DSCF0449-एन.बी.अन्जान

घुमिफिरी तिज चाड फेरी आउँदा सानु
नदुखाउ मन थोत्रे साडी लाउँदा  सानु
 
बाल बच्चा रोई कराई मिठो पापा भन्दा
नझारेस् आँशु ढिडो गुन्द्रुक ख्वाउँदा सानु 

हात हेरी टोलाउँदै  नपारेस्  मन खिन्न
संगी नाच्दै हातका चुरा बजाउँदा सानु

झ्यालमा बसी  नदुखेस मन गाँठो पारी
सारथीले दिल खोली  गीत गाउँदा सानु
 
मिठो खाइ राम्रो लाउँला अवश्य त्यो दिन
हाम्रो माझँ  गरीबीले  मुत्ती पाउँदा सानु ।
 
          रानीटार १ पाँचथर
           हाल -दोहा कतार

prabal bistaप्रबल बिष्ट (मेघराज)
यसपालिको तीजमा ,माइत आउन पान्न आमा !
साथीसँघि भेट्नलाई ,गाउ तिर धान्न आमा !!

जस्कोनाममा जीवन सुम्पे ,उनै घरमा नभयसी !
दुनियाँलाई देखाउदै नयाँ सारी लान्न आमा !!

मिठो मसिनो खाउं भने ,घरमा सुक्को पैसो छैन !
घरमा जे छ त्यही खान्छु ,दहिकेरा खान्न आमा !!

साइली माइली बोलाउछन ,पिङ खेल्न जानलाई !
घरको कामले भ्याइदैन ,म त पिङमा जान्न आमा 1!

स्वामी राजा धन कमाइ ,घर फर्की न आउन्जेल !
दुखिको यो झुपडिमा हर्स उल्लास छान्न आमा !!

हेकुली ४ दाङ -हाल रस्लाफान् कतार -ग्रुप फोर
फोन ६५६१४६२ 

IMG_3520जगत राम बर्देवा ‘घायल’

माईती घर

तिज आयो हाँसी हाँसी माईती घर जाउ है प्रिया
रातो साडी रातै चोली हात्मा चुरा  लाउ है  प्रिया 
      
बर्खा मासको झरी बादल  खहरेको भेल बड्दा
गाह्रो भए माईत जान  घर  फर्केर आउ है  प्रिया
       
अर्को  साल पनि आउछ तिम्रो प्यारो तिज  प्रिया
जसो तसो जुटाई दिउँला तिमीलाई सबै चीज  प्रिया 

तिम्रा साथी संगीहरु तिम्रै बाटो हेर्दै होलान
गयौ भने भेट गर है तिम्रा साथी सित  प्रिया

माइती घरको आँगनमा कम्मर भाँची  नाच्ने रहर
कति बन्दी बनाएकी छौ संगी संग हाँस्ने रहर

बुबा आमा दाजु भाई सबै भेट्न जाउ है  प्रिया
तर रातो साडी चोलो हातमा चुरा लाउ है  प्रिया

 पृथ्बीनाराण नगरपालीका १० गोरखा
हाल ; दोहा-कतार ब्लुसलोन कम्पनी
पोष्ट बक्स न ६२५५

Comments on: "तीज बिशेष गजलहरु/कबिताहरु" (4)

  1. जी… आपके song.. को देखकर बहुत अच लगा. लिखते रहिये. …….//

  2. dharai ramro 6 hajur……….

  3. ani k saadi kindinu bha6 ta sir
    ghazal ta ramro 6 ni k garne k cad bad kaho kaha baaama sathi bhai sabai kataho kata

  4. yo patakai vayen hai…………………..prakash jee ra tapai ko wordpress ma yekai khale rachana ke ho doha ko bicha ma chatak dekhauna lagnu vayeko ho ki kya ho ????????????????????????????

टिप्पणी छोड्नुहोस्