ।

द्रुतत्तर विकास निर्माणमा जुटेको कतार अब विश्वकपको आयोजनासँगै झन् रफ्तारमा जाने निश्चित छ । विश्वकपका लागि कतारले अबको ५ वर्षमा १ खर्ब डलर खर्च गर्ने योजना बनाएको छ । जसमा वाषिर्क ५ करोड यात्रुलाई सुविधा हुने नयाँ विमानस्थल निर्माणाधीन अवस्थामा छ । यो एक वर्षभित्र सम्पन्न गर्ने उसको लक्ष्य छ । विश्वकपका लागि कतारले वातानुकूलित ९ वटा नयाँ रंगशाला बनाउँदैछ भने ३ रंगशालालाई स्तरोन्नति गर्ने भएको छ । कतिपय रंगशाला ‘रियुजेबल’ -उक्काएर अन्यत्र लैजान मिल्ने) बन्दैछन्, जुन विश्वकपपछि कतारले अविकसित मुलुकहरूलाई दिने भनेको छ । उद्घाटन तथा समापनका लागि बनाउन लागिएको लुजेइल आइकोनिक रंगशाला ८६ हजार २ सय ५० सिट क्षमताको छ । हरेक रंगशालामा पुग्नेगरी मेट्रो-रेल कुदाउने र होटल संख्या बढाएर बसाइको सहज व्यवस्था मिलाउने उसको लक्ष्य छ । फिफाको मान्यताअनुसार विश्वकपका लागि होटलमा सुविधासम्पन्न ६० हजार बेड सुविधा हुनुपर्छ । कतारमा हाल ३० हजारभन्दा बढी बेड सुविधा छ भने यसलाई उसले अझ बढाउनु पर्नेछ । त्यस्तै फन-पार्क, बाटो, बगैंचा, रुखबिरुवा रोपण, आवासीय भवन लगायतका धेरै निर्माण गर्ने कतारले योजना बनाएको छ । यही बीचमा कतार-बहराइन जोड्ने ४० किमिको सामुदि्रक पुल (कज-वे) पनि निर्माण हुँदैछ ।

भौतिक पूर्वाधार निर्माण गर्न कतारसँग आर्थिक स्रोत-साधनको कुनै खाँचो छैन । उसलाई केवल जनशक्तिको आवश्यकता छ, जुन कतार आफंैबाट सम्भव छैन । हाल कतारमा सबैभन्दा बढी आप्रवासी कामदार अरब क्षेत्र र भारतीय छन् । त्यसपछि नेपाली छन्, नेपालीको संख्या साढे ३ लाखभन्दा बढी छ । अन्यमा पाकिस्तानी, फिलिपिनो, श्रीलंकन, इन्डोनेसियन, कोरियन, युरोपियन र अमेरिकी छन् ।

आफ्ना उर्वर युवाहरूले श्रम पोखिरहेका कारणले पनि नेपालले यतिबेला कतारतिर बढी ध्यान दिनु आवश्यक छ । विश्वकप अवसरै-अवसरको सुनौलो मौका भएकोले यसलाई चुक्न दिनु हुँदैन । सन् २०१४ को विश्वकप आयोजक राष्ट्र ब्राजिल र २०१८ को रूस नेपालबाट भौगोलिक रूपमा टाढा र नेपालीको पहुँच न्यून भएकोले पनि कतार हाम्रालागि बढी सम्भावनायुक्त मुलुकको रूपमा देखापरेको छ । फेरि झन्डै तीन दसकयता नेपालीहरू कतारको विकास निर्माणमा प्रत्यक्ष संग्लग्न रहेकाले नेपाली श्रमिकहरू कतारले पाएको अवसरमा साथ र सहयोगको साझेदारी चाहन्छन्, यो स्वाभाविक पनि हो ।

चार घन्टाको हवाई दूरीमा पर्ने कतारमा हाल ७० प्रतिशत नेपाली अदक्ष (लेबर) छन् भने बाँकीमा अर्धदक्ष र दक्ष कामदारका रूपमा छन् । अहिले कतारमा साढे २ सय इन्जिनियर, करिब ५ सय ओभरसियर, ३ चिकित्सकसहित करिब १० स्वास्थ्य प्राविधिक, लेखापाल, सेल्सम्यान/गर्ल, बैंकिङ सेवा, विमानस्थल कामदार, कार्यालय सहायक, कम्प्युटर, सूचना प्रविधि प्राविधिक, मेसन, कार्पेन्टर, चालक, होटल, वेटर, कुक लगायतका क्ष्ाेत्रमा कार्यरत छन् । साना-ठूला गरी करिब एक सय नेपाली व्यवसायी पनि कतारमा कार्यरत छन् ।

सन् २००६ मा १५ औं एसियाली खेलकुद आयोजना हुँदा कतारमा कार्यरत नेपाली व्यवसायी तथा कामदारले धेरै अवसर पाएका थिए । कतारले त्यतिबेला धेरै भौतिक पूर्वाधार निर्माण गरेको थियो । गतवर्ष आर्थिक मन्दीका कारण केही सुस्त देखिए पनि कतारले अब विश्वकपका लागि द्रुतरूपमा जुट्ने उद्घोष गरिसकेको छ । नेपालले यस्तो बेला कूटनीतिक रूपमा पहल गरी दक्ष र अर्धदक्ष कामदारलाई बढाउनु जरुरी छ । यसो गर्न सकियो भने यसले नेपालको शैक्षिक बेरोजगारीलाई टेवा दिनेमात्र होइन, अर्थतन्त्रलाई पनि सक्दो सहयोग पुर्‍याउने छ । हाल झन्डै दुई करोड रुपैयाँ कतारबाट रेमिट्यान्स भित्रिने गरेको छ, यसलाई बढाउन सीपयुक्त जनशक्ति पठाउनुपर्छ । कतारमा कार्यरत नेपाली व्यवसायी तथा निर्माण क्षेत्रमा अनुभवी अरू व्यवसायीले पनि लगानी र व्यावसायिकताको वृद्धि गर्न जरुरी छ ।

अहिले कतारमा नेपाली भन्नासाथ धेरै विदेशीको मानसिकतामा गरिब, अशिक्षित र लेबर कामदारको रूपमा देखिने गरेको छ । सरकारले नै दक्ष र अर्धदक्ष कामदारको सुरक्षीत आप्रवासनको पहल गरी नेपालीको पहिचान बदल्ने यो अवसर पनि हो । कतारका लागि नेपाली राजदूत डा. सूर्यनाथ मिश्रले यही महिना कतारी श्रम मन्त्रालयका उच्च अधिकारीहरूसँग छलफल गर्ने बताएका छन् । कम्तीमा यहाँबाट सीपयुक्त माग बढाउन सकियो र स्वदेशबाट न्यूनतम शुल्कमा जनशक्ति पठाउन सकियो भने कतारमा आयोजना हुने विश्वकपबाट नेपालले पनि फाइदा उठाउन सक्नेछ । त्यसका लागि अहिलेदेखि नै रणनीति तय गर्नु जरुरी छ ।

shabhar ; ekantipur.com

कतारमा नेपालीले नेपाली ठग्छन .

-करिम बक्स मियाँ

आज भोली कतारका विभिन्न सभा सेमिनारमा चल्ती चलनमा भएको एउटा थेगो \’\’हामी साढे तीन लाख नेपाली\’\’ हुन त हामी कति छौँ ठ्याक्कै कसैले भन्न सक्ने अवस्था छैन तथापि भाषणमा भूमिका बाँध्न उपयुक्त वाक्यको रुपमा साढे तीन लाख नेपाली अति नै चलाफिर्ता भएको छ । के ब्यापारी के समाज सेवी के राजनीतिका पारखी के सर्वसाधारण सबैको थेगो साढे तीन लाख नेपाली विभिन्न सभा सेमिनारमा निकै चर्को रुपमा उठ्ने आवाज हुन सिमित ठग दलाल र मानव तस्कर अनि तिनबाट ठगिएका प्रताडित असंख्य पिडित नेपालीहरु। यिनै आवाजले निम्त्याएको अर्को दुखद पक्ष हुन कतारका व्यबसायीहरु।।आम भाषामा कतै मानव तस्कर ठग वा दलालका कुरा चल्दा कताकति कतारमा विभिन्न ब्यबसायमा आवद्द भलादमीहरुमा छड्के प्रहार भएको महसूस विभिन्न मन्चमा ब्यक्त हुने आवाजले यदाकदा प्रस्ट्याएको हुन्छ ।नेपालीहरु यो दूरो देशमा काम गर्न आएको जति सत्य हो त्यति नै सत्य असंख्य नेपालीहरु विभिन्न शिर्षकमा ठगिएका ,प्रताडीत भएका

कुरापनि त्यति सत्य छ ।जति सत्य नेपालीहरु खाडीका विभिन्न मुलुकमा बर्बाद भएका घटना सुन्न देख्न वा पढ्न पाइन्छ त्यति नै सत्य यो पनि हो नेपालीहरुको बर्बादीका कारक कुनै न कुनै रुपमा केही नेपाली व्यबसायीहरु नै रहेका हुन्छन् । कतारकै हकमा कुरा छेड्ने हो भने बिगत तीन दशकको नेपाली कामदार आगमनको प्रत्यक्ष संलग्नताले यहाँ धेरै खोला बगी सकेको छ एक दुइ तीन हुँदै आज कतारमा थेगो कहन थालिएको छ \’\’हामी साढे तीन लाख नेपाली\’\’यसै बिच धेरै बाध्यताका पहाडसंगै धेरै नेपालीले परिवर्तनको स्वाद लिन सकेका पनि छन् भने राज्य रेमिट्यान्सको माध्यमबाट देशलाई असफल हुनबाट जोगिई रहेकोपनि छ ।दैनिक जसो दुई दर्जनका हाराहारीमा नेपालीहरु विभिन्न समस्याका शिकार भएर नेपाली नियोगको आँगन चहारेका हुन्छन भने प्राय: सबै जसो सभा सेमिनार दुई धारमा बिभाजित भएर भाषणबाजी गरी रहेका हुन्छन्। यो एउटा नजिर नै बनेको छ यहाँ ,तर कहिले सम्म? यदाकदा पिडत नेपालीहरुका पक्षमा वकालत गर्दा, व्यवसायका नाममा भीसा कारोबारीलाई तस्कर ,ठग दलाल को संज्ञा दिईदा अन्य व्यबसायीहरुलाई धक्का लाग्नु जरुरी छ? त्यसैले बेला मौकामा एउटा बहस उठ्ने प्रयास भएको हुन्छ व्यबसाय भनेर मात्र हुँदैन व्यवसायीहरुको स्पस्ट सिमा औलिनु जरुरी छ ,कतारमा निर्माण क्षेत्र,होटेल, दोकान ,बिसा कारोबारी, सडकमा बसेर अवैधानिक कारोबार गर्ने सम्मको जमात नेपाली समुदायमा छ।।।वास्तविक व्यबसाय के हो? कसलाई व्यबसायी भन्न सकिन्छ? यहाँ व्यवसायका नाममा भिसाको कारोबार गर्ने हरुका ’boutमा बहस भै रहंदा अन्य व्याबसायीहरुलाई कुनै प्रकारको खेद हुनु अनौठो लाग्छ । खासगरी व्यबसाय त सबै प्रकारका हुन सक्छन सडकमा बसेर प्रतिलिपी सीडी बेच्नेदेखि भिसाको कारोबारमा नेपालीलाई अनाहकको पिडा दिने देखि ।।।।।विभिन्न सेक्टरमा रहेर निर्माणको काम होस् वा रेस्टुरेन्ट अथवा दोकानदारी सबैलाई समेटेर भन्नु पर्दा कुनै न कुनै रुपमा सबै ब्यापार त हुन नि?तर चुरो कुरा के भने कुनै ब्यापार वैधानिक हुन्छन त कुनै अवैधानिक ।यहाँ कसैले अवैधानिक ब्यापार र व्यापारीको बिरुद्द बोल्दा वा लेख्दा केही वैधानिक पक्षलाई चोट किन पुग्छ?

यही कारणले नेपाली समाजमा अष्पष्ट तर धार देखिने गरेको छ ।हामी गर्व गर्न सक्छौ नितान्त श्रम बेच्न आएका नेपाली आफ्नो अथक मिहिनेत परिश्रमका बावजुद आज विभिन्न बिधाका व्यबसायी बन्न सफल भएका छन ,तर यसो भनी रहंदा पैसाको निमित्त नेपालीलाई हवाई अड्डादेखी भेंडीगोठसम्म भयावह जीवन संघर्ष गर्न बाध्य पार्ने ति कथित व्यवसायीका बिरुद्द स्पष्ट रुपमा सिमा रेखा कोर्ने काम कसले गर्ने? व्यवसायको स्पष्ट व्याख्या गरी वास्तविक व्यवसायको गरिमालाई कसले उकास्ने? आज कतारको नेपाली समाजमा देखिएको चुनौती यहि हो ।।।एउटा निर्माण कम्पनीको तुलना प्रतिलिपी सीडी बनाउने गिरोह संग गर्न कदापी मिल्दैन ।रेष्टुरेन्टमा नेपाली खाना पस्किनेको तुलना सडकमा सुर्ती खैनी बेच्नेसग गर्न मिल्दैन ।समग्रमा अवैधानिक कारो’boutको तुलना वैधानिक कारोबारीसंग गर्नै मिल्दैन ।त्यसै गरी मेन पावर व्यवसायका नाममा तेस्रो मार्ग अवलम्वन गरेर राज्यको कानुन मिच्ने, नेपालीलाई बेहाल बनाउने भिसा करोबारीहरुलाई कहिँ कतै कुनै वैधानिक ब्यबसाय सर्कलमा राख्न मिल्दैन ।यदि व्यवसायका नाममा नेपाली जनलाई अलपत्र देखि झुटा आश्वासन बाँडी विभिन्न प्रकारका पिडा दिने जस्ता प्रकृतिका ब्यापारेहरुको कित्ता काट्ने काम खुद यहाँका व्यबसायीहरुले नै गर्नु आवश्यक छ। नेपाली संगठीत हुनु आफैंमा समयको माग हो र नेपालीको आस्थापनि,तर संगठित बन्दै गर्दा एक गाग्रो पानीमा एक थोपा फोहोर पानी मिसाउँदा सबै पानी दुषित बन्न सक्छ ।कतारका मन्चहरुमा व्यक्त गरिने अभिव्यक्तिहरु खास गरी भिसा कारोबारी गर्ने हरुका बिरुद्द हुन्छन यसको असर अन्यमा पर्नु असामान्य कुरा हो। जुन कुरा अवैधानिक हुन्छ त्यस्ता कार्य गर्ने र आफुलाई व्यवसायी भन्ने हरुको पहिचान स्पष्ट गरी नेपाल सरकार होस् वा कतार सरकारको कानुनी मापदण्डलाई पच्छ्याउने व्यबसायीहरुले सकारात्मक भूमिका निर्वाह गर्नु जरुरी छ ।नेपाल सरकारबाट मान्यता प्राप्त केही मेन पावर ब्यबसायीहरु कतारमा बसेर कारोबार संचालन गरेका हुन्छन ,तर तिनले गर्ने काम नेपाली दूताबास,चेम्बर अफ कमर्स वा त्यो मार्गबाट हुँदैन चोर बाटोबाट भिसा कारोबार भै रहेको तथ्य छ ।

हुनु पर्ने त सबै खाले ब्यबसायीहरुले भिसा डिमाण्ड नेपाली नियोगमा दर्ता गराउनु पर्ने हो तर त्यसो हुँदैन नेपालका दलालहरुसंग मिलेर तेस्रो बाटो अख्तियार गरिन्छ फर्जी कागजातको भरमा मान्छे सप्लाईको कारोबार गरिन्छ अनि मन्चमा उभिएर भन्नेलाई कि हामी नेपाल सरकारबात लाइसन प्राप्त हौँ हामीले मजाले कारोबार गर्छौं र हामी ब्यबसायी हौँ भन्दै गर्दा यदि खण्डन हुन्छ भने वैधानिक ब्यबसायीहरुले खण्डनको स्वागत गर्नु पर्छ । राज्यबाट प्राप्त लाइसन फर्जी कारोबारका निमित्त दिईएको त पक्कै हुँदैन न त उसलाई लाइसनका आडमा राजस्व छल्ने अख्तीयार दिइएको हुन्छ।चोर बाटो अख्तियार गरी सोझासाझा गरिब निमुखा नेपालीलाई फर्जी कारोबारको साधन बनाउने काम त्यो व्यबसाय हुनै सक्दैन। यस्ता काम तस्करी हो तस्करी राम्रा कारोबारीले गर्दैन तस्करी राष्ट्रप्रेमीले गर्दैन अनि तस्करी मानव तथा न्यायप्रेमीले गर्दैन यदि यस्ता कु-कृत्य कसैले गर्ने हिम्मत गर्छ भने त्यो त्यो अराष्ट्रिय तत्व हुन्छ त्यो तस्कर नै हुन्छ; त्यो दलाल नै हुन्छ अनि त्यो नै ठग र अमानव हुन्छ ।तत्वका बिरोधमा उठेका आवाजहरु साढे तीन लाख नेपालीहरुको साझा सवाल बन्नु पर्छ ।सिमित वर्ग र तिनका करतूतका ’boutमा निस्कने आवाजलाई सम्मान जनक रुपमा अंगीकार गरी अगाडी बढ्ने परम्परा बस्न सके फेरी नेपाली दाजुभाई दिदी बहिनीहरु हवाई अड्डादेखी भेंडी गोठसम्म क्लिनिंग कम्पनीदेखी घरेलु कामदारसम्म समस्याको चौघेरोमा बाँधिने छैनन् अनि नेपालीले नेपालीको आँशु बगाउन सक्ने छैनन् त्यस बेला हामीले भन्ने थेगो “हामी साढे तीन लाख नेपाली ” वास्तवमा थेगो मात्र नभई गर्वको उद्गार हुने छ हामी नेपाली अ नि हामी सबै नेपाली भने झैँ …………..

इदमा एक साँझ

-महेश्वर नेपाल
इद आउन १ हप्ता बाकी नै थियो । इदको छुट्टी कसरी मनाउने होला भनेर सोच्दै गर्दा फोसबुकमा साथिहरुले केहि समयअगाडी उमसाइडमा गएर पौडि खेल्दै सेकुवा बनाएर खाएको फोटोहरु अपलोड गरेका थिए । इदको समयमा ३ दिन बिदा हुने भएकाले दोहामा बिभीन्न कार्यक्रमहरु पनि थिए ति कार्यक्रमहरु तिर मनै गएको थिएन । राती गएर समुद्री तटमा रमाइलो गर्ने चहाना धेरै थियो । चहाना मात्र भएर नहुने रहेछ । आफु सित सबारी साधन नभएकाले गर्दा के गर्ने होला भनेर फेसबुकमा घोरिदै गर्दा फेला परे धादिङका हरि नेपाली उनि सित इदमा उमसाइड जाने योजना बनाए उनले लै जाने भए जाउ भन्न थाले तर उनि संग पनि सबारी साधन थिएन ।
गाडिवाल गोर्खाका अर्का मित्र गणेश बानिया पनि फेसबुक मा पुर्ब बाट घाम झुल्किए जसरि झुल्किए । उनि संग केहि कुरा गरेपछि स्वकृती जनाए । उता अर्का स्याङजाली मित्र लक्ष्मण भने केहि समय अगाडि आफुलाइ छाडेर उमसाइड गएको फोटो फेसबुकमा देखे देखि मुरमुर्मीरी रहेका थिए साथिहरु गणेश र हरि सित । उनि सित गाडि छकी भन्दै उनि सित पनि यस बिषयमा कुरा राखे उनि पनि फुस्रदिला थिए ।
योजना बनाउदा बनाउदै इद आइ हाल्यो तर योजना पछि साथिहरु बेपत्ता भए । उक्त योजान चौपट भएजस्तो लाग्यो र लागियो दोहा सिनेमा हलमा जहाँ स्याङजा सेवा समाजले नेपाल बाट कलाकार झिकाएर कार्यक्रम गर्दै थियो । अघिल्लो दिन मात्रै उक्तकार्यक्रम हेर्न जाने योजना बनाइएको थियो । गोर्खाका मित्र राजेश्वर र म त्यता तिर लाग्यौं हामी हल भित्र छिरी सकेपछि फेला परे अर्का ओखलढु¨े मित्र इश्वर दहाल कवि जी तिन जान मिलेर कार्यक्रम हेर्दै थियौं कविजीको मोबाइलमा गोर्खाकै श्रीकृष्ण दाइले फोन गरे र उमसाइड जानेभए जैदापार्कमा आउन आग्रह गरे । कार्यक्रम पनि भने जस्तो रमाइलो नभएर छटपटि भइरहेको थियो । तै साथीहरुले छाडेनछन भन्ठानेर कार्यक्रमलाइ बिचैमा हापेर लाग्यौ तिन भाइ ट्याक्सी चढेर जैदा पार्क तर्फ । पार्कमा हामिलाइ कुरेर बसेका रहेछन ३ जना साथिहरु गाडि छ एउटा मान्छे भइयो ८ जना एउटामा ५जना भन्दा जान नसकिने अरु साथिहरु ३ओटा गाडि लिएर हामी दोहा छदै पुगिसकेका रहेछन । पर्नु आपद पर् यो । फेरि त्यति नै बेला कार्यक्रम बाट उठाएर ल्याएको साथि राजेश्वर भने भाउ खोज्न थालीहाले । उनको प्रेसमा पनि जानेकाम भएकाले हामीले त्यति धेरै कर भने लगाएनौ । साँझ पर्न लागीसकेको थियो बल्ल तल्ल ५ जना भएर गणेश जिको टाटा मोबाइलमा चढेर लागीयो उमसाइद तिर । उताबाट साथिहरुले फोन गरेको गरै थिए कहाँ आइपुगीयो भनेर हाम्रा चालक मित्र गणेश र संकल्प पनि कम्ति थिएनन् एयरपोर्ट अगाडि हुदै अल वाक्रा कटिसकेउ भन्दै थिए । हामी उमसाइद पुग्नै आटेका थियौं कविजीलाई राजेश्वरले फोन गरेर फेशबुकको धम्कि दिदै फेशबुकमा यस्तो लेख्न भ्याएछन नपत्याए यो लिकंमा किल्क गरेर हेर्नु होस त । http://www.facebook.com/profile.php?id=1030668995

उता केहि साथिहरु ढिला गरेकोमा रिसाउदै थिए । १५ २० जनाको जमात रहेछ त्यहाँ । साथिहरुले सनैयामा काटेको भेडाको मासु र दाउरा बोकेर लाग्यौं बालुवाको थुप्रो भएतिर । जहाँ गोर्खाली दाई श्रीकृष्ण भटराई भेडाको मासु झिरमा उन्न ब्यस्त थिए भने गणेश लगायत शुशिल दाई क्याम्प फायर गर्न ब्यस्त थिए । म भने कविजी र लक्ष्मणको साथ लगाएर फोटो खिच्न र खिचाउनमै ब्यस्तभए । त्यस पछाडि करिव तिन घन्टा सम्म समुन्द्रि तटको चिसोहावा सगैं भेडाको सेकुवा खवुज र माछा खादै रमाइलो गरियो । प्राय सबैको हातमा क्यामेरा भएकाले सबै जना फोटो खिच्न पोज दिदै थिए नपतयए लौ हेर्नुस फोटो हरु । कोही साथिहरु भने चिसो सिरोटोकै तालमा ठिउ ठिउ काम्दै थिए । चिसो बढेकाले र केहि साथिहरुको भोलि पल्ट डिउटी भएकाले सबै आ आÏनो क्याम्प जाने तर्खर गरेर फर्कियौ ।