Archive for the ‘बाबुगोर्खालीलाई माया गर्नेहरु’ Category

एउटा साधुको कथा

                                                                                  -आनन्द “अलपत्र”

एउटा साधु एउटा पिपलको बोट मुनि बसिरहन्थ्यो । त्यो साधुले त्यहि पिपलको बोट मुनी बसेर आफ्नो जिन्दगी चिसो अनि शितल हावा संगै गुजारी आफ्नो अतितलाई याद गरि त्यहि स्वच्छ अनि चिसो हावाको प्रतिक्षा गरि रहन्थ्यो । एकदिन त्यहि पिपलको बोटमुनी बसी रहेको बेला केही चराचुरुङगीहरुको चिर्विर चिविर आवाज सुनेर साधुले आफु माथीको रुखमा हेर्दा त्यहाँ दुईबटा चराहरु देखा पर्छ । अनि ति चराहरु एक आपसमा माया गरी एक अर्कामा जिस्कीइ लडी रहन्छ । अनि ति चराहरुको आफ्नो पन देखेर साधुलाई आफ्नो जिन्दगी याद आउँछ ।

साधु एक गाउँको लगनशिल अनि मेहनती केटा थियो स्कुलमा सबै विधार्थीहरु भन्दा धेरै अंक ल्याएर सधै प्रथम श्रेणीमा उत्तिण हुन्थ्यो । पढाईको शिलसिलामा उसकै कक्षामा पढ्ने एउटी केटी पनि थिइन । केटी पढाईमा खासै जान्ने नभएपनि कक्षा भरिमै अनुसासितका साथ साथै निकै राम्री पनि थिइन । साधु कक्षामा सबै भन्दा जान्ने भएकोले उनका साथीहरुले सोधपुछ गर्ने गर्थे । यसै क्रममा ति केटी पनि केही कुरा सोधु भनि साधु तिर जान्छिन । यसरी पढाइको सिलसिलामा सोधपुछ गर्दा गर्दै उनीहरु निकै घनिष्ट साथीत्वको रुपमा बदलिन्छन । उनीहरु यसरी एकआपसमा मनपराएको थाहै हुदैन । अनि उनीहरुले आफ्नो मनको भावना एक अर्कामा ब्यक्त गरी छोटो समयमै एक विश्वासको डोरीले वाधी पवित्र मायाको कसम खाई अटुट बन्धनमा बाधिन्छन ।

उनीहरु एक अर्कामा आफ्नो ज्यान भन्दा पनि माया गर्थे । उनीहरु माया पि्रतीका मिठा मिठा कुरा गर्दै कहिले कहा त कहिले कहाँ भेट्ने गर्दथे । एक दिनको कुरा हो जंगलको एक पाखामा बसी माया पि्रतिको ’boutमा तिता मिठा कुरा गरीरहेका थिए आफ्नो पवित्र माया कहिले मर्न नदिई अमर गराउने कोसिष अनि आफ्नो जिन्दगीको लागी त्यहि पवित्र मायाको अटल विश्वास राखी कहिले काही भविष्यको ’boutमा सोची आफ्नो मायामा खोट लाग्ने खालका कुराहरु गरी एक आपसमा निरासापन जगाई यस्ता यस्ता अतितवर्तमान अनि भविष्यको ’boutमा कुराहरु गरीरहेका थिए । यी कुराहरु गरिरहेका बेला –
साधु -नानु यदि दुर्भाग्यवस हाम्रो माया अधुरो भई हामी टाडीनु पर्यो भने क गर्ने
केटी ः -यस्तो कुरा नगर्नु कहिले पनि । भन्दै आफ्नो हातले उसको ओठमा छोपी दिन्छ । अनि यस्तो कहिलै नहोस यदि भइहाल्यो भनी यो दिन देख्नु भन्दा पहिला यो दुनियाबाट नै जानु परोसकिनकी म तिमी बिना वाच्न सक्दिन । यो संसारमा तिमी छौ त सबै छ तिमी छैन त केही पनि छैन । म तिमी बिनाको पल सोच्न पनि सक्दिन । यदि म मरेर गए पनि तिमीलाई सधैभरी सताई रहन्छु । चिसो हावा बनि तिमीलाई सताई तिम्रो आसपास घुमिरहन्छु ।
साधु ः– साच्ची कै तिमीले मलाई यति धेरै माया गर्छौ कहिले काही त डर लाग्छ । कतै तिमीले मेरो यो मायालाई विसर्ि कसैको एकैछिनको साथ पाएर विसर्िने पो हौकी…। केटी मान्छेको मन त हो नी कतिखेर बदलिन्छ थाहै हुदैन ।
केटी ः– हुन्छयदि तिमीलाई मेरो विश्वास लाग्दैन भने तिमी संगै बसेर के फाइदा भन्दै विरानो मन बनाई जान लाग्छिन…॥

साधु ः ए नानु रोक न… मै त ठट्टा पो गरेको त …भन्दै अङकमाल गर्यो । नानु तिमीलाई यो संसारमा सबै भन्दा राम्रो के लाग्छ
केटी ः मलाई सबै भन्दा राम्रो तिमी भएको ठाँउ लाग्छ । जहाँ तिमी छौ त्यही ठाउँ मात्रै मन पर्छ तिमी बिनाको ठाउँ त के कुरा तिमी बिनाको एकपल सोच्न सक्दिन…॥ अनि तिमीलाई नी …।

साधु ः मलाई त………मलाई त गुलावको फुल अति नै मन पर्छ । तिमीलाई थाहा छ गुलावको फुल चोखो मायाको प्रतिक हो । वास्तवमा भन्नु पर्दा तिमी पनि एक गुवालको फुल हौ । अनि तिमी फुल जस्ती राम्री अनि हास्दा त झनै अप्सरा जस्ती देखिन्छौ । त्यसैले मलाई गुलावको फुल अति मनपर्छ ।
यति भन्न नपाउदै नानुले पारी पाखामा ढकमक्क गुलावको फुल फुलेको देख्छीन अनि छौड्दै फुल टिप्न जान्छिन । अनि साधुले बोलाउदै ए कहाँ जान लागेको यता आउन भनि चिच्याउछ । अनि नानुले हतारिदैहातैभरी काडाँले गोपी फुल टिपेर ल्याछिन ।

त्यो साधुको लागि भनेर डाँडा काडाँ पनि भननि हातैभरी रगतले भिजाई फुल टिपेर निकै नै रमाई ल्याएको बेला अचानक नानुको खुट्टामा ठेस लागेर भिरबाट खस्छिन । साधुले यो देखेर एकनासै हेरीरहन्छ । अनि केही बोल्न सक्दैन एक्कासी साधु पागल जस्तै हुन्छ । चन्द्रमा बिनाको रात झै जिन्दगी बिनाको संसार झै जता ततै अन्धकार छाए जस्तो हुन्छ । तर पनि साधु उसको लागि केही गर्न सक्दैन । अनि साधु आँखाभरी आँशु लिई घुडाले भुई टेकी कराउदै हे भगवान यो के देख्नु परेको । अब म कसरी वाच्नु यहाँ मेरो खुशी किन लुटेर लग्यौअपाङग बनाइदियौ मलाई । मलाई पनि लैजाउ भगवान मलाई पनि लैजाउ भन्दै आफ्नो थरथरी कामेको हात भुईमा बजाउदै रुन्छ ।
यसरी रुदै कराउदै गरेको बेला आफ्नो शिर माथीको चहकिलो घाम क्षितिजपारी पुग्दा पनि थाहा हुदैन । अनि साधु आफैलाई सम्हाली आफैलाई धिक्कारी घर फर्किन्छ । अनि यो सबै कुराहरु सहन नसकि भगवानलाई पनि धिक्कार्दै सायद मेरो खुशी यहि दिन सम्म मात्रै रैछ । जुन चिजलाई मैले भगवानसंग माग्ने गर्ने सधै भरीत्यहि चिज भगवानले नै मबाट खोसेर लग्यो । के गर्नु राम्रो चिजको लोभ मानीसहरुलाई मात्रै होइन रैछ भगवानलाई पनि हुदो रैछ ।
त्यसैले मेरै ज्यानलाई म बाटै खोसेर लगि दियौ । भन्दै रुदै कराउदा अचानक साधुको लामो लट्टा परेको कपाल हावाले हल्लाउदा पो होसमा आउँछ । अनि नानीले भनेको कुरा यदा आउछ ।
मसधै भरी तिम्रो छाया बनि पछ्याई रहन्छ ।हावा बनि तिमीलाई सताई रहन्छु यसरी नै सधै भरी तिम्रो आसपास घुमिरहन्छु । अनि साधु आँखा भरी आँशु लिएर सधै भरी त्यहि चौतारीमा बसीसुमधुर हावाको प्रतिक्षा गरि बसी रहन्छ । अझै पनि त्यहि चौतारीमा कसैको प्रतिक्षामा बसीरहेको छ ।
यसरी एउटा साधारण ब्यक्ति आफ्नो दुखीत कहानी र तड्पन जिन्दगीलाई विस्रन नसकि आफ्नो जिन्दगीलाई त्यागी एउटा साधुको रुपमा बदलियो । कसैको साथबिना बाचेको र यादले जलेको जिउदो लासलाई हेर्दा सबैलेसाधु जोगी नै भन्दो रहेछ ।

पृथ्वीबस्ती नवलपरासी
हाल ः दोहाकतार

लेखेर के हुन्छ र !

-दिनेश रेग्मी
“बहराइनको बोर्डरमा भेडीगोठमा भेटिएका छत्रबहादुर हरदम हाँसेर कुरा गरिरहेका थिए । मानौ उनीभित्रको दुःख अन्यत्र कतै लुकेको छ ।”
“बाटो विराउनु भो र ? विजुली घरबाट छिर्नुस्” भनेर सहकर्मी देवेन्द्र भट्टराईलाई मोवाईलबाटै छत्रबहादुरले गाईड गर्दै थिए । हामी जमेलिया बजारबाट पश्चिम तिर जाँदै थियौं । बाटो पत्ता लागेको थिएन । जती हेरे पनि विजुली घर देखिएन । बरु विजुलीका हाईटेन्सन लाईन मात्रै खुवै देखिन्थे । एउटा सानो घरजस्तो देखियो । यही हुनुपर्छ भन्दै हामी भित्र छिर् यौं । “हो हो” त्यहीबाट आउनुस् फोनमै छत्रले भने । हामी मरुभुमीको गतिले अनुभव लिदैं भित्र छिर्यौ र छत्रको आवासीय खेमा पुग्यौं ।
मरुभुमीको बिचमा टेन्ट हाउस रहेछ । मलाई त टुरिष्ट क्याम्प जस्तो लाग्यो- कुनै मैदानी भागमा । बास्तवमा बसाई त खुवै आनन्द । नजिकै भेडा- बाख्राका बथान । कुखुरा उत्तिकै । एउटा गधा पनि रै’छ-यातायातको लागि । अली पर ऊटहरु थिए । हामी उनको टेण्ट निर्मित क्याम्पमा बस्यौं । बिजुली थिएन । तर यतीबेला कुनै समस्या छैन गर्मीको । झन् टेण्टकै झ्याल ढोका काफी थिए- सितलको लागि । गर्मीमा पनि चिसो कै आशा तिनै दुला रहेछन् ।
छत्रको साथमा एउटा रेडियो । किचन पनि भित्रै । क्याम्पमा उनका सहकर्मी रहेछन- एक जना बंगालादेशी । बंगलादेशी ऊट हेर्दा रहेछन् छत्र भेडा- बाख्रा र कुखुरा । मिलेर बसेका छन् दुःख सुख बाँढ्छन् । बंगलादेशीलाई सुलेमानी बनाउन भने र उनी कुरा गर्न कस्सिए । उनको र देवेन्द्रको खुबै दोस्ती रहेछ शुरुमै देवेन्द्रलाई जिस्काए । “तपाई काठमाडौंमा कति फोन गरे । त्यो नम्बर त एक जना केटीले उठाई । बाटुलेचौरकी भन्थि । । के तपाईले विहा गर्नुभो र ? छत्रले एकै सासमा भने । “नचाईने कुरा । मोवाईल ? मसँगै छ कसले उठाओस्देवेन्द्र भन्दै थिए ।
यसअघि देवेन्द्रसंग लेखक खगेन्द्र संगौला पनि पुगेका रै’ छन्- छत्रको क्याम्पमा । उती बेलाका स्मरण पनि सुनाए । अहिले थिए- प्राध्यापक तथा साहित्यकार अभि सुवेदी । छत्र हाँसो गर्दै आफ्ना कुरा धाराप्रवाह सुनाउँदै थिए । देवेन्द्रले ुकुवेती दिदीबहिनीसंग खुव फोन हुन्छ होला नीु भनेर जिस्काए । छत्रलाई कुरामा झन् खुदो भएछ क्यारै । रौसिदै स्मरण सुनाउन थाले । उती अभि सर दीपक भेटवाल चाख लिएर रमाईलो बार्तालाप सुन्दै थिए । म टेण्टभित्रको वार्तालाप र माहोल डायरीमा नोट गर्दै थिए ।
“होईन तपाईले अघिदेखि के टिप्दै हुनुहुन्छ । छोडिदिनुस् भो टिप्न । लेखेर केही हुँदैन ।” उनी फेरी हाँस्न थाले । किन? मैले भनें । उनले भने- फेरी दोहोर् याए । छोडिदिनुस् लेखेर केही पनि हुँदैन । उनले दवेन्द्रसंग मुखामुख गर्दै फेरी थपे- “पत्रकारले यति छुस्स पाए भने पुरै ल्वाम्म छिराउँछन् ।” उनी हाँसेर भन्थे । ब्यङ्ग हो की साँचो छुट्टाउन गाह्रो भयो ।
“रेडियो रैछ । के के सुन्नुहुन्छ ? सोधें । उनले भने- “म बीबीसी सुन्छु । नेपाली हिन्दी र उर्दु वीवीसी । साझा सवाल खुबै मन पर्छ । तपाई बोलेको पनि सुन्छु । विहीवार बोल्नुहुन्छ नी “उनले प्रश्नमिश्रित स्वरमा भने ।” नेपालका समाचार कत्तिको सुन्नुहुन्छ पत्रपत्रिका कत्तिको हेर्नुहुन्छ सोधें । “नेपालमा सुन्ने लायकको के छ र खाली नराम्रै नराम्रो । राम्रो भन्ने केही छैन । के सुन्ने के पढ्ने त्यस्तो खबरु उनले नेपालको अबस्था एकै शासमा खोले ।
सात वर्षअघि कतार छिरेका उनी यहाँ दुःख सुखसंग खुब खेलेका रहेछन् । तर आज मैले उनमा दुःख देखेको छैन । जे कुरा गर्छन् हँसाउँछन् । बैशाखमा घर जाने तयारीमा रहेका छत्र जहाँ गए पनि भुल्न केही त गर्नै पर् यो भन्छन् । घर पुगेपछि के गर्ने निधो गरेका छैनन् । छत्रसँग पहिल्यै दुई पटक फोनमा कुरा भएको थियो- पीडितका समस्या ’bout । त्यसपछि भएको थिएन । उती बेला गंभिर थिए । तर आज मैले एकदमै भिन्न । कँहि कतै पीर छैन । हाँसै हाँसो । कुरा गर्ने शैली फरक । उनै छत्र हुन् सोच्छु । उनै ४३ वर्षीय छत्रबहादुर खत्री क्षँेत्री हुन् पाल्पा छहरा- ३ का । तर आज माहौल साँच्चिकै फरक छ ।
नोभेम्वर २५ २०१० मा  कान्तिपुर प्रवास साप्ताहिकमा प्रकाशित

बांकी जीवन तिम्रै यादमा बिताई दिन्छु …

सुभ दिन ,

मेरो हृदयभरीको प्रेम ,अनि मन भित्रका शब्दहरु, सदाबाहार सम्झना स्वरुप केवल तिम्रो नाममा । मानसपटलमा तिम्रो याद, सुमधुर आवाज अनि तिम्रो स्मृतिहरु सल्बलाई रहन्छ । कता-कता चिसो हावाले स्पस्र गर्दा पनि तिमी यहि मेरो साथमा भएको आभास हुन्छ । फेरी कल्पनामा तिमीलाई महसुस गर्छु । तर यर्थाथता अर्कै भईदिन्छ । आखा खोल्दा सबै बिलिन भएर जान्छ, खुला आँखा ले दिउसै सपना पो देख्न पुगेछु, तिम्रो यादमा हराउदा हराउदै ।मेरो जिन्दगीमा तिम्रो आगमन नै मेरो खुसीको महत्वपूर्ण पल बन्यो ।

जिन्दगीका केही पल मिठा हुन्छ भन्ने पनि आभास गरायो तिमीले । मेरो हृदयमा तिमीलाई सझाउने भाग्य त मेरो रहेनछ नै तर मेरो कुनै गुनासो हुने छैन । छोटो तिम्रो साथमा बिताएका मिठा पलहरुलाई आगामि बसन्तको पथपर्दशक बनाएर जिन्दगीको यात्रा बितेती गर्ने निर्णय गरेको छु ।
एक्लै हास्छु ,एक्लै रुन्छु । कल्पनामा तिमीसंग कुरा गरि रहेको हुन्छ । तिमी नै तिमी छाइरहन्छौ हरपल हरक्षण मेरो हृदयमा । हरेक पल तिमी संग विताएका यादहरुले तिमीसंग नै भएको आभास गर्छु । तिमीले दिएको मायाको अमिट छाप मेरो हृदयमा सजाएर राखेको छु । तिमी जहाँ छौ खुशी र सुखी रहु भन्दै बिदा हुन्छु ।

-स्प्राही

दोहा-कतार

किसुनजीको फर्माइस-भन्थिन् मेरी उनी…

-देबेन्द्र भट्टराई

“ए दीपबाबु ,त्यो छ नि तिम्रो एउटा गीत- भन्थिन् मेरी…भन्ने । हो, त्यो सुनौंन है…”यो नसोचेको फर्माइस आउनासाथै किसुनजी नजिकै बसेका गायक दीप श्रेष्ठ सुरुमा आश्चर्यमा परे, अनि छिनभरमैं सामुको हारमुनियममा औंला चलाउन थालिहाले । घरि नेता किसुनजीको अनुहार नियाल्दै ,घरि आफ्नै ध्याउन्नमा दीप गाउन थाले-”

भन्थिन् मेरी उनी

मेरो पाइला नटेकिदिनु

कुल्चिसकेकी छु काँडालाई

फूल भनेर…”

यो सम्झना झण्डै साढे तीन बर्ष अघिको हो । नेता कृष्णप्रसाद भट्टराई त्यसबेला भैंसेपाटीमैं शरतिसंह भण्डारी निवासमा बसोबास गर्थे, बाँडेगाउँ सरेका थिएनन् । उनै नेता किसुनजीको आग्रहमा एउटा मध्यान्हमा गायक दीप श्रेष्ठ भैंसेपाटी निवास पुगेका थिए, साथमा गायिका श्रीमती सोफिया गुरुङ लिएर ।

सबैले चिन्ने र सधैं भनिने “सन्तनेता”को गीत-संगीत अभिरुची के होला, दीपलाई केही पत्तो थिएन । कुनै भजन वा रागरागिनी होला कि भन्ने अनुमानसम्म थियो । तर कुरो अर्कै निस्कियो । “तपाईलाई जे मन पर्छ, त्यही गाउनुस् न दीपबाबु,सफा र सुकिलो बनेर हँसिलो मुद्रामा सामु बसेका किसुनजी भनिरहेका थिए । “तर होइन दाइको एउटा फर्माइस पाउँ नु भनेर दीपले आग्रह गरेपछि किसुनजीले परम्परागत होइन ,आधुनिक स्वादको भजन फर्माइस गरेका रहेछन्- भन्थिन् मेरी उनी…।

यो संयोग जुर्नुमा पनि एउटा कारण रहेछ । किसुनजीकी सहयोगी अमिता कपाली र दीप श्रीमती सोफिया दुबै साइभक्त रहेछन् । उनीहरु कहिले कालिकास्थान र कहिले नारायणचौरमा भजन गाउन भेटिने रहेछन् । यही साइ-नातामा अर्की भजन गायिका सुधा दिक्षीत पनि जोडिएकी रछिन् । यो संगतका ’bout अमिताले सुनाएपछि किसुनजीबाट अनुरोध आएको रहेछ-“लौ न त ’emको पनि गीत सुनौं न त…।”

“दाइलाई के सुनाउने, के गर्ने, के भन्ने केही थाहा थिएन । धन्य, अमिता बहिनीले आफू साइभजन अभ्यास गर्न घरमा एउटा कामचलाउ हारमुनियम राखेकी रहिछन् । त्यसैका भरमा गीत सुनाउने आँट गरेको थिएँ”,दीप सम्झँदै थिए ।

किसुनजीका मुखबाट “भन्थिन् मेरी उनी”को फर्माइस सुन्नासाथ दीप सुरुमा अचम्मित बनेका रहेछन् । झापाली गीतकार शिवशंकर थापाले लेखेको यो प्रेमगीत पहिलोपटक २०३० सालतिर गाइएको रहेछ राजा बीरेन्द्रको धनकुटामा शिविर चलेका बेला । गीतकार थापाले आफ्नै जीवनसँग जोडिएको प्रेमकहानीमा आधारित रहेर कलेजमा छँदै लेखेको गीत यतिका बर्षपछि उमेरमा ८० नाघेका सन्तनेताका लागि गाउनु आफैंमा अनौठो थियो ।

“गीत गाइरहेका बेला उहाँ घरी मसँग आँखा जुधाउनुहुन्थ्यो ,बेलाबेला सहयोगी अमितातिर पनि पुलुक्क हेर्नुहुन्थ्यो,”दीप आफ्नो अन्तरंग क्षण सुनाउँदै थिए । एउटा गीत सकिएपछि अर्कोका लागि पनि फर्माइस माग्ने कुरै थिएन । दीपले पनि नेता किसुनजीका चिनजानी अर्थशाश्त्री गीतकार डा.विश्वम्भर प्याकुरर्यालको कुरा निकालेछन् । “बिश्वम्भर हजूरको धेरै चर्चा गरिरहनुहुन्छ ,तारिफ गरिरहनुहुन्छ । उहाँको एउटा गीत सुनाउँ है…”,दीपले पृष्ठभूमीमा भनेका रहेछन् । गीत सुरु गर्नुअघि उनले स्याथीका शब्दहरु सस्वर सुनाएछन्-

“विश्वास गर

तिमीसँग पनि एकान्तमा

बस्ने धोको छ

हामी दुबैले एकअर्काको

अझ धेरै कुरा सोध्नु छ…”

“सुन त सुन दीपले के गाउँदैछुगीत गाउन थाल्नै लाग्दा किसुनजीले सहयोगी अमितातिर हेर्दै ठट्यौलो बनेर भनेका रहेछन् । “ए बिश्वम्भरले लेखेको हो राम्रो लेखेछ उसले”किसुनजीको प्रतिकि्रया थियो । बिश्वम्भरको यो गीत २०३९ सालतिर रेडियो नेपालमा रेकर्ड भैसकेको छ ।अरुभन्दा पनि सबैले भन्ने एउटा “सन्तनेता”को गीत-संगीतप्रतिको अभिरुची पनि सन्त खालकै रहेछ भन्ने दीपलाई लागिरहेको थियो । “सन्तनेताको गीत-संगीतप्रति शान्त स्वाद,दीप टिप्पणी गर्दै थिए । “उता बनारस छँदा खुबै गीतसंगीत सुनिन्थ्यो, मुजुरा नाच हेर्न पनि गैरहन्थें,”फुस्रदमा किसुनजी भनिरहेका हुन्थे-“गीतमा रमाउनु खुबै मज्जा आउँछ तर हिजोआजका गीत भने सुनेको छुइँन । यो राजनीतिमा चैं बुझ्नुभो दीपबाबु- फुस्रदै मिल्दैन, माहोल पनि भेटिन्न ।”

दीपका अनुसार किसुनजीमा अरु गीत पनि सुन्ने मुड थियो । तर धेरैबेरसम्म एकैठाउँमा बस्ने अथवा एकाग्र बन्ने बानी कम रहेछ उमेर र स्वास्थ्यको “केयरिङुका कारण पनि गीतको सेसन टुङ्गयाउनुपर्ने भएको थियो ।

गीतसंगीतको एकसरो माहोल टुङ्गिएपछि “आज त मैंले वाइन खान पाउँछु होला नि” भन्दै किसुनजीले अमितातिर फर्केर अनुमती चाहेछन् । सन्तनेताको सम्मान र खुशीका लागि त्यहाँ उपस्थित दीप ,सोफिया, सुधा, अमितासहितले किसुनजीसँग वाइन-ग्लास ठोकाउँदै “चियस्रु गरेका रहेछन् । अर्को एक ग्लास वाइन थप्ने इच्छा देखाएपनि सन्तनेतालाई त्यसो हुन दिइनछन् अमिताले । “ल अब दीपबाबुसँग म यहीं खाना खान्छु ,तिमीहरुभित्र जाओ” भन्दै आफ्नै कक्षमा किसुनजीले सादगी स्वादको लन्चमा दीपलाई आमन्त्रण गरेका रहेछन् । त्यसबेला सहयोगी अमिताले किसुनजीको स्वास्थ्य र स्वादअनुसार तौलेर ,अड्कलेर खाना ख्वाएको क्षण दीप अहिले पनि सम्झिरहेका छन् ।

सन्तनेतासँगको त्यो एकदिन एकदिनभित्रको पनि अढाइ घण्टालाई दीप अहिले “ऐतिहासिक क्षण”का रुपमा सम्झिरहेका छन् । जम्मा दुइवटा गीत सुनाउन पाएपनि शान्त-बिचारका गीतहरुप्रति ती नेताको स्वाद र इच्छा उनी सम्झिरहेका छन् । त्यसपछि एकपटक ओशो तपोबनमा किसुनजीसँग देखभेट भएपनि कुराकानी हुन पाएको रहेनछ । अन्तिम पटक भने दीप तीन साताअघि नर्भिक अस्पतालमा भेट्न गएका रहेछन् तर मौका मिलेनछ । “तर यत्ति हो किसुन दाइ आफैंमा एक सन्त र शान्त व्यक्ति हुनुहुन्थ्यो”दीप-सोफिया दम्पत्तिले बुझेको निचोड थियो-“उहाँ कतै एकान्तमा चुपचापै बसेपनि अझै बाँचिदिए हुन्थ्यो भन्ने लागिरहेको थियो ।”

मेरी हुन नसकेकी अस्मी…!

समय पनि अनौठो रहेछ । कहिले खुशीको सगरमा उडाउँछ त ,कहिले रोदको सागरमा डुबाउँछ । कहिले मिलन गराउँछ त कहिले विछोड। न यसले कसैलाई पर्खन्छ न रोक्न सक्ने तागत छ हामीमा ? चलिरहन्छ निरन्तर निरन्तर…।!!
उनी अर्थात अस्मी र म एउटै कक्षामा पढ्थ्यौ । अस्मीको मेहनती बानी, लजालु स्वभाव र मिजासिलो प्रवृतिले गर्दा सबैको प्रीय थिइन । उनको यहि बानीले मलाई पनि निकै अकर्षित गरेको थियो । हुन त उनी अरुभन्दा मसंग बढिनै घुलमिल हुने गर्थिन । सायद भगवानले पनि हामी दुई एक भएको हेर्न रुचाएका थिए होलान ? अस्मी र म आपसमा हरेक दुःख सुख साट्ने गथ्र्यौ । हामी वीचमा कुनै कुरा छिप्दैन्थ्यो । हाम्रो मित्रताको सम्बन्ध मित्रता भन्दा पनि प्रेमी प्रेमीकाको रुपमा परिचत हुँदै गयो । हामीले एक अर्कालाई राम्रोसंग बुझ्यौ र भविष्यको कल्पना गरी सँगै जीवन बिताउने निर्णय लिएका थियौ । तर त्यो सम्बन्ध हामी दुई वीचमा मात्र सिमित थियो । हाम्रो परिवारलाई सम्बन्ध ’boutमा जानकारी थिएन । परिवारलाई थाहा नदिनु नै आज अभिशाप भएको छ । सायद हाम्रो मित्रता परिवारलाई पहिले अवगत भएको भए यस्तो हुँदैन थियो होला ?
बिहानको चार बजेको हँुदो हो । फोनको घण्टी बज्यो । उठाएँ
त्यो परिचित नम्बर थियो । तर मात्र सुक्क सुक्कको आवाज सुनीयो । मनमा चिसो पस्यो । केही अनर्थ भएको अनुमान लगाए । नत्र पीडा, दर्द र दुःखहरु लुकाएर हाँसो भर्ने मेरी अस्मी आज अनायसै यो अवस्थामा हुन्न थिइन । सधै हामीले अझै धेरै गर्नुछ राज त्यसैले तिमीले आफ्नो
भविष्यलाई ख्याल गरेर काम गर्नु । यहाँको चिन्ता नलिनु भन्दै आश्वासनका थैलीहरु बाँड्ने मेरी अस्मीको यो हालत देख्दा मनमा चिसो पस्नु अस्वभाविक र नौलो अवश्य हैन । आफुलाई सम्हाल्दै उनलाई सोधे अस्मी, के भयो ? किन यसरी रोएकी ? उताबाट अझै वाक्य निष्किएन । मात्र सुक्क…सुक्क ………………॥धेरै विन्ति गरे पछि बल्ल उनको मुखबाट वाक्यहरु निष्किए । उनले भनीन राज अब म तिम्रो रहन सकिन……॥ उनले यति के भनेकी थिइन म छाँगोबाट खसे जस्तो भए
अनी भने अस्मी तिमी यो के भन्दै छौ ? तिमी होसमा त हो ? विवश उनले भनीन हो राज म होसमा नै छु । अब म तिम्रो हुन सक्दिन । हाम्रो परिवारले तिम्रो र मेरो सम्बन्धलाई स्वीकार्न सकेन । भन अब म के गरु ? उनी रुदै थिइन । मेरो पनि बोली अवरुद्ध भयो ……॥ आफुलाई सम्हाले अनि भने अस्मी म तिम्रो परिवारलाई सम्झाउँछु तिमी चिन्ता नगर । हैन राज अब सम्झाएर हुने केही पनि छैन । मेरो कुरै सकिएको थिएन उनी झन रुन थालिन । यदि तिमी यहाँ भएको भए परिवार पनि त्याग्न सक्थे । तर अब मसंग एउटा मात्र विकल्प छ त्यो हो आत्मा हत्या……।!
अस्मी के भने की यस्तो तिमीले उनको बोलि सकिनु भन्दा पहिले मैले उनलाई रोके । उनले भनिन राज हो मैले मृत्युलाई पिन अंगाल्न खोजेकी थिएँ तर तिम्रो मुख नहेरी मरे भने नर्कमा पनि ठाउँ पाउँदिन भन्ने लाग्यो त्यसैले अब म के गरौ भन्दै
बिलौना गर्न थालिन । मैले उनलाई सम्झाउने कोसिस गरे । अस्मी प्राप्ति मात्र प्रेम होइन त्याग
पनि प्रेम हो । पक्कै पनि तिम्रो परिवारले भलाई कै लागि यो कदम उठाएका हुन सक्छन त्यसैले अस्मी परिवारको निर्णयलाई स्वीकार गर । हाम्रो सम्बन्ध लाई एउटा मिठो सपनाको रुपमा लिनु ।समयको खेल वा भाविको लेखा सम्झनु । तिम्रो विहे हँुदैमा हाम्रो असल मित्रता त टुट्दैन नी हैन
र ?हामी जीवन साथी नबने पनि असल साथी त बन्न सक्छौ नी ?त्यसैले मेरो कारण तिम्रो बन्न
लागेको नयाँ जीवन भत्काउने कोसिस नगरे । यिद तिमी मेरो यो निर्णय मान्यौ भने सोच्ने छु तिमीले मलाई अझै सच्चा दिलले माया गर्छौ । त्यसैले अस्मि अब आफनो सुन्दर भविष्य बसाल । उनी धेरै रोइन म पनि ! त्यो हाम्रो अन्तिम रुवाई थियो । जुनपल अब फेरी आउने छैन ।
अहिले पनि हाम्रो सम्पर्क भै रहन्छ । अहिले त उनको सानो
परिवारमा अविनेशको पनि आगमन भएको छ रे । उनले खुशी हँुदै मेल लेखेकी थिइन । हाम्रो दुःखपूर्ण प्रेम कहानी उनको श्रीमानसंग पनि सियर गरिछन । उनको श्रीमानले पनि भेट्ने इच्छा जनाएको उनले मेलामा लेखकी थिइन । उनले लेखेकी रहिछिन राज अब मेरो एउटा इच्छा छ ।
मैले पनि उनको इच्छा के रहेछ जान्नको लागि रिप्लाई गरे । उनको इच्छा रहेछ मेरो विवाह भएको हेर्ने । मैले पनि उनलाई भने अस्मी कस्ले विश्वास गर्ला र मलाई …॥ तिमी भनन मात्र तिम्रो लागि केटीको लाइन लगाइदिन्छु । उनले मेरो लागि केटी हेरी सकेको जवाफ मेलमा लेखेकी थिइन । राज अब तिम्रो फर्कने बेला भयो आऊ अनि उनीसंग विवाह गर्नुपर्छ भन्दै मेल गरेकी रहिछिन हेरु के हुन्छ………… समयले कुन मोडमा पुर्याउने हो ,अनभिज्ञ छु ।
-राजेश्वर ढकाल
नवोदित साहित्यिक मोवाईल पुस्तकालयद्धारा प्रकाशित नवोदित बुलेटिन दोस्रो अंकमा प्रकाशित

कतारको सीप सदुपयोग गर्छु

बिभीन्न बहाना लिएर नेपालबाट युबा शक्तिहरु धमाधम पलायन भइरहेको बेलामा आफ्नो १२ बर्षे बिदेश बसाइको अन्त्य गर्दै चितबन भरतपुर ११का ३५ बर्षिया जनाव करिम मियाँ भने यहाँ सिकेको सिपलाई नेपालमै गएर केहि गर्ने योजना लिएर केहि दिन भित्रैमा नेपाल जाँदै छन ।
१९९८मा सादिया भन्ने कम्पनीमा स्टोर किपरका रुपमा आएका उनी केहि बर्ष देखी भने सेल्सम्यानका रुपमा कार्यरत थिए । बिरेन्द्र बहुमुखी क्याम्पस भरतपुर बाट आइए सम्मको अध्यान गरेका उनि२ सन्तानका पिता समेत हुन । प्रबासी नेपाली मुस्लीम समाज कतारको संस्थापक सह सचिब तथा हालको प्रथम उपाध्यक्ष समेत रहेका उनि मुस्लीम समुदायको हक अधिकार र पहिचानका निम्ती प्रबासमा बसेर लागीपर्ने गर्दथे । प्रस्तुत छ उनै मिया सँग गरिएको कुराकानी ः

  • के योजना लिएर जाँदै हुनुहुन्छ ?

१२ बर्षको अन्तरालमा यहाँ आएर धेरै कुराहरु सिक्ने अबसर पाँए । त्यहि सिपलाई नेपालमै गएर सदुपयोग गर्ने हेतुले जाँदै छु । एउटा ब्याबसाय गर्ने योजनाका साथ नेपाल जादै छु । यहाँ जतिकै नेपालमा खट्ने हो भने त नेपालमै अबसरहरु छन ।
यो अबधिमा नेपालीहरुको अबस्था कस्तो देख्नु भयो त
नेपालीहरुको अबस्था केहि हद सम्म राम्रो भएपनि कतिपय नेपालीहरु ठग दलालहरुको सिकार बन्न पुगे न्युन तलबसुबिधाले गर्दा नेपालबाट आउँदागरेको लगानी समेत उठाउन नसक्दै तथा म्यानपाबरको कारणले नेपालीहरु नेपाली दुताबासको शरणलिनु पर्ने अबस्था यथाबत छ ।

  • यो अबस्थालाई रोक्न के गर्नु पर्ला ?

समबन्धित निकायले म्यानपावर कम्पनीहरु सँग समन्वय गरेर एउटा दक्षकामदारहरुलाई आर्कषक तलब सुबिधामा नेपालीहरुलाइ भित्रयाउन सकेको खण्डमा राम्रो हुने थियो । ठगि गर्ने म्यानपाबरहरुलाई श्रम मन्त्रालयले उचित छानबिन गरी दोषिलाइ नेपालमै कारबाहि गर्न सकेको खण्डमा यो समस्या कम्ती हुने थियो ।

  • तपाइ त संघ संस्थामा आबद्ध मान्छे कस्तो पाउनु भयो संस्थाहरुको माहोल ?

संघ संस्थाहरुको माहोल अहिले सम्मको परिबेशमा ठिकै चलेको छ । बिदेशमा रहेर पनि आफ्नो जिल्ला गाउको नाउमा संस्थाहरु स्थापना गरेर केहि हद सम्म भएपनि आफनो गाउँ ठाउँमा बिकास निर्माणको लागी सहयोग गरिरहेका छन यो अत्यन्तै राम्रो हो । जे जस्तो भएपनि एक आपसमा फुटेर हैन जुटेर लाग्नु पर्छ ।

  • १२ बर्षे अबधिमा तपाईले देख्नु भएको परिबर्तन ?

जतिबेला कतारमा काम गर्न भनेर म आएको थिए त्यति बेला कतारमा १-२ बटा भन्दा अग्ला भबनहरु थिएन ।सडक बिस्तार आजको जस्तो थिएन १२ बर्षको यस अबधिमा कतारले काया पलट गरेको छ ।यदि सच्चा देश भक्ति नेताहरु सरकारमा हुनेहो भने देश बिकाश गर्नु सायद कुनै ठुलो कुरा हैन छोटो समयमा कतिको बिकाश गर्न सकिन्छ भन्ने पाठ कतार बाट लिन सकिन्छ ।

  • यहाँ आएर के पाउनुभयो अनि के गुमाउनु भयो ?

परिवार बाट टाढा भएपनि उनिहरुलाई भौतिक सुख सुबिधा दिन पाएको छु । हरकोहि ब्यक्ति आफ्नो एउटा सुन्दर सपना सजाएर बिदेशकोलागी जन्म भुमि छाडछ त्यतिबेला देखीनै आफनो परिबारको माया माता र नजिकपन केहि समयकोलागी गुमाएक अनुभुति गरें । बिदेशमा आएर केपाए र के गुमाए भन्दा पनि बिदेशले एउटा गतिलो पाठ सिकाएको छ ।

  • कतारबासी नेपालीहरुलाई के भन्न चहानु हुन्छ ?

बिदेशमा सिकेको सिपलाई स्वदेसमा गएर पनि सदुपयोग गरि आफ्नौ भुमीमा नै कुनै नौलो आयाम थप्न प्रोत्साहित गरौं । १२ बर्षे कतार बसाइमा रहदा सामाजिक कार्यमा लाग्न हमेसा प्रोत्साहन गर्ने र हर कदममा साथदिने मेरा सहकर्मी साथीहरु नेपाली नियोग अनि कतारमा स्थापित बिभीन्न संघ संस्थाका साथीहरुले पुर् याउनुभएको उच्चमुल्यांकनको कदर गर्दै तपाइहरुको आगामी दिनहरु र कतार बसाई सुखमय बितोस । कतार बसाइका क्रममा सामाजीक कार्यमा कार्यरत भएको बेलामा जान अन्जानमा कुनै गल्ती एबं त्रुटि भएमा क्षमा गरिदनिुहुनेछ भन्नेमा बिश्वासका साथ अलबिदा कतार भन्न चाहन्छु ।

प्रश्तुतिः महेश्वर नेपाल

कान्तिपुर प्रवास साप्ताहिकमा १० मार्चमा प्रकाशित

डम्बर र युनाले नचाए, कतारमा कि्रयर्टस ब्याण्ड

-राजेशवर ढकाल
दोहा- “मेरो जीवनबाट जाने भए जाउ तर अन्तिम पल्ट भेट्न आउ…”आज आकाशमा एउटा तारा देखिन…”,सपना भुलाएँ सारा आँशु पिएर जाउँ मन्दिरमा छ तिम्रँ”, तस्वीर लिएर जाउँ…”, लगायतका बहुचर्चित गितहरु नसुन्ने संगीत प्रेमी नेपाली सायद कमै होलान । तर उक्त गितका गायकलाई भन्ने प्रतक्ष सुन्ने अबसर कमैले पाएका छन । तर कतारमा श्रमरत नेपालीहरुले भने उक्त गीतका गायक डम्बर नेपालीलाई प्रत्यक्ष भेटेर गीत मात्र सुनेन उनीसंगै गाए नाचे र झुमे पनि । कतारमा कार्यरत नेपालीलाई यो अबसर जुटाईदिएको थियो नब स्थापित कि्रयटस्र ब्याण्डले । महाशिव रात्रीको अवसरमा ब्याण्डले नेपालबाट गायक नेपालीलाई झिकाई नेपाली लाईभ म्युजिकल ग्रुपको प्रस्तुती स्वरुप “डम्वर नेपाली लाईभ सांझ २०११” आयोजना गरिे उक्त अवसर जुराएको हो । “उसले मलाई चिन्थी रेम उसलाई चिन्दीन थे मेरो मायाको मुल्य बजार बजार सोध्दै हिड्थिी रे विचरा उ संग पैसा छैन रे सस्तोमा पाए किन्थी रे” माथीको टुक्का भन्दै स्टेजमा झुल्केका डम्वर नेपालीले “परालले छाएको घर छ मेरोत्यहा तिमीलाई सझाउने रहर छ मेरो…”लगायत “सबै साथी गए आफ्नो भाग्य खोज्न…”के सम्झि खेल्यौ मेरो मायामा…”संसार की राम्री ठान्थे तिमीलाई जस्ता दर्जन गीतहरु गाएर यहाँ कार्यरत नेपालीलाई भरपुर मनोरन्जन दिएका थिए ।
नेपाल बाटै आएकी नायिका युना उप्रेतीले “मै ठुली भै छु रे…”छुनमुन छुनमुन छुनमुन …” लगायतका गीतहरुमा गरेकॊ नृत्यले पनि दर्शकहरुको मन जित्न सफल भएको थियो । अन्तराष्ट्रिय नेपाली कलाकार संघकी जानुका थापाले”कोही आयो कस्तो आयो…”गीतमा नृत्य राजन कुमालले “पिरतीको तालमा फुल फूल्यो कमल…”गीतमा नृत्य प्रस्तुत गरे भने कार्यक्रममा कतारमा भर्खरै स्थापना भएको कि्रयर्टस ब्याण्डका किशोर घले गुरुङ राजेश नेपाली सुभाष गुरुङ हिमाल घले अनिल पाण्डे अजय कार्की राजेश राईको समुहले “आज भोली गाउँभरी हल्ला छ…” “हाम्रँ” नेपाल…” “च्याङबा…”जस्ता गीतहरु प्रस्तुत गरेर दर्शकको ताली बटुल्न सफल भएका थिए । नेपाली चलचित्र निर्माणमा सनै उमेर देखी सकि्रय नेपालकै कान्छि निमात्रीको उपमा पाएकी कृषा चौलागाईले संयोजन गरेको उक्त कार्यक्रम चौलागाई तथा कल्पना गुरुङलेसंचालन गरेका थिए ।बलहरी रानाको आयोजना तथा विकाश क्षेत्रीको ब्यबस्थापन तथा मा भएको कार्यक्रममा नेपाली दुतावासका दितीय सचिव जय राईको प्रमुख आतिथ्यमा संम्पन्न भएको थियो । कार्यक्रममा श्रम सहचारी ध्रुव प्रसाद कोइराला, एनआरएन कतारका अध्यक्षँ नरेन्द्र भाट, सल्लाहकार कमलमणि गुरागाई, ब्यावसायी टि.वी कार्की,उमेश अधिकारी तथा अन्तिराष्ट्रिय कलाकार संघका अध्यक्ष डि.एन मगर लगायतका ब्यक्तिहरुको उपस्थिती थियो ।

कतारमा कि्रयर्टस ब्याण्ड

दोहा- कतारमा नेपाली समुदायले अर्को एउटा साँगितीक समुह गठन गरेका छन । कि्रयटस्र ब्याड नाम दिइएको उक्त समुहले पहिलो प्रस्तुतीको रुपमा डम्बर नेपाली लाइभ साँझ २०११ न्ाामक कार्यक्रम समेत संम्पन्न गर्यो । ब्याण्ड स्थापनाका लागी समुहले नेपालबाट गायक डम्बर नेपाली तथा नायीका युना उप्रेती साथै कान्छि निर्मात्री  कृषा चौलागाईलाइ कतार झिकाएका थिए । उक्त ब्याण्डको भोकलिष्ट- किशोर घले गुरुङ र विकाश क्षेत्री, बेस गितारिष्ट-अजय कार्की, रिदम गिटारिष्ट- राजेश नेपाली, लिड गिटारिष्ट-सुवास गुरुङ, हिमाल घले, ड्रम-अनिल गुरुङ र भाइलेनमा-राजेश राई छन । ब्याण्ड म्यानेजर -बलहरी राना सल्लाहकारहरु निराजन भण्डारी,तेजेन्द्र महत र डिए.एन.मगर तथा ब्याण्डका सदस्यहरु शैलेन्द्र कठायत,विजय गुरुङ,राजेश सुवेदी,स्याम थापासनी के.सी छन ।

खगेन्द्रले चिनाए अष्ट्रेलियामा नेपाल

-नारायण खडका

paper 

अष्ट्रेलियाको पत्रिकाले खगेन्द्र थापामगर सम्बन्धमा गरेको कभरेज ।

सिड्नी (अष्ट्रेलिया), फाल्गुन २४ – ‘तपाईलाई नेपालमा जन्मिएको र विश्वकै सबैभन्दा होचो भएको भन्दा केही दु:ख लाग्दैन ?’ अष्ट्रेलियाको प्रतिष्ठित च्यानल सेभेनको बिहानी कार्यक्रम सनराइजकी कार्यक्रम प्रस्तोताले उनलाई प्रश्न सोध्दाउनले गर्वका साथभने, ‘म आफु होचो भएको त कुनै गुनासो छैन तर नेपालमा जन्मिन पाएकोमा म जति गौरवान्वित कोही छैन् ।’

विश्वकै होचो ब्यक्तिको रुपमा नाम कमाएका नेपाली युवा खगेन्द्र थापामगरले अष्ट्रेलियामा आएर नेपालको नाम उच्च मात्र बनाएनन् उनले नेपाल पर्यटकीय र शान्त देश भएको सन्देश समेत बिश्वलाई दिएका छन् ।

अष्ट्रेलियाको एक निजी पोखरा समाज नामक सँस्थाले आयोजना गरेको कार्यक्रम सहभागी हुन आएका थापामगरले सोचेजति इज्जत त पाए नै तर त्यो भन्दा बढी यहाँका सञ्चार माध्यमले उनलाई प्राथमिकता दिएपछि उनको उचाईसँगै नेपालको नाम पनि अगाडि आएको छ । उनको ’boutमा मंगलबा। प्रकाशित यहाँका प्रतिष्ठित समाचारपत्र मात्र नभएर टेलिभिजनहरुले समेत प्राथमिकताका साथ समाचार प्रशारण गरिरहेका छन् ।

यहाँको राष्ट्रिय टेलिभिजनको च्यानल सेभेनको ‘सनराईज’ कार्यक्रममा उनको करिब ४ मिनेटको भिडियो फुटेज मात्र हैन टेलिग्राफलगायतका पत्रिकाले समेत उच्च प्राथमिकताका साथ समाचार प्रकाशन गरेका छन् ।

विश्वका होचा ब्यक्तिका रुपमा गिनिज बुकमा नाम लेखाउन सफल भएपछि पहिलोपल्ट अष्ट्रेलिया आएका उनलाई यहाँ भब्य सम्मान गरिएको छ । उनले त्यो सम्मानको भरपुर सदुपयोग गरेका छन् । उनले नेपाल र नेपालीको ’bout खुलेर कुरा मात्र गरेनन् की बुद्ध नेपालमा जन्मिएको सन्देश दिन पनि भ्याए । टेलिभिजनसँग कुरा गर्दै उनले भने, ‘हामी शान्त र शितल देश मात्र नभएर बुद्ध जन्मिएको देश पनि हौं ।’

यहाँ बसोबास गरिरहेका नेपालीहरुका अनुसार अष्ट्रेलियाको सञ्चारमाध्यममा कुनै नेपालीले अहिलेसम्म पाएको राम्रो कभरेज विश्वका सबैभन्दा होचाब्यक्ति नेपाली युवा थापामगरको नै हो । यहाँ बिगत २ दशकदेखि बसोबास गर्दै आएका रमेश अधिकारीका अनुसार नेपालीलाई अहिलेसम्म यहाँका सञ्चारमाध्यमले कमै प्राथमिकता दिने गरेको भए पनि अहिले यस्तो राम्रो कभरेज गरेकोमा खुशी लागेको बताए । ‘वास्तवमा खगेन्द्रले राम्रो कभरेज पाएको मात्र नभएर नेपालीले पाएको अहिलेसम्मकै राम्रो इज्जत हो’  उनले भने ।

यहाँको बिभिन्न साँस्कृतिक कार्यक्रममा सहभागी हुन आएका खगेन्द्रलाई हेर्नेको भीड नै लागेको थियो । पोखरा समाजले ब्यक्तिगत रुपमा साँस्कृतिक कार्यक्रमको लागि ल्याएको खगेन्द्रसँग बसेर फोटो खिच्न यहाँका नागरिकहरुको भीड नै लागेको थियो । उनीहरुले खगेन्द्रको दिल खोलेर सम्मान मात्र गरेनन्, उनलाई बिभिन्न स्थानमा घुमाउन समेत भ्याए । ‘वास्तवमा हामीले जे सोचेर खगेन्द्रलाई ल्याएका थियौं हामी सफल भएका छौं’ खगेन्द्रलाई अष्ट्र्लिया ल्याउन दिलो ज्यान लगाएर लागि परेका दिपेश पुनले भने ।

यहाँका पत्रपत्रिका र टेलिभिजनमा कभरेज मात्र हैन इज्जत पनि दिइएको छ । तर पनि उनको सुरक्षाका कारण अष्ट्रेलियाको सिडनीमा मात्र कार्यक्रम गरिएको छ । ‘उनको सुरक्षाका कारण अन्य राज्यमा कार्यक्रम गर्न सकिएन’ पुनले भने, ‘तर पनि हामीले सोचेभन्दा राम्रो कार्यक्रम गर्न सफल भएका छौं ।’

shbahar : ekantipur

केही तस्विरहरु

नेपाली कला केन्द्र दोहाको प्रथम बार्षिक उत्सव सम्पन्न

लक्ष्मण खनाल, दोहा –  मनकामना नेपाली साँस्कृतिक परिवार कतारद्वारा संचालित नेपाली कला केन्द्र पहिलो बर्ष पुरा गरी दोस्रो बर्षमा प्रबेश गरेको अवसरमा गत मार्च ४का दिन प्रथम बार्षिकोत्सव कार्यक्रम बृहत बनभोज र विभिन्न साँस्कृतिक कार्यक्रमहरु सहित सम्पन्न गरेको छ ।
समाल स्थित पव्लिक गार्डेनमा आयोजना गरिएको उक्त कार्यक्रमको सभापति संस्थाका अध्यक्ष आस बहादुर गुरुङले गर्नु भएको थियो । करिव २०० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख

अतिथिको आसन बाट बोल्दै एन आर एन ए आइ सि सि उपाध्यक्ष सागर नेपालले मनकामना नेपाली साँस्कृतिक परिवारले नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्धनमा अत्यन्तै अतुलनीय योगदान पुर् याएको र यसको लागि हरपल सहयोग गरिरहने प्रतिवद्धता जाहेर गर्दै कलाकेन्द्रको विसौं बार्षिाक उत्सब सम्म पनि यसै गरि मनाउन पइयोस भन्ने अपेक्षा गर्नु भयो ।
त्यसै गरी विषेश अतिथि एन आर एन ए एन सि सी कतारका अध्यक्ष नरेन्द्र भाटले शुभकामना मन्तव्य राख्दै यस कला केन्द्रको विकासमा एन आर एन ए कतारले निरन्तर सहयोग गर्ने कुरा व्यक्त गर्नुभयो ।
कार्यक्रममा मनकामना नेपाली साँस्कृतिक परिवारका सल्लाहकार संयोजक श्रीकृष्ण भट्टराइ मनकामना नेपाली साँस्कृतिक परिवारका निर्देशक गणेश बाँनिया संस्थाका सल्लाहकार बुधबल गुरुङ सल्लाहकार राजु डुम्रे नेपाली जन प्रगतिशिल माच कतारका उपाध्यक्ष शुसिल खड्का अन्र्तराष्ट्रिय एकता समाजका महासचिव राजेन्द्र श्रेष्ठ क्षेत्री सेवा समाजका अध्यक्ष टि वि कार्की नुवाकोट सेवा समाजका कोषाध्यक्ष प्रकाश बोहराले पनि शुभकामना दिनुभएको थियो ।

उक्त अबसरमा आयोजित उत्कृष्ट विद्यार्थी छनौट कार्यक्रममा एक बर्ष भरी यसै कलाकेन्द्रमा प्रशिक्षणरत विद्यार्थीहरुको विचमा प्रतिस्पर्धा गराएर वार्षिक उत्कृष्ट विद्यार्थी छनौट पनि गरिएको थियो । उक्त प्रतिस्पर्धामा गायन तर्फ राम प्रसाद राई आशिष रिजाल विकास ठटाल दिप के। राजबंशी निनल पायल मान बा। राई र सिता सेवहाङ गरी ७ जना र नृत्य तर्फ हिरा राई लंकमान सिङ्ग राजेन्द्र बस्नेत अखिलेस िसंह राजु थापा र दिपक राजबंशी सहित ६ जना गरी जम्मा १३ जना विधार्थीले भाग लिएका थिए । जस मध्ये गयन तर्फ बाट निनल पायल गुरुङ र नृत्य तर्फबाट अखिलेस िसंङ्ग उत्कृष्ट विधार्थी छनौट गरीएको थियो । कार्यक्रममा कला केन्द्रका कलाकारहरुबाट विविध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । सोही अवसरमा संस्थालाई सहयोग गर्ने महानुभाबहरुलाई प्रमुख अतिथि मार्फत सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रम संस्थाका सचिब लक्ष्मण खनालले संचालन गर्नु भएको थियो भने उपस्थित अतिथीहरुलाई संस्थाका उपाध्यक्ष तथा गायन प्रशिक्षक गंगा गौतमले स्वागत गर्नु भएकॊ थियो ।