Archive for जुलाई, 2009

झोलामा के छ ?

DSC03429श्यामसुन्दर शशी

कतार- सधैँजसो भिसा र कामको खोजीमा व्यस्त रहने नेपालीहरुको आवागमनका  कारण भरिभराउ दोहाका गल्लीहरुमा अचेल युवाको अर्को समूह पनि देखापर्न थालेको छ । 111जिउमा कालो रङको ठूलो झोला भिरेका यी युवाहरुको अनुहारभरि ग्राहकको  खोजी गरिरहेको चाचलता परैबाट थाहा हुन्छ । खासमा उनीहरु एक सफल म्यानपावर एजेन्टजस्तै मिठा कुरा  गर्छन् उनीहरुको जिउडाल र झोला पनि थोरधेर दलालहरुको जस्तै हुन्छ तर खाइलाग्दा उमेरका यी उत्साहित तन्नेरीलाई देखेर तसर्िनुपर्ने आवश्यकता भने छैन । कारण यिनीहरु न त भिसा कारोबारी हुन् न तपाईंसँग कामै माग्न आएका याचक हुन् । उनीहरु नेपाली साहित्य कला र संस्कृतिमा जीवन भर्न दोहाका गल्ली-गल्ली चहारिरहेका छन् । हो अचेल कतारको दोहा सनैया  अलखोरजस्ता सहरहरुमा १९ जना झोले तन्नेरी यताउता हिँडिरहेका भेटिन्छन् ।  उनीहरु पुस्तकका ग्राहक खोज्छन् सदस्यता बाँड्छन् सदस्यता शुल्क असुली गर्छन् र आवश्यक प्रकि्रयापछि ग्राहकको  रुचिअनुसार नेपाली हिन्दी अंग्रेजी भाषाका  साहित्य दर्शन तथा समालोचनाका पुस्तक बाँड्छन् । दुई साताअघि कतारका उत्साहित युवाहरुले सुरुवात गरेको मोबाइल पुस्तकालयका पुस्तकवाहक हुन् यी युवकहरु । यो अवधारणा थाल्ने स्थानीय नवोदित साहित्यिक वाचनालयका महासचिव प्रकाश बाजारा भन्छन् -हाम्र  झोला नै पुस्तकालय हो । हामी ग्राहकहरुको सुविधाअनुसार घरदैलोसम्मै पुस्तक पुर् याउँछौं ।  दिनभरि कडा मजदुरी गरेर जीवन बिताउने नेपालीहरुको बाहुल्य रहेको कतारमा यो पुस्तकालय निकै लोकपि्रय बन्दै गएको छ । निम्न आय भएका श्रमिकहरुका लागि न त किताब किनेर पढ्न सम्भव छ न त यहाँ नेपाली भाषाका  किताब किन्ने र पढ्ने वातावरणै छ । यस्तो अवस्थामा घरघरै पुगेर पुस्तक उपलब्ध गराउनु ठूलो काम हो- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारका अध्यक्ष दीपक भेटवाल भन्छन् । 13232नवोदित साहित्यिक पुस्तकालयले साचालन गरेको यस घुम्ती पुस्तकालयमा ३ सयजति पुस्तकमात्र छन् । वाचनालयका १९ केन्द्रीय सदस्य ती पुस्तक आफ्ना झोलामा बोकेर हिँड्छन् र ग्राहक भेट्नेबित्तिकै भिडाइहाल्छन् । २५ रियालको साधारण सदस्यता लिनेहरुले भने यी पुस्तक निःशुल्क पढ्न पाउँछन् । सदस्यता नलिएकाले पुस्तकको मूल्यबराबर धरौटी राख्नुपर्छ अनि पुस्तकको आकारअनुसार एकदेखि तीन रियालसम्मको शुल्क पनि । 1212वाचनालयका अध्यक्ष भोजराज श्रेष्ठ यस घुम्ती पुस्तकालयको आकार निरन्तर बढाउँदै लैजाने योजना रहेको बताउँछन् । पछिल्लो समय कतारमा नेपाली साहित्य कला संस्कृति र राष्ट्रियताको विषयमा नेपालीमाझ विगतमा नदेखिएको आकर्षण  देखिन थालेको उनी बताउँछन् । -त्यसैको एउटा प्रमाण हो मोबाइल पुस्तकालयु उनले भने ।

आजको तस्बीर !

IMG_3089

श्याम सुन्दर शशि जी संग नाबोदितका साथीहरु !IMG_3161

रातो र चन्द्र सूर्य जंगी निसानी हाम्रो …………!IMG_3920

साझं पखको कोर्निस एरिया को दृश्य !

परेदेशी दाइलाई स्वदेशी भाइको पत्र !

                                                
                            मिति – २०६६।०३।२०
                            स्थान – कोटेश्वरकाठमाडौ 
                           समय – रातीको १२ बजे
                           वातावरण – सुनसान
                           मुड – भावनात्मक
                           मौसम – डम्म वादल

                                                आदरणिय दाइ,
        यो मातृभुमीको न्यानो काखबाट बर्खे झरीको सफा मौसम सँगै सुलोलीत वातावरणको सुलोलीत परिवेशमा पुकलीत हुँदै चम्किरहेका मनोभावहरुलाई एकैछिन विश्राम दिने कठिन प्रयास गर्दै मनका विद्रोही भावहरुलाई सम्हाल्ने कठोर प्रयास गर्दैमहान परिवर्तनको उत्कट अभिलाषाका वीर योद्धाहरुको वीरता र प्रतिक्रान्तीकारीहरुको हर्कतको अघोषीत घनघोर युद्धको मैदान भित्र उभिएर परिवर्तन पछिको मुर्दा शान्तिको कहाली लाग्दो वास्तविकताका वीच केही आशाभरोषाअपेक्षा र थोरै विश्वासको  महत्वकांक्षा पालेर आवश्यकताका आधारभुत ठेलीहरु जसोतसो ग्रहण गर्दै यथास्थितिवादी तथा प्रगतिवादीअतिवादी र संशोधनवादी क्रान्तिकारी तथा प्रतिक्रान्तिकारीहरुको रणभुमी बन्न लागेको सतिले सरापेको यो देशको माटोमा आफुलाई एक महान नेपालीको गौरव बोध गर्दै वाध्यात्मक तथा जर्जर शहरीया परिवेश भित्र चार भाज्याङ्गको यो मानवीय पोखरीमा अनेकौ चुनौति र अप्ठ्याराहरुको पर्खाल तोड्ने अद्भुत प्रयास गर्दैअसंख्य असंख्य महलहरु छेवैमा प्रदुषित खोलानालाहरु हुलका हुल मान्छेका भिडहरु चिच्याइरहेका जिविको पार्जनका पट्यारलाग्दा आवाजहरु लुटिरहेको नेपाली अस्मिता जोगाउन जोखिम मोल्दै आएका वीर योद्धाहरुको वलिदानको मुल्यको खोजीमाघिनलाग्दा कठपुतलीहरुले राज गरीरहेको  नेपाली दुनियाँमा अग्रगमनको शिखर चुम्न आतुर युवाहरुको रगतको मुल्यको खोजिमा छेद विच्छेद अवस्थामा विलीन हुन पुगेको यो स्वदेशी भाइ श्यामूको तर्फबाट क्षितिज पारीबाट स्वीकार्नुहोस अभिवादन ! एवम् साष्टांग दण्डवत् !
       दाइनिम्न वर्गीय समाज अत्यन्तै जर्जर जीवन गिठ्ठा भ्याकुरको खोजीमा भौतारीने तथा मध्यमवर्गीय समाज वुर्जुवा हुने गर्दछ । जसहरुले शाषकहरुलाइ आफु खाली खुट्टा हिडेर पजेरोमा गुडाउनु पर्नेमहल भित्र ’emलाई हुलेर आफु खरको छानो मुनी गुन्द्रीमा थकाई मार्नु पर्ने अनि ’emले दिएका फरमान र आदेशहरुलाइ नाजवाफ शिरोधार्य गर्नु पर्नेआफु ढिडो र सिस्नु खाएर ’emलाई दालचामलकाजु यस्तै यस्तै खुवाउनु पर्ने कस्तो विडम्बना ! आजको युग साचारको युगप्रविधिको युगविज्ञानको युगअभुतपुर्व सफलताको युग तर नेपालीको लागि केवल स्वैर कल्पना मात्र बन्न पुगेको छ विडम्बना जमिनरोटी र अवासका लागि सँधै संघर्षसँधै विद्रोह गर्नुपर्ने ’emका अखडाहरुमा धावा बोलीरहनु पर्ने त्यो पनि न्यायको खोजीमा अनि उपहार केवल आश्वासनबुटलाठीपानीको फोहराकफ्र्युनिषेधआज्ञा आदि आदि ।
             वीरताको लामो इतिहास बोकेको नेपाली धर्ती यहाँको अगाध सम्पदा हिमालयको चिसो सिरेटोले हम्कीरहे झै लाग्ने नेपाली भुमीमा गैेरवपुर्ण इतिहास र चुनौतिपुर्ण वर्तमान को बादल मडारीरहेको छ ।आम नेपालीहरुका अभावपिडाआक्रोश तथा पलायनका आधारहरुको खोजी यो सचेत दिमागमा घुमीरहेको छ । लाग्छ यसैको एक ज्वलन्त हिस्साको रुपमा हामी र हाम्रो परिवार पनि अछुतो रहन सकेन । खास गरी पारिवारिक अवस्थाका साथै तपाइको विदेश पलायन ।
        दाइतपाइले यो नेपाली भुमी छाडेको पनि लामो समय नाघिसकेको छ ।समयको कठघरामाविदेशी भुमीमा एउटा सिमीत दायरा भित्रदोश्रो दर्जाको नागरीक सरह अनेकौ असमनताअपमान सहेर अनेकौ महत्वकंाक्षा र अभिलाषहरु थाति राख्दै सिमीत आवश्यकता र वाध्यताको लडाइ लडिरहनु भएको छ । कसै सामु नझुक्ने नेपाली स्वभावकही कसै सँग नडराउने नेपाली साहसचुनैतीका पहाडहरु फोर्न सक्ने वीरता नयाँ युगको पर्खाइमा धैर्यता लिन सक्ने क्षमताको एक उदाहरणीय व्याक्तित्वको रुपमा तपाइलाइ लिएको छु त्यसैले होला लाग्छ निलकण्ठले विष पिए झै पिइररहनु भएको छ  सिमीत आवश्यकताको गाण्डिव धनु उठाइरहनु भएको छ ।
दाइयहाँ यस्तै छ जे हुनुपर्ने त्यो भएको छैन जे नहुनु पर्ने थियो त्यही भइहेछ ।यहाँ की सुन्दर भविश्यको खोजी भइरहेछ की कालो इतिहासको सुत्रपात  नेतृत्व पुजीपति वर्ग र सर्वहारा वर्ग सामन्ती वर्ग र अर्ध सर्वहारा वर्ग सम्भ्रान्त वर्ग र उत्पिडन वर्ग हुने खाने वर्ग र हुँदा खाने वर्ग वीचको संघर्ष निरन्तर रुपमा चलिरहेकै छ ।जसमा वर्ड फ्लुस्वाइन फ्लुतापक्रम वृद्धिबाढीपहिरो भुःक्षय अल्पवृष्टी खण्डवृष्टी अतितय वर्षा आदिले नेपाली जनता झनै आक्रान्त बन्न पुगेका छन  यो स्वार्थी समाज जहाँ गाइ गाइकै लागि चर्छ बाच्छो बाच्छाकै लागि चर्छ यहाँ सामन्तहरु जसलाइ अभाव थाहा छैनपैसा बाहेक नदेखेका पुजीपतिहरु सुख बाहेक अरु नभोगेका घरेलु सामन्तवादीहरु साम्राज्यवाद र विस्तारवादको बुइ चढ्न पल्किएका प्रतिकि्रयावादीहरु सँधै रोगशोकभोकअभावदुःखपिडा र संघर्ष मात्र देखेका उत्पिडित शोषित वर्ग वीच व्यापक अन्तर संघर्ष र समानताको लडाइ अविचलित मात्रमा चलिरहेको छ ।
       दाइनेपालको हाल खबर यस्तै छ हामीले राम्रो र नराम्रोअसल र खराबसुख र दुःखअभाव र प्राप्तीप्रगति र अधोगतिछुट्याउन पाएनौ बरु नराम्रो त झनै नराम्रोखराब त झनै खराबदुःख त झनै दुःख मात्रै ।यहाँ हिजोको नराम्रो आज राम्रोआजको राम्रो भोलि नराम्रोहिजोका सम्पन्न आज विपन्न र आजका विपन्न भोलि सम्पन्नहिजो मागेर खाने आज दिएर खाने र हिजो दिएर खाने आज मागेर खाने बस यस्तै यस्तै र यस्तै !!! एयर पोर्टमा तपाइलाइ छोड्न जाँदा मन निकै ग-हौ भएकॊ थियो ।तपाइ पनि शायदै गम्भिर हुनु भएको पाएको थिएँ तर बुझ्दै जाँदा थाह भयो यो त सब भ्रम रहेछ यो त नेपाली समाजको प्रतिबिम्ब र बाध्याता पो रहेछ ।
दाइ यो कलमलाइ जति नै दौडाए पनि लेख्नु पर्ने कुराहरु कहिले सकिदैनन ।यो नेपाली भुमी मै नेपाली हरुले भोग्नु परेका पिडाहरु सँगै आफुलाइ आत्मसाथ गर्दै हामी पनि परिवारका सबै जना तँपाइ आउने प्रतिक्षामा सकुशल बसीरहेका छौ ।त्यहाँ रहने समस्त नेपाली दाजुभाइ तथा दिदि बहिनीहरुलाइ यो स्वदेशी भाइको नमस्कार र असिम माया सुनाइदिनु होला ।जहाँ रहे पनि स्वदेशी माटो र संस्कृति नभुल्नु हुन अनुरोध गर्दै आजलाइ विट मार्दछु नमस्कार !! 
                                                                                                       

 पाउने                                                                                               पठाउने 
इश्वर दाहाल                                                                           स्नेही भाइ श्याम
हाल-दोहा,कतार                                                                 थाक्ले ४ओखलढुंगा

                                                                                             हाल-कोटेश्वरकाठमाडौ

जाजरकोटमा भाँजो

 –गोविन्द अधिकारी
झम्के साँझमा कटुवाल करायो- सुनिन भन्न पाइने छैन ! त्यसभन्दा पहिलेका अरु कुरा मैले बुझिन। भाँगे हैजा र भाँजो भन्ने ३ वटा शब्द भने अझै सम्झेको छु । करिब ४५ – ४६ वर्ष पहिलेको कुरा हो । पृथ्वी राजमार्ग नबन्दैको । अहिलेको आँबुखैरेनीमा त बस्ती नै थिएन । त्यसमाथिको डाँडा उता आँबु गाउँ छ । भाँगे आँबु नजिकैको अर्को गाउँ हो । आँबुमा बाहुन क्षेत्री नेवार मगर दमाई र कामी थिए । भाँगेमा मगर र कामी मात्रै थिए । त्यही गाउँमा झाडाबान्ता सल्केछ । गोर्खालीको नुनतेल खेप्ने बाटोमा पर्ने भाँगेमा हैजा कसरी सल्क्यो थाहा भएन तर भँगेलीहरु धमाधम मर्न थालेपछि आँबुलेलाई डर लाग्यो ।
आँबु गाउँमा कटुवालले सबैलाई भोलिपल्ट बिहानै घरको एक जनाका दरले जम्मा हुन ऊर्दी गर् यो । गाउँलेलाई हैजाबाट जोगिने उपाय सिकाउन वा छिमेकी गाउँको मद्दत गर्न बोलाइएको होइन रहेछ । हैजाबाट जोगिने उपाय भनेको भाँगे जान आउन बन्द गर्नु हो भन्ने उनीहरुले जानेका थिए । यसैले आँबु र भाँगेबीच पर्ने सिउदी खोलामा भाँजो हाँल्न गाउँलेलाई ऊर्दी गरिएको रहेछ । उनीहरुले आफू जोगिने आदिम उपाय अपनाए- भाँगे जाने बाटोमा भाँजो हाल्ने।

भाँजो हालेर फर्केकाको कुरा सुनेर थाहा पाएको थिएँ सिउदी खोलामा हालेको फड्के पनि पाकाहरुले छेक्ताछेत्तै तन्देरीहरुले भत्काइ दिएछन्। भाँजो हालेर र फड्के भत्काएर आएपछि आँबुलेले आफू जोगिएको ठाने।
भाँगेको हैजा थामिएन। सदरमुकाम र स्वास्थ्य संस्था बन्दीपुरमा थियो । त्यहाँ खबर कसैले गरेन क्यारे । कोही आएको थाहा पाइएन । गरे पनि के पो हुन्थ्यो होला र भाँगेको हैजाले महामारीको रुप लियो । आँबु र त्यसभन्दा पश्चिमका गाउँमा त्यहाँका चेलीबेटी आएका थिए । त्यसैगरी यताका चेलीको पनि बिहाबारी भाँगेमा भएको थियो । ’em कसैले पनि भाँजो भत्काएर भाँगे जाने आँट गरेको थाहा भएन । हैजा आँबुसम्म आइपुगेन तर भाँगेमा भने मर्नेहरुको संख्या बढ्दै गएको सुनिन्थ्यो ।
यस्तैमा एक दिन कटुवालले फेरि उर्दी गर् यो । यान्चोकका नरबहादुर बाचे मगर भाँजो भत्काएर भाँगे गएछन् । अनि भाँगेबाट उनी आँबु गाउँ हुँदै यान्चोक फर्केछन् । आँबुलेले यसलाई गाउँकै अपमान भएको ठाने । त्यतिमात्र हैन उनले आँबुलेलाई हैजा लाग्ने बाटो पनि खोलिदिए । गाउँका ठालुलाई सहिनसक्नु भयो । त्यसैले उनीहरुले गाउँले जम्मा गरे । अनि उक्साए – यसरी हैजा लागेको ठाउँमा गएर हाम्रो गाउँको बाटो फर्कन पाइँदैन । यस्तो हेपाइ सहन हुँदैन । अब हामीलाई पनि हैजा लाग्न सक्छ । गाउँमा निकै खलबल भयो । नरबहादुर त्यो दिन पनि बिहानै त्यही बाटो भाँग जान आउने भनेकाले सबै जम्मा भएर बसे।

गाउँ नजिकै आइपुगेछि नरबहादुरको घोडाको घन्टी सुनियो । सबै टाठा भए । भोटेको चौतारामा सबै जम्मा भएर बाटो छेकेर बसे । नरबहादुरले बाटो छेकिएको देखेर घोडा रोके। ओर्लेर गाउँका ठूलाठालुलाई उमेरअनुसारको अभिवादन गरे । अनि त्यसरी जम्मा हुनुको कारण साधे । गाउँलेहरु उनको व्यक्तित्वका कारण अलि हच्के तर बिस्तारै मुख फोरे- हामीले हालेको भाँजो किन भत्कायौ हैजा लागेको ठाउँमा गएका मान्छे यसरी गाउँमा पस्न पस्न पाइँदैन।
मेजर नरबहादुर थापा भर्खर पेन्सनमा आएका थिए। खाइलाग्दा र फरासिला थिए । उनले ब्रिटिस गोर्खामा छँदा मेडिकल कोर्स गरेका रहेछन्। हैजाको उपचार हुन्छ भन्ने उनले जानेका थिए। मान्छे मरिरहँदा तमासा हेर्न हुँदैन र आफूले सकेको सबै सहयोग गर्नुपर्छ भन्ने मानव धर्म उनलाई मेडिकल तालिमका बेला सिकाइएको रहेछ। त्यसैले भाँगेमा हैजा फैलेको थाहा पाएपछि उनले आफूलाई रोक्न सकेनछन्। उनका गाउँलेले पनि त्यहाँ जान नहुने र गएमा गाउँमा फर्कन नपाइने अत्तो थापेका रहेछन्। हैजा लागेको गाउँमा गएर फर्कँदैमा रोग सल्कने हैन भन्ने देखाउन मेजर घरैमा बस्न आएका रहेछन् । केही औषधि लिएर खाना खाइवरी उनी फेरि भाँगे जान लाग्दा आँबुमा रोकिएका थिए । मेजरले आँबुलेलाई भने- तपाइँहरुले भँगेलीलाई भाँजो हाल्नु भएछ तर म त हैजालाई भाँजो हाल्न जान लागेको।

मेजरको भनाइले चित्त नबुझेकाहरुले उनलाई भने – ल भैगो ! भाँगे गए पनि हाम्रो गाउँको बाटो हिँड्न त भएन नि । मेजरले मूल बाटो भएकाले त्यही बाटो आवतजावत गर्न पाउने जिकिर गरे । छलफलमा मेजरले जित्दै गएपछि आँबुका केही ठालुबीच पनि मतभेद सुरु भयो । मगरहरु मेजरका पक्षमा भए । उनीहरुका चेलीबेटी भाँगेमा जो थिए । अनि अरु अलि कम उमेरका जतिले पनि मेजरलाई समर्थन गरे । अन्ततः मेजरले जिते । भाँजो झिकियो । फड्के हाल्न मेजरलाई सघाउन केही सिउदी खोलासम्म गए । भाँगेमा मेजरले सबैलाई सुई दिएका थिए रे । र उनले पानी र खानेकुरा खानुपर्छ भनेका थिए रे । बिस्तारै भाँगेको हैजा साम्य भयो । भाँजो हाल्नेहरु हारे ।
जाजरकोटमा कुनै मेजर नरबहादुर थापा निस्केनन् जस्तो छ । यद्यपि नेपाली सेना र माओवादी सेनाका जनस्वास्थ्यकर्मी सँगै उपचारमा सकि्रय तस्बिर हेर्दा आँखा रसाए । रोग सुरु भएको ३ महिनासम्म साम्य नहँुदा र दुई सय जना भन्दा बढीको ज्यान गएकाले केन्द्रीय र स्थानीय प्रशासनले भाँजो हालेर त्यहाँबाट पन्छन खोजेजस्तै लाग्यो । प्रधानमन्त्री वा अरु मन्त्रीको भ्रमणले पनि यो मानसिक भाँजो हटाएको आभाष भएन ।
मेजर नरबहादुर थापाहरुले नभत्काएसम्म हाम्रो पद्धति संस्कृति र व्यवस्थाले हालेको भाँजोले निर्धाहरुको बाटो छेकी नै रहनेछ । जाजरकोटेहरु मरिनैरहने छन् । स्वयंसेवकहरुको समूह बनाएर सरसफाइ सिकाउन र खानेकुरा पुर् याउन सके मर्नेहरुको संख्या घट्ने थियो । सरकारको नियम र स्वभावले हालेको भाँजो भत्काउने काममा नेपाल रेडक्रसले नेतृत्ज गरे कति राम्रो हुन्थ्यो !
छ कसैमा मेजर नरबहादुर थापा हुने आँट ?

  

आज को फोटो !

rajeshor

 

 

 

 

 

 

 

 

 

1248361603_jसगरमाथाको ट्रेकिड.ः यी विदेशी पर्यटकहरु सगरमाथाको शिविर क्याम्पमा लुक्लाबाट ट्रेकिड. जादै,  यस वर्ष करिव ९ हजार पर्यटक शिविर क्याम्पसम्मको ट्रेकिड. गरेका छनै, बाटोमा पर्ने विभिन्न हिमश्रृंखलाहरुको मनमोहक केही तस्बीरहरु।1248361603_b

गोरखाको परिचय गोरखा दीप

      
  -राजेश्वर ढकाल
gorkha dipपुस्तक तथा पत्रपत्रिका प्रकाशनको नियमीत श्रृखला बोकेको कतारमा अर्को एउटा पुस्तक थपिएको छ -गोरखा दीप । आम नेपाली झैं रोजगारीकै सिलसिलामा कतार आएका गोरखा  जिल्लाबासीहरुको आफ्नै  संगठन गोर्खा प्रवासी संघले यो पुस्तक प्रकाशनमा ल्याएको हो । संघको मुखपत्र समेत रहेको यो दोस्रो अंकलाई  ५ जुनमा दोहामा सार्वजनिक गरीएको हो । 
गोर्खा दीपको यस अंकलाई सकेसम्म जानकारी तथा खोजमुलक बनाउने प्रयास प्रकाशन मण्डलले गरेको पाइन्छ । गोरखाको भौगोलिक परिचय अन्तर्गत जिल्लाको चिनारीराजनीतिक तथा प्रशासनिक विभाजनप्रमुख जातजाती,भाषा,धर्म,हिमशिखर,नदीनाला,शिक्षा,स्वाथ्य,सnचार,कृषि,यातायत जस्ता जिल्ला संग सम्बन्धित विभिन्न विषयबस्तुहरुलाई स्पष्टताका साथ उल्लेख गरीएको छ । गोरखा जिल्लाको ’boutमा चासो राख्ने जो कोहीका लागी पनि यो लेख निकै उपयोगी बन्ने छ ।
पुस्तकमा भिन्न-भिन्न विषयबस्तुका सामाग्रीहरुलाई आकर्षक  ढंगले प्रस्तुत गरीएको छ । पर्यटन स्तम्भमा धर्म लामिछानेले तयार पारेको गोरखा र मनासलु हिमालु फिचरले पर्यटनप्रेमीहरुलाई त्यहाँ सम्म पुग्ने बाटो देखाइदिएको छ । कमल दानुकुटी प्रभातुको मुलुकमै लगानीको प्रण गरौंलाखौ खर्चेर अदक्ष कामदारका रुपमा बिदेश आई दुःख पाएका नेपालीहरुलाई गतिलो शिक्षा बन्न सक्छ ।  स्वयंवरिसंह लामाको आलेखले कतारमा नेपाली श्रमीक र संघसंस्थाहरुसंगको सम्बन्धलाई पहिल्याउने काम गरेको छ । भरत चिन्तनले गोरखाली फेरी जाग्नुपर्छु आलेखमा गोरखाको न्याय र विरताको चिनारी दिएका छन् । श्रीकृष्ण भट्टराईको प्रवासमा गोर्खाली पहिचान, गणेश बानियाँले कतारमा गोरखा प्रवासी संधको ’boutमा जानकारी अनुशिलको आलोक श्री संधर्ष पछीको कथासीताराम बयलकोटीको प्रेमपत्रहेमराज पण्डितको अरबे ब्यन्गय कथा पढनीय छन् । चंकि श्रेष्ठको कथा निर्वाणु मीठो मसला बनेको छ । मीना खनालको संस्मरण विदेशिएका प्रेम रमाइलो छ । विभिन्न स्रष्टाहरुका फुटकर सिर्जनाहरुको आ-आफ्नै  स्थान छ ।
 संमग्रमा भन्ने हो भने गोर्खा दीप पुस्तकभित्र समेटिएका समाचारमुलक गतिबिधिले प्रवासबाट गोरखा प्रवासी संघले नेपाली श्रमीकहरुका हकहितका पक्षमा आवाज उठाएको छ भन्ने उदाहरण प्रस्तुत गरेको छन् ।  तर पनि पुस्तकमा सानातिना कमिकमजोरीहरु छन् । कनै पनि ब्यक्तिलाई फोकस गर्नु भन्दा गोरखाको पर्यटनकलासंस्कृतीलाई बुलन्द ढंगले प्रस्तुत गर्ने नसक्नु  । त्यसैले आगामी अंकहरुमा यस्ता कमिकमजोरीहरुलाई प्रकाशन समुहले मध्यनजर राख्ने छ भन्ने अपेक्षा हामी आम पाठले राखेका छौ  ।

drajeshwor@gmail.com

कबिता

                 
jagat ram

-जगत राम बर्देवा ‘घायल’

बाटो तय गर्दै देखेँ

नेपालीमन् नेपालीतन् बोकेर दुःख गर्दै देखेँ
हमाद भित्र दुःख गर्दै स्वदेशमा सुख छर्दै देखेँ

निराश मन्मा अनगिन्ति रहर उकुस मुकुस हुँदाहुँदै
बेवास्ता भै काम गर्दा गालामा पसिना झुर्दै देखेँ ।

परिचय  भयो थोरै मात्रै आँखा जुध्यो  अलिकित
कता-कता उमन्ग़ले यो मन दुख्यो अलिकित

मिठो बोली बोल्न पनी खै किन हो डर्दै देखेँ
पसिनाले भबिस्यको बाटो तय गर्दै देखेँ॥

सस्तो नेपाली भएँ

म कस्तो नेपाली भएँ सा-है सस्तो नेपाली भएँ
पसिनाले शरीर रुझ्यो झुरी जस्तो नेपाली भएँ
चर्को घामले  पिल्सिएर  बेहोस हुदै ढले पनी
बिरहमा एक्लै रुने न्याउली जस्तो नेपाली भएँ ।
 
बिहान देखि साँझु सम्म दुख गर्छु घडि हेर्दै
साहुको ऋण् सम्झिएर  लामो-लामो शाश फेर्दै
ऋण् को बोझु थाप्लो भरी भरीया जस्तो नेपाली भएँ
बिरहमा एक्लै रुने न्याउली जस्तो नेपाली भएँ ॥

फर्कन्छु स्वदेश खाली हात बरु बिदेस्मा किन रम्थेँर म
अन्तिम इच्छा नेपालमा  मर्ने बिदेसमा किन बस्थँेर म
शप्रदाको धनि देशमा भिकारी जस्तो नेपाली भएँ
बिरहमा एक्लै रुने न्याउली जस्तो नेपाली भएँ …

तलब छैन समयमा न त कठै भन्ने कोही
कती गरौँ दुख यहाँ गाउँ  सम्झुेर रोही-रोही
गोर्खालीको शन्तान आज विलाए जस्तो नेपाली भएँ
बिरहमा एक्लै रुने न्याउली जस्तो नेपाली भए …।
   गोरखा,१२  की मी
  हाल  कतार ब्लुसलुन कम्पनी

प्रायः मानिस टङकिस गर्दा किन आँखा चिम्लिन्छन् ?

ssss

 

खै साँच्चै किन चिम्लन्छन् हँ  कस्तो फनी क्वेसन । प्रेमको भावमा डुब्ने भएकाले होला कि  म पनि गर्लप्रुेन्डहरुसँग आँ खा चिम्लेरै किस गर्छु ।
डिजे शिशिर डिस्को जक्की

untitledयो प्रश्न त टङकिस खाएको बेला पो सोध्नुपथ्र्याे । अहिले त कसरी भन्नु किन आँखा  चिम्लन्छन् भनेर  फिलिङ्समा गएपछि आँखा चिम्लिने होला । माया धेरै गर्ने हरुले आँखा चिम्लन्छन् तर अचेल माया गर्छु भन्ने कुरा देखाउन पनि टङकिस गर्दा आँखा चिम्लिनेहरु हुन्छन् । बरु आँखा खोलेर किस गर्नेहरु नै ठीक ।
-पूजा लामा नायिका

आफूले मन पराएको मानिससँग टङकिस गर्दा बेग्लै  संसारमा पुगेको अनु भूति हुन्छ र आँखा त्यसै बन्द हुन्छ होला । स्वर्गमा पुगेजस्तो अनुभव सँगाल्नलाई पिन आँखा चिम्लिइन्छ कि  खै मलाई त त्यस्तो अनुभव छैन ।
-साजना श्रेष्ठ गायिका

म भीडमा छु यहाँ यसको जवाफ दिन मिल्दैन । एकैछिन पर्खनुस् है  म आफैं कलब्याक गर्छु…।
एकैछिनपछि…।अत्यधिक प्र ेम आत्मीयता र यौन उन्मादले टङकिसको लठारोमा बाँधिदिन्छ जसले यौनिक सम्बन्धको विशाल गहिराइभित्र डुबाइदिन्छ । जुन आनन्दसँगै मानिसले स्वतः आँखा चिम्लिन्छ ।
-जीवन लुइँटेल नायक

आनन्दको अनुभूतिमा चरम सुखका कारण आँखा आफैं बन्द हुन्छन् र आँखा चिम्लिँदा आफैंलाई बिसर्िएको अनु भू ति हु न्छ । त्यो बे लाको आनन्दलाई शब्दमा वर्ण न गर्न सकिँदैन । त्यस्तो बेला मेरो पनि आँखा  चिम्लिने बानी छ ।
सुरेश पोखरेल चलचित्र निर्देशक

दुखद घटना:

phpThumb_generated_thumbnailjpgdubai-air-crash-nepali-2गत असार १६ गते कतारको दोहामा पानी जहाज दुर्घटनामा मृत्यु भएका नेपालीको शव शनिबार त्रिभूवन बिमानस्थलमा, मृतक १२ नेपाली मध्ये नौं जनाको शव नेपाल ल्याइएको छ । तस्बिरः अनलाइनखवर